२७ मंसिर २०८२, शुक्रबार

स्वस्थ्य

भेरी अस्पतालमा आउने विरामीले निशुल्क रगत पाउन थाले

भेरी अस्पतालमा आउने विरामीले निशुल्क रगत पाउन थाले

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, भदौ १९ । भेरी अस्पतालमा उपचार गराउन आएका विपन्न र गरिब बिरामीका आफन्तलाई रगतका लागि अबदेखि पैसा खर्च गर्नु नपर्ने भएको छ । चिकित्सकले रगत माग गरेको बेला उनिहरुले रक्तसञ्चार केन्द्रबाट निशुल्क रगत पाउने भएका छन् । पश्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई आइतबारदेखि निशुल्क रगत वितरण शुरु गरिएको छ । यसअघि रगत आवश्यक परेको बेला सट्टा रगतका साथै शुल्क लिएर मात्र रगत दिने गरिएको थियो । प्रदेश सरकारको निति अनुसार रेडक्रसको ६० औं स्थापना दिवस पारेर आइतवारदेखि निशुल्क रगत वितरण शुरु गरिएको रेडक्रस सोसाईटी बाँकेले जनाएको छ । भेरी अस्पतालको प्रांगणमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रको भवनमा आयोजित एक कार्यक्रमका विच नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बारबर्दिया १ बर्दियाका कालि...
तिजको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीद्धारा रक्तदान सम्पन्न

तिजको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीद्धारा रक्तदान सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, भदौ ४ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शनिवार माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजना र प्रादेशिक रक्त संचार केन्द्र नेपालगञ्जको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा माओवादी केन्द्र बाँकेका संयोजक डम्मर बिक तुफान, महिला नेतृ कस्मीरा खातुन सहित ४२ जनाले रक्तदान गरेको संघ कि सचिव इश्वरी रावतले बताउनुभयो । संघका अध्यक्ष मिना डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको अनेमसंघकी केन्द्रीय सदस्य एवं संबिधान सभा सदस्य अन्जना थारु प्रमुख अतिथि रहनु भएको थियो । जहिले पनि रक्तदान कार्यक्रममा महिलाको संख्या एकदमै न्युन हुने तर, रगत लिने महिलाहरुको संख्या एकदमै बढी हुने गरेकाले महिलालाई रक्तदानमा उत्प्रेरित गर्...
शालिक नै बनाउने हो भने मंगलप्रसाद, फत्तेजंगशाह र औतार देईको बनाउँ–मन्त्री राई

शालिक नै बनाउने हो भने मंगलप्रसाद, फत्तेजंगशाह र औतार देईको बनाउँ–मन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, स्वस्थ्य
महेन्द्र पुस्तकालयको अमृत महोत्सव भव्य रुपमा शुरु नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ ३ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले यहाँ शालिकको राजनिति गरेर केहीले जनतालाई विकास निर्माणबाट बन्चित गराउन खोजेको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो–सालिकनै बनाउने हो भने नेपालगञ्जको शिक्षा र स्वास्थ्यका लागि सबैभन्दा बढी योगदान गर्ने स्वर्गिय मंगल प्रसाद, फत्तेजंग शाह र औतार देईको सालिक बनाएर लगाउनुपर्छ । महेन्द्र पुस्तकालय ७५ वर्ष पुगेर ७६ औं वर्षमा लागेको अवसरमा मनाईएको अमृत महोत्सवको शुक्रवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री राईले आफु पनि कसैको सालिकको विरोधी नभएको जनाउँदै तर सर्वदलीय सहमति गरेर मात्र लगाउनु पर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले सालिककै कुरा गर्ने हो भने जसले बाँके र नेपालगञ्जको समग्र विकासको लागि बढी काम गरेको छ, जसले गर्दा जनतालाई धेरै ला...
गुलरिया नगरपालिकामा प्लान नेपालको परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक

गुलरिया नगरपालिकामा प्लान नेपालको परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, भदौ ३ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको गुलरिया नगरपालिकामा संचालन गरिएका परियोजनाहरुको जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजना र बर्दिया नगरपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो । खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उध्येश्यका साथ आयोजना गरिएको उक्त बैठकको अध्यक्षता गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गर्नु भएको थियो । अतिथिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा रहनु भएको थियो । कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ वेद प्रसाद डाँगी, वित्तिय संयोजक पदम मल्ल, कार्यक्रम संयोजक गोमा व...
कबाडी मालसामान व्यवसायी संघ बाँकेद्धारा विरामीलाई फलफुल वितरण, अन्जनी माता रसोइलाई खाद्यान्न सहयोग

कबाडी मालसामान व्यवसायी संघ बाँकेद्धारा विरामीलाई फलफुल वितरण, अन्जनी माता रसोइलाई खाद्यान्न सहयोग

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, भदौं २ । भेरी वातावरणीय विशिष्टता समुह बी ग्रुपले जीआइजेड नेपाल र एमडीएम फ्रान्सको सहकार्यमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत प्राविधिक र आर्थिक सहयोग गरि दर्ता गराएको कवाडी माल सामान ब्यवसायी संघ बाँकेले बिहिवार नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेका विरामीहरुलाई फलफुल बितरण गरेको छ । संघ दर्ता भएको उपलक्ष्यमा बाँकेमा रहेका सम्पूर्ण कवाड ब्यवसायीहरुले आर्थिक संकलन गरि अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेका हुन । अस्पतालमा रहेका करिब एकसय जना विरामीलाई फलफुल सहयोग गरिएको संघका अध्यक्ष मोहम्मद उमर कवाडीले जानकारी दिनुभयो । संघका लुम्विनी, कर्णाली तथा सुदुरपश्चिम संयोजक चन्दनकुमार शाहले संघ बिधिवत दर्ता भएको अवसर पारेर अस्पतालमा रहेका विरामीहरुलाई फलफुल सहयोग गरिएको बताउनुभयो । यसैगरी संघको पहलमा ब्यवसायी श्याम जायसवालले अस्पता...
नेपालगञ्जको फोहोर व्यवस्थापनका लागि सबैले मिलेर काम गर्ने प्रतिवद्धता

नेपालगञ्जको फोहोर व्यवस्थापनका लागि सबैले मिलेर काम गर्ने प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन ३१ । नेपालगञ्ज उपमहानगर लगायत वरिपरिको फोहोर व्यवस्थापनका लागि उपमहानगर, नागरिक समाज र अन्य सरोकारवाला सबैले मिलेर काम गर्ने प्रतिवद्धता जनाईएको छ । सबैले आ आफ्नो जिम्मेवारी समयमै पुरा गरेमा फोहर व्यवस्थापन सहज रुपमा गर्न सकिने र उपमहानगरलाई स्वच्छ र सफा राख्न सकिने समेत ठहर गरिएको छ । जीआइजेड र एमडीएम फ्रान्सको सहयोगमा बि ग्रुपले सञ्चालन गरेको फोहोरको ‘कम प्रयोग, पुन प्रयोग र प्रशोधित गरेर प्रयोग’ अभियान अन्तर्गत नेपालगञ्जमा गरिएको सचेतना र्याली पश्चात आयोजना गरिएको अन्तरक्रियामा सो प्रतिवद्धता जनाईएको हो । नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, बि ग्रुपका अध्यक्ष टेक बहादुर पुन, सरसफाई शाखाका प्रमुख प्रकाश डिसी, सरसफाई अभियन्ता डा. विनोद कर्ण, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी लगायतको उपस्थ...
उपचारको क्रममा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि भेरी अस्पतालमा आफन्तद्धारा बबाल

उपचारको क्रममा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि भेरी अस्पतालमा आफन्तद्धारा बबाल

