५ माघ २०८२, आईतवार

मुख्य समाचार

राप्रपा नेपालको केन्द्रिय कमिटिमा बाँकेका ७ जना मनोनित

राप्रपा नेपालको केन्द्रिय कमिटिमा बाँकेका ७ जना मनोनित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ९ । राप्रपा नेपालको केन्द्रिय समितिमा बाँकेका ७ जना नेताहरु मनोनित हुनुभएको छ । राप्रपाको महाधिवेशन पश्चात निवर्तमान अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री कमल थापाले राप्रपा पार्टी परित्याग गरेपछि थापा समर्थक नेताहरुले समेत पार्टी परित्याग गरेका थिए । राप्रपा नेपाललाई पुर्नगठन गर्दै थापाको अध्यक्षतामा घोषणा गरिएको राप्रपा नेपाल पार्टीको केन्द्रिय समितिलाई पूर्णता दिनेक्रममा बाँकेबाट हिक्मत ढकाल, खेमराज गौतम, टोपेन्द्र बहादुर शाहि, श्रीधर सुवेदी, मो खालिद ईराकी, आशा धिमाल र लक्ष्मी हमाल केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । यस्तै बाँकेबाट राप्रपाको राजनीति शुरु गरेका युवा नेता पुरु दाहाल पनि कैलाली जिल्लाबाट केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । राप्रपा नेपालको केन्द्रिय सदस्यमा समेटिएका ढकाल राप्रपाको केन्द्रिय पदाधिकारी रहिसकेका यस क्षेत्रकै प्रभावश...
भेरी अस्पताल विकास समितिका सदस्य चन्द र गौतमद्धारा पदभार ग्रहण

भेरी अस्पताल विकास समितिका सदस्य चन्द र गौतमद्धारा पदभार ग्रहण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ९ । भेरी अस्पताल विकास समितिको सदस्यमा नियुक्त हुनु भएका विमल चन्द र उषा गौतमले पदभार ग्रहण गर्नुभएको छ । सरकारको स्वास्थ्य मन्त्रालयले चन्द र गौतमलाई केही दिनअघि अस्पताल विकास समितिको सदस्यमा नियुक्त गरेको थियो । यसअघिका सदस्य कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्ललाई असक्षम र असफल ठहर गर्दै मन्त्रालयले उक्त पदबाट निलम्बन गरी हटाएसँगै चन्द र गौतमलाई नियुक्त गरेको हो । सरकराले यसरी नियुक्त गरेका दुबे जनालाई सोमबार अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेसु विरेन्द्रबहादुर चन्दले सपथ खुवाई कामको जिम्मेवारी प्रदान गर्नुभयो । उक्त सपथ कार्यक्रममा भेरी अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, अस्पताल विकास समितिका सदस्य, कर्मचारी लगायतको सहभागीता रहेको थियो । सबैको सहयोग र सदभाववाट भेरी अस्पताललाई सस्तो सुलभ र गुणस्तरीय उपचार...
डुडुवाका ७२ बालविकास केन्द्रलाई सामाग्री वितरण

डुडुवाका ७२ बालविकास केन्द्रलाई सामाग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ फागुन । डुडुवा गाउँपालिका अन्र्तगत संचालित बाल विकास केन्द्रहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । डुडुवा गाउँपालिकाको वार्ड नं. १ देखि ६ वटै वडा अन्र्तगत रहेका ७२ वटा बालविकास केन्द्रलाई कुसन र कारपेट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । डुडुवा–२ स्थित लाली गुरास प्रारम्भिक बाल विकास केन्द्रमा आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सामाग्री हस्तान्तरण गर्दै अहिले चिसोको मौसममा साना बालबालिकाहरुलाई बस्न न्यानो हुने बताउनुभयो । उहाँले गाउँपालिकाले साना नानी बाबुहरुको शिक्षातर्फ पढने बानी विकासका लागि बालविकास केन्द्रको पढाइ प्रभावकारी रहेको भन्दै पछिल्लो अवस्थामा सबै बालविकास केन्द्रको संचालन नियमित र प्रभावकारी बनाइएको बताउनुभयो । अध्यक्ष चौधरीले विगतमा नाम मात्रका रहेका बालविकास केन्द्रहरुलाई शिक्षाको कार्यविधी र योजना अनु...
नेपालगञ्जमा लुटेराहरु सक्रिय, विहानै विद्यार्थिको मोबाइल लुटियो

