५ माघ २०८२, आईतवार

मुख्य समाचार

बाँके कांग्रेस सभापतिको दोस्रो चरणको मतदान सकियो, १४३९ जनाले गरे मतदान

बाँके कांग्रेस सभापतिको दोस्रो चरणको मतदान सकियो, १४३९ जनाले गरे मतदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २० । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न शुरु भएको दोस्रो चरणको मतदान सकिएको छ । नयाँ नेतृत्व चयन गर्न शुक्रवार विहान १० बजेदेखि जिल्ला समन्वय समितिमा सुरु भएको मतदानमा १४३९ जनाले मतदान गरिसकेका छन् । कुल १४९३ जना मतदाता रहेकोमा जम्मा १४३९ मत खसेको निर्वाचन कमिटीले जानकारी दिएको छ। हिजो भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आज पुनः दोस्रो चरणको निर्वाचन भएको हो । सभापतिको दौडमा रहेका नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्र हमाल मध्ये तेस्रो स्थानमा आएका हमाल प्रतिष्पर्धाबाट बाहिरिएपछि गौडेल र कुर्मीबीच मात्र मतदान गराइएको छ । हमाल बाहिरीए पनि उनले पहिलो नम्बरमा आएका सभापतिका उम्मेदवार गौडलको समर्थन गर्दै आफ्ना मतदातहरुलाई मत दिएर गौडेललाई जिताउन आग्रह गरेका थिए। विहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ ...
काँग्रेस बाँकेको सभापतिमा गौडेलको संभावना बलियो, दोस्रो चरणमा नयाँ समिकरण बन्दै

काँग्रेस बाँकेको सभापतिमा गौडेलको संभावना बलियो, दोस्रो चरणमा नयाँ समिकरण बन्दै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १९ । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चयनका लागि विहिबार भएको मतदानपछिको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि शुक्रवार पुनः मतदान हुने भएको छ । विहिबार साँझ भएको मतगणनामा संस्थापन इतरका नारायण प्रसाद गौडेलले ५६९ मत ल्याउँदै पहिलो भएका छन् भने उनका प्रतिद्वन्द्वी बादशाह कुर्मीले ५३८ मत ल्याउँदै दोस्रो नम्बरमा आएका छन् । त्यस्तै सभापतिका अर्का उम्मेदवार सुरेन्द्र हमालले ३१४ मत प्राप्त गर्दै तेस्रो स्थानमा आएका छन् । गौडेल संस्थापन इतरका हुन् भने कुर्मी र हमाल संस्थापन समूहबाट उम्मेदवारी दिएका थिए । कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने भएका कारण विहिबार भएको मतगणनामा पहिलो र दोस्रो हुने गौडेल र कुर्मीबिच पुनः शुक्रवार मतदान हुने भएको निर्वाचन परिचालन कमिटीले जनाएको छ । दोस्...
बाँके काँग्रेसको सभापतिमा त्रिकोणीय मुकाबला, चारसय मत खस्यो

बाँके काँग्रेसको सभापतिमा त्रिकोणीय मुकाबला, चारसय मत खस्यो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १९ । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत बाँकेमा जिल्ला निर्वाचनको मतदान कार्य अहिले चलिरहेको छ । बिहान सवा ९ बजेबाट जिल्ला समन्वय समितिमा मतदान सुरु भएको थियो । यो समाचार तयार पार्दासम्म जिल्ला सभापतिका लागि चारसय मत खसिसकेको निर्वाचन समितिले जनाएको छ । मतदान निरन्तर शान्तिपुर्ण रुपमा जारी रहेको छ । मतदान अपरान्ह ४ बजेसम्म चल्ने जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि करिव एक सय जना निर्वाचन कर्मचारी तथा ६० जना सुरक्षाकर्मी परिचालित भएका छन। जिल्ला समन्वय समिति परिसरमा मतदान केन्द्रको सुरक्षा गर्ने जिम्मा जिल्ला प्रहरी कार्यालय बाँकेले लिएको छ । मतदानमा जिल्लाका कुल १ हजार ४ सय ९३ जना मतदाता क्षेत्रीय प्रतिनिधीले मतदानमा सहभागि हुनेछन् । जिल्ला सभापतिका लागि तीन जना उम्मेदवारहरु स...
यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगी भएको सेवाग्राहीको गुनासो

यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगी भएको सेवाग्राहीको गुनासो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १८ । नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगि रहेको लगायतका थुप्रै गुनासो त्यहाँ काम विशेषले जाने सेवाग्राहीले गरेका छन् । बागेश्वरी असल शासन क्लब नेपालले बुधवार यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सेवाग्राहीको गुनासो संकलन गर्ने क्रममा सो गुनासो गरिएको हो । त्यहाँ रहेका ५० बढि सेवाग्राहीहरुले कार्यालयको काम प्रति व्यापक रुपमा गुनासो गरेका छन् । सेवाग्राहीहरुले समयमा स्मार्ड कार्ड नआएको, सेवा, सबिधा प्रबाह गर्दा चरम ढिलाई हुने गरेको, टोकन प्रणाली लागु नहुँला भनसुन, सोर्सफोर्स व्यापक रुपमा हुने गरेको, सवारी पार्किंग अस्तव्यस्त रहेको, शौचालय, पिउने पानीको व्यवस्था नभएको, नागरिक सहायता कक्ष नभएको, प्रतिक्षालयको व्यवस्था नभएको, सरसफाई नभएको, गुनासो सुनुवाई नुहुने गरेको गुनासो गरेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ...
अमेरिकन पेस्तोल र गोलीसहित पक्राउ परेका तीनजना प्रहरीद्धारा सार्वजनिक

अमेरिकन पेस्तोल र गोलीसहित पक्राउ परेका तीनजना प्रहरीद्धारा सार्वजनिक

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १८ । अटोमेटिक अमेरिकन पेस्तोल र त्यसमा लाग्ने ९ वटा गोलीसहित बाँके प्रहरीले मंगलवार राती डुडुवा राप्तीपुलनजिकबाट पक्राउ परेका तीन जनालाई बुधवार दिउँसो सार्वजनिक गरेको छ । मंगलवार राती डुडुवास्थित वडा नम्बर ४ सिधनियाघाटमा रहेको राप्ती पुल नजिकबाट एक कारमा सवार उनिहरुलाई अमेरिकन पेस्तोल, ९ थान गोली र एक खुँडासहित पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन मार्फत उनिहरुलाई सार्वजनिक गर्दै राप्तीपुल नजिकै गोली चलेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १८ बस्ने बर्ष २९ का सुसान्त के.सी.ले चलाएको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नं.को गाडी रोकी चेकजाँच गर्दा पेस्तोल गोली र खुँडा बरामद भएको बाँकको जनाएको छ । गाडी चेकजाँच गर्दा चालक सिटको वाँया तर्फको सिटको सिटकभर भित्र रहेको मेड इन अमेरिका लेखेको अ...
मान्छे खाने भाले पाटे बाघ नियन्त्रणमा, बेहोस बनाएपछि टोलीले लिएर आउँदै

मान्छे खाने भाले पाटे बाघ नियन्त्रणमा, बेहोस बनाएपछि टोलीले लिएर आउँदै

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, फागुन १८ । गत तीन महिनादेखि राप्तीसोनारी गाउँपालिका लगायतको क्षेत्रमा आतंक मच्चाउदै आएको ठुलो पाटेबाघलाई बुधवार विहान बेहोस बनाएर नियन्त्रणमा लिईएको छ । वन डिभिजन कार्यालय बाँकेले दिएको जानकारी अनुसार राप्तीसोनारी वडा नम्बर ६ बाट बुधवार विहान बाघलाई बेहोस बनाउन सफलता मिलेको हो । वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधिराम कँडेलले राष्टिय प्रकृति कोष बर्दियाबाट आएको २ जनाको प्राविधिक टोलीले डट गनको माध्यमबाट पाटे बाघलाई बेहोस बनाएर निण्नत्रणमा लिइएको बताउनुभयो । उहाँले मंगलवार दिउँसो ३ बजे आहाराका लागि राखिएको पाडोलाई बाघले खाएको र पछि राती भएकोले खोज्न नसकेपनि बुधवार विहानै बाघ देखिएपछि डट गनको माध्यमबाट बेहोस बनाईएको बताउनुभयो । नियन्त्रणमा लिईएको बाघ भाले बाघ भएको र निकै ठुलो रहेको करिब ८ वर्ष उमेरको हुनसक्ने प्रमुख कँडेलले बताउनुभयो । बेहोस रहेको बाघलाई नेपालगञ्ज ...
अटोमेटिक पेस्तोल र ९ थान गोलीसहित ३ जना राप्ती पुलबाट पक्राउ

