४ माघ २०८२, शनिबार

मुख्य समाचार

कोरोना खोप दर बढाउन खजुरामा महिला स्वयमसेविकालाई परिचालन

कोरोना खोप दर बढाउन खजुरामा महिला स्वयमसेविकालाई परिचालन

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १४ । बढ्दै गएको कोरोना नियन्त्रणका लागि उत्प्रेरित गर्ने उदेश्यका साथ बाँके युनेस्को क्लबले खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित कोभिड १९ रोकथाम तथा पुनस्र्थापना परियोजना अन्तरगत खजुरा गाउँपालिका वडा न.१ र २ का महिला स्वयमसेविकाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कोविड –१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन गाउँघरमा गएर उत्प्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले खजुरा गाउँपालिकाको सबै घरधुरीमा महिला स्वयमसेविकाहरुलाई परिचालन गरि घरदैलो कार्यक्रम गरेर कोरोना नियन्त्रण सम्बन्धि सचेतना फैलाउने तथा खोप लगाउन सबैलाई उत्प्रेरित गर्न...
खेलकुद मन्त्री अथकद्धारा गौतमबुद्ध रंगशालाको निर्माण अगाडी बढाउन निर्देशन

खेलकुद मन्त्री अथकद्धारा गौतमबुद्ध रंगशालाको निर्माण अगाडी बढाउन निर्देशन

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार चितवन, १३ माघ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको हो । निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरपालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका मन्त्री अथकले रंगशालाको निरिक्षण तथा अवलोकन गर्नुभएको हो । रंगशाला निरिक्षण पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ । उक्त रंगशालालाई गौरबको आयोजनामा समेटी यहि आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्री अथ...
कोइराला समुहको पेलानमा परेका युवराज शर्मा बने राष्टियसभाका सांसद

कोइराला समुहको पेलानमा परेका युवराज शर्मा बने राष्टियसभाका सांसद

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, माघ १३ । नेपाली कांग्रेसभित्रको गुटबन्दीमा तत्कालीन सभापति सुशील कोइराला समूहको पेलानमा परेर किनारामा पुगेका बाँकेका पुराना नेता युवराज शर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । शर्मा तिनै नेता हुन्, जो कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा शेरबहादुर देउवा सभापति हुँदा उपसभापति थिए । यति लामो राजनीतिक इतिहास भएर पनि अन्तरपार्टी संघर्षमा उनी सधैँ बहुमत पक्षको पेलानमा परिरहे । बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको पक्षपाती शर्मा कांग्रेसका त्यागी नेताका रूपमा पश्चिम नेपालमा परिचित छन् । नेता शर्मा २०२४ सालदेखि पञ्चायत विरोधी आन्दोलनमा पटक पटक जेल परे । दर्जनौं पटक पक्राउ परे पनि प्रजातन्त्र स्थापनाका लागि लड्दै आएका उनी २०३० सालमा भूमिगतकालमै बाँके कांग्रेसको सचिव भएका थिए । उनी लामो समय शिक्षक पनि रहे । बेतहनी विद्यालय, खजुरा आदर्श मावि र महेन्द्र माविमा पनि उन...
सशस्त्र प्रहरी प्रमुख बस्नेतको निर्देशनमा तस्करी नियन्त्रण अभियान तिव्र, दुई लाख बढीको सामान बरामद

सशस्त्र प्रहरी प्रमुख बस्नेतको निर्देशनमा तस्करी नियन्त्रण अभियान तिव्र, दुई लाख बढीको सामान बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १३ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको प्रमुखमा एसपी जनक बस्नेत सरुवा भएर आएलगत्तै प्रमुख बस्नेतले सबै मातहतलाई तस्करी र अवैध आयात रोक्न कडाईका साथ प्रस्तुत हुन निर्देशन दिनुभएको छ । उहाँले सीमा नाकामा रहेका सबै बोर्डर आउट पोस्टको निरिक्षण गरेर समग्र अवस्था बारे जानकारी लिंदै तस्करीलाई शुन्यमा पुरयाउने उदेश्यले काम गर्न मातहतलाई निर्देशन दिनु भएको हो । एसपी बस्नेतको निर्देशन लगत्तै प्रहरीले ठुलो परिमाणमा भारतबाट तस्करी गरेर ल्याईएका सामान बरामद गर्न थालेको छ । सो क्रममा सशस्त्र प्रहरीले नेपालगन्जको जयसपुरस्थित भारतबाट अवैधरुपमा भन्सार छली ल्याउदै गरेका इलेक्ट्रोनिक्स सामान, धारा, बाथरुमका सामान, लत्ताकपडा, किराना सामान, फलफुल, तरकारी लगायतका अन्दाजी मुल्य २ लाख २० हजार बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश...
पुर्वमन्त्री तथा सांसद राईको सिफारिसमा डुडुवामा २५ करोडको सडक निर्माण प्रक्रिया शुरु

