नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ९ पुस । सिभिल बैंक कोहलपुर शाखाले स्थानिय एक बिद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
कोहलपुर १ कृष्ण माध्यमिक विद्यालयमा पढ्ने स्वस्तिका बिकलाई बैकले रु ५ हजार सहयोग गरेको हो ।
बैंकको ११ औं स्थापना दिवशको अवसरमा सामाजिक कार्य अन्तरगत उक्त सहयोग गरेको बैंकका शाखा प्रबन्धक बसन्तकुमार रेग्मीले बताउनु भयो । उहाँले बैंकले सामाजिक कार्य र दायीत्व अन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जनाउँदै विभिन्न लक्षित वर्ग र समुदायलाई सहयोग गर्दै आएको बताउनुभयो ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ९ पुस । सामाजिक हित र स्थानीय वासिन्दामा चेतना ल्याउनका लागि बर्दियाको राजापुरका समाजसेवी भिमसेन चौधरीको नेतृत्वमा बर्दिया युनेस्को क्लब टपराको गठन गरिएको छ । सो क्लबको गठनबाट स्थानयि उत्साहित बनेका छन् ।
राजापुरको मानपुर टपरामा स्थानीय समाजसेवी, बुद्धिजिवी र सर्वसाधारणको एक भेलाले चौधरीको अध्यक्षतामा बर्दिया युनेस्को क्लब टपराको ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
क्लबको उक्त तदर्थ समितिको उपाध्यक्षमा कृपा शंकर चौधरी, महासचिवमा राम बहादुर चौधरी, सचिव रिता चौधरी, कोषाध्यक्ष निर्मला चौधरी र सदस्यहरुमा सन्तोष थारु, गर्भु चौधरी, युवराज चौधरी, राधेश्याम चौधरी, राज कुमार चौधरी र छोटेलाल चौधरीको चयन गरिएको छ ।
सो अवसरमा अतिथिको रुपमा रहनु भएका बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीले बर्दिया युनेस्को क्लब टपराको गठन गरिएकोमा खुशी व्यक्त ग...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ८ पुस । सातवटा विधेयक पारित गर्दै डुडुवा गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ । विहीबार बसेको सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तर सरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय सडक विधेयक २०७८ र डुडुवा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७८, गाउँपािलकाको तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापन विधेयक २०७८ गरी सात वटा विधेयक र डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार सभामा विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गरेका सबै विधेयक सर्बसम्मत रुपमा पारित गरिएको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ८ पुस । बर्षौं देखि बांकेको डुडुवा गांउपालिका कम्दीमा लाग्दै आएको हजरत बाबा कम्मर शाहको उर्स मेला विहिबार देखि शुरु भएको छ।
तीन दिनसम्म चल्ने सो मेलाको विहिबार एक औपचारिक समारोहका विच पुर्व शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईले उदघाटन गर्नु भयो । सो अवसरमा बोल्दै उहाँले कम्मर शाह बाबाको मजार हिन्दु मुस्लिम एकताको प्रतिकको रुपमा समेत रहेको जनाउँदै यस्ता सुफी सन्तकै कारण सामाजिक सदभाव र धार्मिक एकता कायम रहेको बताउनुभयो ।
सो क्षेत्रको विकासका लागि आफुले विगतमा पनि धेरै कार्य गरेको स्मरण गर्दै पुर्व मन्त्री राईले आगामी दिनमा पनि निरन्तर प्रयास गर्ने बताउनुभयो । डुडुवा गाउँपालिकाको विकास गर्न खोज्दा पालिकाले सहयोग नगरेको पनि उहाँले सो अवसरमा गुनासो गर्नुभयो ।
सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्य लगायत विभिन्न धर्म सम्प...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ८ पुस । सरकारद्वारा सार्वजनिक यातायातमाको भाडामा दिईएको सहुलियत कार्यान्वयन गर्न माग गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सहित बाँकेमा क्रियाशिल तीन वटा विद्यार्थी संगठनले प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, जेष्ठ नागरिक र अपाङ्गलाई आरक्षण सहित ५० प्रतिशत सहुलियत कार्यान्वयन गरिनुपर्ने माग गर्दै आएका छन् ।
चरणबद्ध संघर्षका कार्यक्रमअन्तर्गत बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा एक घण्टा धर्ना सहित बिरोध प्रर्दशन गरेका थिए ।
विद्यार्थीहरुले केही दिनअघि मात्रै यातायात व्यावस्था कार्यालय बाँकेमा भाडामा सहुलियत कार्यान्वयनको माग गर्दैँ एक घण्टा कामकाज ठप्प हुने गरेर विरोध प्रर्दशन गरेका थिए...
