१९ जेष्ठ २०८३, मंगलवार

मुख्य समाचार

जमुनाहा नाकाबाट भित्रिनेहरुका कारण नेपालगञ्ज संक्रमणको उच्च जोखिममा

जमुनाहा नाकाबाट भित्रिनेहरुका कारण नेपालगञ्ज संक्रमणको उच्च जोखिममा

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ९ । भारतका विभिन्न ठुलो सहरबाट फर्किनेहरुमा कोरोना संक्रमण धेरै देखिन थालेको छ । जसका कारण नेपालगञ्ज लगायत ती मानिसहरु फर्किएर जाने ठाउँहरु कोरोनाको उच्च जोखिममा परेका छन् । भारतबाट आउने सबैको कोरोना परीक्षण नभएपनि भएकाहरुमा धेरै जना संक्रमित देखिनुले संक्रमित भएर आउनेहरुबाट कोरोना फैलिने सबैभन्दा ठुलो खतरा उत्पन्न भएको छ । संक्रमित भएर आएका तर परीक्षण विनै नेपालमा छिरेकाहरु नेपालगञ्ज आएर विभिन्न होटलमा बस्ने, बजारमा सामान खरिद गर्ने र सार्वजनिक यातायातमा चढ्ने भएकोले उनिहरुकै कारण नेपालगञ्ज पनि उच्च जोखिममा परेको छ । यसैविच नेपालगञ्जको जमुनाहा नाकामा आइतवार भारतबाट आएका ३६१ जनाको कोरोना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धेरै मानिस अझैपनि विना परीक्षण नै आउ जाउ गरिरहेकोले संक्रमणको खतरा झनै धेरै छ । भारतबाट आएका थप ३६१ जनाको आइतवा...
बाँके प्रहरी प्रमुख एसपी अधिकारी आफै मास्क वितरणमा सक्रिय

बाँके प्रहरी प्रमुख एसपी अधिकारी आफै मास्क वितरणमा सक्रिय

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ९ । बाँके जिल्लामा पछिल्लो केही समययता आएर कोरोना संक्रमण बृद्धि हुन थालेपछि सो निण्न्त्रणका लागि विभिन्न उपायहरु अपनाउन थालिएको छ । सो क्रममा सबैभन्दा बढी ध्यान यहाँस्थित नेपाल भारत नाका जमुनाहामा दिनु पर्ने देखिएको छ । सोही कारणले बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी आफै पटक पटक नाकामा पुगेर नाकाको आउ जाउ व्यवस्थापनको अनुगमन गरिरहनु भएको छ । आइतवार त एसपी अधिकारीले आफै त्यहाँ उभिएर मास्क नलगाएर आवागमन गर्नेलाई मास्क वितरण गुर्नभयो । सो अवसरमा उहाँले आवागमन गर्ने दुबै देशका नागरिकलाई स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह समेत गर्नुभयो । तिव्र गतिमा बढ्दै गएको संक्रमणलाई रोक्नका लागि स्वास्थ्य सचेतना सबैभन्दा ठुलो हतियार भएको जनाउँदै उहाँले मास्क र भौतिक दुरीमा सबैले ध्यान दिने हो भने कोरोनालाई फैलिनबाट रोक्न सकिने बताउनुभयो । नाकामा पुग...
नेपालगञ्ज ३ का निर्वाचित वडा सदस्य अन्सारीको अकस्मात निधन

नेपालगञ्ज ३ का निर्वाचित वडा सदस्य अन्सारीको अकस्मात निधन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ८ । नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ३ का निर्वाचित वडा सदस्य जाफर अन्सारीको शनिवार एक्कासी अकस्मात निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सदस्य एवम् नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ३ का वडा सद्स्य अन्सारीको निधन हृदयघातका कारण भएको पारिवारिक श्रोततले जनाएको छ । अन्सारीलाई एक्कासी समस्या भएपछि नेपालगन्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उहााको निधन भएको वडा नम्बर ३ का अर्का वडा सदस्य नफीस अन्सारीले बताउनुभयो । उहाँले अन्सारीको शनिबार साँझ ४ बजेर ५० मिनेटमा ४८ बर्षको उमेरमा निधन भएको बताउनुभयो । नेपालगञ्ज वडा नम्बर ३ का वडा अध्यक्ष अय्युब सिद्दिकीले जाफर अन्सारीको दुखद निधन भएको प्रति आफु लगायत सम्पुर्ण वडाका वासिन्दा स्तब्ध भएको जनाउँदै श्रद्धान्जली व्यक्त गर्नु भएको छ । नेकपा माओवादी केन्द्रल...
प्लाष्टिक सर्जन डा. कर्णले फेरी गरे एक युवतीको टाउकोको कोठीहरुको जटिल शल्यक्रिया

