१९ जेष्ठ २०८३, मंगलवार

मुख्य समाचार

राजावादीले राखेको बिरेन्द्रको शालिक हटाउन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार, प्रहरीद्धारा चार राउण्ड हवाई फायर

राजावादीले राखेको बिरेन्द्रको शालिक हटाउन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार, प्रहरीद्धारा चार राउण्ड हवाई फायर

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सहिद सेतुविकको शालिक तोडफोड, नगरका चोकहरुको सुरक्षा बढाइयो नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १९ । अनुमति र सहमति विना नेपालगञ्जको धम्बोझी चोकमा राजावादीहरुले विहिबार विहानै स्वर्गिय राजा बिरेन्द्रको शालिक स्थापना गरिएपछि प्रहरीले हटाउन खोज्दा शालिक राख्ने र प्रहरीविच झडप भएको छ । राजा समर्थक नेपालगञ्जका केही युवाले एकाविहानै चोकमा राजा बिरेन्द्रको शालिक स्थापना गरेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि चारैतिरबाट ढुंगा प्रहार गरिएको र सो क्रममा प्रहरीले चार राउण्ड हवाई फायर गरेर भिड तितरवितर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो क्रममा ढुंगा लागेर करिब १५ जना प्रहरी सामान्य घाइते भएको, स्थापना गरिएको शालिकलाई हटाईएको तथा हुलहुज्जत गर्ने केहीलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । धम्बोझी चोकमा स्वर्गीय राजा बिरेन्द्र शाहको शालिक राखे...
१३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त, बर्दियामा थापा

१३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त, बर्दियामा थापा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, जेठ १७ । राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज अथकको अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो । राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत बिभिन्न कारणले खाली भएका जिल्लाहरुमा परिषद ऐनको दफा ११ को उपदफा २ क बमोजिम अध्यक्ष नियुक्त गरीएको हो । नियुक्त हुनेहरुमा हिक्मत बहादुर शाही दैलेख, सुजन राइ सोलुखुम्वु, पासाङ निमु शेर्पा संखुवासभा, चेत प्रसाद बोलखे रौतहट, टिका भुर्तेल नवलपुर, सुजन लिम्बु ताप्लेजुङ्, समिक शेरचन मुस्ताङ, युवराज दाहाल झापा, आविस्कार क्षेत्री, स्याङ्जा, भक्त बहादुर थापा बर्दिया, नवराज कार्की मुगु, सञ्जय कुमार दास सप्तरी र चक्र बहादुर रावल जुम्ला रहेका छन ।...
मेडिकल कलेजका आन्दोलनरत चिकित्सकले आधा दिनको काम छाडे, व्यवस्थापनले वास्ता गरेन

मेडिकल कलेजका आन्दोलनरत चिकित्सकले आधा दिनको काम छाडे, व्यवस्थापनले वास्ता गरेन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १७ । चार महिनादेखिको तलव र एघार महिनादेखिको भत्ता नपाएको जनाउँदै आन्दोलनमा उत्रिएका नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले आधा दिनको काम छाडेका छन् । तत्काल तलब र भत्ता पाउनुपर्ने माग गर्दै गत विहिबारदेखि आन्दोलनमा उत्रिएका उनिहरुले अहिले आधा दिनको काम छाडेर आधा दिन मात्र ओपीडीमा विरामी जाँच गरिरहेका छन् । शुरुमा केही दिन अस्पताल प्रशासन कार्यालय अगाडी एक एक घण्टाको धर्ना दिएपनि माग पुरा नभएपछि बाध्य भएर आन्दोलनलाई अगाडी बढाउँदै आधा दिन काम बन्द गरेको नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो । उहाँले आफुहरुको मागलाई मेडिकल कलेज अस्पताल व्यवस्थापनले जानी जानी बेवास्ता गरिरहेको आरोप लगाउँदै आन्दोलनलाई चर्को बनाउन बाध्य पारिरहेको बताउनुभयो । कोभिड लगायतको समयमा पनि दिनरात ज्यानको परवाह समेत नगरि का...
जसपालाई एक्ल्याउन खोज्नेहरु पराजित भए–पुर्वमन्त्री राई

