११ बैशाख २०८३, शुक्रबार

अर्थ

मन्त्री अथकद्धारा सुख्खाग्रस्त घोषित नरैनापुरको स्थलगत अनुगमन, राहातका लागि प्रयास गर्ने प्रतिवद्धता

मन्त्री अथकद्धारा सुख्खाग्रस्त घोषित नरैनापुरको स्थलगत अनुगमन, राहातका लागि प्रयास गर्ने प्रतिवद्धता

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, भदौ १३ । यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सुख्खा ग्रस्त क्षेत्र नरैनापुरको स्थलगत अनुगमन गरेर त्यहाँको अवस्था बुझ्नुका साथै स्थानीय जनप्रतिनिधीसंग सो बारेमा छलफल गर्नु भएको छ । सोमवार स्थलगत अनुगमनका लागि नरैनापुर गाउँपालिकाका विभिन्न वडा र भारतीय सीमानाको वारीसम्म पुग्नु भएका मन्त्री अथकसंग गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले खडेरी परेर उत्पादन शुन्यमा पुग्ने अवस्था आएको जनाउँदे यस क्षेत्रका जनताका लागि राहातको कुनै व्यवस्था गर्न माग गर्नुभयो । सुख्खाग्रस्त भएर बाँझो भएका खेतबारीसम्म मन्त्री अथकलाई लगेर देखाउँदै अध्यक्ष शाहले यस क्षेत्रका जनताले सरकारबाट राहात पाएनन् भने के खाने हुन भन्ने चिन्ताले सताउन थालेको बताउनुभयो । उहाँले विगत ८० वर्ष भन्दा बढी समयदेखि यो क्षेत्रमा यस्तो सुख्खा नपरेको जनाउँदै खडेरीका कारण अधिकांश वासिन्दा पिडित बनेको बत...
युवा तथा खेलकुद मन्त्री अथकद्धारा बालापुरमा डिप ट्युववेल सिंचाई आयोजनाको उदघाटन

युवा तथा खेलकुद मन्त्री अथकद्धारा बालापुरमा डिप ट्युववेल सिंचाई आयोजनाको उदघाटन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, भदौ १० गते । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बढी भन्दा बढी खेतबारीमा सिंचाईको सुविधा पुरयाउन सरकार कटिबद्ध रहेको बताउनु भएको छ । बाँकेको राप्तीसोनारी ८ बालापुरमा निर्माण गरिएको डिप ट्युववेल सिंचाई आयोजनाको शुक्रवार उदघाटन गर्दै मन्त्री अथकले सिंचाईको अभावमा किसानलाई निकै समस्या हुने हुँदा ठुलो आयोजना नपुगेका ठाउँमा डिप ट्युववेलबाट सिचाई गरिने बताउनुभयो । समयमा वर्षा नभएर बाँकेको राप्तीसोनारीमा सुख्खा पर्न लागेको बेला यो आयोजना शुरु गरिएपछि सयौं किसानले समयमै सबै खेती गर्न पाउने उहाँले बताउनुभयो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सांसद पार्वती पुन उषाले समयमा वर्षा नहुँदा सधैं आकाशे पानीको भरमा खेती गर्न बाध्य स्थानीय किसानलाई अब निकै राहात हुने बताउनुभयो । वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगीले निकै लामो समयको प्रयासपछि यहाँका...
महिलाको आर्थिक शसक्तिकरणका लागि बर्दियामा शिप विकास तालिम सञ्चालन

महिलाको आर्थिक शसक्तिकरणका लागि बर्दियामा शिप विकास तालिम सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, भदौ ८ । युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि बर्दियामा बाँके युनेस्को क्लबले शिप विकास तालिम सञ्चालन गरेको छ । प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको उद्यमशिलता मार्फत महिलाहरुको आर्थिक शसक्तिकरण, स्वरोजगारी सृजना तथा जिविकोपार्जनमा पहुँच र रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । बर्दियाको गुलरियामा बुधवारबाट शुरु गरिएको सो तालिमको अनौपचारिक तरिकाले शुभारम्भ गरिएको थियो । तालिमको शुभारम्भ गर्दै बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले १८ देखि २४ वर्षका १२० जना युवा महिलालाई तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले बर्दियाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना अति विपन्न तथा जोखिममा रहेका युवा महिलालाई शिपमुलक तालिम दिएर विभिन्न चरणपछि ६० जनालाई उद्यम, व्यवस...
खजुराका दुई वडामा कतार च्यारिटिको सहयोगमा खानेपानीका सय धारा जडान

