४ माघ २०८२, शनिबार

मुख्य समाचार

लखनउमा जोखिमपुर्ण अवस्थामा रहेका दुई नेपाली बालकको उद्धार गरेर ल्याईयो

लखनउमा जोखिमपुर्ण अवस्थामा रहेका दुई नेपाली बालकको उद्धार गरेर ल्याईयो

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १९ । भारतको लखनउ शहरमा जोखिमपुर्ण बालश्रममा लागेका दुई जना नेपाली बालश्रमिकहरुलाई उद्दार गरी नेपालगन्ज ल्याइएको छ । इलाका प्रहरी कार्यालय जमुनाहको समन्वयमा श्री एन्जल्स जयसपुर बाँके र दिहात संस्था रुपईडिहा भारतको सक्रियतामा गढीमाइ नगरपालिका ७ रौतहट घर भएका १७ बर्षीय बालक इब्रान शेख र अवलसिङ सुर्खेतका १६ बर्षीय बिकास थापालाई उद्दार गरेको जिल्ला प्रहरी बाँके प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । इलाका प्रहरी जमुनाहको समन्वयमा श्री एन्जल्स जयसपुर बाँकेका फारुकद्दिन अन्सारीको पहलमा दिहात संस्था रुपईडिहको सहकार्यमा समाजसेवी अन्सारीले लखनऊ गएर दुबै बालश्रमिक बालकहरुलाई नेपालगन्ज ल्याएको एसपी अधिकारीले बताउनुभयो। उद्दार गरी इलाका प्रहरी जमुनाह नेपालगन्ज ल्याइएका दुबै बालकहरुलाई पुनर्स्थापनाका लागि नेपालगन्जमा रहेको सिविन नेपाल बाँकेको जिम्मा लग...
बाँकेमा पनि बालबालिकालाई  खोप लगाउन शुरु

बाँकेमा पनि बालबालिकालाई खोप लगाउन शुरु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ १९ गते । बाँकेमा बुधवारदेखि १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । २०६१ माघ १५ गतेदेखि २०६६ माघ १५ को बीचमा जन्मिएका १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई बुधवारदेखि मोडर्ना खोप लगाउन शुरु गरिएको हो । सो खोप अभियानको शुभारम्भ बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले गर्नुभयो । सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह र बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको उपस्थिति रहेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न विद्यालयलाई खोप केन्द्र बनाएर खोप लगाउन सुरु गरिएको बाँकेका कोरोना खोप अधिकृत नरेश श्रेष्ठले बताउनुभयो । बाँकेका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुले तोकेका खोप केन्द्रहरुमा खोप लगाउन सुरु गरिएको जनाउँदै उहाँले जिल्लाका सो उमेर समहुका ६९ हजार बालबालिका लाई खोप लगाइने ...
बर्डफ्लुको उच्च जोखिममा पनि भारतबाट अवैध कुखुरा भित्रिंदै

बर्डफ्लुको उच्च जोखिममा पनि भारतबाट अवैध कुखुरा भित्रिंदै

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, माघ १९ । भारतका धेरै ठाउँमा बर्डफ्लु देखिएकोले बर्डफ्लु भित्रिने अत्याधिक जोखिमका विच पनि भारतबाट कुखुराको अवैध आयाते रोकिएको छैन । बर्डफ्लु भित्रिने आशंकाकै कारण भारतबाट कुखुराको आयातमा पुर्ण रुपमा प्रतिवन्ध लगाएर सीमानामा कडाई गरिएपनि भारतबाट दिनदिनै तस्करहरुले कुखुरा भित्र्यान भने छोडेका छैनन् । पछिल्लो पटक मंगलवार नेपालको पुर्वि जिल्ला मोरंगको सीमानामा पनि कुखुरामा बर्डफ्लु देखिएको छ । प्रहरीले बेला बेलामा अवैध रुपमा ल्याईएका कुखुरा नियन्त्रणमा लिंदै आएपनि ड्युटीमा रहेका प्रहरीकै सेटिंगमा कुखुरा आइरहेकोले बर्डफ्लु भित्रिन सहयोग पुगिरहेको किसान र व्यवसायीको आरोप छ । पछिल्लो पटक मंगलबार प्रहरी र शसस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्रयाईएका ठुलो परिमाणका कुखुरा नरैनापुर र जानकीबाट बरामद गरेको छ । स्थानीय व्यवसायी र किसानले यसरी कुुखराको अवैध आयात जारी रहने हो...
कोहलपुर बसर्पाक निर्माणको ४५ प्रतिशत काम सम्पन्न

