३ माघ २०८२, शुक्रबार

अर्थ

खजुराका दुई वडामा कतार च्यारिटिको सहयोगमा खानेपानीका सय धारा जडान

खजुराका दुई वडामा कतार च्यारिटिको सहयोगमा खानेपानीका सय धारा जडान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ ६ । खानेपानीको अभाव झेली रहेका खजुरा गाउँपालिकाका सर्वसाधारणका लागि बाँके युनेस्को क्लवले कतार च्यारिटीको सहयोगमा खानेपानी धारा जडान गरेर खानेपानीको समस्या समाधान गरेको छ । खजुरा गाउँपालिकाको वडा नम्बर २ र ३ मा खानेपानीको सबैभन्दा बढी समस्या रहेकोले सो समस्या समाधानका लागि क्लबे ती वडामा सय वटा खानेपानीको धारा जडान गरेर सो समस्या समाधान गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले खानेपानीको धारा जडान गर्न नसकेर समस्यामा रहेका सय विपन्न परिवारका लागि धारा जडान गरेर ६०० जना भन्दा बढीलाई प्रत्यक्ष लाभ पुरयाईएको बताउनुभयो । विपन्न र आवश्यकता भएका परिवारलाई खानेपानीबाट बन्चित हुन नपरोस भन्ने उदेश्यका साथ खजुरा गाउँपालिका वडा नम्बर २ र ३ मा करिब एकसय खानेपानीको धारा स्यालो ट्युव वेल परियोजना अन्तर्गत जडान गरिएको र अझै केही जडानको पक्रियाम...
पाँच आकाशे पुल निर्माण र सडक कालोपत्रे योजनाको मन्त्री राईद्धारा शिलान्यास

पाँच आकाशे पुल निर्माण र सडक कालोपत्रे योजनाको मन्त्री राईद्धारा शिलान्यास

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ ४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले जमुनाहादेखि कोहलपुरसम्मको फोरलेन सडकमा निर्माण गरिने पाँच वटा आकाशे पुल र अस्फाल्ट सडक ओभरले आयोजनाको शनिवार नेपालगञ्जमा शिलान्यास गर्नु भएको छ । दुबै आयोजनाको शिलान्यास मन्त्री राईले नेपालगञ्जको धम्बोझी चोक र राँझा चोकमा छुट्टा छुट्टै कार्यक्रममा गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनिति गर्नेहरुसंग सावधान रहन बाँकेवासीलाई आग्रह गर्नुभयो । आफुले सधैं सबैको विकास र उन्नतीको राजनिति गरेको दावी गर्दै उहाँले सो बारेमा जो कोही संग पनि छलफल र बहस गर्न तयार रहेको बताउनुभयो । आफु दुई पटक बाँकेबाट सांसद भएको र तीन पटक मन्त्री भएको अवधीमा गरेका विकासका कामहरु उल्लेख गर्दै उहाँले यदि ती काम राम्रा र जनताका लागि थिए भने आगामी निर्वाचनमा भोट दिन आग्रह गर्...
गुलरिया नगरपालिकामा प्लान नेपालको परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक

गुलरिया नगरपालिकामा प्लान नेपालको परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, भदौ ३ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको गुलरिया नगरपालिकामा संचालन गरिएका परियोजनाहरुको जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजना र बर्दिया नगरपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो । खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उध्येश्यका साथ आयोजना गरिएको उक्त बैठकको अध्यक्षता गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गर्नु भएको थियो । अतिथिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा रहनु भएको थियो । कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ वेद प्रसाद डाँगी, वित्तिय संयोजक पदम मल्ल, कार्यक्रम संयोजक गोमा व...
व्यापारी नेता धामीलाई रिहा गर्न संघको २४ घण्टे अल्टिमेटम, छानविन समिति बनाउन माग

