नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १८ । सरकारले आयातमा प्रतिवन्ध लगाएपनि धेरै लामो समयदेखि भारतबाट कुखुराको अवैध आयात भैरहेकोले नेपाली किसान र व्यवसायी अत्याधिक मारमा परेका छन् । उनिहरुले भारतबाट ल्याईएको गुणस्तरहीन कुखुरासंग मुल्यमा प्रतिष्पर्धा गर्न नसक्दा व्यवसायनै धरापमा परेको गुनासो गरेका छन् ।
भारतबाट अवैध रुपमा भित्रिने केुखरालाई रोक्न नसकेकोले धेरै किसान र व्यवसायीले व्यवसायनै छोडेर बसेको व्यवसायीले जनाएका छन् । तर, उनिहरुले बैंकबाट लिएको ऋण तिर्न नसकेर समस्यामा परेको पनि बताएका छन् ।
ड्युटीमा रहेका प्रहरीकै सेटिंगमा तस्करी भैरहेकोले आफुहरु झनै मर्कामा परेको उनिहरुको ठुलो गुनासो छ । प्रहरीले पक्राउ नगर्दा किसान र व्यवसायी सो आयात रोक्न आफै मैदानमा कस्सिएको पनि उनिहरुले बताएका छन् ।
प्रहरीले पक्राउ नगरेपछि आफुहरुले गएर प्रहरी बोलाई नरैनापुरबाट १२ क्विन्टल अवैध कुखुरा पक्राउ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १७ । बाँकेस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पालनासंगै कोभिड विरुद्धको सचेतना अभियानलाई पनि निरन्तर जारी राखेको छ । कोरोना संक्रमण बढ्दै गएपछि गत केही समयदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा सवारी साधनको चेकजाँचसंगै आवागमन गर्ने नागरिकलाई मास्क लगाउन आग्रह गर्दै ठुलो संख्यामा मास्क वितरण गरेको छ । सो कार्यालयका विभिन्न प्रहरीले विभिन्न स्थानमा मास्क वितरण, मास्क चेकजाँच लगायतको अभियानमा तिव्रता दिएका छन् ।
कामको शिलसिलामा खटिंदा कोरोना संक्रमित हुनुभएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाह निको भएर फेरी काममा खटिएलगत्तै कोरोना विरुद्धको सचेतना फैलाउन फेरी सक्रिय भएर लाग्नु भएको छ । प्रमुख शाहको नेतृत्वमा ट्राफिक प्रहरीले सोमवार नेपालगंज बजार क्षेत्र, रत्न राजमार्ग र नेपाल...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १७ । सरसफाईमा सम्बन्धित निकायले ध्यान नदिंदा दुर्गन्धित बन्दै गएको नेपालगन्ज बसपार्कमा सोमबारदेखि अस्थायी प्रहरी पोष्ट बसपार्कको नेतृत्वमा सरसफाई अभियान शुरु गरिएको छ । कसैले ध्यान नदिंदा बसपार्क दुर्गन्धित र फोहर बन्दै जान थालेपछि सरसफाई अभियान सुरु गरिएको अस्थायी प्रहरी पोष्टका इन्चार्ज एवं प्रहरी सहायक निरिक्षक फत्तेबहादुर हमालले जानकारी दिनु भएको छ ।
गत सातामात्रै इन्चार्जको जिम्मेवारीसहित अस्थायी प्रहरी पोष्ट बसपार्क आउनु भएका प्रहरी सहायक निरिक्षक हमालका अनुसार बसपार्कमा यातायात व्यवसायी, होटल तथा अन्य किराना व्यवसायीका साथै यात्रुहरुले समेत सरसफाइमा ध्यान ध्यान नदिएकाले दुर्गन्ध बढेपछि सरसफाइ अभियान थालिएको हो ।
‘हामीले बसपार्कलाई सुन्दर र स्वच्छ बनाउनुपर्छ भनेर पहिलो चरणमा सरसफाइ अभियान सुरु गरेका छौं,’ प्रहरी सहायक निरिक्षक हमालले भन्नुभयो, ‘...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १७ । लागु औषध नियन्त्रणमा सक्रिय रहेको बाँके प्रहरीले ठुलो परिमाणको लागूऔषध ब्राउन सुगर सहित २ जना कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट लागूऔषध नियन्त्रण व्युरोको संयुक्त टोलीले सोमवार दिउँसो सवा एक बजे नेपालगन्ज १० गणेशमान चोक नजिकबाट २ जनालाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्ला प्रहरी बाँकेका अनुसार जानकी गाउँपालिका २ का २८ बर्षीय पारसमणि बर्मा र सोही स्थानकै २६ बर्षीय ओमप्रकाश बर्मालाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनिहरुको साथबाट २० ग्राम ब्राउनसुगर बरामद गरिएकोले उनिहरु कारोबारी रहेको अनुमान प्रहरीले लगाएको छ ।
पक्राउ परेका दुबै जनासँग लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । केही समययता बाँकेमा प्रहरीले आफ्नो सक्...
