३ माघ २०८२, शुक्रबार

मुख्य समाचार

नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीद्धारा समन्वय र सहकार्य गर्ने निर्णय

नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीद्धारा समन्वय र सहकार्य गर्ने निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, पुस ७ गते । नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका १५ जिल्लाका प्रहरी र प्रशासनसंग सम्बद्ध उच्च पदस्थ सुरक्षा अधिकारीहरुले एक आपसमा सहकार्य र समन्वय गरेर अगाडी बढ्ने निर्णय गरेका छन् । सो निर्णय उनिहरुले नेपालगञ्जमा बुधवार बेलुकी सम्पन्न भएको सयुंक्त समन्वय बैठकमा गरेका हुन् । बैठकका लागि होटल सिद्धार्थ भ्यु मा जम्मा भएका दुबै देशका उच्च सुरक्षा अधिकारीहरुले सीमानामा अझै समन्वय र सहकार्य बढाउनु पर्ने निष्कर्श निकालेको सहभागि एक उच्च अधिकारीले बताए । उनले भारतीय पक्षले नेपाली पक्षसंग सीमा नाकामा थप सुरक्षा कडा गर्नु पर्ने माग गरेको पनि जनाएका छन् । भारतको उत्तरप्रदेशमा केही महिनापछि हुने विधानसभाको निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्न तथा सीमावर्ति क्षेत्रका अन्य विषयहरुमा छलफल गर्न भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको तथा बैठकमा भारतका ७ जिल्ला र नेप...
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कालिकोटका हमालको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कालिकोटका हमालको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ७ पुस । बुधवार अपरान्ह नेपालगन्जको पुष्पलाल चोक नजिकै रहेको गुल्म अगाडि भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका–३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको प्रहरीले जनाएको छ । कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोकदेखि बागेश्वरीतर्फ गइरहेको मोटरसाइकललाई अपरान्ह साढे चार बजेतिर ठक्कर दिएपछि मोटरसाइकल चालक हमाल गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्कालै नेपालगञ्ज शिक्षण अस्पताल पुरयाईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गत केही समययता आएर नेपालगञ्जमा ट्राफिक व्यवस्थापन फितलो भएकोले दैनिकजसो दुर्घटनाहरु भैरहेका छन् । दुर्घटनाहरु प्रायजसो सुर...
तोकेको भन्दा बढी शुल्क लिएपछि जनज्ञानज्योति मावि कोहलपुरमा तालाबन्दी

तोकेको भन्दा बढी शुल्क लिएपछि जनज्ञानज्योति मावि कोहलपुरमा तालाबन्दी

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ७ पुस । जनज्ञानज्योति माध्यमिक विद्यालयले विद्यार्थीहरुबाट बढि मुल्य असुली गरेको आरोप लगाउँदै विद्यार्थिहरुले तालाबन्दी गरेर आन्दोलित भएका छन् । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय परिक्षा बोर्डले ४ सय शुल्क तोकेतापनि विद्यालयले ९ सय बढि शुल्क लिएको भन्दै विद्यार्थिले आन्दोलन गरी विद्यालय तालाबन्दी गरेका छन् । कोहलपुरमा रहेका अन्य विद्यार्थी संठनहरुले पनि सो आन्दोलनमा सहभागि भई तालाबन्दीमा सहयोग गरिरहेको विद्यार्थिहरुले जनाएका छन् ।    ...
खजुराकी महिलामाथि दुव्र्यवहार गर्ने तीन जना सुर्खेतमा पक्राउ

खजुराकी महिलामाथि दुव्र्यवहार गर्ने तीन जना सुर्खेतमा पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ७ पुस । बांके खजुराकी महिलामाथी दुर्व्यवहार गर्ने ३ जना सुर्खेतमा पक्राउ परेका छन । बाँके खजुरा निवासी १ जना महिलामाथि दुर्व्यवहार गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका वडानम्बर ११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का ३९ बर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका वडा नं ८ को १९ वर्षिय मिलन ज्ञवालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक बहादुर शाही जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्न अदालतबाट अनुमति समेत लिइसकेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । पिडित पक्षले भने अहिले सम्म उजुरी नदिएको उहाँले बताउनुभयो । निरिक्षक शाहीका अनुसार पिडित महिला पुस ४ आफ्नो कुल पुजा मान्न माइती घर आएको समयमा धामी पुजारीहरुले उनीमाथि कुटपिट र दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसैको आधारमा खोजतास ग...
नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको बैठक आज अपरान्ह नेपालगञ्जमा हुने

नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको बैठक आज अपरान्ह नेपालगञ्जमा हुने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, ७ पुस । नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका विभिन्न जिल्लाहरुका उच्च पदस्थ सुरक्षा अधिकारीहरुको सयुंक्त बैठक बुधवार अपरान्ह नेपालगञ्जमा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको हो । भारतका ७ जिल्ला र नेपालका ८ जिल्ला गरी नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको सयुंक्त बैठकको आयोजना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो । सो बैठकमा भारतीय पक्षबाट गोरखपुर क्षेत्रका अतिरिक्त महानिरिक्षक अखिल कुमार, देबीपाटन क्षेत्रका डिआईजी उपेन्द्र कुमार अग्रवाल, महाराजगञ्ज जिल्लाका क्षेत्रका डिएम शैलेन्द्र कुमार र एसपी प्रदिप गुप्ता, सिदार्थनगर जिल्लाका डिएम दिपक मिना र एसपी एसभिर सिंह, बलरामपुर जिल्लाका डिएम श्रीमती श्रृती र एसपी हेमन्त कुटियाल, श्रावस्ती जिल्लाका डिएम नेहा प्रकाश...
१५० ग्राम ब्राउनसुगरसहित नेपालगञ्जकी राना र भारत बहराइचका अन्सारी दांगमा पक्राउ

१५० ग्राम ब्राउनसुगरसहित नेपालगञ्जकी राना र भारत बहराइचका अन्सारी दांगमा पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ६ पुस । दाङमा ठुलो परिमाणको ब्राउनसुगरसहितसहित नेपालगञ्ज र भारत बहराइचका दुइ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा, बाँके जिल्लाको नेपालगंज उप–महानगरपालीका वडा नं १८ कारकाँदो बस्ने बर्ष ४५ की चन्द्रा राना र भारत उत्तर प्रदेश जिल्ला बहराईच मंन्सुरगंज बस्ने बर्ष १८ को समिर अंसारी पक्राउ परेका दांग प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १५०.५६ ग्राम लागु औषध ब्राउनसुगर, हेवाई र भिभो कम्पनीको स्क्रीन टच मोबाइल २ थान र भारु ४००० रकम प्रहरीले बरामद गरको छ । प्रहरीका अनुसार, विशेष सुचनाको आधारमा दाङ लमही नगरपालीका वडा नं ९ अमिलियास्थित प्रहरी अधिकृत सहितको प्रहरी टोली खटिगई चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा हिडडुल गरीरहेका समयमा उनीहरुको खानतलासी गर्दा रानाले लगाएको कालो रङ्गको हाईनेक भित्र घाँटी मुनीको भागमा खैरो हेरोइन लुकाई छिपाई राखेको अवस्थामा फेला परि बरामद ...
मानवबेचविखनविरुद्ध सक्रिय अभियन्ताको क्षमता विकास गरिंदै

मानवबेचविखनविरुद्ध सक्रिय अभियन्ताको क्षमता विकास गरिंदै

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ६ पुस । बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाममा क्रियाशिल बाँकेका चारवटा पालिकाका अभियन्ताहरुका लागि नेपालगञ्जमा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका युवा अभियन्ताका लागि सो तालिम मंगलवार शुरु गरिएको क्लबले जनाएको छ । समुदायका युवाहरुलाई मानव बेचबिखन, बालअधिकार र बालसंरक्षणको क्षेत्रमा सक्षम बनाउँदै बाँके जिल्लामा मानव बेचबिखनको रोकथाम र सम्बोधन कार्यलाई सफल पार्न युवा अभियन्ताहरुका लागि तालिम शुरु गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । सो तालिममा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाबाट, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका अभियन्ताको सहभाग...
रुपैडिहाबाट चोरबाटो भएर ल्याउँदै गरेको ३ सय ट्याबलेट लागु औषधसहित एकजना पक्राउ