खजुराका दुई वडामा कतार च्यारिटिको सहयोगमा खानेपानीका सय धारा जडान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ ६ । खानेपानीको अभाव झेली रहेका खजुरा गाउँपालिकाका सर्वसाधारणका लागि बाँके युनेस्को क्लवले कतार च्यारिटीको सहयोगमा खानेपानी धारा जडान गरेर खानेपानीको समस्या समाधान गरेको छ । खजुरा गाउँपालिकाको वडा नम्बर २ र ३ मा खानेपानीको सबैभन्दा बढी समस्या रहेकोले सो समस्या समाधानका लागि क्लबे ती वडामा सय वटा खानेपानीको धारा जडान गरेर सो समस्या समाधान गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले खानेपानीको धारा जडान गर्न नसकेर समस्यामा रहेका सय विपन्न परिवारका लागि धारा जडान गरेर ६०० जना भन्दा बढीलाई प्रत्यक्ष लाभ पुरयाईएको बताउनुभयो । विपन्न र आवश्यकता भएका परिवारलाई खानेपानीबाट बन्चित हुन नपरोस भन्ने उदेश्यका साथ खजुरा गाउँपालिका वडा नम्बर २ र ३ मा करिब एकसय खानेपानीको धारा स्यालो ट्युव वेल परियोजना अन्तर्गत जडान गरिएको र अझै केही जडानको पक्रियाम...
पाँच आकाशे पुल निर्माण र सडक कालोपत्रे योजनाको मन्त्री राईद्धारा शिलान्यास

पाँच आकाशे पुल निर्माण र सडक कालोपत्रे योजनाको मन्त्री राईद्धारा शिलान्यास

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ ४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले जमुनाहादेखि कोहलपुरसम्मको फोरलेन सडकमा निर्माण गरिने पाँच वटा आकाशे पुल र अस्फाल्ट सडक ओभरले आयोजनाको शनिवार नेपालगञ्जमा शिलान्यास गर्नु भएको छ । दुबै आयोजनाको शिलान्यास मन्त्री राईले नेपालगञ्जको धम्बोझी चोक र राँझा चोकमा छुट्टा छुट्टै कार्यक्रममा गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनिति गर्नेहरुसंग सावधान रहन बाँकेवासीलाई आग्रह गर्नुभयो । आफुले सधैं सबैको विकास र उन्नतीको राजनिति गरेको दावी गर्दै उहाँले सो बारेमा जो कोही संग पनि छलफल र बहस गर्न तयार रहेको बताउनुभयो । आफु दुई पटक बाँकेबाट सांसद भएको र तीन पटक मन्त्री भएको अवधीमा गरेका विकासका कामहरु उल्लेख गर्दै उहाँले यदि ती काम राम्रा र जनताका लागि थिए भने आगामी निर्वाचनमा भोट दिन आग्रह गर्...
गुलरिया नगरपालिकामा प्लान नेपालको परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक

गुलरिया नगरपालिकामा प्लान नेपालको परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, भदौ ३ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको गुलरिया नगरपालिकामा संचालन गरिएका परियोजनाहरुको जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजना र बर्दिया नगरपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो । खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उध्येश्यका साथ आयोजना गरिएको उक्त बैठकको अध्यक्षता गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गर्नु भएको थियो । अतिथिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा रहनु भएको थियो । कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ वेद प्रसाद डाँगी, वित्तिय संयोजक पदम मल्ल, कार्यक्रम संयोजक गोमा व...
व्यापारी नेता धामीलाई रिहा गर्न संघको २४ घण्टे अल्टिमेटम, छानविन समिति बनाउन माग

