५ माघ २०८२, आईतवार

मुख्य समाचार

श्रोत खुलाएपनि भारतीय सुरक्षाकर्मीद्धारा ६ लाख बढी भारुसहित नेपालीलाई सीमामा पक्राउ

श्रोत खुलाएपनि भारतीय सुरक्षाकर्मीद्धारा ६ लाख बढी भारुसहित नेपालीलाई सीमामा पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ६ । भारतबाट नेपाल आउने क्रममा ६ लाख भन्दा बढी भारतीय रुपियाँ बोकेका एक नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपालगञ्ज नाकामा पक्राउ गरेको छ । भारतबाट फर्किएका जाजरकोटका धर्म बिसीलाई भारतीय सीमा रुपैडिहामा खटिएको भारतीय सीमा सुरक्षा बल र भारतीय प्रहरीको संयुक्त टोलीले चेकजाँचका क्रममा ६ लाख ४० हजार भारुसहित पक्राउ गरेको हो । सीमानामा चेकजाँच गर्दा बिसीसँग रहेको ६ लाख ४० हजार भारतीय रुपियाँ फेला परेपछि उनलाई पक्राउ गरिएको रुपैडिहा प्रहरी थानाका प्रमुख प्रमोद तिवारीले बताउनुभयो । उहाँले भारत उत्तरप्रदेशमा निर्वाचन चलिरहेकोले सीमामा सुरक्षाकर्मीले चेकजाँच बढाएको बेला यति ठुलो रकम बोकेर प्रहरीलाई कुनै जानकारी नै नदिईए आएकोमा अनुसन्धानका लागि पक्राउ गरिएको बताउनुभयो । निर्वाचनका समयमा भारतमै पनि ५० हजार भन्दा कम रकम मात्र बोकेर हिड्न सक्ने त्यो भन्दा बढी भए ...
चार वर्षमा पनि सडक निर्माण नगरेकोमा खजुराका स्थानीयद्धारा चक्काजाम र प्रदर्शन

चार वर्षमा पनि सडक निर्माण नगरेकोमा खजुराका स्थानीयद्धारा चक्काजाम र प्रदर्शन

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ५ । बाँकेको खजुरा बजारमा निर्माणाधिन फोरलेन सडक लामो समयसम्म नबन्दा आक्रोशित स्थानीयले सडक अवरोध गर्दै फेरी विरोध प्रदर्शन गरेका छन् । बजार क्षेत्रको निर्माणाधिन १८ सय मिटर बाटो ४ बर्षसम्म पनि कालोपत्रे नगरिएपछि बिहिबार स्थानीयले बिहानैदेखि नेपालगञ्ज गुलरिया राजमार्ग अवरुद्ध गरेर बिरोध प्रदर्शनमा उत्रिएका थिए । स्थानीयले सवारी साधनको आवागमन बन्द गरेर विरोधमा उत्रिएपछि सो राजमार्गमा चल्ने सयौं सवारी साधन चार घण्टासम्म दुबैतर्फ रोकिएका थिए । पटक पटक सडक निर्माणका कामलाई सक्न ताकेता गरेपनि निर्माण कम्पनीले काम अलपत्र छाड्दा चक्का जाम गर्न बाध्य बनेको स्थानिय सतिश निरौलाले बताउनुभयो । उहाँले सडक निर्माणको काम अलपत्र हुँदा दिनहुुँ सडक दुर्घटनाहरु हुने गरेको र धुलोबाट स्थानीय विरामी पर्न थालेको बताउनुभयो । निर्माण कम्पनीले सडक निर्माणको कामलाई चार वर्षद...
मैत्रीपुर्ण फुटबलमा प्रमुख सेनानी कार्कीको गोलले सेनाको टोली विजयी

मैत्रीपुर्ण फुटबलमा प्रमुख सेनानी कार्कीको गोलले सेनाको टोली विजयी

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ५ । नेपालगञ्जमा खेलिएको भेटरान मैत्रीपुर्ण फुटबल खेलमा नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टरले रोयल नेपालगञ्ज फुटबल क्लबलाई पराजित गरेको छ । पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीको कप्तानीमा रहेको नेपाली सेनाको टोलीले एन्फा लुम्बिनीका उपाध्यक्ष सुर्यमणी अधिकारीको कप्तानीमा रहेको रोयर नेपालगञ्ज फुटबल क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गरेको हो । खेलको पहिलो गोल रोयलका अमृत श्रेष्ठले गर्नु भएको थियो । त्यसपछि सेनाको टोलीबाट प्रमुख सेनानी प्रदीप थापाले गोल गरेर खेललाई बराबरीमा पुरयाउनु भएको थियो । विजयका लागि दुबै टोलीविच निकै संघर्ष भएपनि अन्तत विजयी गोल सेनाको टोलीले गरेको थियो । पश्चिम कमाण्डका सेनापति शाहीको पासमा भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले विजयी गोल गरेर सेनालाई जित दिलाउनु भएको थियो । यसअघि पनि पश्चिम कमाण्डका सेनाप...
नेपालगञ्जमा एमसीसी विरुद्ध अखिल क्रान्तिकारी, वाइसियल र राप्रपाको विरोध प्रदर्शन