प्लाष्टिक सर्जन डा. कर्णले फेरी गरे एक युवतीको टाउकोको कोठीहरुको जटिल शल्यक्रिया

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ८ । कालो कोठी फैलिएर टाउको भरि कोठीले भरिएर अत्याधिक समस्यामा परेकी बाँकेकी एक युवतीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा फेरी सफल शल्यक्रिया गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका वरिष्ठ प्लाष्टिक सर्जन डा. विनोद कर्णले डुडुवा गाउँपालिका ५ शिवराजपुरकी एक १७ वर्षिया युवतीको आधा टाउको भरि फैलिएको कोठीहरुको कालो जालोको फेरी सफल शल्यक्रिया गर्नु भएको छ । यसअघि पनि उहाँले मंसिर महिनाको अन्तिम तिर नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्ककी १४ वर्षीय बालिकाको पनि सोही प्रकारको सफल शल्यक्रिया गर्नु भएको थियो । डुडुवाकी युवतीको शल्यक्रिया गर्ने सो टोलीमा नेपालगञ्ज मेडिकल कलेजका डा. कपिल पोखरेल, डा. नविन रेग्मी, असिस्टेन्ट चउतराम थारु, स्टाफ नर्स अम्बिका अधिकारी र एक जना इन्टर्नको पनि सहभागिता रहेको थियो । टाउकोको आधा भन्दा बढी भागमा कोठ...
ग्याँस बिक्रेता संघ बाँकेको अध्यक्षमा प्रेम थापा, प्रथम उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित

ग्याँस बिक्रेता संघ बाँकेको अध्यक्षमा प्रेम थापा, प्रथम उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ८ माघ । ग्याँस बिक्रेता संघ बाँकेको अध्यक्षमा प्रेमकुमार थापा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार नेपालगन्जमा भएको तेस्रो साधारणसभाबाट थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन गरिएको छ। समितिको प्रथम उपाध्यक्षमा कल्पना शर्मा, महासचिवमा सुनिल रेग्मी सचिवमा कृष्णप्रसाद नगरकोटी, कोषाध्यक्षमा आश्बिनी कुमार गुप्ता चयन भएका छन् । त्यस्तै सदस्यमा नरेन्द्र बहादुर चन्द सावित्री बस्नेत , श्याम भट्टराई ,सय्यद आमिर सखर, आनन्द प्रसाद गुप्ता निरज टन्डनलाई चयन गरिएको छ । संघका निवर्तमान अध्यक्ष सुरज कुमार साहुको सभापतित्वमा भएको कार्यक्रममा ग्यास बिक्रेता संघका लुम्बिनी प्रदेश सदस्य लगायतको सहभागी रहेको थियो । बाँकेमा करिब १ सय भन्दा बढी बिक्रेता रहेका छन् ।  ...
कोरोना संक्रमण बढेपछि सुरजपुर नाका बाहेक बर्दियाका सबै नाका बन्द गरिए

कोरोना संक्रमण बढेपछि सुरजपुर नाका बाहेक बर्दियाका सबै नाका बन्द गरिए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ८ माघ । बर्दियामा रहेका विभिन्न नाकाबाट कोभिड भित्रिने अत्याधिक जोखिम रहेको र ती नाकाबाट तस्करी समेत अत्याधिक बढेकोले सबै नाका बन्द गर्न उद्योग वाणिज्य संघ, बढैयाताल र गुलरियाले जिल्ला प्रशासनलाई दवाव दिएपछि प्रशासनले भारतसँग जोडिएको सुरजपुर बाहेकका सबै सीमा नाका पुर्ण रुपमा बन्द गरेको छ । बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले यी नाकाबाट आउने जानेको लर्को लागेकोले कोभिड संक्रमणको डर धेरै बढेको भन्दै यसलाई रोक्न सीमा नाका बन्द गर्न आफूहरूले स्थानीय प्रशासनलाई दबाब दिएपछि बन्द गरिएको बताउनुभयो। उहाँका अनुसार जिल्लाको गणेशपुर, कण्ठपुर, चित्तलहवा लगायत नाकाबाट दैनिक सयौँको संख्यामा मानिसहरू किनमेलका लागि सीमापारी बजारमा आउजाउ गर्ने गरेका थिए जसका कारण कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको थियो । स्वास्थ्यकर्मीसमेतले निकै भिडभाड हुने भएकाल...
बाँकेमा युवतीको अपहरणपछि बलात्कार, दुई जना पक्राउ

