१९ जेष्ठ २०८३, मंगलवार

मुख्य समाचार

पुर्वमन्त्री ईश्तियाक राईद्धारा अक्रामक प्रचार रणनिति तयार

पुर्वमन्त्री ईश्तियाक राईद्धारा अक्रामक प्रचार रणनिति तयार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जमा एकैदिन चार वडा प्रचार कार्यालयको उदघाटन नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख ३ । नेपालगञ्ज उपमहानगरसहित बाँकेका चारवटा पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको जनता समाजवादी पार्टीले प्र्रचार प्रसारलाई तिव्र पारेको छ । नेपाली काँग्रेस, माओवादी र एमाले लगायतका दलहरु उम्मेदवार छनोटमै व्यस्त रहेको बेला जसपाले वडा वडामा गएर भेला मार्फत प्रचार प्रसार कार्यालयहरु खोलेर जनसम्पर्कलाई तिव्र पारिसकेको छ । जसपाका केन्द्रिय नेता बाँके क्षेत्र नम्बर २ का संघीय सांसद र पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले तयार पार्नु भएको अक्रामक निर्वाचन रणनितिलाई सिंगो जिल्ला पार्टीले आत्मसात गरेर टोलटोलमा छिर्न थालेका छन् । पुर्वमन्त्री राईले तयार पार्नुभएको अक्रामक प्रचार रणनिति अनुसारनै जिल्लामा जसपाले प्रचार अभियानलाई अगाडी बढाएको छ । अन्य दलहरु उम्मेदवार कसलाई बनाउने भन्ने कसरतमा व्यस्त रहेको, न...
कोहलपुरमा ट्याक्टरले मोटरसाईकल लाई ठक्कर दिदाँ एकको मृत्यु

कोहलपुरमा ट्याक्टरले मोटरसाईकल लाई ठक्कर दिदाँ एकको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख ३ । बाँकेको कोहलपुरमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदाँ शनिवार दिउँसो एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाईते भएका छन् । कोहलपुर– २ सालको बुँटामा भे २ त ९३९ नम्बरको ट्याक्टरले भे ७ प ५४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ओभरटेक गर्ने क्रममा ट्याक्टरले ठक्कर दिदाँ मोटरसाइकल चालक बैजनाथ गाउँपालिका– ४ का ४० वर्षीय रेशम डाँगीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा सवार सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएका छन् । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐन बहादुर मल्लले बताउनुभयो ।...
जिल्ला ट्राफिक प्रहरी कार्यालयले ई रिक्सा चालकहरुलाई एक महिने प्रशिक्षण दिंदै

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ई रिक्सा चालकहरुलाई एक महिने प्रशिक्षण दिंदै

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २ । बाँके जिल्लामा संचालनमा रहेका ई रिक्सा चालकहरुका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले एक महिने प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपाल ई रिक्सा व्यवस्थापन प्रालि बाँकेको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले १ महिने प्रशिक्षण कार्यक्रम संचालन गरेको बाँकेका ट्राफिक प्रहरी प्रमुख हिमालय शाहले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षण कार्यक्रम नेपालगंज उप महानगर पालिका वडा नं १० स्थित ई रिक्सा व्यबस्थापन प्रालिको हलमा संचालन भैरहेको छ । सो प्रशिक्षण कार्यक्रममा ई रिक्सा चालकहरुलाई ट्राफिक नियम, दुर्घटना हुने कारणहरु, लेन अनुसाशन, ई रिक्सा चलाउदा चालकले ध्यान दिनुपर्ने कुराहरु र सवारीको अवस्थाका सम्बन्धमा प्रशिक्षण दिने कार्य गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शाहले जनाउनु भयो । प्रशिक्षणबाट चालकहरुले ट्राफिक नियम...
पुर्वमन्त्री राईद्धारा नयाँ वर्षको उपलक्ष्यमा बृक्षारोपण तथा शुभकामना प्रदान

पुर्वमन्त्री राईद्धारा नयाँ वर्षको उपलक्ष्यमा बृक्षारोपण तथा शुभकामना प्रदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, बैशाख १ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले अहिले शुरु भएको यो नयाँ वर्षमा देश र जिल्लाले विकासमा फड्को मारोस, सामाजिक र धार्मिक सदभाव कायम रहोस, सबैले रोजगारी र काम पाउन भन्दै त्यसका लागि सबै युवाले सचेत भएर लाग्नु पर्ने आवश्यकता औल्याउनु भएको छ । जेसीआई नेपालगञ्ज लगायतका संघसंस्थाले विहिबार नेपालगञ्जको हडियाबाबाको प्रांगणमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री राईले अहिलेका कलिला युवा भोलीका कर्णधार भएको बताउँदै उहाँहरुनै भोली देश हाक्ने महत्वपुर्ण ठाउँहरुमा पुग्नु पर्ने शुभकामना पनि दिनुभयो । उहाँले मानवीय जिवनका लागि अतिनै महत्वपुर्ण मानिएको बृक्षारोपणमा प्रमुख अतिथि बनाएकोमा आभार प्रकट गर्दै नेपालगञ्जका हरित अभियानकर्ता हेमन्तराज काफ्लेको अभि...
दुर्घटनामा मारिएका तीनजनाका आफन्तद्धारा नेपालगञ्जमा विरोध प्रदर्शन, चक्काजाम, सडकमा धर्ना