रुपैडिहाबाट चोरबाटो भएर ल्याउँदै गरेको ३ सय ट्याबलेट लागु औषधसहित एकजना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ६ । यहाँस्थित सीमा पारी रुपैडिहाबाट चोरबाटोको प्रयोग गरेर नेपालतर्फ ल्याउँदै गरेको लागु औषध नाइट्रोभेटका तीन सय टयाब्लेट सहित एकजनालाई जमुनाह प्रहरीले पक्राउ गरेको छ । मंगलवार अपरान्ह तीन बजेर २५ मिनेटको समयमा जमुनाह गाउँको चोरबाटो प्रयोग गरेर दार्चुला शैलेशिखर नगरपालिका ९ का १९ वर्षिय नरेन्द्र विष्टले नेपालतर्फ ल्याउँदै गरेको नाइट्रोभेटका २० फाइलमा रहेको तीन सय टयाब्लेट सहित विष्टलाई जमुनाह प्रहरीले पक्राउ गरेको छ । जमुनाह प्रहरीले दिएको जानकारी अनुसार विष्टलाई नाकामा रहेको जमुनाह प्रहरी कार्यालय भन्दा एक किलोमिटर पुर्वबाट पक्राउ गरेको छ । सीमापारीबाट दैनिकजसो लागु औषध ब्राउन सुगर र विभिन्न नशा भएका ट्याबलेटहरु भित्रिने गरेकोले नाकामा निगरानी बढाईएको प्रहरीले जनाएको छ ।...
नरैनापुरमा देशकै पहिलो दलित निगरानी केन्द्रको भवन निर्माणसंगै उदघाटन

नरैनापुरमा देशकै पहिलो दलित निगरानी केन्द्रको भवन निर्माणसंगै उदघाटन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ६ । बाँकेको नरैनापुरमा दलित निगरानी केन्द्र भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । दलित समुदायको हक अधिकार स्थापित गर्दै उनीहरुको उत्थान र विकासका लागि गाउँपालिकाको सहयोगमा भवन निर्माण गरिएको छ । दलितका सवालमा छलफल गर्ने थलोका रुपमा रहने भवन १८ लाख ४२ हजार ६ सय ४७ रुपैयाँको लागतमा निर्माण भएको हो । नरैनापुरमा क्रियाशील दलित संघर्ष समिति र तराई दलित विकास मञ्चको अग्रसरतामा भवन बनेको हो । नरैनापुरमा बनेको दलित निगरानी केन्द्र भवन ७५३ पालिकामै पहिलो भएको दलित अधिकारकर्मीहरुको दाबी छ । भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाहले सबै समुदाय मिलेर नरैनापुरलाई विकसित र समृद्ध बनाउनतर्फ लाग्न आह्वान गर्नुभयो । उहाँले दलित समुदायको उत्थानका लागि आफू सधैं क्रियाश...
खजुरा बजारको कालोपत्रे दुई सातामै उप्कियो, स्थानीय आक्रोशित

खजुरा बजारको कालोपत्रे दुई सातामै उप्कियो, स्थानीय आक्रोशित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, पुस ६ । बाँकेको खजुरा बजारमा निमार्ण भइरहेको फोरलेन सडकको बेसमा गरिएको पीच दुई सातामै उप्किएको छ । खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएको हो । अढाई किलो मिटरको सडक पाँच वर्षदेखि निर्माणाधिनको क्रममा छ । सडक कालोपत्रे नहुँदा खजुराका स्थानीय धुलोले हैरान छन् । फोरलेन सडककको बेस दुई सातामै उपिक्एपछि स्थानीयले गुणस्तरमाथि शंका जनाउँदै सडक डिभिजन कार्यालयलाई जानकारी गराएका छन् । स्थानीय सतीस निरौलाले अढाई किलो मिटरको सडक बनाउन ५ वर्ष समय लगाउनु ठेकेदारको हद लापरवाही भएको बताए । उनले भने, अहिलृ सडक पीच गर्दा पनि गम्भीर लापरवाही देखिएको छ । हामी ५ वर्षदेखि धुलो खानुपर्ने बाध्यता छ । सडक डिभिजन कार्यालय नेपालगन्जका ईन्जिनीयर मनबहादुर विकले सडकको बेसमा गरिएको पीच उप्किएको स्वीकार ...