व्यापारी नेता धामीलाई रिहा गर्न संघको २४ घण्टे अल्टिमेटम, छानविन समिति बनाउन माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, भदौ २ गते । नेपालगञ्ज उद्योग वाणिज्य संघले संघका प्रवक्ता टंक धामीलाई २४ घण्टाभित्रै रिहा गर्न र घटनाको अनुसन्धान गर्न स्वतन्त्र छानविन समिति बनाउन सरकारसँग माग गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरी र उप–महासचिव धर्मराज अर्यालले प्रेस विज्ञप्ति जारी गरि प्रहरीले पक्राउ गरेका संघका प्रवक्ता टंक धामीलाई २४ घण्टाभित्रै रिहा गर्न र घटनाको स्वतन्त्र छानविन समिति बनाउन सरकारसँग माग गरिएको हो । धामीलाई २४ घण्टाभित्र रिहा गर्न र छानविन समिति बनाउन अल्टिमेटम दिंदै संघले त्यसो नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ । राजस्व अनुसन्धान कार्यालयबाट आएको टोलीले स्टक मिलानको बहाना बनाएर मष्टा लक्ष्मी ट्रेड लिंकमा छापा मारेर विभिन्न दुख दिएपछि व्यवसायीले बोलाउँदा त्यहाँ पुग्नु भएका संघका प्रवक्ता धामीले राजस्वका कर्मचारीलाई जोगाउन खो...
कतार च्यारिटिद्धारा खजुराका कृषक समुहलाई समरसेवल ट्युबवेल जडान

कतार च्यारिटिद्धारा खजुराका कृषक समुहलाई समरसेवल ट्युबवेल जडान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, भदौ २ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका विपन्न कृषक सहमुहरुलाई कृषि उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षा र गरिबी निवारण सुनिश्चित गर्ने उद्देश्यले ६ वटा समरसेवल ट्युबवेल जडान गरेको छ । क्लबले कतार च्यारिटीको साझेदारीमा सञ्चालित साना सिँचाइ सहयोग परियोजना अन्तर्गत खजुरा गाउँपालिकाका ६ वटा कृषक समुहलाई सिंचाईको लागि समरसेवल ट्युबवेल जडान गरेको हो । व्यावसायिक तरकारी खेती र अन्य बालीको उत्पादन बृद्धिका लागि कृषक समुहलाई सिंचाईका लागि सो ट्युबवेल प्रदान गरिएको कतार च्यारिटि नेपालका कार्यवाहक निर्देशक ईर्शाद अलि शेषले बताउनुभयो । उहाँले सिंचाईको अभावमा व्यवसायीक तरकारी खेती गर्न चाहने विपन्न किसानलाई समस्या परेको देखेर यो सहयोग प्रदान गरिएको बताउनुभयो । यसैगरि कतार च्यारिटि नेपालका ईन्जिनियर आमिर फैसलले विपन्न कृषक र अन्य विपन्न परिवारका ल...
उद्योग वाणिज्य संघका प्रवक्ता धामीलाई रिहा नगरे कडा आन्दोलन गर्ने व्यवसायीको चेतावनी

उद्योग वाणिज्य संघका प्रवक्ता धामीलाई रिहा नगरे कडा आन्दोलन गर्ने व्यवसायीको चेतावनी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २ । नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता तथा व्यवसायीअगुवा टंक बहादुर धामीलाई पक्राउ गरिएकोमा जिल्लाका सम्पुर्ण उद्योगी व्यवसायीहरुले घोर भत्र्सना गर्दै तत्काल रिहा गर्न माग गरेका छन् । धामीलाई विना शर्त तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत व्यवसायीहरुले दिएका छन् । उद्योग व्यवसायी संघ बाँकेले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै धामीको पक्राउ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २ घरबारी टोलका व्यवसायीहरुलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरबाट खटी आएको बाबुराम पन्थी नेतृत्वको टोलीले सुनियोजित तरिकाबाट पसल भित्र पसी व्यवसायीलाई कुनै जानकारी नदिइ एक्कासि जवरजस्ती छापा मारी ब्यापारीहरुलाई आतंकित गर्ने गरेको सो कार्यमा व्यवसायीलाई सहजीकरण गर्न पुग्नु भएका उद्योग व्यवसायी संघका केन्द्रिय प्रतिनिधि टंक बहादुर धा...
बढैयातालमा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

बढैयातालमा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचारदाता नेपालगञ्ज, भदौ १ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकामा आ.व. ०७८÷०७९ मा संचालन गरिएका परियोजनाहरुको प्रगती तथा आगामी कार्यक्रमको बारेमा जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको आयोजना र बढैयाताल गाउँपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो । खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उध्येश्यका साथ आयोजना गरिएको उक्त बैठकको अध्यक्षता बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले गर्नु भएको थियो भने अतिथीको रुपमा प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने रह...