१० बैशाख २०८३, बिहीबार

अर्थ

सिलाई कटाई व्यवसाय सञ्चालन गर्न गुलरियाका युवा महिलालाई सामाग्री वितरण

सिलाई कटाई व्यवसाय सञ्चालन गर्न गुलरियाका युवा महिलालाई सामाग्री वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगञ्ज, चैत १२ । बाँके युनेस्को क्लबले बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धनका लागि सिलाई कटाई व्यवसाय सञ्चालन गर्न मेसिन लगायतका सामाग्री वितरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको युवा महिलाहरुको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरियाका महिलालाई सो सामाग्री वितरण गरिएको हो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य, गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल र प्लान नेपालका गोमा वलि चौधरीले ११ जनालाई सिलाई कटाई सामाग्री वितरण गर्नुभयो । सोही परियोजना अन्तर्गत ६५ दिन सिलाई कटाई तालिम प्राप्त गरेका गुलरियाका ११ जना युवा महिलालाई...
युवा महिलाको रोजगारी र अवसरका लागि सरोकारवालाविच कार्यशाला

युवा महिलाको रोजगारी र अवसरका लागि सरोकारवालाविच कार्यशाला

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, चैत १ । बाँके युनेस्को क्लबले युवा महिलालाई अवसर र रोजगारी सृजना गराउनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्थानीय सरकारका सरोकारवाला र युवा महिलाविच कार्यशाला सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो । लैङ्गिक रुपान्तरणका लागि महिलालाई स्थानीयस्तरबाट अवसरहरु सृजना गर्न तथा सुरक्षित वातावरण निर्माणका लागि सो कार्यशालाको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । सो कार्यशालामा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले पालिका भित्रका बढीभन्दा बढी युवा महिलालाई रोजगारी लगायतका विभिन्न अवसर दिने बारेमा स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन नगरपालिकाले हरेक प्रकारका योजना र कार्यक्रम ल्य...
नेपालगञ्ज उद्योग वाणिज्य संघद्धारा वरिष्ठ पत्रकार खान सम्मानित

नेपालगञ्ज उद्योग वाणिज्य संघद्धारा वरिष्ठ पत्रकार खान सम्मानित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, फागुन १३ । नेपालगञ्जका वरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका समाचारदाता सिराज खानलाई सम्मानित एवं पुरस्कृत गरिएको छ । लामो समयदेखि पत्रकारिताको माध्यमबाट आर्थिक र सामाजिक विकासका लागि कलम चलाएको भन्दै नेपालगञ्ज उद्योग बाणिज्य संघको ३१ औं साधारणसभाको अवसरमा शनिवार पत्रकार खानलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । संघको साधारणसभाका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री र सोही प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरी र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान पत्र तथा नगदर प्रदान गरेर समाचारदाता खानलाई सम्मानित एवं पुरस्कृत गर्नुभयो । सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल र पुर्व सदस्य म...
उद्योगी व्यवसायीद्धारा आर्थिक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण

उद्योगी व्यवसायीद्धारा आर्थिक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभामा चिन्ता व्यक्त सिराज खान नेपालगञ्ज, फागुन १३ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोले सो मा तत्काल सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभाको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको व्याज, लगानीको अवस्था र खस्कदैं गएको व्यापार व्यवसायका कारण निजि क्षेत्र धराशायी बनेको बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा यति ठुलो संकट आइसक्दा पनि सरकारले त्यसको सामाधानका लागि कुनै ठोस योजना र कार्यक्रम अगाडी सार्न नसकेकोले आउने दिन अझै कष्टकर हुनसक्ने चेतावनी पनि दिनुभयो । देशको आर्थिक अवस्थाका बारेमा पटक पटक सरकारको ध्यानाकर्षण गराईएपनि ठोस कदम नचालिएको गुनासो गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले द...
बाँके युनेस्कोद्धारा बर्दियाका श्रमिक पुरुष र महिलालाई लैङ्गिक सचेतिकरण

बाँके युनेस्कोद्धारा बर्दियाका श्रमिक पुरुष र महिलालाई लैङ्गिक सचेतिकरण

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, फागुन ६ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा श्रमिक पुरुष तथा महिलालाई मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरण सम्बन्धी एक दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको युवा महिलाहरुको आर्थिक सशक्तीकरण तथा रोजगार प्रर्वद्धन परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । श्रमिकका रुपमा कार्यरत कामदारहरुविच मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरणका लागि आयोजना गरिएको सो क्षमता अभिबृद्धि कार्यक्रममा सहकारी, निजी क्षेत्रका फर्म कम्पनी, निजि र सरकारी विद्यालय, साना किसान, इँटा उद्योग, संस्थागत मजदुर जस्ता विभिन्न संस्थाका श्रमिक पुरुष तथा महिलाको सहभागिता रहेको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो । श्रमिक महिला तथा पुरुषलाई लैङ्गिक समानता र श्रम न्यून खरिदकर्ता सम्बन्धी अभिमुखीकरण दिएर उ...
निर्धन लघुवित्तद्धारा महिला उद्यमीहरुका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम

निर्धन लघुवित्तद्धारा महिला उद्यमीहरुका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, फागुन ४ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले लघु उद्यमी महिलाहरुका लागि बाँकेको कोहलपुरमा दुई दिने बृहत्त निशुल्क स्वास्थ्य परीक्षण कार्यक्र सञ्चालन गरेको छ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थामा आवद्ध लघु उद्यमी महिलाहरुका लागि निर्धन उत्थान सन्जिविनी स्वास्थ्य प्रतिष्ठान कोहलपुरमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य परीक्षणमा पाठेघरसम्बन्धि समस्या लगायत अन्य विभिन्न समस्या भएका महिला उद्यमीहरुले स्वास्थ्य परीक्षण गराउनुभएको छ । सो स्वास्थ्य परीक्षण कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा ईन्द्रजित घोष, डा. राम विष्ट र फिजिसियनहरु डा. श्याम विक तथा डा. देवेन्द्र आचार्यलगायतले महिलाहरुको स्वास्थ्य परीक्षण गर्नुभयो । सो शिविरमा कोहलपुर क्षेत्रका संस्थामा आवद्ध ३०० बढी महिलाहरुको स्वास्थ्य परीक्षण गरिने तथा औषधी समेत वितरण गरिने निर्धन उत्थान लघुवित्त वित्तिय स...
युवा महिलाको रोजगारीमा स्थानीय अवसर र संभावना खोज्न संवाद कार्यक्रम

युवा महिलाको रोजगारीमा स्थानीय अवसर र संभावना खोज्न संवाद कार्यक्रम

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, फागुन ४ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवद्र्धनकालागि स्थानीय अवसर, संभावना तथा आगामी प्राथमिकता विषयमा एकदिने संवाद कार्यक्रमको आयोजना गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो । सो संवाद कार्यक्रममा स्थानीय तहमा रोजगारी सृजना गर्नका लागि स्थानीय सरकारका प्रतिनिधि, अभिभावक र परियोजना सहभागिहरुविच गहन छलफल तथा विचारविमर्श गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतमले युवा महिलाहरुको रोजगारी प्रवर्धनका लागि नगरपालिकाले विभिन्न योजना बनाउने तथा उनिहरुलाई पनि समान अवसर प्रदान गरिने बताउनुभयो । उहाँले महिलाको आर्थिक शसक्तीकरणका लागि नगरपालिकाले हर प...
बर्दिया ठाकुरबाबाका युवा महिलाको रोजगारीकालागि संवाद कार्यक्रम

बर्दिया ठाकुरबाबाका युवा महिलाको रोजगारीकालागि संवाद कार्यक्रम

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, फागुन १ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवद्र्धनका लागि स्थानीय अवसर विषयमा एक संवाद कार्यक्रमको आयोजना गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो । ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालको अध्यक्षता र नगरपालिकाका मेयर तिलक लम्सालको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको सो संवाद कार्यक्रममा युवा महिला, अभिभावक र सेवा प्रदायक निकाय रोजगारवालाविच विषयमा व्यापक छलफल र विचारविमर्श गरिएको क्लबले जनाएको छ । युवा महिलाहरुको उद्यमशिलता, विकास र रोजगारी सृजना गरि महिलाहरुको आर्थिक अवस्था र जिवनस्तर सुधार गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो । ठाकुरबाबा नगरपालिक...
बाँके युनेस्कोद्धारा गुलरियामा लैंगिक समानता सम्बन्धि कार्यशाला सञ्चालन

बाँके युनेस्कोद्धारा गुलरियामा लैंगिक समानता सम्बन्धि कार्यशाला सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगञ्ज, फागुन १ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला आयोजना गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत गुलरिया नगरपालिकामा सो कार्यशालाको आयोजना गरिएको हो । क्लबले सोही प्रकारका दुईवटा कार्यशाला ठाकुरबाबा नगरपालिकामा दुई दिन अघि आयोजना गरेको थियो । सो कार्यशालामा युवा महिलाहरुलाई स्वरोजगार बनाउन रोजगारीको अवसर प्रदान गर्ने विषयमा विस्तृत छलफल गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो । उहाँले रोजगारीमा लाग्न घर र समुदायमा सकारात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ घरपरिवारका प्रमुख वा अभिभावकहरूका लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो । कार्यशालामा प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमल...
युवा महिलालाई रोजगारीमा लगाउन लैंगिक समानता सम्बन्धि अभिमूखिकरण

युवा महिलालाई रोजगारीमा लगाउन लैंगिक समानता सम्बन्धि अभिमूखिकरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, माघ २९ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला सम्पन्न गरेको छ । क्लबले सोही प्रकारको कार्यशाला एक दिन अघि पनि उक्त नगरपालिकामा आयोजना गरेको थियो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो । सो कार्यशाला पनि युवा महिलाहरुलाई सिप सिक्न र रोजगारीमा लाग्न घर परिवारबाट सहयोग प्राप्त होस भन्ने उदेश्यका साथ सञ्चालन गरिएको उहाँले बताउनुभयो । कार्यशालाका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरिले लैंगिक समानता र रोजगारीका अवसरहरूका बारेमा आमाबाबु, अभिभावक र घरका प्रमुखहरूलाई जानकारी गराउनका लागि आयोजना गरिए...