नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १५ । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस विविध कार्यक्रम गरेर बाँकेमा पनि भव्य रुपमा मनाईंदैछ । सो क्रममा बाँकेको नेपालगञ्ज र कोहलपुरमा दुई वटा औपचारिक कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय प्रेस सेन्टर बाँकेले गरेको छ ।
प्रेस सेन्टर बाँकेले शुक्रवार गरेको निर्णय अनुसार शनिवार स्थापना दिवसका दिन नेपालगञ्जको धम्बोझी चोकमा १ हजार दुई सय जना सर्वसाधारणलाई मास्क वितरण गरिएको छ भने त्यहाँ रहनु भएका १० जना सुरक्षाकर्मीलाई फेसशिल्ड वितरण गरिएको छ ।
कोरोनाको संक्रमण बढ्दै गएपनि स्वास्थ्य मापदण्डको पालनामा अझैपनि बेवास्ता गरिएको पाईएकोले मास्क लगाउने आग्रह गर्दै मास्क नलगाएका १ हजार २ सय जना सर्वसाधारणलाई मास्क वितरण गरिएको हो । प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्ष्यतामा गरिएको मास्क वितरण कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १४ । डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत शुक्रबारसम्म दुई हजार २ सय ७० जनालाई न्यानो सामाग्री वितरण गरेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता संगै वितरण गरिरहेको हो ।
गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो । आज शुक्रबार ६७ जना गरि कुल दुई हजार दुई सय ७० जनालाई वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो ।
गाउँपालिकाले गाउँ समुदायबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८।०७९ को पहि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १४ । बढ्दै गएको कोरोना नियन्त्रणका लागि उत्प्रेरित गर्ने उदेश्यका साथ बाँके युनेस्को क्लबले खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित कोभिड १९ रोकथाम तथा पुनस्र्थापना परियोजना अन्तरगत खजुरा गाउँपालिका वडा न.१ र २ का महिला स्वयमसेविकाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कोविड –१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन गाउँघरमा गएर उत्प्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले खजुरा गाउँपालिकाको सबै घरधुरीमा महिला स्वयमसेविकाहरुलाई परिचालन गरि घरदैलो कार्यक्रम गरेर कोरोना नियन्त्रण सम्बन्धि सचेतना फैलाउने तथा खोप लगाउन सबैलाई उत्प्रेरित गर्न...
सिराज खान
नेपालगञ्ज, माघ १२ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले अत्याधिक चिसो र शीतलहरको कारण समस्यामा परेका जिल्लाका अति विपन्न मगन्ता समुदायलाई कम्बल वितरण गरेको छ ।
डुुडुवा गाउँपालिका ६ मगन्ता टोलका अति विपन्न मगन्ता समुदायका ४२ जनालाई बुधवार वडामै गएर कम्बल वितरण गरिएको छ ।
वडा कार्यालयको समन्वयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीसहितको टोलीले डुडुवाको वडा नम्बर ६ मगन्ता टोलमा पुगेर त्यहाँका ४२ जना अतिविपन्नलाई कम्बल वितरण गरेको हो ।
परम्पराकालबाट मागेर गुजारा चलाउँदै आएका मगन्ता समुदायलाई चिसोले जिवन यापनमा समस्या भएको जानकारी पाएर कम्बल वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।
मगन्ता समुदायलाई सहायक प्रमुख जिल्ला अधिकारी केसी, जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत राम कुमार सोनकर, वडा अध्यक्ष मोहनराम मिश्र, विपद व्यवस्थापन समिति बाँकेका सू...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ११ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले चिसो तथा शितलहर प्रभावितलाई न्यानो सहयोग गर्ने क्रममा मंगलवार बाल सुधार गृह बाँकेलाई १०० थान कम्मल वितरण गरेको छ ।
समितिका सदस्य सचिव राम कुमार सोनकरले बाल सुधार केन्द्रका वार्डेन मलखे सिह र बालकहरुलाई उक्त कम्मल वितरण गर्नुभएको छ । चिसोबाट सो बाल सुधार गृहका अधिकांश बालकहरु अतिनै प्रभावित भएपछि उनिहरुलाई कम्बल वितरण गरिएको सदसय सचिव सोनकरले बताउनुभयो ।
समितिले ६०० थान कम्मल खरिद गरी चिसो प्रभावितहरुलाई कम्मल र दाउरा वितरण गरिरहेको छ । यसअघि समितिले बाँके कारगारका थुनुवा, बागेश्वरी मन्दिर अगाडी बसेका विपन्न र निलसागर असहाय केन्द्रका बृद्धबृद्धालाई कम्बल वितरण गरिसकेको छ ।
अझैपनि चिसोबाट प्रभावितलाई कम्बल वितरण गर्ने कार्यक्रम रहेको सोनकरले बताउनुभयो ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ११ । बुद्ध एयरबाट काठमाडौं जान लागेकी एक महिलालाई नेपालगञ्ज विमानस्थलमा चेकजाँच गर्दा चरेस जस्तो ३३ ग्राम कालो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कालिकोटबाट नेपालगञ्ज आएर काठमाण्डौ जान लागेकी ती महिलाको जाँच गर्दा चरेस जस्तो पदार्थ फेला परेको हो ।
महिला र बरामद पदार्थलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसअघि नेपालबाट भारत जानेहरु चरेससहित जमुनाहा नाका र सीमापारी भारतीय सुरक्षा निकाय एसएसबीले पक्राउ गर्दै आएकोमा विमानबाटै काठमाण्डौ लैजान लागेकोलाई पक्राउ गरिएको यो पहिलो घट्ना बताईएको छ ।
ती महिलाले औषधीका लागि लैजान लागे बताएको पनि श्रोतले जनाएको छ ।...
