समाचारदाता
नेपालगञ्ज, कात्तिक ५ । बी ग्रुपले बाल्मिकी समाज नेपाललाई कार्यालय स्थापनाका लागि एक लाख ७० हजार बराबारको सामाग्री सहयोग गरेको छ ।
बी ग्रुप, जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत बाल्मिकी समाज नेपाललाई कार्यालय सञ्चालनका लागि एक लाख ७० हजार बराबरका विभिन्न सामाग्री सहयोग गरिएको परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।
सो सामाग्री बी ग्रुपक अध्यक्ष टेक बहादुर पुनले बाल्मिकी समाज नेपालका अध्यक्ष जगदिश बाल्मिकीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै बी ग्रुपका अध्यक्ष पुनले बाल्मिकी समाजको भलाई र उत्थानका लागि खोलिएको यो संस्थाले आफ्नो उदेश्य पुरा गर्नतर्फ सधैं अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरि बाल्मिकी समाज नेपालका अध्यक्ष बाल्मिकीले बी ग्रुपको यो सहयोग र परियोजना दुबैले बाल्मिक...
समाचारदाता
नेपालगञ्ज, कात्तिक १ । पश्चिम नेपालका हजारौं विरामीको स्वास्थ्य उपचारमा सहयोग गरेको तथा जनस्वास्थ्यका लागि विभिन्न उल्लेख्य कार्य गरेकोमा नेपाल प्रहरीले प्रहरी दिवस २०७९ को अवसर पारेर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका सह निर्देशक डा. रोमन किदवाईलाई सम्मान गरेको छ ।
प्रहरी दिवस मनाउन सोमवार संघीय राजधानी काठमाण्डौमा आयोजना गरिएको बृहत्त कार्यक्रममा नेपाल प्रहरीका आइजीपी धिरज प्रतापसिंहले डा. किदवाईलाई सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभयो । सम्मान ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिंदै डा. किदवाईले यस्ता सम्मानले जनताको सेवा गर्ने थप हौसला प्रदान हुने जनाउँदै आफुले निरन्तर जनता र समाजको सेवा गरिरहने बताउनुभयो ।
मेडिकल कलेजमा कार्यरत डा. किदवाई हरेकजसो सामाजिक र जनसेवाको काममा खटिने मध्ये अग्रपंक्तिमा पर्नुहुन्छ । उहाँले यस क्षेत्रका गरिब र असहाय विरामी...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, असोज २५ । नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगर भित्र बसोबास गर्ने मोतियाविन्दु भएका सबै नागरिकको निशुल्क शल्यक्रिया गर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ ।
सो का लागि पहिलो चरणमा उपमहानगरका वडा नम्बर १ देखि ९ सम्मका वडाहरुमा मोतियाविन्दु छनोट शिविरको आयोजना गर्ने निर्णय गरेर यही असोज २७ गतेबाट शिविर आयोजना गरिने नेपालगञ्जका उपमेयर कमरुद्दीन राईले बताउनुभयो ।
उहाँले स्थानीय निर्वाचनको बेला जनता समाजवादी पार्टीले तयार गरेको घोषणा पत्रमा उपमहानगरका सबै नागरिकको मोतियाविन्दुको निशुल्क शल्यक्रिया गराइने भनि प्रतिवद्धता गरिएकोमा सोही पुरा गर्न यो कार्यक्रम ल्याईएको बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका उपमहानगरभित्रका विपन्न नागरिकले आर्थिक अभावले मोतियाविन्दुको अपरेशन गराउन नसकि समस्यामा परेकोले उनिहरुलाई सहजताका लागि सबैको निशुल्क अपरेशन गराइने बताउनुभयो ।...