व्यापारी नेता धामीलाई रिहा गर्न संघको २४ घण्टे अल्टिमेटम, छानविन समिति बनाउन माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, भदौ २ गते । नेपालगञ्ज उद्योग वाणिज्य संघले संघका प्रवक्ता टंक धामीलाई २४ घण्टाभित्रै रिहा गर्न र घटनाको अनुसन्धान गर्न स्वतन्त्र छानविन समिति बनाउन सरकारसँग माग गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरी र उप–महासचिव धर्मराज अर्यालले प्रेस विज्ञप्ति जारी गरि प्रहरीले पक्राउ गरेका संघका प्रवक्ता टंक धामीलाई २४ घण्टाभित्रै रिहा गर्न र घटनाको स्वतन्त्र छानविन समिति बनाउन सरकारसँग माग गरिएको हो । धामीलाई २४ घण्टाभित्र रिहा गर्न र छानविन समिति बनाउन अल्टिमेटम दिंदै संघले त्यसो नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ । राजस्व अनुसन्धान कार्यालयबाट आएको टोलीले स्टक मिलानको बहाना बनाएर मष्टा लक्ष्मी ट्रेड लिंकमा छापा मारेर विभिन्न दुख दिएपछि व्यवसायीले बोलाउँदा त्यहाँ पुग्नु भएका संघका प्रवक्ता धामीले राजस्वका कर्मचारीलाई जोगाउन खो...
कतार च्यारिटिद्धारा खजुराका कृषक समुहलाई समरसेवल ट्युबवेल जडान

कतार च्यारिटिद्धारा खजुराका कृषक समुहलाई समरसेवल ट्युबवेल जडान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, भदौ २ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका विपन्न कृषक सहमुहरुलाई कृषि उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षा र गरिबी निवारण सुनिश्चित गर्ने उद्देश्यले ६ वटा समरसेवल ट्युबवेल जडान गरेको छ । क्लबले कतार च्यारिटीको साझेदारीमा सञ्चालित साना सिँचाइ सहयोग परियोजना अन्तर्गत खजुरा गाउँपालिकाका ६ वटा कृषक समुहलाई सिंचाईको लागि समरसेवल ट्युबवेल जडान गरेको हो । व्यावसायिक तरकारी खेती र अन्य बालीको उत्पादन बृद्धिका लागि कृषक समुहलाई सिंचाईका लागि सो ट्युबवेल प्रदान गरिएको कतार च्यारिटि नेपालका कार्यवाहक निर्देशक ईर्शाद अलि शेषले बताउनुभयो । उहाँले सिंचाईको अभावमा व्यवसायीक तरकारी खेती गर्न चाहने विपन्न किसानलाई समस्या परेको देखेर यो सहयोग प्रदान गरिएको बताउनुभयो । यसैगरि कतार च्यारिटि नेपालका ईन्जिनियर आमिर फैसलले विपन्न कृषक र अन्य विपन्न परिवारका ल...
उद्योग वाणिज्य संघका प्रवक्ता धामीलाई रिहा नगरे कडा आन्दोलन गर्ने व्यवसायीको चेतावनी

उद्योग वाणिज्य संघका प्रवक्ता धामीलाई रिहा नगरे कडा आन्दोलन गर्ने व्यवसायीको चेतावनी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २ । नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता तथा व्यवसायीअगुवा टंक बहादुर धामीलाई पक्राउ गरिएकोमा जिल्लाका सम्पुर्ण उद्योगी व्यवसायीहरुले घोर भत्र्सना गर्दै तत्काल रिहा गर्न माग गरेका छन् । धामीलाई विना शर्त तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत व्यवसायीहरुले दिएका छन् । उद्योग व्यवसायी संघ बाँकेले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै धामीको पक्राउ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २ घरबारी टोलका व्यवसायीहरुलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरबाट खटी आएको बाबुराम पन्थी नेतृत्वको टोलीले सुनियोजित तरिकाबाट पसल भित्र पसी व्यवसायीलाई कुनै जानकारी नदिइ एक्कासि जवरजस्ती छापा मारी ब्यापारीहरुलाई आतंकित गर्ने गरेको सो कार्यमा व्यवसायीलाई सहजीकरण गर्न पुग्नु भएका उद्योग व्यवसायी संघका केन्द्रिय प्रतिनिधि टंक बहादुर धा...
बढैयातालमा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

बढैयातालमा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचारदाता नेपालगञ्ज, भदौ १ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकामा आ.व. ०७८÷०७९ मा संचालन गरिएका परियोजनाहरुको प्रगती तथा आगामी कार्यक्रमको बारेमा जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको आयोजना र बढैयाताल गाउँपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो । खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उध्येश्यका साथ आयोजना गरिएको उक्त बैठकको अध्यक्षता बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले गर्नु भएको थियो भने अतिथीको रुपमा प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने रह...
नेपालगञ्ज र कोहलपुरका पाँच चोकमा आकाशे पुल निर्माणको टेण्डर आह्वान, १३ किलोमिटरमा स्ट्रीट लाइट जडान गरिने