कोहलपुर बसर्पाक निर्माणको ४५ प्रतिशत काम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
गोविन्द शर्मा बाँके, माघ १९ गते । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको छ । अत्यधिक सवारी चाप ब्यवस्थापनका लागि कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण भइरहेको छ । कोभिड सङ्क्रमण तिव्ररुपमा बढिरहेको अहिलेको अवस्थामा समेत बसपार्क निर्माण कार्य तिव्ररुपमा अघि बढिरहेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । २०७७ फागुन २४ गते २७ करोड ८४ लाख ६६ हजार रुपियाँमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको हो । हालसम्म सन्तोषजनक रुपमा काम अघिबढेको छ, नगर प्रमुख रावतले भन्नुभयो –“कोभिड महामारीका बीच पनि अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।” बसपार्क २०७९ फागुन २५ गतेसम्म सम्पन्न गर्ने सम्झौता रहेको छ । कोहलपुर चौराहभन्दा पुर्वतर्फ फराकिलो संरचनासहित बसपार्क निर्माण भइरहेको नगरप्रमुख रावतको भनाई छ । निर्माणधि...
सशस्त्र प्रहरीद्धारा भारतबाट भित्रिएको हानिकारक माछा र प्रतिवन्धित कुखुरा बरामद

सशस्त्र प्रहरीद्धारा भारतबाट भित्रिएको हानिकारक माछा र प्रतिवन्धित कुखुरा बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, माघ १९ । तस्करी र अवैध आयात नियन्त्रणका लागि सक्रिय रहेको सशस्त्र प्रहरीको टोलीले विभिन्न स्थानबाट लाखौं रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगन्ज १५ पिप्रहवा सिमा नाकाबाट डेढ क्विन्टल माछा र माछा तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका ३७ हजार ५ सय रुपैयाँ माछालाई क्वारेन्टाइन कार्यालय बुझाई नस्ट गरिएको र ५० हजार रुपैयाँ बराबरको भारतीय नम्बरको मोटरसाइकललाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक जनक राज बस्नेतले बताउनुभयो । सोही प्रकारले सशस्त्र प्रहरीले जानकी गाउँपालिका १ बाट डेढ क्विन्टल कुखुरा र कुखुरा तस्करीमा प्रयोग गरिएका ९ वटा साइकलसमेत बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जनाउनु भए...
नेपालगञ्जको अव्यवस्थित पार्किंगलाई व्यवस्थित गर्दै ट्राफ्रिक प्रहरी

नेपालगञ्जको अव्यवस्थित पार्किंगलाई व्यवस्थित गर्दै ट्राफ्रिक प्रहरी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १८ । जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा जथाभाबी पार्किङ गरेर राखिएको सवारी साधन र ठेलागाडालाई ब्यबस्थित गर्न शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज बजार क्षेत्रमा जथाभाबि पार्किङ गर्ने प्रचलननै कायम भैसकेकोले सो मा सुधार ल्याउनका लागि जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले पार्किंगलाई व्यवस्थित गर्न थालेको ट्राफ्रिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहले बताउनुभयो । उहाँका अनुसार सो क्रममा नेपालगञ्जको त्रिभुवन चोक र सदरलाइनमा अव्यवस्थित तरिकाले जथाभावि पार्किंग गरेर राखेका मोटरसाईकल, ठेलागाडालाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले मंगलवार ब्यबस्थित गरेको छ । नेपालगन्ज बजारको बिभिन्न स्थानहरुमा जथाभाबी पार्किङ गरि राखेका सवारी साधन मोटरसाईकल, स्कुटी, अटो, ठेलागाडाहरुलाई जिल्ला ट्राफ्रिक प्रहरी क...
भारतबाट कुखुराको अवैध आयात नरोकिंदा नेपाली किसान र व्यवसायी ठुलो समस्यामा

भारतबाट कुखुराको अवैध आयात नरोकिंदा नेपाली किसान र व्यवसायी ठुलो समस्यामा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १८ । सरकारले आयातमा प्रतिवन्ध लगाएपनि धेरै लामो समयदेखि भारतबाट कुखुराको अवैध आयात भैरहेकोले नेपाली किसान र व्यवसायी अत्याधिक मारमा परेका छन् । उनिहरुले भारतबाट ल्याईएको गुणस्तरहीन कुखुरासंग मुल्यमा प्रतिष्पर्धा गर्न नसक्दा व्यवसायनै धरापमा परेको गुनासो गरेका छन् । भारतबाट अवैध रुपमा भित्रिने केुखरालाई रोक्न नसकेकोले धेरै किसान र व्यवसायीले व्यवसायनै छोडेर बसेको व्यवसायीले जनाएका छन् । तर, उनिहरुले बैंकबाट लिएको ऋण तिर्न नसकेर समस्यामा परेको पनि बताएका छन् । ड्युटीमा रहेका प्रहरीकै सेटिंगमा तस्करी भैरहेकोले आफुहरु झनै मर्कामा परेको उनिहरुको ठुलो गुनासो छ । प्रहरीले पक्राउ नगर्दा किसान र व्यवसायी सो आयात रोक्न आफै मैदानमा कस्सिएको पनि उनिहरुले बताएका छन् । प्रहरीले पक्राउ नगरेपछि आफुहरुले गएर प्रहरी बोलाई नरैनापुरबाट १२ क्विन्टल अवैध कुखुरा पक्राउ...
बाँके ट्राफिक प्रहरीद्धारा कोरोना विरुद्धको सचेतना अभियान निरन्तर जारी

