समाचारदाता
नेपालगन्ज, मंसिर १४ । स्थानीय सरकारले पारित गरेर लागु गर्न सिफारिस गर्ने गरि तयार पारिएको ‘सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिका २०८०’ को मस्यौदामाथि नेपालगन्जमा सरोकारवालाहरुविच ब्यापक छलफल गरिएको छ ।
निर्देशकिाको मस्यौदामाथि छलफल गरेर सुझाव संकलन गर्ने उदेश्यले भेरी वातावरणीय विशिष्ठता समूह (बी–ग्रुप) ले आयोजना गरेको कार्यक्रममा सहभागि अधिकांशले सो निर्देशिका अति आवश्यक रहेको जनाउँदै स्थानीय सरकारले पास गर्नु पर्नेमा जोड दिएका थिए ।
बी–ग्रुपले बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न सरसफाईकर्मीको हक अधिकार तथा पेशाप्रति आत्मसम्मानसंगै स्थानीय तहको सरसफाईका लागि सो निर्देशिका प्रभावकारी हुने सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरुले जनाएका थिए ।
सार्वजनिक नीजि साझेदारी मन्...
समाचारदाता
नेपालगन्ज, मंसिर १३ । प्लान ईन्टरनेशनल नर्वेको एक उच्चस्तरीय टोलीले प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लब र भेरी बाताबरणीय बिशिष्ट समुहद्धारा बर्दिया जिल्लामा संचालन गरिएको परियोजनाको अनुगमन गरेको छ ।
प्लान नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना र टेलिथोन परियोजनाका बिभिन्न गतिबिधीहरुको नर्वेको सो टोलीले अनुगमन गरेको हो ।
सो उच्चस्तरीय अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नर्वेका बरिष्ठ कार्यक्रम सल्लाहकार केजेल सिगार्ड रोइसली, युवा कार्यक्रम तथा वकालत बिभागका सल्लाहकार क्रिस्टिन फलान्टनेस र खाद्य सुरक्षा, जीविका, जलबायु कार्यक्रम र वकालत बिभिागका बरिष्ठ सल्लाहकार जोहने वाल्लेको सहभागिता रहेको थियो ।
सोही प्रकारले उक्त अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका प्रबन्धक मिना पराजुली, कार...
समाचारदाता
नेपालगन्ज, मंसिर ११ । बालबालिकाको अधिकार संरक्षणका लागि बालिका पुजा चौधरीेले टेक ओभर गर्दै सांकेतिक रुपमा बर्दियाको गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्ने अवसर पाउनु भयो ।
१२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको गुलरिया नगरपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रममा चौधरीले उपमेयरको भूमिका निर्वाह गर्नु भएको हो ।
प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा बालिका पुजा चौधरीले गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्नुभयो ।
बालिका तथा किशोरीको नेतृत्व विकास गर्नुका साथै शसक्तिकरण गर्ने उदेश्यले सञ्चालित सो कार्यक्रममा सो भूमिका निर्वाह गर्नु भएकी चौधरीलाई बाल क्लबकी अध्यक्ष उजस्वी ढकालले किशोरी क्लबको तर्फ...
सिराज खान
नेपालगन्ज, मङ्सिर ८ गते । भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल र भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकालाई एमडीएम फ्रान्सले ८८ प्रकारका अति आवश्यक औषधिलगायत त्रिपालहरू सहयोग गरेको छ ।
औषधि र त्रिपाल वितरण गरेर जाजरकोटबाट फर्किनुभएका एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्कीले दिनुभएको जानकारीअनुसार जाजरकोट अस्पताललगायत बारेकोट स्वास्थ्य चौकीको आधारभूत सेवालाई सुचारु राख्न औषधि तथा टेन्ट सहयोग गरिएको हो ।
उहाँले जाजरकोट अस्पताल र स्वास्थ्य संस्थाहरुको अवस्थालाई अध्ययन गरी अति आवश्यक औषधि र त्रिपाललगायतको सहयोग गरिएको बताउनुभयो ।
औषधि र त्रिपाल हस्तान्तरण गर्न गएका बेला भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ३०० भन्दा बढीको उपचार गर्दै औषधि वितरण गरिएको कार्यक्रम अधिकृत कार्कीले बताउनुभयो ।
बारेकोटको लिम्सास्थित अस्पतालमा आ...
समाचारदाता
नेपालगन्ज, मंसिर ८ । बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको सो बैठकमा पालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि रहनु भएको थियो भने सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा, स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाका प्रमुखहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
सो बैठकमा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाको लक्ष्य, उदेश्य, नतिजा तथा क्रियाक्लापहरुका साथसाथै क्लबका गतिविधिहरुका बारे...
सिराज खान
नेपालगन्ज, मङ्सिर ५ गते । जाजरकोट र रुकुम पश्चिमलगायत पश्चिम नेपालका भूकम्प प्रभावित जिल्लाहरुका लागि भारत सरकारले चौथो खेपमा एक ट्रक अति आवश्यक औषधि सहयोग पठाएको छ । भारतबाट स्थलमार्ग हुँदै नेपालगन्जसम्म ल्याइएको सो औषधि मङ्गलवार भारतीय राजदूतावासका द्वितीय सचिव आशिष सिन्हाले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो ।
औषधि हस्तान्तरण गर्दै भारतीय राजदूतावासका द्वितीय सचिव सिन्हाले भारतले यसअघि पनि भारतीय वायुसेनाको विमानमार्फत तीन खेप अति आवश्यक राहात सामाग्री नेपालगन्ज पुर्याइसकेको जनाउँदै अहिले औषधिको आवश्यकता महसुस गरेर एक ट्रक औषधि प्रदान गरिएको बताउनुभयो । उहाँले भारत सरकारले भविष्यमा पनि थप सहयोग जारी राख्ने जनाउँदै प्रभावित जिल्लाको आवश्यकता अनुसार सहयोग आउने बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले भारत सरकारले ४० प्रकारको ...