नेपालगञ्ज र कोहलपुरका पाँच चोकमा आकाशे पुल निर्माणको टेण्डर आह्वान, १३ किलोमिटरमा स्ट्रीट लाइट जडान गरिने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
सिराज खान नेपालगञ्ज, साउन ३१ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईको निर्देशनमा नेपालगञ्जमा चार र कोहलपुरमा एक गरि पाँच वटा आकाशे पुल निर्माण गरिने भएको छ । नेपालगञ्ज र कोहलपुरका सडकमा अत्याधिक सवारी साधन गुड्न थालेका कारण विभिन्न महत्वपुर्ण चोकमा सर्वसाधारणलाई सडक पार गर्न समस्या भएको दुर्घटनाको जोखिम बढेका कारण आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको मन्त्री राईले बताउनुभयो । उहाँले रत्नराजमार्गको जमहुनाहा कोहलपुर सडकखण्डको नेपालगञ्जस्थित गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको हाइस्कुल चोकमा आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो । यसका साथै जमुनाहादेखि राँझासम्मको राजमार्गमा स्ट्रीट लाइटको अभाव देखिएकोले सो सडकमा दुबैतिर मुख फर्काईएका स्ट्रीट लाइटहरु जडान गर्ने निर्णय पनि गरिएको मन्त्री राईले बताउनुभयो । उहाँले यसअघि उपमहानगरपालिका...
दुबै खुट्टा काटिएको दस वर्षपछि तिन पांग्रे साइकल पाउँदाको खुशी…

दुबै खुट्टा काटिएको दस वर्षपछि तिन पांग्रे साइकल पाउँदाको खुशी…

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, साउन ३१ । बाँकेको कोहलपुर ६ सृजना चोक निवासी डिल्लीराम पोखरेल नेपालगञ्जबाट महेन्द्रनगरसम्म चल्ने बसको खलाशी हुनुहुन्थ्यो । बसमा खलाशीको काम गरेर उहाँको परिवारको गुजारा चल्ने गरेको थियो । तर २०६८ साल असोज २४ गते उहाँले नसोचेको घट्ना घट्यो । सो दिन महेन्द्रनगर नजिक उहाँले काम गर्ने बस पल्टिंदा बसमा सवार तीन जना यात्रीको मृत्यु भयो भने पाँच जना घाइते भए । गम्भीर घाइते भएकाहरु मध्ये एकजना पोखरेल पनि हुनुहुन्थ्यो । उहाँको दुबै खुट्टा च्यापिएर निकै चोट लागेको थियो । गम्भीर अवस्था भएकोले नेपालगञ्जमा सामान्य उपचारपछि उहाँलाई काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा रेफर गरियो । काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा दोस्रो दिननै पोखरेलको दायाँ खुट्टा काट्नु पर्यो । त्यसको ठीक एक वर्षपछि अर्को खुट्टाको घाउ पनि पाक्दै गएपछि सो खुट्टा पनि सोही अस्पतालमा काट्नु परेको पोखरेलले बताउनुभय...
कतार च्यारिटी नेपालका निर्देशकद्धारा बाँके, बर्दिया र कैलालीका कार्यक्रमको अनुगमन

कतार च्यारिटी नेपालका निर्देशकद्धारा बाँके, बर्दिया र कैलालीका कार्यक्रमको अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, साउन ३० । कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखले बाँके, बर्दिया र कैलालीमा सञ्चालित विभिन्न कार्यक्रमको स्थलगत अनुगमन निरिक्षण गर्नुभएको छ । च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबमार्फत उपरोक्त जिल्लामा सञ्चालनमा रहेका विभिन्न कार्यक्रम र सहयोगको अवस्थाबारे उहाँले स्थलगत निरिक्षण अनुगमन गर्नुभएको हो । कार्यवाहक निर्देशक शेषले पहिलो दिन बाँकेको खजुरा, जानकी र नेपालगञ्जमा रहेका कार्यक्रमको अनुगमन गर्नु भएको थियो भने दोस्रो दिन र तेस्रो दिन बाँकेको नेपालगञ्ज, बैजनाथ, नरैनापुर, राप्तीसोनारी, बर्दियाको राजापुर र कैलालीको टिकापुरमा पुगेर अनुगमन गर्नु भएको थियो । बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले दिनु भएको जानकारी अनुसार शेषसहितको क्लबको टोलीले बाँकेको बैजनाथ चिसापानीमा निर्मित शौचालय, राजापुरको बदालपुर स्वास्थ्य चौकीमा प्रदान ग...