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन ३१ । उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा बबाल गरेका छन् । अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया रजिया खातुन र उनका जुम्ल्याहा शिशुको उपचारकै क्रममा मृत्यु भएको हो । चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको थियो। ३२ साताकी गर्भवती आमासँगै जुम्ल्याहा शिशुको पनि ज्यान जाँदा आफन्तजन उत्तेजित हुन पुगेका थिए । उनिहरुले निकै बेरसम्म अस्पतालका प्रमुख डा. बद्री चापागाईसहितका चिकित्सक र स्वास्थ्यकर्मीलाई घेराउ गरेर उपचारमा लापरवाही गर्ने चिकित्सक झिकाउन माग गरेका थिए । विरामीको उपचार फाइल पनि राम्ररी मेन्टेन नगरिएको पाईएकोले लापरवाही हद...
प्लान नेपालको कर्णाली प्रदेशस्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न

प्लान नेपालको कर्णाली प्रदेशस्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २८ । प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतले प्रदेश–स्तरीय वार्षिक प्रगती समिक्षा तथा योजना प्रस्तुती बैठक कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीको प्रमुख आतित्थ्यमा सम्पन्न गरेको छ । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालले कर्णाली प्रदेशमा विभिन्न साझेदार संस्थाहरु मार्फत आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न गरेका मूख्य क्रियाकलाप तथा उपलब्धिहरु र आर्थिक वर्ष २०७९÷८० को योजनाका बारेमा कर्णाली प्रदेश सरकारलाई जानकारी गराईएको थियो । प्रदेश सामाजिक मन्त्री बुढा क्षेत्रीले प्लान इन्टरनेशनल नेपालको कार्यक्रमको प्रशंसा गर्दै यसले कर्णालीका दुरदराजमा रहेका मानिसको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गरे । त्यसैगरी कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रिले सरकार र गैर सरकारी संस्थाक...
कतार च्यारेटिको सहयोगमा बाँके युनेस्कोद्धारा अपांगता भएकालाई तीन पांग्रे साइकल वितरण

कतार च्यारेटिको सहयोगमा बाँके युनेस्कोद्धारा अपांगता भएकालाई तीन पांग्रे साइकल वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २८ । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न पालिकामा रहेका अपाङ्गता भएका विपन्नहरु व्यक्तिहरुलाई तीन पांग्रे साइकल वितरण गरेको छ । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगर, कोहलपर नगरपालिका र खजुरा, डुडुवा तथा राप्तीसोनारी गाउँपालिकाका १३ जना अपाङ्गता भएका व्यक्तिलाई हिडडुल र आवागमनमा सहज होस भन्ने उदेश्यले तीन पांग्रे साइकल वितरण गरेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले विभिन्न कारणले खुट्टा गुमाएर हिडडुल गर्न नसक्ने अवस्थामा पुगेकाहलाई सहजताका लागि सो तीन पांग्रे साइकल वितरण गरिएको बताउनुभयो । नेपालगञ्जमा आयोजित एक अनौपचारिक समारोहका विच अपाङ्गता भएका व्यक्तिलाई कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक स...
फोहोर व्यवस्थापनमा सचेतना बढाउन बी ग्रुपले विशेष अभियान सञ्चालन गर्दै

फोहोर व्यवस्थापनमा सचेतना बढाउन बी ग्रुपले विशेष अभियान सञ्चालन गर्दै

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २६ । वातावरण लगायत विभिन्न क्षेत्रमा काम गर्दै बाँकेको अग्रणी गैर सरकारी संस्था भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) ले फोहोर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने उदेश्यले विशेष अभियान सञ्चालन गर्न लागेको छ । फोहोर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने तथा जनचासोको दायरालाई फराकिलो पार्ने उदेश्यका साथ ‘कम प्रयोग, पुन प्रयोग र प्रशोधित गरेर प्रयोग’ अभियान सञ्चालन गर्न लागिएको बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनुभयो । अभियान बारे जानकारी गराउन विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराउँदै संस्थाका कार्यकारी निर्देशक सुनारले फोहोर व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुने सरसफाईकर्मीहरुको व्यक्तिगत तथा सामुहिक क्षमता अभिबृद्धिका लागि सहजीकरण गरिरहेको बताउनुभयो । सो का लागि संस्थाले विश्वका चिकित्सकहरु नामक अन्तराष्टिय गैर सरकारी...