बाँके ट्राफिक प्रहरीद्धारा कोरोना विरुद्धको सचेतना अभियान निरन्तर जारी

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १७ । बाँकेस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पालनासंगै कोभिड विरुद्धको सचेतना अभियानलाई पनि निरन्तर जारी राखेको छ । कोरोना संक्रमण बढ्दै गएपछि गत केही समयदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा सवारी साधनको चेकजाँचसंगै आवागमन गर्ने नागरिकलाई मास्क लगाउन आग्रह गर्दै ठुलो संख्यामा मास्क वितरण गरेको छ । सो कार्यालयका विभिन्न प्रहरीले विभिन्न स्थानमा मास्क वितरण, मास्क चेकजाँच लगायतको अभियानमा तिव्रता दिएका छन् । कामको शिलसिलामा खटिंदा कोरोना संक्रमित हुनुभएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाह निको भएर फेरी काममा खटिएलगत्तै कोरोना विरुद्धको सचेतना फैलाउन फेरी सक्रिय भएर लाग्नु भएको छ । प्रमुख शाहको नेतृत्वमा ट्राफिक प्रहरीले सोमवार नेपालगंज बजार क्षेत्र, रत्न राजमार्ग र नेपाल...
कसैले ध्यान नदिंदा दुर्गन्धित बनेको बसपार्कको प्रहरीद्धारा सरसफाई शुरु

कसैले ध्यान नदिंदा दुर्गन्धित बनेको बसपार्कको प्रहरीद्धारा सरसफाई शुरु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १७ । सरसफाईमा सम्बन्धित निकायले ध्यान नदिंदा दुर्गन्धित बन्दै गएको नेपालगन्ज बसपार्कमा सोमबारदेखि अस्थायी प्रहरी पोष्ट बसपार्कको नेतृत्वमा सरसफाई अभियान शुरु गरिएको छ । कसैले ध्यान नदिंदा बसपार्क दुर्गन्धित र फोहर बन्दै जान थालेपछि सरसफाई अभियान सुरु गरिएको अस्थायी प्रहरी पोष्टका इन्चार्ज एवं प्रहरी सहायक निरिक्षक फत्तेबहादुर हमालले जानकारी दिनु भएको छ । गत सातामात्रै इन्चार्जको जिम्मेवारीसहित अस्थायी प्रहरी पोष्ट बसपार्क आउनु भएका प्रहरी सहायक निरिक्षक हमालका अनुसार बसपार्कमा यातायात व्यवसायी, होटल तथा अन्य किराना व्यवसायीका साथै यात्रुहरुले समेत सरसफाइमा ध्यान ध्यान नदिएकाले दुर्गन्ध बढेपछि सरसफाइ अभियान थालिएको हो । ‘हामीले बसपार्कलाई सुन्दर र स्वच्छ बनाउनुपर्छ भनेर पहिलो चरणमा सरसफाइ अभियान सुरु गरेका छौं,’ प्रहरी सहायक निरिक्षक हमालले भन्नुभयो, ‘...
बाँके प्रहरीले फेरी दुई जना लागु औषध कारोबारी पक्राउ गर्यो

बाँके प्रहरीले फेरी दुई जना लागु औषध कारोबारी पक्राउ गर्यो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १७ । लागु औषध नियन्त्रणमा सक्रिय रहेको बाँके प्रहरीले ठुलो परिमाणको लागूऔषध ब्राउन सुगर सहित २ जना कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट लागूऔषध नियन्त्रण व्युरोको संयुक्त टोलीले सोमवार दिउँसो सवा एक बजे नेपालगन्ज १० गणेशमान चोक नजिकबाट २ जनालाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । जिल्ला प्रहरी बाँकेका अनुसार जानकी गाउँपालिका २ का २८ बर्षीय पारसमणि बर्मा र सोही स्थानकै २६ बर्षीय ओमप्रकाश बर्मालाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनिहरुको साथबाट २० ग्राम ब्राउनसुगर बरामद गरिएकोले उनिहरु कारोबारी रहेको अनुमान प्रहरीले लगाएको छ । पक्राउ परेका दुबै जनासँग लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । केही समययता बाँकेमा प्रहरीले आफ्नो सक्...