सिराज खान
नेपालगञ्ज, माघ १० । जिल्ला प्रशासन कार्यालय बाँकेका केही कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएको र अधिकांशमा कोभिडका लक्षण देखिएकोले सो कार्यालयलाई अनिश्चितकालका लागि बन्द गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले सोमवार अपरान्ह एक सुचना जारी गरेर जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा संक्रमण पुष्टि भएको र धेरैलाई लक्षण देखिएकोले अर्को सुचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयलाई बन्द गरिएको जनाउनु भएको छ ।
सुचनामा शान्ति सुरक्षा र अतिआवश्यक मुद्दाका काम जारी रहने जनाउँदै ती कामका लागि आउनेहरुले खोप लगाएको कार्ड लिएर आउन तथा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नु पर्ने पनि उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा अत्याधिक भिडभाड हुने गरेकोमा कार्यालयलाई जारी राखेमा यसै कार्यालयबाट सर्वसाधारणमा संक्रमण फैलिने सम्भावना रहेकोले कार्या...
सिराज खान
नेपालगञ्ज, माघ १० । बाँके प्रहरीलाई सोमवार फेरी एउटा ठुलो सफलता प्राप्त भएको छ । लागु औषध नियन्त्रणमा विशेष रुपमा सक्रिय रहेको प्रहरीले सोमवार ठुलो परिमाणमा नेपालगञ्जबाट ३० ग्राम ब्राउनसुगरसहित करिब २ लाख रुपियाँ बरामद गर्दै तीन जना तस्करलाई पनि पक्राउ गर्न समेत सफल भएको छ ।
पक्राउ परेकाहरु लागु औषको कारोबारमा लामो समयदेखि संलग्न रहेको र उनिहरुले सीमापारीबाट लागु औषध ब्राउन सुगर भित्रयाएर बाँके लगायत अन्य जिल्लामा समेत पठाउने गरेको बुझिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार सोमवार दिउँसो साढे १ बजे सिमा प्रहरी कार्यालय जयसपुरका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार सिंहको कमान्डमा रहेको लागू औषध व्युरो र जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको टोलीले नेपालगञ्ज १७ स्थित चौलिका चोकदेखि पश्चिमतर्फबाट ३...
एएफपी
नेपालगन्ज, माघ १० । कहिले काँही निकै आश्चार्यजनक समाचार सुन्न र देख्न पाइन्छ । सोही प्रकारको एक समाचार नेदरल्याण्डबाट आएको छ । प्राप्त समाचार अनुसार दक्षिण अफ्रिकाबाट विमानको अघिल्लो पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका एक व्यक्ति जीवितै फेला परेका छन् । ११ घण्टाको हवाई यात्रा त्यो पनि विमानको बाहिरी भाग अघिल्लो पाङ्ग्रामा लुकेर बसेका व्यक्ति जिवितै भेटिनु एक आश्चार्य नै हो ।
आइतबार दक्षिण अफ्रिकाको जोहनिसबर्गबाट उडेको कार्गोलक्सको मालवाहक विमानको नोज ह्वीलमा लुकेर बसेका व्यक्ति नेदरल्याण्डको एम्सटर्डमस्थित स्किपोल विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ परेका छन् । विमानको बाहिरी भागमा बसेर लामो यात्रा गर्दा पनि ती व्यक्ति जीवितै फेला पर्नुलाई आश्चर्यजनक मानिएको छ ।
डच प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचार एजेन्सी एएफपीसँग भनेकी छन्, ‘विमानको नोज ह्वील भएको भागमा जीवित फेला परेका ...
नेपालगञ्ज, माघ ९ । जन्मदै मलद्वार नभएको बर्दिया मधुवन नगरपालिका वार्ड नं ४ ढोढरी गाउँका २६ महिने प्रिन्स थारुको उपचारमा आर्थिक समस्या भएको छ । आर्थिक अभावकै कारण परिवारले उनको उपचार गराउन सकेका छैनन । बालकका बुबा श्रीराम चौधरीका अनुसार छोराको उपचारमा हालसम्म ६ लाख खर्च भैसकेको जनाए । उनका अनुसार साना किसान सहकारी संस्थाबाट ४ लाख बिस्वासिलो सहकारी संस्थाबाट २ लाख ऋण लिएर नेपालगन्ज र कोहलपुरका अस्पतालमा उपचार गराइएको छ । चिकित्सकहरुले आधुनिक सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन सुझाव दिएका छन् ।
तर आर्थिक अभावका कारण उपचार सम्भव भएको छैन । बालकको अस्थायी मलद्वारको रुपमा पेटमा प्वाल पारेर मलद्वार बाहिर निकालिएको छ । अस्थायी प्वालमा संक्रमण भए भबिस्य खतरामा पर्ने भन्दै सहयोगका लागि अपिल गरिएको छ ।
राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत अर्जुन सुवेदीले बालकको तस्बिर पोष्ट गर्दै मेजर ...