नेपालगञ्जमा एमसीसी विरुद्ध अखिल क्रान्तिकारी, वाइसियल र राप्रपाको विरोध प्रदर्शन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ४ । एमसीसीको खारेजीको माग गर्दै विभिन्न पाँच दलले नेपाल बन्दको आहवान गरेकै दिन बुधवार नेपालगञ्जमा राप्रपा र नेकपा माओदी निकट अखिल क्रान्तिकारी तथा वाईसिएलले पनि विरोध प्रदर्शनको आयोजना गरेका छन् । एमसीसीको खारेजीको मागसहित विभिन्न प्लेकार्ड बोकेका उनिहरुले विभिन्न नारा लगाउँदै नगरका विभिन्न भारगमा जुलुस प्रदर्शन गर्दै चर्को विरोध गरेका हुन् । युवाहरुको बृहत्त सहभागिता रहेको विरोध प्रदर्शनमा कुनै पनि हालतमा एमसीसी लागु गर्न नहुनेमा उनिहरुको जोड थियो । नेकपा माओवादी केन्द्र बाँकेको पार्टी कार्यालयबाट शुरु भएको अखिल क्रान्तिकारी र वाईसियलको विरोध प्रदर्शन अन्तर्गत नगरको विभिन्न भागको परिक्रमा गरेर जुलुस जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर समापन गरिएको थियो । समापन अघि प्रदर्शनकारीहरुले निकै बेरसम्म नाराबाजी गरेका थिए । समापनमा बोल्दै विद्यार्थि ...
एमसीसीको विरोध प्रदर्शनको क्रममा धम्बोझीमा प्रहरी र प्रदर्शनकारीविच झडप

एमसीसीको विरोध प्रदर्शनको क्रममा धम्बोझीमा प्रहरी र प्रदर्शनकारीविच झडप

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ४ । अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा बुधबार भएको प्रदर्शनमा प्रहरी र आन्दोलनकारी बीच केही बेर झडप र धक्कामुक्की भएको छ । सत्ता गठबन्धन नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियु र युवा संघ नेपालले नेपालगन्जको धम्बोझी चोकमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोगको प्रयास गरेको थियो । धम्बोझी चोकमा गरेको प्रदर्शनमा प्रहरी र आन्दोलनकारी बीच करिब १५, २० मिनेट तनावको स्थिति देखा परेको थियो । सोही क्रममा अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेतलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको थियो । प्रहरी र आन्दोलनकारी बिचको तनाव अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेतलाई छोडेपछी साम्य भएको थियो । नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियु र युवा संघ नेपालले नेपालगन्जको धम्बोझी चोकमा टाएर बालेर एमसिसी चाहिदैन...
माओवादीले एमसीसी पारित गर्न नदिने नेता महराको दावी

माओवादीले एमसीसी पारित गर्न नदिने नेता महराको दावी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ४ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले काँग्रेसले एमसिसीलाई संसदमा टेबुल गरेको खण्डमा नेकपा माओबादी केन्द्रले गठबन्धन र सरकार छोड्ने बताउनुभएको छ । उहाले नेपालगञ्ज र कोहलपुरमा आयोजित कार्यकर्ता प्रशिक्षण र नगर कमिटिको बिस्तारीत बैठकलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । काँग्रेसले शंसोधन नगरि यथास्थितिमा एमसिसी संसदमा ल्याएको खण्डमा माओवादी केन्द्रले गठबन्धनबाट अलग्गिने र सरकारपनि छोड्ने जनाउँदै कुनै पनि हालतमा शंसोधन नगरेर पास गर्न नदिने बताउनुभयो । उहाँले एमसीसी अब कुनै दलको मात्रै विषय नरहेको जनाउँदै यो विषय अब समग्र नेपाली जनताको विष बनिसकेको प्रष्ट पार्दै राष्टिय सहमति विना पारित गर्न नसकिने माओवादीको अडान रहेको बताउनुभयो । उहाँले माओवादीले देशहितलाई सबैभन्दा बढी प्राथमिकता राखेको जनाउँदै राष्ट र जनताका अगाडी कुनै पनि वि...
भारतबाट पशुपंक्षीको अवैध आयात तत्काल रोक्न सबै सरोकारवालाको माग