नेपालगञ्जमा लुटेराहरु सक्रिय, विहानै विद्यार्थिको मोबाइल लुटियो

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ८ । नेपालगञ्जमा आइतवार विहान एक विद्यार्थिको मोबाइल लुटिएको छ । बाँके प्रहरी तस्कर विरुद्ध सक्रिय रहेको मौका छोपेर लुटपाट गर्नेहरु पनि सक्रिय भएको सो घट्नाले पुष्टि गरेको छ । नेपालगञ्जको आदर्श सेकेन्डेरी स्कुल कक्षा ११ मा अध्ययनरत एक विद्यार्थी बिद्यालय जाने क्रममा आइतबार बिहानै सडकमै लुटिएका हुन । मोटरसाइकलमा आएका दुईजना लुटेराले उनको मोबाइल लुटेर लगेका हुन । उक्त स्कुलमा पढ्ने नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मुक्तिपुर बस्ने १७ बर्षिय प्रशान्त थापाको ‘रियल मि सी ३’ मोबाइल लुटिएको हो । भे ४ प ५४५८ नम्बरको कालो रंगको स्प्लेन्डर मोटरसाइकलमा आएका दुईजना लुटेराले आइतबार बिहान ६ बजेको समयमा न्यूरोडको भानुभक्त चोक नजिकबाट आफुलाई रोकेर हातपात गरी मोबाइल लुटेर भागेको विद्यार्थी थापाले बताउनुभयो । लुटेराहरुसङ्ग आफ्नो मोबाइल खोस्ने क्रममा थापा घाइते भ...
राप्तीसोनारीमा फेरी बाघको आक्रमण, बाघको पञ्जाबाट जोगिएका युवक गम्भरि घाइते

राप्तीसोनारीमा फेरी बाघको आक्रमण, बाघको पञ्जाबाट जोगिएका युवक गम्भरि घाइते

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ८ गते । बाँकेमा आइतबार बाघले फेरी एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजेको आसपासमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो । बाघसंगको दोहोरो लडाईमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका २८ बर्षिय वकिल गद्दीले जित हासिल गरी नयाँ जीवन पाएका छन । स्थानीय मन्डफवा सामुदायिक वन उपभोक्ता समुहको जंगलमा दिउँसो १२ बजेतिर घासदाउरा खोज्न गएका बेला बाघले एक्कासी आफूमाथि आक्रमण गरेको घाइते वकिलले बताउनुभयो । उहाँका अनुसार केही समयसम्म बाघसंग दोहोरो लडाई भयो । तत्पश्चात बाघले उहाँलाई भुइँमा पल्टायो र घाटीबाट रगत चुस्न थाल्यो । उहाँ बेहोस हुनुभयो । घासदाउरा गर्न सङ्सङै गएका अन्य साथिहरुले होहल्ला गरेपछि बाघ त्यहाँबाट भागेको गद्दीले बताउनुभयो । बाघले उहाँको घाटीको अगाडी र पछाडी दुब...
आन्दोलनलगत्तै खजुराको सडक कालोपत्रे गर्न शुरु

आन्दोलनलगत्तै खजुराको सडक कालोपत्रे गर्न शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ७ । सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले चक्काजाम गरे लगत्तै खजुराको १८ सय मिटर फोर लेन सडकको कालोपत्रे गर्ने कार्य शुरु गरिएको छ । ४ वर्षसम्म पनि सो सडक नबनेपछि स्थानीय युवाहरुले दुई दिन अघि अवरोध गरेका थिए । सडक अवरोध गरेपछि २ दिनमा काम सुरु गरिने प्रतिवद्धता अनुसार निर्माण कम्पनीले शनिबारदेखि आफ्नो कामलाई तिव्रता दिएको छ । केहि दिन अघि राजमार्ग गरिएको बेस दुई सातामै उप्किएपछि धुलो उडेर स्थानीयलाई सास्ती खेप्न परिरहेको छ । खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको बेस पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएकोले स्थानियहरुले सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै आन्दोलन गरेका थिए । १८ सय मिटरको सडक ४ वर्षदेखि निर्माणाधिनको क्रममा छ । फोर लेन सडक बनाउँदा गुणस्तरीय नभए पुन आन्दोलन गर्न...
बाँकेमा मानव अधिकार ज्यादतीका घटनामा ९५ प्रतिशत महिला पीडित

बाँकेमा मानव अधिकार ज्यादतीका घटनामा ९५ प्रतिशत महिला पीडित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, फागुन ७ । बाँकेमा मानव अधिकार ज्यादतीका घटनामा ९५ प्रतिशत महिला पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशले शनिबार नेपालगन्जमा सार्वजनिकीकरण गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा बाँकेमा सन् २०२१ मा मानव अधिकार ज्यादतीका घटना भएकोमा ११८ जना महिला र ६ पुरुष गरी १२४ जना पीडित भएको उल्लेख छ । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतका अनुसार महिला अधिकार उल्लंघनका ९४ र बालअधिकारका १७ घटना भएका थिए । पुरुषमाथि कुटपिट ३, हत्या २ र विद्यालयमा शारीरिक सजाय एक जना पुरुषले पाएका छन् । अरु सबै ज्यादतीमा महिला पीडित छन् । सबैभन्दा बढी घरेलु हिंसामा ८३, बलात्कार २३, कुटपिट ६, यौन दुव्र्यवहार ३, हत्या २, र बालश्रमका घटना एक वटा भएका थिए । संयोजक महतले लुम्बिनी प्रदेशमा भने ६० प्रतिशत घटना महिला अधिकार उल्लङ्घनका थिए । अधिकार उल्लङ्घनका घटनामा राज्यका तर्फबा...
त्रिभुवनको शालिक प्रहरी प्रशासनले नहटाए आफै हटाउने जसपा नेपालको चेतावनी