समाचारदाता
नेपालगन्ज, कात्तिक २१ । जारकोट र रुकुम पश्चिमका भुकम्पपिडित र घाइतेका लागि विभिन्न राहात र सहयोग जुट्ने क्रम तिव्र भएको छ । अहिले देशभित्र र देश बाहिरबाट सहयोग गर्नेहरु सक्रिय देखिएका छन् । सोही क्रममा नेपालगन्जस्थित सुमित मेडिको फार्म र जेभि फाउन्डेसन बाँकेले १ लाख ६७ हजार रुपियाँ भन्दा बढीको औषधी प्रभावित जिल्लामा पठाएको छ ।
सुमित मेडिको फार्मका सञ्चालक तथा जेभि फाउन्डेसनका केन्द्रिय सदस्य प्रेम कुमार यादवले सो औषधी सहयोग गरेर भुकम्पबाट घाइते भएकाहरुको उपचारका लागि पठाउनु भएको हो । जेभि फाउन्डेसनका केन्द्रिय सदस्य यादवले सो औषधीबाट घाइतेको उपचारमा सहयोग पुग्ने र उपचार सहज हुने बताउनुभयो ।
उहाँले सो औषधी सहयोगमा जेभि फाउन्डेसनका केन्द्रिय सदस्य दिनेश्वर प्रसाद यादव, लुम्बिनी प्रदेश सदस्य नरेन्द्र हरिजन, बाँकेका जिल्ला सचिव राम रावत चौधरी र कोहलपुर सभापति जयराम थारुले पनि...
समाचारदाता
नेपालगन्ज, असोज १७ । प्लान इन्टरनेशनल नेपालको ४५ औँ बार्षिक उत्सवको अवसरमा ५ बर्षे राष्ट्रिय रणनीति सार्वजनिक गरिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा ५ बर्षे राष्ट्रिय रणनीति सार्बजनिक गर्दै कर्णाली प्रदेशमा गुणस्तरिय शिक्षा र सामाजिक न्याय सहितको समाज निर्माण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले दिगो विकासका लक्ष्य र मानव विकास सुचकाङमा कर्णाली धेरै पछाडी रहेको जनाउँदै त्यसलाई सुधार गरेर कर्णालीमा गुणस्तरिय शिक्षा, गाँउमै भरपर्दो आधारभुत स्वास्थ्य सेवा, गाँउमै रोजगारीका अवसर सहित सामाजिक न्याययुक्त समाज निर्माण गर्ने अठोट लिएको बताउनुभयो ।
सरकारका नीति तथा कार्यक्रमलाई पुर्ण रुपमा कार्यन्वयन गरेर काम गर्ने दातृ निकायहरुको खाँचो रहेको जनाउँदै मुख्यमन्त्री शर्माले कर्णालीमा बालबालिकाहरुको उज्वल भबिश्य निर्माणका...
समाचारदाता
नेपालगन्ज, असोज १ । गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पिडित परिवारलाई विभिन्न प्रकारको राहात उपलब्ध गराउने कार्य जारी छ ।
युके एड स्टारफन्डको सहयोग र प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको सानो अवधीको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न राहात सामाग्री उपलब्ध गराउने कार्य तिव्र गतिमा भइरहेको छ ।
बर्दियाको गुलरिया, ठाकुरबाबा, बाँसगढी र बारबर्दिया नगरपालिकाका बाढी प्रभावितलाई राहात वितरण गर्ने कार्य हाल अन्तिम चरणमा पुगेको बाँके युनेस्को क्लबले जनाएको छ ।
सो क्रममा हाल कामका लागि नगद कार्यक्रम अन्तर्गत चारवटै पालिकामा रहेका बाढी प्रभावितलाई बाढी र डुबानबाट जोगाउने विभिन्न काममा लगाएर रकम सहयोग गर्ने कार्य भइरहेको परियोजनाका संयोजक मनोज पौडेलले बताउनुभय...
डा मो.ऐनुद्दीन बागबान
सेप्टेम्बर १०तारीखका दिन संसारभरी विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ। यसको मुख्य उद्देश्य विश्वमा आत्महत्या बारे जनचेतना एवं जागरुकता फैलाउनु तथा यस सम्बन्धि समाजमा विद्यमान भ्रमहरुलाई निर्मूल पारी यसको रोकथाम तथा न्यूनीकरण गर्नु हो। यसवर्ष पनि “कार्यमार्फत आशाको सिर्जना” भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस २०२३ मनाइंदैछ।आत्महत्या विश्वकै एउटा जटिल मनोसामाजिक समस्या हो। यो शारीरिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक तथा पारिवारिक कारणहरुको समिश्रणले हुने गर्दछ। विश्वमा बर्षेनी करीब ७ लाखभन्दा बढी व्यक्तिहरुको मृत्यु आत्महत्याबाट हुने गर्दछ।नेपालमा हरेक दिन १९ जनाभन्दा बढी व्यक्तिहरुले आत्महत्या गरेर आफ्नो ज्यान गुमाईरहेका छन्। कोरोना महामारीपश्चात आत्महत्या गर्ने युवाहरुको संख्या असामान्यरुपमा बढीरहेकोछ।
समयमै सतर्कता अपनाउने हो भने धेरै हदसम्म आत्महत्याक...