दुर्घटनामा मारिएका तीनजनाका आफन्तद्धारा नेपालगञ्जमा विरोध प्रदर्शन, चक्काजाम, सडकमा धर्ना

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, बैशाख १ गते । गत आइतवार राती सडकको छेउमा हिडिरहेका तीन जना पैदलयात्रीलाई ठक्कर दिएर मार्ने कार चालकलाई कडा कारवाही र क्षतिपुर्तिको माग गर्दै मृतकका आफन्तले यहाँ आन्दोलन शुरु गरेका छन् । सो घट्नामा मारिएका दुई नाबालकसहित तीन जनाका आफन्तले विहिबार साढे १० बजेदेखि नेपालगञ्जको विपी चोकमा टायर बालेर नाराबाजी गर्दै चक्काजाम गरेका छन् । सुनसान सडकको छेउमा हिडिरहेकालाई पछाडीबाट कारले ठक्कर दिएर हत्या गरेको आरोप लगाउँदै कार चालकलाई कडा भन्दा कडा सजाय र क्षतिपुर्तिको माग गरेर विरोध प्रदर्शन गरिएको मृतकका आफन्त राजा ईद्रिसीले बताउनुभयो । उहाँले कार चालकलाई हदैसम्मको सजाय र क्षतिपुर्तिको ग्यारेन्टी नभएसम्म विरोध प्रदर्शन र चक्काजाम जारी रहने बताउनुभयो । गत आइतवार राती ११ः३८ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको धम्बोझीतर्फबाट अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सडकको छेउ...
मेयरका उम्मेदवार राईद्धारा कैदीबन्दीलाई अफ्तार र सहेरीका लागि खाद्यान्न सहयोग

मेयरका उम्मेदवार राईद्धारा कैदीबन्दीलाई अफ्तार र सहेरीका लागि खाद्यान्न सहयोग

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ३० । नेपालगञ्ज उपमहानगरपािलकाको मेयरका उम्मेदवार तथा जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले बाँकेस्थित कारागारमा रहनु भएका कैदी बन्दीको रोजा अफ्तार र सहेरीका लागि खाद्यान्न सहयोग प्रदान गर्नुभएको छ । राईद्धारा प्रदान गरिएको सो खाद्यान्न सहयोगलाई जनता समाजवादी पार्टीका संघीय परिषदका सदस्य राशीद कुरेशी र प्रदेश उपाध्यक्ष बदरुदुज्जा लगायतले बुधवार कारगारका जेलर राम कुमार सोनकरलाई कारगारमै पुगेर हस्तान्तरण गर्नुभयो । गरिब विपन्न र असहाय लगायतलाई सधैं सहयोग गरेर रमाउने मेयरका उम्मेदवार राईले सो खाद्यान्नलाई रोजा अफ्तार र सहेरीमा प्रयोग गर्ने र त्यसबाट रोजा नबस्ने अन्य धर्म समुदायका कैदीबन्दीलाई पनि खुवाउन आग्रह गरिएको बताउनुभयो । उहाँले रोजा एक समुदायको भएपनि अफ्तारको समयमा कारगारमा रहेका अरु धर्म समुदायकालाइ पनि सामेल गराउन अनुरोध गरिएको...
काँग्रेसबाट मेयरमा १४ र उपमेयरमा ११ को नाम सिफािरस, कनौडियाले टिकट पाउने पक्का

काँग्रेसबाट मेयरमा १४ र उपमेयरमा ११ को नाम सिफािरस, कनौडियाले टिकट पाउने पक्का

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ३० । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस बाँकेले १४ जनाको नाम सिफारिस गरेको छ । उपमेयरमा भने ११ जनाको नाम सिफारिस गरिएको छ । नेपाली काँग्रेसका नेपालगञ्ज नगर सभापति प्रशान्त विष्टले कांग्रेसको केन्द्रीय परिपत्र अनुसार माथिल्लो तहमा नाम सिफारिस गरिएको बताउनुभयो । उहाँका अनुसार मेयरमा रमेश कुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनिल राणा, निरञ्जनसिंह सिजापति, डा सुरेश कुमार कनोडिया, माया पुन, अजित कुमार शर्मा, रविन्द्रमान श्रेष्ठ, विरेन्द्र बहादुर शाह, अच्युत प्रसाद प्रसाईं, ललित रौनियार, मो कादिर जोलाहा र दिवाकर खनालको नाम सिफारिस गरिएको छ । जतिजनाको नाम सिफारिस गरिएपनि डा. कनोडियाले टिकट पाउने करिब करिब पक्का भैसकेको र औपचारिकताका लागि मात्रै सबै इच्छुकको नाम सिफारिस गरिएको बताईएको छ । तर, वर्तमान उपमेयर उमा थापा मगरले पनि कडा ...
‘यस पटक बाँकेमा जसपाले चार पालिकामा स्थानीय सरकार बनाउँछ’