जसपालाई एक्ल्याउन खोज्नेहरु पराजित भए–पुर्वमन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
चारदलको बहुमतको गठबन्धनलाई पराजित गर्दै जसपाले तीन सदस्य जित्यो नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १६ । स्थानीय निर्वाचनमा भएको गठबन्धन विपरित जनता समाजवादी पार्टीलाई एक्ल्याएर नेपालगञ्ज उपमहानगरको कार्यपालिका निर्वाचनका लागि बनेको नयाँ गठबन्धन पराजित भएको छ । जसपालाई एक्ल्याएर नेपाली काँग्रेस, नेकपा माओवादी, राप्रपा र एकिकृत समाजवादीविच बनेको गठबन्धनमा ६७ मत हुँदा हुँदैपनि २५ मत भएको जसपाले तीन सदस्य पदमा जित हासिल गर्न सफल भएको छ । कार्यपालिकामा ६७ मत हुँदा हुँदैपनि एमालेको २५ मत र जसपाको २५ मत गरेर ५० मतका साथ निर्वाचनमा होमिएको जसपाले चार दलको बहुमतको गठबन्धनबाट तीन सदस्य हात पार्न सफल भएको छ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईको निर्वाचन रणनिती र संयोजनका कारण जसपाले नेपालगञ्जमा तीन सदस्य जितेको अधिकांशको भनाई छ । स्पष्ट वहुमत हुँदा हुँदै...
डुडुवा गाउँ कार्यपालिकामा जसपा एमालेको गठबन्धनले ६ सदस्य जित्यो, काँग्रेस शुन्य

डुडुवा गाउँ कार्यपालिकामा जसपा एमालेको गठबन्धनले ६ सदस्य जित्यो, काँग्रेस शुन्य

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १३ । बाँकेको डुडुवा गाउँपालिकामा कार्यपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टीको गठबन्धनले तीन तीन जना सदस्य निर्वाचित गराउन सफल भएको छ । सो पालिकामा जसपा र एमालेविच गठबन्धन भएपछि काँग्रेसले कुनैपनि सिट जित्न सकेन । जिल्ला निर्वाचन अधिकारी रमा पन्तका अनुसार एमालेका लीला सुनार, जयन्ती महाउत र शिवकुमार जयसवाल, जसपाका छबरानी यादव, सकिना बेगम नाउ र समसुद्दिन सल्मानी सबैले २४ं–२४ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका कनिका तारा पठानिन, सुष्मा यादव, दीपराज लोनियाले ८–८ र धर्मपाल चमारले ९ मत ल्याए । डुडुवा गाउँपालिकाको ६ वटा वडामध्ये जसपाका तीन, एमाले दुई र कांग्रेसले एक वडा मात्र जितेको छ । जबकी अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका नरेन्द्र चौधरी र साहिदा बानो विजयी हुनु भएको थियो ।...
रगत अभाव टार्न रक्तदान गर्न गराउन सबैसंग उपमेयर राईको आग्रह

रगत अभाव टार्न रक्तदान गर्न गराउन सबैसंग उपमेयर राईको आग्रह

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
माता बागेश्वरी बचत तथा ऋण सहकारीको रक्तदानमा ३३ जनाले गरे रक्तदान नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १३ । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षतामा भएको रक्तदानको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै राईले रक्तदान जिवन दान भएकोले जिवन बचाउने अभियानमा सहयोगी बन्न सबैलाई आव्हान गर्नुभयो । उहाँले अहिले रगतको अभाव भएको जानकारी प्राप्त भएकोले बढी भन्दा बढीले रक्तदानमा सहभागि हुनुपर्ने बताउनुभयो । उपप्रमुख राईले उपमहानगरमा रहेका विभिन्न संघसंस्था र रक्तदाताहरुलाई रक्तदान कार्यक्रम आयोजना गर्न आह्वान समेत गर्नुभयो । नेपालगञ्जस्थित रक्त सञ्चार केन्द्रमा केह िसमययता रगत अभाव भैरहेको थाहा भएको ...
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुको आन्दोलन जारी

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुको आन्दोलन जारी

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
११ महिनादेखि भत्ता र चार महिनादेखि तलब नपाएको गुनासो सिराज खान नेपालगञ्ज, जेठ १३ । चार महिनादेखि तलव र एघार महिनादेखि भत्ता नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले शुरु गरेको आन्दोलन जारी रहेको छ । विहिबारदेखि आन्दोलनमा उत्रिएका उनिहरुले शुक्रवार पनि आन्दोलनलाई जारी राखेका छन् । आन्दोलनको पहिलो दिन विहीबार चिकित्सकहरुले अस्पताल प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका थिए भने शुक्रवार पनि सो धर्नालाई जारी राखेका हुन् । एघार महिनादेखि भत्ता नपाएको र चार महिनाको तलब नपाएकोले सो माग गर्दै गत दुई दिनदेखि हातमा कालो पट्टी बाँधेर अस्पताल प्रशासन कार्यालय अगाडी धर्ना बस्दै आएको नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो । उहाँले विरामीको उपचारमा कुनैपनि प्रभाव नपर्ने गरि हाललाई आन्दोलन जारी राखिएको जनाउँदै अस्पताल प्रशासनले सुनु...
तलब माग्दै नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा

तलब माग्दै नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १२ गते । चार महिनादेखि तलवभत्ता नपाएको गुनासो गर्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको पहिलो दिन विहीबार उनिहरुले अस्पताल प्रशासन अगाडि एक घण्टा धर्ना बसेका थिए । विहान ९ बजेदेखि १० बजेसम्म हातमा कालो पट्टी बाँधेर उनिहरु धर्ना बसेका थिए । नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाईमा आन्दोलन थालिएको परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो । शिक्षण अस्पतालका चिकित्सकहरुले मासिकरुपमा पाउनु पर्ने तलव माघ महिनादेखि नपाएको र प्रोत्साहन भत्ता रोकिएको पनि महिनौं वितिसकेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको अध्यक्ष महासेठले बताउनुभयो । ‘अस्पताल जस्तो संवेदनशील थलोमा आन्दोलन गर्नु हाम्रो रहर हुँदै होइन परिषद्का अध्यक्ष महासेठले भन्नुभयो–‘अस्पताल प्रशासनले तलवभत्तानै नदिएपछि के गर्नु ?’ नेपालगञ्ज मेड...
क्षतिपुर्तिको माग गर्दै पिडितद्धारा कोहलपुरमा चक्काजाम, प्रहरीले बलप्रयोग गरेर जाम खोल्दै

क्षतिपुर्तिको माग गर्दै पिडितद्धारा कोहलपुरमा चक्काजाम, प्रहरीले बलप्रयोग गरेर जाम खोल्दै

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १२ । भारतीय नम्बरको ट्रकको ठक्करबाट मारिएका कोहलपुरका अटोचालकका परिवार र आफन्तले क्षतिपुर्ति र भारतबाट ट्रकका मालिकलाई झिकाउने माग गर्दै कोहलपुरमा चक्काजाम गरेका छन् । बुधबार दिउँसो कोहलपुरको पिपल चौतारा नजिकै पट्टा भाँचिएको भारतीय ट्रकले किच्दा मृत्यु भएका कोहलपुर १३ का राम सेवक थारुका आफन्तहरुले ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडी विहिबार दिउँसोदेखि चक्काजाम गरेका छन् । दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिनुपर्ने लगायतका माग राखेर बुधवार दिनभरि पनि चक्काजाम गरेका उनिहरुले माग पुरा नभएपछि विहिबार पनि प्रहरी कार्यालय अगाडि चक्काजाम गरेका हुन्। कोहलपुर ईलाका प्रहरी कार्यालयले मृतकका आफन्तले शुरुमा एक करोड भारु क्षतिपुर्ति मागेको जनाउँदै तर अहिले २८ लाख रुपियाँमा झरेको तथा ट्रकको सञ्चालकले १० लाख रुपियाँ नेपाली भन्दा बढी दिननसक्ने ...
खजुरा गाउँपालिकाको पहिलो बैठकबाट वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण लगायतका जनमुखि निर्णय

खजुरा गाउँपालिकाको पहिलो बैठकबाट वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण लगायतका जनमुखि निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १० । खजुरा गाँउपालिकाको पहिलो बैठकले पालिकाले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ । सो बैठले पालिकाबाट बुझ्दै आएको सामाजिक सुरक्षा भत्ता बेंकहरुको समन्वयमा वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको खजुराका नवनिर्वाचित अध्यक्ष डम्बर विक तुफानले बताउनुभयो । बैठकले दिर्घरोगी र जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण निशुल्क र घरघरमै पुगेर गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष तुफानका अनुसार बैठकले खजुरामा अभिभावक बिहिन बालबालिकाको पहिचान गर्ने र गाँउपालिकाले उनीहरुको अभिभावकत्व ग्रहण गर्ने पनि निर्णय गरेको छ । शहरिकण बढेसँगै गाँउपालिकामा फोहोर व्यवस्थापनको समस्या देखिन थालेको भन्दै बैठकले गाउँपालिकाका प्रवक्ता धनिराम ओलीको संयोजकत्वमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साईडको जग्गा खोजि गर्न समित...