१९ जेष्ठ २०८३, मंगलवार

मुख्य समाचार

जहाज समयमा अवतरण गर्न नसक्दा बुद्ध एअरको जहाजमै महिला यात्रु बेहोस, उपचारपछि होस खुल्यो

जहाज समयमा अवतरण गर्न नसक्दा बुद्ध एअरको जहाजमै महिला यात्रु बेहोस, उपचारपछि होस खुल्यो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ६ । नेपालगञ्ज विमानस्थलको मौसम खराब हुँदा काठमाण्डौबाट नेपालगञ्ज आएको बुद्ध एअरको विमान अवतरण गर्न नसकेर हावामा होल्ड गरिएपछि आत्तिएर एक जना महिला यात्रु बेहोस हुनुभएको छ । मौसम खराब हुँदा करिब आधा घण्टाजति जहाजलाई आकाशमै होल्ड गरेर राखिएपछि सो विमानमा यात्रा गरिरहनु भएकी काठमाडौं महानगरपालीका वडा नम्वर २३ कि ५३ वर्षिया जानुका थापा आत्तिएर बहोस हुनुभएको प्रहरीले जनाएको छ । नेपालगञ्ज विमानस्थलको सुरक्षा गार्डका प्रमुख सई सन्तोष शाहले विमान हावामा होल्ड रहेकै अवस्थामा थापा आत्तिएर बेहोस भएकोमा उहाँलाई तत्काल नजिकै रहेको नेपाली सेनाको अस्पतालमा लगिएको बताउनुभयो । अस्पतालमा पुगेपछि उहाँको होस खुलेको र नेपालगञ्जमा रहनु भएका उहाँका आफन्तले अस्पतालमा पुगेर उहाँसंगै रहनु भएको पनि सई शाहले बताउनुभयो । विमानमा एक्लै यात्रा गरिरहनु भएकी थापा आत्तिएको र डराएको विमानमा रहन...
भेरी अस्पतालमा परीक्षण गराउनेमध्ये ७० प्रतिशतलाई कोरोना संक्रमण

भेरी अस्पतालमा परीक्षण गराउनेमध्ये ७० प्रतिशतलाई कोरोना संक्रमण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ५ । पछिल्लो समयमा भारत र नेपालका करिब सबै ठाउँहरुमा एक्कासी कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । करिब तीन साता अघिसम्म बाँकेमा शुन्यमा झरेको संक्रमण दर अहिले आएर ७० प्रतिशतमा पुगेको छ । भेरी अस्पतालले आफ्नो सामाजिक सञ्जालको पेज मार्फत बुधवार दिएको जानकारी अनुसार सो अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ७० प्रतिशतलाई कोरोना संक्रमण देखिएको छ । अस्पतालका अनुसार गत चौबिस घण्टामा भेरी अस्पतालको प्रयोगशालामा १०१ जनाको पिसीआर परीक्षण गर्दा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये अधिकांश बाँके जिल्लाका नागरिकहरु रहेका छन् । बुधवार २३ जना अस्पतालमा भर्ना भएको र ३ जना निको भएर घर फर्किएको पनि भेरी अस्पतालले जनाएको छ । भेरी अस्पतालले दिएको तथ्यांक निकै चिन्ताजनक रहेको छ । परीक्षण गराएका मध्ये ७० प्रतिशतमा संक्रमण देखिनुले जिल्लामा सयौंको संख...
कुकुरसहितको प्रहरी टोलीद्धारा जमुनाहा र विमानस्थलको आकस्मिक चेकजाँच

कुकुरसहितको प्रहरी टोलीद्धारा जमुनाहा र विमानस्थलको आकस्मिक चेकजाँच

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ५ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको उपस्थितिमा बुधवार प्रहरीको तालिम प्राप्त कुकुरसहितको बिशेष टोलीले नेपालगञ्जका केही संवेदनशिल स्थानहरुमा चेकजाँच गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले दिनु भएको जानकारी अनुसार प्रहरीको तालिम प्राप्त कुकुरसहितको विशेष टोलीले नेपाल भारत जमुनाहा नाका र नेपालगञ्ज विमानस्थलमा एक्कासी चेक जाँच गरेको हो । डग हेन्डलरसहितको टोलीले एक्कासी नाका र विमानस्थलको चेक जाँच गरिनुलाई कुनै गैरकानुनी काम गर्नेको आवागमनको खबर प्रहरीले पाएको आशंका गरिएको छ । खुला नाका भएका कारण भारतबाट आउने र विमानबाट जाने वा विमानबाट आउने र भारततर्फ जानेमाथि विशेष निगरानी राख्ननै सो चेकजाँच गरिएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी प्रहरीले यसलाई कहिलेकाँही गरिने अकस्मात चेकिंग बताएको छ । भ...
नेकपा माओवादी केन्द्र बाँकेद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकपा माओवादी केन्द्र बाँकेद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ५ । नेकपा माओवादी केन्द्र केन्द्रिय कार्यालयले देशभरका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री बितरण गर्ने योजना अनुसार बुधबार नेपालगञ्जस्थित भेरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष एवम् लुम्बिनी प्रदेश सभाका सांसद आइपी खरेलले भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिरेन्दबहादुर चन्दलाई अस्पतालमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ । अस्पताल बिकास समितिका सदस्य धनिराम ओलि र कृष्ण श्रेष्ठ एवम् अस्पतालका प्रशासन प्रमुख दुर्गालक्ष्मी श्रेष्ठ, माओवादी केन्द्र नेपालगन्ज नगर उपाध्यक्ष तारा प्रसाद खत्री, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तुलसीमणी केसी लगायतका नेताहरुको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । भेरी अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरूमा एन्टि...
नेपालगञ्जको धम्बोझीमा प्रहरीद्धारा पाँचसय मास्क वितरण