पुर्वमन्त्री तथा सांसद राईको सिफारिसमा डुडुवामा २५ करोडको सडक निर्माण प्रक्रिया शुरु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, माघ १३ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईको सिफारिसमा बाँकेको डुडुवा गाउँपालिकामा २५ करोडको सडक निर्माँण प्रक्रिया शुरु गरिएको छ । विकास प्रेमी नेताका रुपमा परिचित पुर्वमन्त्री तथा सांसद राईले संघीय भौतिक पुर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्नु भएकोले रणनितिक सडक सञ्जाल योजना अन्तर्गत डुडुवामा ठुलो लागतको सडक निर्माण प्रक्रिया शुरु गरिएको छ । भौतिक पुर्वाधार विकास मन्त्रालयको रणनितिक सडक सञ्जाल योजनामा रहेको एक निर्वाचन क्षेत्र एक रणनितिक सडक योजना अन्तर्गत बांके जिल्लाको डुडुवा गांउपालिकाको गन्धैली नाला देखि जाफरपुर्वा बेतहनी अमृतपुर्वा दासपुर्वा कैरातीपुर्वा कोल्ही हुंदै रमपुर्वा डुडुवा खोलाको झोलुंगे पुलसम्म पहिलो चरणमा सडक निर्माणका लागि २५ करोड रुपियाँको टेण्डर आहवान गरिएको जनता समाजवादी पार्टी बाँकेले जनाएको छ । ...
चिसोबाट अति प्रभावित मगन्ता समुदायलाई ४२ थान कम्बल वितरण

चिसोबाट अति प्रभावित मगन्ता समुदायलाई ४२ थान कम्बल वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ १२ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले अत्याधिक चिसो र शीतलहरको कारण समस्यामा परेका जिल्लाका अति विपन्न मगन्ता समुदायलाई कम्बल वितरण गरेको छ । डुुडुवा गाउँपालिका ६ मगन्ता टोलका अति विपन्न मगन्ता समुदायका ४२ जनालाई बुधवार वडामै गएर कम्बल वितरण गरिएको छ । वडा कार्यालयको समन्वयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीसहितको टोलीले डुडुवाको वडा नम्बर ६ मगन्ता टोलमा पुगेर त्यहाँका ४२ जना अतिविपन्नलाई कम्बल वितरण गरेको हो । परम्पराकालबाट मागेर गुजारा चलाउँदै आएका मगन्ता समुदायलाई चिसोले जिवन यापनमा समस्या भएको जानकारी पाएर कम्बल वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो । मगन्ता समुदायलाई सहायक प्रमुख जिल्ला अधिकारी केसी, जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत राम कुमार सोनकर, वडा अध्यक्ष मोहनराम मिश्र, विपद व्यवस्थापन समिति बाँकेका सू...
गुटउपगुट समाप्त गरेर काँग्रेसलाई शसक्त र लोकप्रिय पार्टी बनाउनु पर्नेमा नेता गिरीको जोड

गुटउपगुट समाप्त गरेर काँग्रेसलाई शसक्त र लोकप्रिय पार्टी बनाउनु पर्नेमा नेता गिरीको जोड

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ११ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले पार्टीभित्र विरोधका लागि विरोध भन्दा पनि पार्टीलाई एकताबद्ध बनाउने गरी अघि बढ्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा गिरीले अधिवेशनमा भएका सामान्य विवाद र मनमुटाबलाई विर्सेर व्यवहारमै देखिने गरी एकताबद्ध कांग्रेस बनाउन लाग्नुपर्ने बताए । कसरी पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्ने कुरामा सबै गम्भीर भएर लाग्नुपर्छ, उनले भने(ूहृदयगत एकता र आत्मीयता आजभोली हराएको हो कि जस्तो लागेको छ, अब गुट उपगुट भन्दा पनि कसरी सबल, सक्षम र लोकप्रिय पार्टी बनाउन सकिन्छ भन्ने हिसाबले सोच्नुपर्दछ । उनले को कहाँ कुन गुट वा समूहमा छ भन्ने कुराले अर्थ नराख्ने बताउँदै पार्टी र मुलुकको हितमा हुने कुरामा सबै प्रतिबद्ध हुनुपर्ने बताए । पत्रकारहरुको जिज्ञासाम...
पाँच लाख भन्दा बढीको भारतबाट ल्याईएको अवैध सामान प्रहरीद्धारा बरामद