समाचारदाता
नेपालगञ्ज, असोज २४ गते । चट्यांग लागेर गम्भीर घाइते हुनु भएका बाँके बैजनाथ गाउँपालिका ३ बनखेतका एक जना बृद्धको उपचारका क्रममा सोमवार विहान मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतवार दिउँसो १२.२६ बजेको समयमा बैजनाथ गाउँपालिका ३ बनखेतस्थित आफ्नो घरदेखि दुई किलोमिटर उत्तरतर्फ गोठालो जानु भएका ६८ वर्षिय कालिबन बस्नेत चट्यांग परि गम्भीर घाइते अवस्थामा भेटिनु भएको थियो ।
घाइते बस्नेतलाई तत्काल उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पुरयाईए पनि उहाँको अवस्थामा सुधार नआएपछि आइतवार साँझ साढे सात बजे नेपालगञ्ज नर्सिंंग होममा रेफर गरिएको थियो ।
नर्सिंग होममै उपचारका क्रममा सोमवार विहान साढे चार बजे बस्नेतको मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो ।
आइतवार भिषण बर्षा भैरहेको बेला जिल्लाका धेरै खुला ठाउँमा चट्य...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज १५ गते । बी ग्रुपले बाँके कबाडी मालसामान व्यवसायी संघलाई नेपालगञ्जमा कार्यालय सञ्चालनका लागि दुई लाख भन्दा बढीको आवश्यक सामाग्री प्रदान गरेको छ ।
एमडीएम फ्रान्स र जीआइजेड नेपालको सहयोगमा बि ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत कबाडी मालसामान संघलाई कार्यालय स्थापना र सञ्चालनका लागि सो सहयोग प्रदान गरिएको हो ।
पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा स्थापना गरिएको बाँके कबाडी मालसामान व्यवसायी संघलाई कार्यालय सञ्चालनका लागि दुई लाख पाँच हजार रुपियाँ बराबरका विभिन्न सामाग्री हस्तान्तरण गरिएको परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।
कार्यालय स्थापनाका लागि प्रदान गरिएका सामाग्रीहरु बी ग्रुपका अध्यक्ष टेक बहादुर पुनले बाँके कबाडी मालसामान व्यवसायी संघका अध्यक्ष ...
समाचारदाता
नेपालगञ्ज, असोज १ । काठमाण्डौमा सम्पन्न भएको शिक्षाका लागि राष्टिय अभियान एनसीई नेपालको केन्द्रिय सदस्यमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी निर्वाचित हुनु भएको छ ।
राजेन्द्र पहाडीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्य समितिका निर्देशक सिद्दिकी केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको हो ।
यसअघि सोही पदमा बाँके युनेस्को क्लबको प्रतिनिधित्व गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष र हालका सल्लाहकार सिराज खान पनि केही वर्ष अघि निर्वाचित हुनु भएको थियो ।
शिक्षाको क्षेत्रमा सुधारका लागि लामो समयदेखि विभिन्न गतिविधि मार्फत वकालत गर्दै आएको एनसीई नेपाल देशकै सबैभन्दा ठुलो सञ्जालको रुपमा स्थापित छ ।
बाँके युनेस्को क्लबले विगत लामो समयदेखि सो अभियानको सदस्य र प्रमुख सहयोगी संस्थाको रुपमा काम गर्दै आएको छ ।
यसैगरि बालमैत्री स्थानिय शासन राष्ट्रिय मञ्चको हालै क...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ ३० । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले सानो समयमा धेरै विकास गर्ने लक्ष्यका साथ आफु मन्त्री बनेको जनाउँदै रातदिन खटिएर विकास निर्माणका योजनाहरु बनाईरहेको र कार्यान्वयनमा लगिरहेको बताउनु भएको छ ।
विहिबार बाँकेमा एक पक्की पुल र रक्तसञ्चार केन्द्र भवन निर्माणको शिलान्यास गर्दै उहाँले सो बताउनुभएको हो । विकास निर्माणलाई कसैले पनि अवरोध गर्न नहुने जनाउँदै विकास विरोधी जनताका विरोधी भएको बताउनुभयो ।
वर्षा नरोकिएपछि पानीमा भिज्दै उहाँले बाँकेको डुडुवा ३ मा बनकट्टीलाई रामपुरवासंग जोड्ने डुडुवा नदीमा निर्माण गरिने पक्की पुल र नेपालगञ्जस्थित भेरी अस्पतालको प्रांगणमा निर्माण गरिने रक्तसञ्चार केन्द्रको भवनको शिलान्यास गर्नु भयो ।
मन्त्री राईले डुडुवा नदीमा पुल नहुँदा स्थानीय वासिन्दालाई आवागमनमा निकै समस्या हुने गरेको र पश्चिम नेपालकै सम...