नेपालगञ्जको धम्बोझीमा प्रहरीद्धारा पाँचसय मास्क वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ५ । कोरोना संक्रमण तिव्र गतिमा फैलिन थालेपछि बाँकेमा सो फैलिन नदिन सचेतना र सावधानीका विभिन्न उपायहरु अपनाउन थालिएका छन् । केही दिन पहिलेसम्म दैनिक १ जना र कुनै दिन शुन्य संख्यामा संक्रमित भेटिने गरेको बाँके जिल्लामा हाल आएर दैनिक सय जनाको हाराहारीमा संक्रमित भेटिन थालेपछि सावधानी र सचेतनामा विशेष ध्यान दिन थालिएको छ । सो क्रममा जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले सुचना जारी गरेर विभिन्न प्रकारका सावधानीका नियमहरु जनकारी गराएको छ । स्वास्थ्य मापदण्ड र खोप लगाउने कुरामा समितिको विशेष आग्रह छ । भारत र नेपाल दुबै ठाउँमा कोरोना तिव्र गतिमा फैलिन थालेपनि अझै धेरै मानिसहरुले मास्कको प्रयोग नगरेरनै बजार, यातायात र विभिन्न ठाउँमा हिडिरहेको देखिन्छ । उनिहरुले सामान्य स्वास्थ्य मापदण्डको प्रयोग समेत गरेको देखिदैन । सोही कुरालाई ध्यानमा राखेर जिल्ला ट्रा...
प्रहरीले नियन्त्रणमा लिएको ठुलो परिमाणको ब्राउनसुगरसहित अन्य लागु औषध नष्ट गरियो

प्रहरीले नियन्त्रणमा लिएको ठुलो परिमाणको ब्राउनसुगरसहित अन्य लागु औषध नष्ट गरियो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ४ । प्रहरीले सक्रियता देखाउँदै नियन्त्रणमा लिएको ठुलो मात्राको ब्राउनसुगरसहित विभिन्न लागूऔषध मंगलवार नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीले पत्रकारहरुको रोहबरमा विभिन्न समयमा बरामद गरेको ब्राउनसुगरसहितका विभिन्न लागूऔषधहरु जलाएर नष्ट गरेको हो । पत्रकार, जिल्ला प्रशासन कार्यालय, बाँके जिल्ला अदालत, नेपालगन्ज उपमहानगरपालिका लगायतका प्रतिनिधिको उपस्थितिमा ब्राउनसुगर, चरेस, नाईट्राजेपाम ट्याब्लेट, कोरेक्स लगायतका लागूऔषधहरु जलाएर नष्ट गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधूसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँले ७६ ग्राम कालो र खैरो ब्राउनसुगर नष्ट गरिएको बताउनुभयो । विभिन्न समयमा बरामद भएका लागूऔषधहरु प्रहरीले समय समयमा नष्ट गर्दै आइरहेको छ । पछिल्लो समयमा गत असोज महिनामा प्रहरीले नष्ट गरेको थियो । असोज महिनादेखि हालसम्म बरामद गरिए...
सामुदायीक वनका पदाधिकारीनै काठ तस्करीमा, दुई जना अवैध काठसहित पक्राउ

सामुदायीक वनका पदाधिकारीनै काठ तस्करीमा, दुई जना अवैध काठसहित पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ४ । वन संरक्षणका लागि गठन गरिएको बाँकेको एक सामुदायीक वनका पदाधिकारीनै अवैध रुख कटान र तस्करीमा सक्रिय रहेको खुलासा भएको छ । सो सामुदायीक वनका दुई जना पदाधिकारीलाई काठ कटान गरिरहेकै अवस्थामा अवैध काठसहित पक्राउ गरेपछि सो खुलासा भएको हो । डुडुवा गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेको बभनपुरवा सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष बिट्टी कुर्मीका छोरा दिनेश कुमार कुर्मी र समितिका सचिव सलामुद्दीन साईलाई अवैध रुख काट्दै गर्दा पक्राउ गरिएको छ । सामुदायीक वनमा रुख काटीरहेको बेला इलाका डिभिजन बन कार्यालय राँझाले उनिहरुलाई पक्राउ गरेको हो । सो अवसरमा त्यहाँ समितिका धेरैजना पदाधिकारी रहेपनि बाँकी भागेकोले पक्राउ नपरेको स्थानीयले जनाएका छन् । अरु भागेपछि दुई जना मात्र पक्राउ परेको उनिहरुले बताएका छन् । डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख सहायक वन अधिकृत...
बाँके प्रहरीलाई लागु औषध, अवैध चोरी पैठारी र अन्य अपराध नियन्त्रणमा उल्लेख्य सफलता

