रासस
राँझा, बाँके, माघ २६ । बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा रवीन कडरियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । ६ क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ । एउटा क्यामेराको मूल्य रु ४० हजार पर्दछ । पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्ने उहाँले बताउनुभयो ।
न...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २५ । विभिन्न प्रकारका अवैध चोरी पैठारी र तस्करीका घट्नाहरु हुने गरेको बाँकेमा अवैध काठ कटान र काठ तस्करी पनि बढेको पाईएको छ । पछिल्लो समयमा आएर बाँके जिल्लाका धेरै सामुदायीक वनमा कतै सामुदायीक वनकै पदाधिकारी त कतै काठ तस्करहरुद्धारा अवैध वन फडानी र काठ कटान भैरहेको पाईएको छ ।
सोही क्रममा बाँकेको डुडुवा गाउँपालिका–१ हजरात सामुदायिक वनमा अवैधरुपमा कटान गरिएको ५० दशमलव १० क्यूफिट वेवारिसे काठ प्रहरीले बरामद गरेको छ ।
सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन डिभिजन कार्यालयका कर्मचारी र खडैचा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले वनमा गस्ति गर्नेक्रममा तस्करी गर्ने उदेश्यले राखिएको उक्त काठ फेला पारेको थियो ।
प्रहरीले बरामद गरेको काठ हजरात सामुदायिक वनका पदाधिकारीलाई बुझाएको प्रहरीले जनाएको छ ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २५ । विभिन्न प्रकारका अवैध आयात र तस्करी हुँदै आएको नेपाल भारत नाकाबाट चाँदीका तयारी गहना पनि ठुलो परिमाणमा भारतबाट नेपालतर्फ तस्करी हुने गरेको खुलासा भएको छ । सशस्त्र प्रहरीले अवैध करिब ९ लाख रुपियाँको चाँदीका तयारी गहना बरामद गरेपछि सो खुलासा भएको हो । नेपालगञ्ज १६ चौलिका चोकबाट लुकाईछिपाई ल्याउँदै गरेको पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ३२ इके८१९६ नम्बरको एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ५ किलो ७८५ ग्राम ढिक्का ४ पिस र २ किलो ५११ ग्राम बनेको गरगहना पाउजु, औंठी गरी जम्मा ८ किलो २९६ ग्राम चाँदीसहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेबाट मंगलवार बिहान ११ बजे सशस्त्र प्रहरी सहा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २४ । भन्सार राजस्व छलेर भारतबाट ल्याउने गरिएको अवैध सामानका विरुद्ध प्रहरीले सक्रियता बढाउँदै गएको छ । तर, सो संगसंगै तस्करहरुले पनि आफ्नो सक्रियता बढाएका छन् । प्रहरीले पछिल्लो समयमा आएर सोमवार नेपालगन्ज उपमहानगरपालिका–१६ सुइयाबाट भन्सार छलिको १ लाख ३३ हजारको अवैध सामान बरामद गरेको छ ।
भन्सार राजस्व छलेर ल्याईएको बच्चाको ज्याकेट, टिसर्ट, धोती, कूर्तिलगायतका वेवारिसे लत्ताकपडा बरामद गरिएको जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक लाख ३३ हजार ७६० रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहितको सामान बरामद भएको हो ।
विष्टका अनुसार तस्करहरुले भने प्रहरीलाई देखेपछि सामान छाडेर फरार भएका थिए । बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको जमुनाह प्रहरी कार्यालयले जनाएको छ ।
लागु औषधको ओसारपसार र कारोबार ...
गोविन्द शर्मा
नेपालगञ्ज, माघ २४ । स्थानीय तहमा छिटो कर्मचारी सरुवा हुँदा काममा असहजता भएको कर्मचारीको भनाइ छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा तीन महिना १५ दिन पहिले सरुवा भई आउनुभएका गुरुदत्त सुवेदीको श्रम मन्त्रालयमा सरुवा भई सोमबार नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा जगत बस्नेत हाजिर हुनुभएको छ ।
सुवेदीको कात्तिक ८ गते मात्र नेपालगञ्ज प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएको थियो । सुवेदीभन्दा पहिलेका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीको पनि पाँच महिनामै नेपालगञ्जको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भएको थियो । स्थानीय तह कार्यान्वयनमा आएपछि नेपालगञ्ज उप–महानगरपालिकामा आठ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसकेको छ । हरि प्याकुरेल र ओमबहादुर खड्काले मात्रै एक वर्ष काम गर्न पाउनुभएको छ ।
नेपालगञ्ज मात्र नभई बाँकेको दोस्रो ठूलो शहरको रुपमा रहेको कोहल...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २४ । प्रहरीले भारतबाट ल्याउन प्रतिवन्ध लगाईएका ठुलो परिमाणमा कुखुरा र ओसारपसारमा प्रयोग गरिएका तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले नवाजी गाउँबाट ८ कुइन्टल अवैध तथा हानिकारक कुखुरा बरामद गरेको हो ।