पाँच लाख भन्दा बढीको भारतबाट ल्याईएको अवैध सामान प्रहरीद्धारा बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ११ । तस्कर र अवैध कार्य गर्नेहरु विरुद्ध कडाईका साथ प्रस्तुत भैरहेको बाँके प्रहरीले फेरी ठुलो मात्रामा भारतबाट चोरी पैठारी गरेर लयाईएको सामान बरामद गरेको छ । केही समययता आउर तस्कर र लागु औषध कारोबारी विरुद्ध ठुलो अभियान सञ्चालन गरेको बाँके प्रहरीले दिनदिनै सफलता प्राप्त गर्दै गएको छ । तर, प्रहरीले दिनदिनै लाखौ लाखका सामानहरु नियन्त्रणमा लिंदै आएपनि तस्करहरुले पनि तस्करी गर्न छोडेका छैनन् । उनिहरुले पनि प्रहरीलाई ठाडो चुनौती दिंदै निरन्तर अवैध आयातलाई जारी नै राखेका छन् । सोही क्रममा प्रहरीले नेपालगञ्ज १० ट्राफिक चोक नजिकबाट भारतबाट ल्याएर राखेको २ लाख ७४ हजार रुपियाँ बराबरको रेडिमेड कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधेसुदन न्यौपानेले बताउनुभयो । उहाँले प्रहरीलाई देखेर सामान ल्याउनेहरु फरार भएको पनि बताउनुभयो । यसैगर...
बालसुधार गृहका बालकहरुलाई १०० थान कम्बल वितरण

बालसुधार गृहका बालकहरुलाई १०० थान कम्बल वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ११ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले चिसो तथा शितलहर प्रभावितलाई न्यानो सहयोग गर्ने क्रममा मंगलवार बाल सुधार गृह बाँकेलाई १०० थान कम्मल वितरण गरेको छ । समितिका सदस्य सचिव राम कुमार सोनकरले बाल सुधार केन्द्रका वार्डेन मलखे सिह र बालकहरुलाई उक्त कम्मल वितरण गर्नुभएको छ । चिसोबाट सो बाल सुधार गृहका अधिकांश बालकहरु अतिनै प्रभावित भएपछि उनिहरुलाई कम्बल वितरण गरिएको सदसय सचिव सोनकरले बताउनुभयो । समितिले ६०० थान कम्मल खरिद गरी चिसो प्रभावितहरुलाई कम्मल र दाउरा वितरण गरिरहेको छ । यसअघि समितिले बाँके कारगारका थुनुवा, बागेश्वरी मन्दिर अगाडी बसेका विपन्न र निलसागर असहाय केन्द्रका बृद्धबृद्धालाई कम्बल वितरण गरिसकेको छ । अझैपनि चिसोबाट प्रभावितलाई कम्बल वितरण गर्ने कार्यक्रम रहेको सोनकरले बताउनुभयो ।...
बुद्ध एअरबाट काठमाण्डौ जान लागेकी महिला चरेससहित पक्राउ

बुद्ध एअरबाट काठमाण्डौ जान लागेकी महिला चरेससहित पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ११ । बुद्ध एयरबाट काठमाडौं जान लागेकी एक महिलालाई नेपालगञ्ज विमानस्थलमा चेकजाँच गर्दा चरेस जस्तो ३३ ग्राम कालो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कालिकोटबाट नेपालगञ्ज आएर काठमाण्डौ जान लागेकी ती महिलाको जाँच गर्दा चरेस जस्तो पदार्थ फेला परेको हो । महिला र बरामद पदार्थलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यसअघि नेपालबाट भारत जानेहरु चरेससहित जमुनाहा नाका र सीमापारी भारतीय सुरक्षा निकाय एसएसबीले पक्राउ गर्दै आएकोमा विमानबाटै काठमाण्डौ लैजान लागेकोलाई पक्राउ गरिएको यो पहिलो घट्ना बताईएको छ । ती महिलाले औषधीका लागि लैजान लागे बताएको पनि श्रोतले जनाएको छ ।...