त्रिभुवनको शालिक प्रहरी प्रशासनले नहटाए आफै हटाउने जसपा नेपालको चेतावनी

ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ७ । प्रजातन्त्र दिवसको अवसर पारेर नेपालगञ्जको त्रिभुवन चोकमा शनिवार स्वर्गिय राजा त्रिभुवनको शालिक स्थापना गरिएपछि जनता समाजवादी पार्टी नेपाल नेपालगञ्जले प्रहरी प्रशासनले सो शालिक नहटाए आफै हटाउने चेतावनी दिएको छ । जनता समाजवादी पार्टी नेपालको नेपालगञ्ज उपमहानगर समितिका अध्यक्ष श्रवण कुमार यादवले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मधेश आन्दोलनमा सहादत प्राप्त गरेकाको नाममा सो चोकको नामाकरण मधेशी चोक गरिसकेको हुँदा त्यहाँ स्थापना गरिएको स्वर्गिय राजा त्रिभुवनको शालिक स्विकार नहुने उल्लेख गर्नुभएको छ । उहाँले प्रतिगमनकारीहरुले सो शालिक स्थापना गरेर मधेशी सहीदको अपमान गरेको जनाउँदै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी पाएको सम्बन्धित पक्षले सो शालिक हटाएनन् भने संघियताबादी, गणतन्त्रबादी, धर्मनिर्पेक्षताबादी आम नेपालगंजबासीहरुको नेतृत्वमा ज...
एमसीसी खारेजीको माग गर्दै शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा विरोध प्रदर्शन

एमसीसी खारेजीको माग गर्दै शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा विरोध प्रदर्शन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ६ । एमसीसी पास नगर्न खगरदारी गर्न माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरुले शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा खवरदारी गर्दै विरोध प्रदर्शन गरेका छन । वाईसिएल,अखिल क्रान्तिकारी,अनेमसंघ क्रान्तिकारी, अखिल नेपाल सुकुम्वासीसंग लगाएत संगठनहरुले संयुक्त रुपमा बाँकेका दुबै सहरमा बिरोध प्रदर्शन गरेका हुन । नेपालगञ्जस्थित माओवादी केन्द्रको पार्टी कार्यालयबाट विभिन्न नराराहरु लगाउँदै शुरु भएको विरोध जुलुसले त्रिवेणी मोड, त्रिभुवनचोक, विपी चोक हुँदै धम्बोझी चोकमा पुगेर विरोधसभाको आयोजना गरेको थियो । सो विरोध प्रदर्शनमा एमसीसी खारेज गर, एमसीसी चाहिंदैन, यो राष्टघाती हो जस्ता नाराहरु लगाउँदै बलजफ्ती जनतामाथि लाद्ने कार्य गरिए कडा आन्दोलनको चेतावनी समेत प्रदर्शनकारीहरुले दिएका थिए । विरोधसभालाई सम्बोधन गर्दै वाईसियलका केन्द्रिय संयोजक सुमन देवकोटाले कुनैपनि हालत...
धम्बोझीस्थित राष्टिय वाणिज्य बैंकमा तोडफोड गर्ने पक्राउ

धम्बोझीस्थित राष्टिय वाणिज्य बैंकमा तोडफोड गर्ने पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ६ । नेपालगन्जको राष्ट्रिय बाणिज्य बैंकमा तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जस्थित राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा प्रवेश गरि महत्वपूर्ण कागजात, दराज लगायतका सामान तोडफोड गरि फरार रहेका ती युवालाई नियन्त्रणमा लिइएको हो । कैलाली जिल्लाको टिकापुर–९ घर बताउने २६ वर्षिय सञ्जु विकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही र अनुसन्धान अगाडी बढाएकोछ । पक्राउ परेका विकका साथबाट एउटा खुकुरी समेत बरामद गरिएकोछ । प्रहरीका अनुसार विकले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझी स्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरि एक्कासी तोडफोड गरेका थिए । विकले बैंकमा तोडफोड गर्नुको कारण थाहा नभएको जनाउँदै सो बारेमा पनि अनुसन्धान भैरहेको प्रहरीले बताएकोछ ।...