प्रकाश धौलाकोटी
बर्दियाको मुस्लिम समुदाय, जहाँका महिलालाई अहिले पनि ‘नकाब’ उतार्न अनुमति छैन । संघसंस्था, सामाजिक काम गर्ने वा राजनीतिमा लाग्ने होइन, गाउँ नजिकका हाटबजारसमेत खुल्ला रुपमा हेर्न पाएका छैनन् यहाँका मुस्लिम महिलाले ।
छोरीलाई स्कुल पठाउनु हुँदैन भन्ने मान्यता अझै जीवित छ । कसैले छोरी पढाउने हिम्मत गरे उसले समाजमा विकृति फैलाएको आरोप खेप्नुपर्छ, जसकारण यहाँ धेरै छोरीले अहिले पनि पढ्न पाएका छैनन् ।
त्यही मुस्लिम समुदायकी एउटी छोरी र बुहारी हुन्— जुवेदा खातुन । जसले समाज र अन्धविश्वासले पहिर्याएको नकाब खोलेर गर्विलो राजनीतिक यात्रा तय गरेकी छिन् । कांग्रेसको भर्खरै सकिएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी खातुन आफूले नसोचेको सफलता पाएको बताउँछिन् । कांग्रेसमा मुस्लिम समुदायबाट निर्वाचित भएर केन्द्रीय सदस्य बन्ने पहिलो महिला हुन् उनी ।
न राजनीतिक घराना, न गहिरो राजनीतिक चेत ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ८ । एकिकृत समाजवादी पाटीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमसीसीको बारेमा गठबन्धन भित्र र बाहिरका दलहरुसंग घनिभूत छलफल भइरहेको जनाउदै कार्यदलले प्रतिवेदन बुझाएपछि मात्रै कसरी अगाडी बढ्ने भन्ने निर्णयमा पुग्ने बताउनुभएको छ ।
बिहीबार समाजवादी प्रेस सगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताउनु भएको हो ।
उहाँले देशको हितमा हुने हरेक सम्झौतालाई समाजादीले सहर्ष स्विकार्ने जनाउँदै तर आर्थिक विकासको नाममा अन्यथा गर्न खोज्ने कुनै पनि परियोजना स्विकार गर्न नसकिने बताउनुभयो ।
आगामी निर्वाचनमा लोकतान्त्रिक र वामपन्थी शक्तिलाई एकतावद्ध गरेर लैजाने पक्षमा आफुहरु रहेको पनि उहाँले सो अवसरमा बताउनु भयो ।
प्रतिगामी बाहेकका सबै वामपन्थी शक्ति र अन्य लोकतान्त्रिक दललाई मिलाएर गठबन्धन बनाई निर्वा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ८ । बुझाईसकेको विद्युत महसुलमा अझै थप बुझाउनु पर्ने भनि साना उद्योगीलाई विद्युत प्राधिकरणले पत्र काटेपछि घरेलु तथा साना उद्योग महासंघ बाँकेले विद्युत प्राधिकरण नेपालगञ्जको ध्यानाकर्षण गराएको छ ।
विद्युत प्राधिकरणको प्राविधिक कमजोरीले कम बिलिंग भै रकम तिर्दै आएकोमा हाल आएर थप बक्यौता तिर्नु पर्ने भनि प्राधिकरणले पत्र पठाउँदा साना उद्योगी समस्यामा परेकोले सो सम्बन्धमा आवश्यक छलफल गरि बांकी बक्यौदा रकम छुट दिलाईदिनु हुन प्राधिकरणको लिखित ध्यानाकर्षण गराईएको हो ।
नेपाल घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अध्यक्ष मधु खड्कासहितको टोलीले विद्युत प्राधिकरण नेपालगञ्जलाई कार्यालयमै गएर बुझाएको ध्यानाकर्षण पत्रमा साना उद्योगको विद्युत मिटर दर्ता गर्दा औद्योगिक साना हुनुपर्नेमा प्राधिकरणको गलतीले औद्योगिक ग्रामिण तथा घरेलु वर्गमा गरिएकोले विल कम आएको र सोह...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी एमाले बाँकेका उप(सचिवको जिम्मेवारीमा रहेका प्रमोद धिताल एकीकृत समाजबादीमा प्रवेश गरेका छन् ।
बिहिवार बाँकेको कोहलपुरमा नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल सहभागी एक कार्यक्रमका बिच नेता धिताल नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेका हुन् ।
नेता धिताललाई नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका थिए । धिताल लामो समयसम्म एमालेमा हुँदा नेपाल समुहमा रहदै आए पनि पार्टी बिभाजन पछि भने एमालेमै रहेका थिए ।
तर पछिल्लो समय नेकपा एमालेको नेतृत्व केपी शर्मा वलीले पार्टीलाई विधी र विधान विपरीत चलाउन खोजेको र एमालेलाई दक्षिणपन्थी अवसरवादको भासमा डुवाउदै लगेको, माक्सवाद लेलीनवादका मुलभुत सिद्धान्त परित्याग गरेको र पार्टी पार्टी नभई व्यक्तिवादी चिन्तनले ग्रसित भएकोले एमाले पार्टी परित्याग गरि एकीकृत...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ७ पुस । बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथामका लागि रणनिति कार्ययोजना निर्माण गर्नका लागि सम्बद्ध सरोकारवालाहरुसंग नेपालगञ्जमा एक कार्यशाला सम्पन्न गरेको छ ।
प्लान नेपालको सहयोगमा बाँकेमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत सो कार्यशालाको आयोजना गरिएको हो ।
मानवबेचविखन नियन्त्रणका लागि रणनिति कार्ययोजना निर्माण गर्नका लागि बाँकेका चार वटा पालिकाका सरोकारवालाहरुको सहभागितामा सो कार्यशाला सम्पन्न भएको र कार्यशालामा सहभागि सबैले छिटै उक्त रणनिति बनाउने प्रतिवद्धता जनाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले कार्यशालामा सहभागि चारवटै पालिकाका सरोकारवालाहरु रणनिति बनाउने कुरामा सहमत भएर सो रणनितिको खाकाका बारेमा विस्तृत रुपमा छलफल गरेको बताउनुभयो ।
सो कार्यशाला गोष्ठिमा नेपालगन्ज ...