‘यस पटक बाँकेमा जसपाले चार पालिकामा स्थानीय सरकार बनाउँछ’

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ३० । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईले बाँकेमा यस पटक चारवटा पालिकामा जनता समाजवादी पार्टीका उम्मेदवारहरुले सहजै विजयी हुने दावी गर्नुभएको छ । उहाँले आफु शहरी विकास मन्त्री भएपछि संसदीय क्षेत्रसंगै जिल्लाका लागि गरेको विकास निर्माणलेनै नै जसपा जिल्लामा एक नम्बरको पार्टी बनेको बताउनुभयो । डुडुवाको बनकट्टीमा बुधवार आयोजना गरिएको समाजवादी युवा संघ बाँकेको गाउँपालिकास्तरीय बृहत्त भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री राईले यस पटक नेपालगञ्ज, डुडुवा, जानकी र नरैनापुरमा जसपाको स्थानीय सरकार बन्ने र जनताले विकाससंगै रोजगारी र गुणस्तरीय शिक्षा तथा उत्कृष्ट स्वास्थ्य सेवा पाउने बताउनुभयो । उहाँले डुडुवा गाउँपालिकामा जसपाका उम्मेदवार भण्डारी लाल यादवको नेतृत्वमा अधिकांश वडामा ठुलो मत अन्तरले बिजयी हुने र त्यसपछि भुमिहीन र ...
‘कोहलपुरवासीका लागी आगामी ५ बर्ष स्वर्णिम कार्यकाल हुनेछ’

‘कोहलपुरवासीका लागी आगामी ५ बर्ष स्वर्णिम कार्यकाल हुनेछ’

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नरेन्द्र न्यौपाने माओवादी केन्द्रबाट कोहलपुरका मेयरका उम्मेदवार कोहलपुर, बाँके चैत ३० । समुन्नत कोहलपुर निर्माणका लागी हाम्रो पहिलो प्राथमिकता शुसासन र पादरर्शी स्थानिय सरकार नै हुनेछ । स्थानिय सरकारले गरेका काम र योजनाहरु बारे जनतालाई जानकारी दिने र त्यस बारे स्थानियबासीको गुनासोलाई सम्बोधन गर्ने कुरालाई हामी प्राथमिकतामा राख्ने छौ हामि कोहलपुरमा लोक कल्याणकारी स्थानिय सरकार बनाउने योजनामा छौ । खास गरि सार्वजनिक सेवा, सार्वजनिक सरोकारका क्षेत्र र आधारभुत बस्तु तथा सेवाको उपभोगमा कोही दबिएको अथवा उत्पीडनमा परेको महसुस गनु पर्ने छैन । निशुल्क शिक्षा, स्वाथ्य मा सबैको पहुच कायम हुनेछ । आधारभुत उपभोग्य खाद्य बस्तुमा सबैको पहुच कामय गर्न सहुलियतमा खाद्य बस्तु प्राप्त गर्ने आधार तय गरिने छ । नगर अस्पतालबाटै नागरीकहरुलाई सबै खाले स्वाथ्य सेवा निशुल्क रुपमा लिनका लागि अस्पतालको पुर्वाधार र प्र...
शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विशेष फोकस गरिनेछ–डिएसपी मल्ल

शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विशेष फोकस गरिनेछ–डिएसपी मल्ल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत २८  । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले शान्ति सुरक्षा र अपराध नियन्त्रण नै कोहलपुर प्रहरीको प्रमुख प्राथमिकता हुने बताउनुभएको छ । डिएसपीमा बढुवा भएपछि कोहलपुर ईलाका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्नु भएका मल्लले पत्रकारहरुसंगको पहिलो भेटघाटमा सो बताउनु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकारसंगको भेटघाटका क्रममा डीएसपी मल्लले आफ्नो क्षेत्रको शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि विशेष योजना बनाएर जनता र पत्रकारको समेत सहयोगमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सदभाव, शान्ति, सुरक्षा र अपराध नियन्त्रण गरेर भयमुक्त समाज निर्माणको जिम्मेवारी प्रहरीको भएको जनाउँदै यो जिम्म्ेवारी पुरा गर्न आफ्नो दक्षता, कुशलता र अनुभवका साथ विचलित नहुँदै अघि बढ्ने सो अवसरमा बताउनुभयो । आसन्न निर्वाचन केन्द्रित स...