भारतबाट पशुपंक्षीको अवैध आयात तत्काल रोक्न सबै सरोकारवालाको माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ४ । भारतबाट पशुपंक्षीको अवैध आयातले वर्ड फ्लु लगायतको रोगको जोखिम बढेकोले सो अवैध आयात तत्काल रोक्न बाँकेका सरोकारवालाले माग गरेका छन् । अबैधरुपमा भारतबाट आयात गरिएका पशुपंक्षीमा वर्ड फ्लु लगायतका प्राणघातक रोग पनि आयात हुने भन्दै यसलाई नरोके अवस्था भयावह हुने चेतावनी समेत उनिहरुले दिएकाछन् । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा आयोजित सुरक्षा निकाय लगायत सरोकारवालासँगको अन्तक्रियामा सो माग गर्दै चेतावनी समेत दिईएको हो । जिल्लाका सुरक्षाकर्मी, नेपालगञ्ज भन्सार कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, माछा व्यवसायी, कुखुरा व्यवसायी लगायत सरोकारवालाहरु सहभागी रहेको सो कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा विनय कुमार कर्ण र पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा भक्त निउरेले सीमाक्षेत्रबाट पशुपंक्षि आय...
एमसीसी विरुद्धको बन्दले नेपालगञ्जमा यातायात र विद्यालय बन्द, प्रहरीद्धारा धरपकड जारी

एमसीसी विरुद्धको बन्दले नेपालगञ्जमा यातायात र विद्यालय बन्द, प्रहरीद्धारा धरपकड जारी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ४ । एमसिसीको बिरोधमा बुधवार पाँच दलद्धारा गरिएको नेपाल बन्दको प्रभाव बाँकेमा पनि देखिएको छ । बन्दका कारण नेपालगञ्ज लगायत बाँकेमा यातायात सबैभन्दा बढी प्रभावित भएको छ भने विद्यालयहरु पनि बन्द भएका छन् । केही ठाउँमा बजार र पसल पनि बन्दकर्ताले बन्द गराएका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले एमसीसीको विरोधमा बुधवार नेपाल बन्दको आहवान गरेका छ । नेपालगन्जमा बिहानैदेखि लामो तथा छोटो दुरीका कुनैपनि गाडी गुडेका छैनन भने बिद्यालय पनि ठप्प रहेका छन । बजार सामान्य खुलेको छ भने रिक्सा, मोटरसाइकल तथ...
लागु औषध ओसार्न महिलाको प्रयोग बढ्यो

लागु औषध ओसार्न महिलाको प्रयोग बढ्यो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
जे पाण्डे नेपालगञ्ज, फागुन ३ । सीमा क्षेत्रमा चरेस र अफिम ओसारपसारमा पक्राउ पर्नेमध्ये महिलाको संख्या बढ्दो छ । विपन्न महिलालाई नेपाल(भारत दुवैतर्फका लागूऔषध कारोबारीले भरियाको रुपमा प्रयोग गर्न थालेपछि पक्राउ पर्नेको संख्या बढेको प्रहरीको अनुसन्धानले देखाएको हो । प्रहरीका अनुसार छोराछोरी धरौटीमा राख्न लगाएर आमालाई लागूपदार्थ ढुवानीमा भरियाका रूपमा प्रयोग गर्दै आएको पनि पाइएको छ । ‘भारतीय व्यापारीसँग मिलेर भरिया बनाए । छोराछोरीको पालनपोषण पनि गरिदिन्छौं भने,’ पक्राउ परेकी रोल्पाकी एक महिलाले भनिन्, ‘पठाउने मान्छे रोल्पाको हो ।’ भारतीय तस्करसँग मिलेका व्यापारीले आफूलाई चरेस र अफिम ओसारपसारको भरिया बनाउँदा छोराछोरीलाई अप्रत्यक्ष निगरानीमा राखेको उनले बताइन् । ‘जेलमा बस्दा पनि छोराछोरीलाई केही गर्ने हुन् कि भन्ने डरैडर भयो,’ उनले भनिन् । भरिया बन्न बाध्य भएका महिला सन्तानप्रतिको मायाले लागू...
२३ वटै वडाको विकासलाई तिव्र गतिमा अगाडी बढाउनेछु–कमरुद्दीन राई

२३ वटै वडाको विकासलाई तिव्र गतिमा अगाडी बढाउनेछु–कमरुद्दीन राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ३ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टीका उम्मेदवार बन्नु भएका कमरुद्दिन राईले उम्मेदवारी घोषणासंगै चुनावी अभियानलाई पनि तिव्र पार्नुभएको छ । राईले आफ्नो उम्मेदवारी नेपालगञ्जको विकास र सम्बृद्धिका लागि भएको जनाउँदै उपमहानगरका २३ वटै वडालाई समानुपातिक ढंगले विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । अहिलेका मेयर धवलशम्शशेर राणाले नगरपालिका भित्र विभेदपूर्ण तरिकाले विकास गरेको जनाउँदै उम्मेदवार राइले आफुले सबै वडालाई समान रुपमा विकासमा अगाडी बढाउने बताउनुभएको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पछाडी पारिएका नेपालगञ्ज उपमहानगरपालि भित्रका वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२ र २३ मा विकास नभएको राईले बताउनुभयो । मेयर राणाले शहरीक्षेत्रका केही वडाको विकास गरेप...