गत केही समयदेखि नेपाली कुखुरा पालक किसान र कुखुरा उत्पादक व्यवसायीले प्रहरी प्रशासनमाथि भारतबाट भैरहेको कुखुराको अवैध आयात रोक्न दवाव दिंदै आएका छन् । किसान र व्यवसायीको मागलाई ध्यानमा राखेर प्रहरीले पनि कडाई शुरु गरेको देखिएको छ । सोही क्रममा केही समययता आएर दैनिकजसो अवैध कुखुराहरु बरामद गर्ने कार्यले तिव्रता पाएको छ ।
सोही क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले जानकि गाउँपालीका वडा नं. २ नवाजी गाउँबाट तीनवटा मोटरसाइकलमा भित्र्याइएका ८ कुइन्टल अवैध कुखुरा बरामद गरेको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निर...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २३ । बाँकेकै एक प्रतिष्ठित अस्पतालमा नर्सिङ्ग अध्ययन तथा नर्स बनाउँछु भन्दै तीन महिला ठगिएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार दुई जना महिलासंग नर्सिङ्ग अध्ययन तथा नर्सको जागिर लगाउँछु भनेर ८ लाख रुपियाँ ठगि गरिएको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा परेको छ । नर्सिङ्ग अध्ययनका लागि तीन लाख र जागिरका लागि पाँच लाख गरेर दुई जनाको ८ लाख ठगिएको उजुरी परेको प्रहरीले जनाएको छ ।
नर्स बनाउँछु र जागिर लगाउँछु भनेर ठगिएको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएकोले प्रहरीले अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ता, डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँले ‘घटनाबारे अनुसन्धान अघि बढेको जनाउँदै तर अहिलेसम्म कोही पनि पक्राउ नपरेको बताउनुभयो ।
आफुलाई नर्स बताउने दुई जनाले नर्सिङ्ग अध्ययनका लागि नाम निकालिदिने र जागिर लगाइदिने भन्दै...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २३ । नेकपा एकीकृत समाजवादि पार्टि निकट सरकारि कर्मचारी संगठन एकीकृत सरकारि कर्मचारि संगठन नेपाल बाँकेमा पनि आफ्नो संगठन विस्तार गरेकोे छ।संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज याम वहादुर खत्रीको प्रमुख अथित्यमा भएको भेलाले वालकृषण चौधरीको अध्यक्षतामा २१ सदस्यीय एकीकृत सरकारी कर्मचारी संगठन बाँके शाखा गठन गरेको छ।
संगठनको उपाध्यक्षमा सुरेन्द्र रेग्मी, सचिवमा राम सिह ठकुरी, सह सचिवमा रमेश वि क र कोषाध्यक्षमा वेदु चौधरिलाई चयन गरिएको छ । नेकपा एस बाँके ईन्चाज तथा केन्द्रीय सदस्य अशोक कोइराला, सह ईन्चाज तथा केन्द्रीय सदस्य अव्दुल हुसेन खाँ, नेकपा एस कोहलपुर ईन्चाज मन्जु कोईराला, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सदस्य नवीन वुढा, लक्ष्मी योगि, गणेश ज्ञवाली तथा वर्दिया अध्यक्ष अमरदेव भारती लगाएतको सो अवसरमा उपस्थित रहेको थियोे ।
&...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २३ । प्राय दैनिकजसो हुने गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध सर्वसाधारणमा आक्रोश देखिन थालेको छ । जनताले सो मुल्यबृद्धिको विरोध गरिरहेकै बेला विभिन्न राजनितिक दल र उनका भातृ संगठनले पनि विरोध शुरु गरेका छन् । सोही क्रममा बाँकेको कोहलपुरमा नेत्र विक्रम चन्दको नेकपा विप्लब निकट अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएको विरुद्धमा चक्का जाम गरेको छ । चकजामको क्रममा कोहलपुर चौराहमा यातायातको आवागमन बन्द गरिएको हो ।
विप्लव नेतृत्वको भातृसंगठन अखिल क्रान्तिकारीले चौराहा र पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य डिवी शाहीका अनुसार पेट्रोलियम पदार्थको मुल्य बृद्धि सरकारले अस्वभाविक रुपमा गरेको हुनाले उक्त पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न दबाब स्वरुप सडक अवरुद्ध गरिएको हो । उहाँले मु...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २२ । कोहलपुर नगर पालिका कार्यालयको प्रांगणमा निर्माण भैरहेको अस्पताल भवन निर्माणको क्रममा गुणस्तरहीन निर्माण कार्य भैरहेको आरोप लागेको छ । कोहलपुर नगरपालिका कार्यालय भित्रै झण्डै १० करोडको लागतमा निर्माण भई रहेको अस्पतालको जग निर्माणका क्रममा हालिने टाई बिम निमाण गर्दा गुणस्तरहीन कार्य गरिएको गुनासो उठेको हो।
कुनैपनि भवनको बलियो निर्माणका लागि टाई बिम जमिन सतह मुनिबाटै निर्माण गनु पर्ने हुन्छ । तर सो अस्पतालमा त्यसो नगरी हिलो माथि निर्माण भई रहेको जनाईएको छ । हिलो माथि निर्माण गर्दा कतिपय स्थानमा टाई बिम भत्की सकेको तथा लच्केको भए पनि हिलो माथि नै बिम राख्ने काम भने नरोकीएको स्थानीयले जनाएका छन् । टाई बिम अधिकांस स्थानमा भत्कीसकेको भएपनि त्यसलाई सुधार गर्ने भन्दा हिलो माथि नै बिम हाल्ने काम नरोकीएको स्थानीयको भनाई छ ।
कोहलपुर नगरपालिका कार्यालय भित्रै...