नेपालगञ्ज, माघ १७ । खजुरा गाउँपालिका वडा नम्बर ४ डी गाउँका हरिबहादुर सुनार र उनका परिवारलाई बन्धक बनाएर डकैटी भएको छ । उनी सुन व्यवसायी हुन । हातहतियारसहित पुगेको डाँका समूहले सोमबार बिहान ढेड बजे घरको पछाडिको जाली ढोका र भित्री ढोका फुटाएर घरमा प्रवेश गरेको थियो । पीडित सुनारका अनुसार डाँका समूहले पहिले उनका छोरा, छोराका साथीको हात खुट्टा बाँधेर कन्चतमा पेस्तोल ताकेका थिए । छोरालाई गोली हान्ने धम्की दिएपछि पीडित सुनारले आफू सुतेको ढोका खोलेका थिए । त्यसलगत्तै मलाई पनि हात खुट्टा बाँधेर लुटपाट गरे, उनले भने, दराज, पलंगको बक्स, फुटाएर ३ तोला सुन, ३ वटा मोबाईल, मोटर साईकल र नगद करिव ६० हजार लुटपाट गरेर बाहिरबाट ढोका लगाएर भागे ।
बन्धक बनाइएका सुनारका परिवारले घटनाको केही समय पछि गुहार मागेपछि छिमेकीहरु त्यहाँ पुगेर बन्धकमुक्त गरेका थिए । त्यसपछि मात्रै प्रहरीलाई खबर गरिएको थियो ।
जिल्ला प्...
सिराज खान
नेपालगञ्ज, माघ १६ । गत केही समय यता बाँकेमा दैनिकजसो बढ्दैगएको सङ्क्रमितको सङ्ख्यामा आइतवार कमीआएको छ । आइतवार जमुनाहा नाकामा पनि सङ्क्रमितको सङ्ख्या घटेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पताल र जमुनाहा नाका दुबै ठाउँमा परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या घटेको देखिएको हो ।
जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार शनिवारसम्म भेरी अस्पताल, मेडिकल कलेज र निजी ल्याबमा गरेर दैनिक १२५ जनाको हाराहारीमा सङ्क्रमित थपिने गरेका थिए। जमुनाहा नाकामा पनि करिब ४० जना संक्रमित भेटिने गरेको थियो । तर, आइतवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३६ जना मात्र सङ्क्रमित भेटिएको र जमुनाहा नाकामा १९ जना मात्र सङ्क्रमित भेटिएको फोकल पर्सन ओलीले बताउनुभयो ।
स्वास्थ्य मापदण्डको पालनामा जोड दिइएको र खोप लगाउने अभियानलाई तिव्र गतिमा अगाडि बढाइएकाले...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १६ । नेपाली सेनाको निरीक्षणाधिकृत विभागका निरिक्षण अधिकृत उपरथि निरन्जन कुमार श्रेष्ठसहितको निरिक्षण भ्रमण टोलीले नेपालगञ्जमा निर्माणाधिन होल्डिंग सेन्टरको स्थलगत निरिक्षण गरेको छ ।
नेपाली सेनाका उपरथि श्रेष्ठसहितको भ्रमण टोलीले कोरोना संक्रमितहरुलाई राख्नका लागि निर्माण भैरहेको एक हजार बेड क्षमताको नेपालगञ्ज १४ भवनियापुरमा निर्माणाधिन होल्डिंग सेन्टरको निरिक्षण गरेर सो को निर्मााणका बारेमा आइतवार जानकारी लिनुभयो ।
उहाँले होल्डिंग सेन्टरको निर्माणलाई छिटो पुरा गरेर आवश्यक परेको छ भने सञ्चालनमा ल्याउन समेत आग्रह गनुैभयो । त्यसका साथै उहाँले स्थानीय प्रतिनिधि, विभिन्न संघसंस्था, सम्बन्धित निर्माण निर्माण कम्पनी, नेपाली सेना तथा अन्य सुरक्षा निकायसंग आवश्यक समन्वय तथा सहकार्य गरेर अगाडी बढ्न पनि सुझाव दिनुभयो ।
होल्डिंग सेन्टरसम्मको सडक निर्माण र मर्मत ...