बाँकेमा युवतीको अपहरणपछि बलात्कार, दुई जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, विविध
जे पाण्डे नेपालगन्ज, ८ माघ । बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए । मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेको र त्यसपछि पुनस् घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अपहरण गरिएको थियो । युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा बलात्कार गरेपछि पुनस् घरमै लगेर बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ । पछि अर्का एक जनालाई नियन्त्...
बाँके प्रशासनद्धारा सेवाग्राही बढी हुने कार्यालयको अनुगमन, स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन

बाँके प्रशासनद्धारा सेवाग्राही बढी हुने कार्यालयको अनुगमन, स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ६ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मातहतका कार्यालयहरुले कोभिड सम्बन्धि जनस्वास्थ्य मापदण्डको पालना लगायत माघ ७ गतेपछि सेवाग्राही र कर्मचारी दुबैका लागि खोप कार्ड अनिवार्य गरिएको निर्देशनको व्यवस्थापन कसरी गरेका छन् भन्ने जानकारी लिने काम शुरु गरेको छ । सो क्रममा जिल्ला प्रशासन कार्यालयको एक उच्चस्तरीय टोलीले विहिबार नेपालगञ्जका अत्याधिक सेवाग्राही हुने तीन वटा कार्यालयको स्थलगत अनुगमन गरेर देखिएका कमीकमजोरीहरुका सम्बन्धमा आवश्यक सुझाव र निर्देशन समेत दिएको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको नेतृत्वमा गएको टोलीले सेवाग्राहीको अत्याधिक भिडभाड हुने नेपालगञ्जस्थित नापी कार्यालय, मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको स्थलगत अनुगमन गरेको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी केसीले अनुगमनका क्र...
सुपारी तस्करीमा ई रिक्साको प्रयोग बढ्यो, हुड र डिक्कीबाट दुई लाख बढीको सुपारी बरामद

सुपारी तस्करीमा ई रिक्साको प्रयोग बढ्यो, हुड र डिक्कीबाट दुई लाख बढीको सुपारी बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ६ । बाँकेमा तस्करीका लागि ई रिक्साको प्रयोग धेरै गर्न थालिएको पाईएको छ । केही दिन पहिले दुई तीन पटक ई रिक्साको हुडमा लुकाएर भारतबाट अवैध रुपमा चोरी पैठारी गरेर ल्याईएका मालसामान प्रहरीले बरामद गरेको थियो भने विहिबार ई रिक्साको हुड र डिक्कीमा लुकाएर सुपारी भारततर्फ तस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज १० बाट अवैध रुपमा ई रिक्साको माथि हुड र भित्र डिक्कीमा लुकाएर भारततर्फ लैजान लागेको दुई लाख १० हजार रुपियाँको सुपारी बरामद गरेको छ । काटेको सुपारीलाई बोरामा भरेर हुड भित्र तथा डिक्कीमा लुकाएर भारततर्फ लैजाने क्रम बढेको गुनासोहरु प्रहरीलाई प्राप्त भएपछि रिक्साहरुमाथि निगरानी बढाउँदा बरामद गरिएको उहा...
विहिबार नेपालगञ्जको तापक्रम यो वर्षकै सबैभन्दा कम, चिसो अत्याधिक

विहिबार नेपालगञ्जको तापक्रम यो वर्षकै सबैभन्दा कम, चिसो अत्याधिक

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ६ गते । बिहीबार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार बिहीबार यो वर्षको सबैभन्दा बढी चिसो मापन गरिएको हो । बिहीबार बिहानको तापक्रम ६।८ डिग्री मापन भएको छ । बुधबारसम्म यहाँको तापक्रम ९ डिग्रीसम्म पुगेको थियो । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीका अनुसार बिहीबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको हो । नेपालगञ्जमा सबैभन्दा कम सन् २०१३ को १० जनवरीमा ०।३ डिग्री सेल्सियस तापक्रम पुगेको रेकर्ड रहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख पराजुलीका अनुसार नेपालगञ्जको न्युनतम तापक्रम शनिवारसम्म घट्दै जाने अनुमान गरिएको छ । ( गोरखापत्र अनलाइनबाट साभार)...