अटोमेटिक पेस्तोल र ९ थान गोलीसहित ३ जना राप्ती पुलबाट पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १८ । विभिन्न गैर कानुनी कार्यहरु नियन्त्रण गर्न कस्सिएको बाँके प्रहरीलाई मंगलवार राती ठुलो सफलता हात लागेको छ । प्रहरीले बाँकेको डुडुवा सिधनियाघटस्थित राप्ती पुलबाट एक थान अटोमेटिक पेस्तोल, ९ थान गोली र खुँडासहित कारमा रहेका तीन जनालाई पक्राउ गर्न सफल भएको जनाएको छ । प्रहरीले सो घट्ना बारे थप अनुसन्धान गरिरहेको र उनिहरु किन ? के कारणले यसरी हतियार बोकेर राप्ती पारी गैरहेको वा पारीबाट वारी आइरहेको भन्ने विषयमा छानविन गरिरहेको जनाएको छ । उनिहरुको परिचय भने हालसम्म प्रहरीले सार्वजनकि गरेको छैन । बुधवार पत्रकार सम्मेलन गरेर उनिहरुको परिचय सार्वजनिक गर्नुका साथै घट्ना बारे बिस्तृत जानकारी गराउने जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकृतले बताए । त्यसका लागि साढे ११ बजे विहान जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारहरुलाई आमन्त्रण गरिएको छ ।...
जिल्ला लिग फुटबलमा जय किसन र युनाइटेडको जित

जिल्ला लिग फुटबलमा जय किसन र युनाइटेडको जित

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, १७ फागुन । न्यु डाँफे स्पोर्टस क्लब र युनाइटेड युथ क्लबले मंगलबार जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन । न्यु डाँफेले जय किसन स्पोर्टस क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले ९औं मिनेटमा गोल गरेका थिए । नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा युनाइटेडले बुद्ध युवा क्लबलाई २–० ले पराजित गरेको थियो । युनाइटेडका लागि भिमसेन थापाले १९औं मिनेट र विभुषण केसीले ७५औं मिनेटमा गोल गर्दै सफलता दिलाए । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्प...
माओवादी केन्द्र नेपालगञ्जद्धारा शहीद परिवारलाई सम्मान

माओवादी केन्द्र नेपालगञ्जद्धारा शहीद परिवारलाई सम्मान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १७ फागुन । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले शहीद सप्ताह अन्तर्गत नेपालगन्जमा शहीद परिवारलाई सम्मान गरेको छ । जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलको स्मृतिसँग जोडेर शहीद सप्ताहअन्तर्गत शहीद परिवारलाई सम्मान गरिएको हो । कार्यक्रममा सहीद भिपण रोकायका बहिनि सारदा रोकाय, सहिद अनिरुद्र शर्माका श्रीमती सीता शर्मा, शहिद भिएल बुढा रोशनकी श्रीमती कमला पंन्त, सहिद रमिता मल्लकि आमा मिना मल्ल, सहिद प्रेम रसाइलीका दाजु कर्ण रसाइली,सहिद शिबराज ज्ञवालीकि भाउजू मञ्जु ज्ञवाली, शहिद मैना कुमारी बरालका दाजु डिल्ली प्रशाद बराल लगाएत सहिद परिवारहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा शहीद परिवारले शहीदले जुन सपना देखेर बलिदानी दिए ती सपना अझै पूरा हुन नसकेको गुनासो गरेका थिए । उक्त सम्मान कार्यक्रम नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको कार्...
प्रेसर कुकर बम राखिएको ठाउँमा सेनाको बम डिस्पोजल टोली पुग्यो, डिस्पोज गर्दै

प्रेसर कुकर बम राखिएको ठाउँमा सेनाको बम डिस्पोजल टोली पुग्यो, डिस्पोज गर्दै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १७ । बाँकेको खजुरा गाउँपालिकाको मुख्य बजारमा प्रेसर कुकुर बम जस्तो शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनाको टोली सो ठाउँमा पुगेर उक्त बमलाई निस्क्रिय पार्ने कार्य शुरु गरेको छ । मंगलवार विहान ७ बजे खजुरा वडा नम्बर ३ स्थित पृथ्वी चोक अगाडि मुख्य राजमार्गमा प्रेसर कुकुर बम जस्तो देखिने बस्तु राखिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । स्थानीयहरुले पृथ्वी चोकमा प्रेसर कुकुर बेरिएर राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो जानकारी पाउने वित्तिकै प्रहरीले त्यहाँ पुगेर त्यस स्थानलाई घेराबन्दी गरेको थियो भने नेपालगन्जबाट नेपाली सेनाको बम डिस्पोजल टोली विहान १० बजे सो ठाउमा पुगेर बम डिस्पोज गर्ने प्रक्रियामा लागेको स्थानीयले बताएका छन् । बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले पनि सेनाको ...