समाचारदाता
नेपालगञ्ज, भदौ २९ । बाँकेको जानकी गाउँपालिकाले ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरेको छ । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’ अन्तर्गत ‘छोरी जीवन बीमा कार्यक्रम’ शुरु गरिएको जनाएको छ । जानकीका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले कार्यपालिकाको बैठकबाट पास भएको कार्यबिधि अनुसार ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरिएको जानकारी दिनुभयो ।
छोरी जीवन बीमा कार्यक्रमका लागि २०७९ भदौ २४ गते बसेको बसेको गाउँ कार्यपालिका बैठकले “जानकी गाउँपालिका अध्यक्षसंग छोरी कल्याण कार्यक्रम” कार्यान्वयन कार्यबिधि २०७९ स्वीकृत गरेको छ । गत असार ३१ गते भएको पालिकाको १२ औं गाउँसभाबाट “गाउँपालिका अध्यक्षसंग छोरी कल्याण कार्यक्रम” पारित गरिएको थियो ।
यस कार्यक्रममार्फत पालिकाका सम्पूर्ण वडामा २०७९ साउन १ यता जन्मिएका छोरीहरुलाई यो सेवा प्रदान गरिनेछ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहर...
समाचारदाता
नेपालगञ्ज, भदौ २८ । नेपालगञ्ज उपमहानगर भित्र फोहोर मैला संकलन तथा विसर्जन कार्यमा कार्यरत कर्मचारी तथा कबाड व्यवसायमा संलग्न कर्मचारीहरुलाई टी डी खोप लगाउन शुरु गरिएको छ ।
भेरी वातावरणीय विशिष्टता समुह बी ग्रुपद्धारा जीआइजेड नेपाल र एमडीएम फ्रान्सको सहकार्यमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत उपमहानगरपालिकाको समन्वयमा मंगलवारबाट सो खोप लगाउन शुरु गरिएको हो ।
उक्त खोप लगाउने कार्य नेपालगञ्ज वडा नम्बर २ स्थित शहरी स्वास्थ्य केन्द्र, र वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, पासाङ्गलामु रोडमा शुरु गरिएको बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनुभयो ।
उहाँका अनुसार भदौ २८ देखि ३० गतेसम्म तीन दिन लगातार दुबै स्थानमा सो खोप फोहोर मैला संकलन तथा विसर्जन कार्यमा कार्यरत कर्मचारी तथा कबाड व्यवसायमा संलग्न कर्मचारीहरुलाई लगाइने छ ।...
समाचारदाता
नेपालगञ्ज, भदौ १९ । भेरी अस्पतालको प्रांगणमा रहेको ब्लड बैंकको भवन जिर्ण भएको र कोठा अभावले साघुरो भएकोले नयाँ तीन तले भवन निर्माणका लागि भौतिक पुर्वाधार मन्त्री मोहम्मद ईश्तियाक राईले तीन करोड बजेट उपलब्ध गराउनु भएको छ ।
मन्त्री राईले सो कुराको जानकारी रेडक्रसको ६० औं स्थापना दिवसको अवसर पारेर ब्लड बैंकमा आयोजना गरिएको कार्यक्रममा आइतवार गराउनुभयो ।
उहाँले पश्चिम नेपालका २४ जिल्लाका गम्भीर अवस्थाका बिरामीलाई रगत उपलध् गराउँदै आएको एक मात्र संस्था रक्तसञ्चार केन्द्रको भवनका लागि रेडक्रसका पदाधिकारीहरुले गरेको आग्रह अनुसार मन्त्रालयले सो रकम उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।
भेरी अस्पतालका अत्याधुनिक भवन निर्माण भैसकेकोले अब ब्लड बैंकको पनि नयाँ भवन बन्नुपर्छ भन्ने माग जायज रहेको जनाउँदै उहाँले ५ लाख रुपियाँ डीपीआरका लागि र २ करोड ९५ लाख रुपियाँ भवन निर्माणका लागि प्रदान...