सिराज खान
नेपालगञ्ज, माघ १६ गते । बाक्लो हुस्सु र कुहिरोका कारण बिहानैदेखि मौसम विग्रीएकोले आइतवार अहिलेसम्म नेपालगञ्ज विमानस्थलका सबै उडान रद्द गरिएको छ । यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लामा हुने र संघीय राजधानी काठमाडौं तथा पोखराका लागि हुने सबै उडान रद्द गरिएका हुन् । उडान रद्द हुँदा विभिन्न ठाउँमा जान विमानस्थल पुगेका सयौं यात्रु विमानस्थलमै रोकिएका छन् ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जकाअनुसार आइतवार विहानैदेखि मौसम अत्यधिक खराब हुँदा भिजिविलिटी कम भएकाले विमानस्थल नखोलिएको जनाएको छ । दिउँसो १ बजेसम्म यहाँबाट कुनैपनि हवाई उडान नभएको सो कार्यालयले जनाएको छ । मौसममा सुधार आएपछि मात्रै उडान सुचारु गर्न सकिने कार्यालयले जनाएको छ ।
शनिवार रातीबाटै मौसममा आएको खराबीका कारण हुस्सु र कुहिरो अत्याधिक बढेपछि उज्यालो निकै कम रहेकाले नेपालगञ्जबाट आइतवार हुने सबै उडान दिउँसो दुई बजेसम्मका ला...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ माघ । चिसो र शितलहरबाट अत्याधिक प्रभावित बर्दिया जिल्लाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका १३३ र नेपालगञ्जका १७ जना अति विपन्न परिवारका बृद्ध बृद्धालाई बाँके युनेस्को क्लबले कम्मल वितरण गरेको छ ।
नेपाल युनेस्को क्लबहरुको राष्टिय महासंघका वरिष्ठ उपाध्यक्ष दिपक सरकारको सहकार्यमा प्राप्त भएका कम्मलहरुलाई बाँके युनेस्को क्लबले गेरुवा गाउँपालिका र बर्दिया युनेस्को क्लब टपराको समन्वयमा वितरण गरिएको हो ।
गेरुवा गाउँपालिकामा ९० जना, राजापुर नगरपालिकामा ४३ जना र नेपालगञ्जका १७ जना अतिविपन्न बृद्धबृद्धालाई कम्मल वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
शनिवार बर्दियाको गेरुवा र राजापुरमा आयोजित कार्यक्रममा युनेस्को आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारी, युनेस्को आयोगका सदस्य हरिबंश किरात, युनेस्को आयोगका सदस्य तथा य...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १५ । नेपाल र मौरिसस बीचको दशरथ रंगशालामा जारी फुटबल हेर्न युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज रंगशाला पुग्नु भएको छ । मैत्रीपूर्ण खेल भएपनि खेलाडीको मनोबल बढाउनका लागि मन्त्री अथक फुटबल हेर्न रंगशाला पुग्नु भएको उहाँका स्वकीय सचिव दिलिप सोनीले जानकारी दिनुभयो ।
नेपाल र मौरिससको खेल हेर्न मन्त्री अथकसँगै खेलकुद सचिव डा दामोदर रेग्मी, नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमेद अल हाइल पनि सहभागि हुनभयो । कतारले नेपाली फुटबलका लागि सहयोग गर्दै आएको छ । मौरिसस विरुद्ध नेपाली टोली घरेलु मैदान र दर्शकको साथमा उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रिएको छ ।
नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चोटका कारण संघर्ष गरिरहेका केही खेलाडीहरु डिफेन्डर अनन्त तामाङलाई आराम दिएका छन् । खेलको पूर्व सन्ध्यामा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मौरिससविरुद्ध...