बाँके प्रहरीलाई लागु औषध, अवैध चोरी पैठारी र अन्य अपराध नियन्त्रणमा उल्लेख्य सफलता

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति
६ महिनामा ९ करोड राजस्व संकलन, ठुलो परिमाणमा लागु औषध र चोरी तस्करीका सामान नियन्त्रणमा सिराज खान नेपालगञ्ज, माघ ४ गते । विभिन्न गैर कानुनी कार्यहरुको नियन्त्रणमा अहोरात्र खटिएको बाँके प्रहरीले वितेको ६ महिनामा गरेको प्रगति विवरण मंगलवार सार्वजनिक गरेको छ । मंगलवार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र प्रहरी प्रवक्ता डीएसपी मधुसुदन नयौपानेले ६ महिने उपलब्धीहरु पत्रकार समक्ष सार्वजनिक गर्नुभयो । गत ६ महिनाको अवधीमा बाँके प्रहरीले लागु औषध नियन्त्रण, भन्सार चोरी पैठारी नियन्त्रण, बहुमुल्य जनावरको अंग तस्करी नियन्त्रण, ट्राफिक नियम उलंघन नियन्त्रण र गैर कानुनी कार्यमा संलग्नलाई पक्राउ गर्ने कुरामा बिशेष सफलता पाएको बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले बताउनुभयो । उहाँले गत ६ महिनाको अवधीमा जिल्लामा प्रहरीलाई हालसम्मकै...
निल सागर जेष्ठ नागरिक आश्रमका असहायलाई ५० थान कम्बल वितरण

निल सागर जेष्ठ नागरिक आश्रमका असहायलाई ५० थान कम्बल वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ३ । अत्याधिक चिसो र शीतलहरको कारण जनजीवन प्रभावित भएपछि बाँके प्रशासनले विपन्न तथा असहाय जेष्ठ नागरिक र बालबालिकालाई न्यानो कम्बल बितरण कार्यलाई निरन्तर जारी राखेको छ । सोही क्रममा चिसो प्रभावित विपन्नलाई उनीहरु बसेकै स्थानमा पुगेर न्यानो कम्बल वितरण गर्ने क्रममा जिल्ला विपद व्यवस्थापन समिति बाँकेले सोमवार नेपालगञ्जमा रहेको निल सागर जेष्ठ नागरिक आश्रममा ५० थान कम्बल वितरण गरेको छ। बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले नेपालगञ्जको निल सागर आश्रम पुगेर त्यहाँ आश्रीत जेष्ठ नागरिक तथा बालबालिकालई न्यानो बनाउन कम्बल वितरण गर्नुभयो । शीतलहर आकस्मिक योजना २०७८ अन्तरगत विपद व्यवस्थापन समितिले ६ सय थान कम्बल खरिद गरी चिसो प्रभावितलाई उनीहरु बसेकै स्थानमा पुगेर न्यानो कम्बल वितरण गर्दै आएको छ । बाँकेमा चिसो तथा शीतलहरबाट करिव २६ हजार प्रभावित ...
कर्मचारीहरुलाई कोरोना भएपछि नरैनापुर गाउँपालिका पाँच दिनका लागि बन्द गरियो

कर्मचारीहरुलाई कोरोना भएपछि नरैनापुर गाउँपालिका पाँच दिनका लागि बन्द गरियो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ३ । नरैनापुर गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाँच दिनका लागि सबै सेवा बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा आइतबार कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । संक्रमित भएका सबै कर्मचारीहरु होम आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । अधिकृत बस्नेतले कम्तीमा चार दिन संक्रमित कर्मचारीहरुको अवस्था हेर्ने र सामान्य अवस्था भएपछि सीमित सेवा सुरु गर्ने तयारीमा रहेको बताउनु भयो । मंगलबारदेखि ८ गते सम्म पालिका बन्द गरेर सेनिटाइज गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो । नरैनापुर गाउँपालिकाको प्रशासनिक काम बन्द भए पनि स्वास्थ्य शाखाबाट सेवा प्रवाह नियमित रुपमा हुने गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी गर्नु भएको बिज्ञप्तिमा उल्लेख छ । ...