३ माघ २०८२, शुक्रबार

अर्थ

यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगी भएको सेवाग्राहीको गुनासो

यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगी भएको सेवाग्राहीको गुनासो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १८ । नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगि रहेको लगायतका थुप्रै गुनासो त्यहाँ काम विशेषले जाने सेवाग्राहीले गरेका छन् । बागेश्वरी असल शासन क्लब नेपालले बुधवार यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सेवाग्राहीको गुनासो संकलन गर्ने क्रममा सो गुनासो गरिएको हो । त्यहाँ रहेका ५० बढि सेवाग्राहीहरुले कार्यालयको काम प्रति व्यापक रुपमा गुनासो गरेका छन् । सेवाग्राहीहरुले समयमा स्मार्ड कार्ड नआएको, सेवा, सबिधा प्रबाह गर्दा चरम ढिलाई हुने गरेको, टोकन प्रणाली लागु नहुँला भनसुन, सोर्सफोर्स व्यापक रुपमा हुने गरेको, सवारी पार्किंग अस्तव्यस्त रहेको, शौचालय, पिउने पानीको व्यवस्था नभएको, नागरिक सहायता कक्ष नभएको, प्रतिक्षालयको व्यवस्था नभएको, सरसफाई नभएको, गुनासो सुनुवाई नुहुने गरेको गुनासो गरेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ...
नेपाल भारत बोर्डर बन्द भएपनि भारतबाट हुने तस्करी जारी

नेपाल भारत बोर्डर बन्द भएपनि भारतबाट हुने तस्करी जारी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ फागुन । भारतको उत्तर प्रदेशमा भैरहेको विधानसभाको निर्वाचनलाई लक्षित गरेर नेपाल भारत बोर्डर ६० घण्टाका लागि बन्द गरिएपनि तस्करी र अवैध आयात जारी नै छ । बोर्डर बन्द रहेकै अवस्थामा तस्करहरुले अवैध रुपमा सामान भित्रयाउने काम भने जारी नै राखेका छन् । बोर्डर बन्द रहेकै बेला सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याईएको करिब तीन लाख रुपियाँ बराबरका अवैध लत्ताकपडा नेपालगन्ज नाकाबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतवार बिहान ४ बजे नेपालगन्ज १५ पिप्रहवा नाकाबाट अवैध समाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । ठुलो परिमाणमा लाखौं रुपैयाँ बराबरको लत्ताकपडा भारतबाट भन्सार छली गरि नेपालगन्ज ल्याइदै गरेको बिशेष सूचनाका आधारमा गएक...
वन्यजन्तुका अंगको तस्करी जारी, चितुवाको छालासहित तीन जना फेरी पक्राउ

वन्यजन्तुका अंगको तस्करी जारी, चितुवाको छालासहित तीन जना फेरी पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ फागुन । दांगमा रेडपाण्डाका पाँच वटा छाला प्रहरीले नियन्त्रणमा लिएको घट्ना सेलाउन नपाउँदै इलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको छालासहित ३ जनालाई फेरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं.५ बस्ने बर्ष २८ को याम बहादुर बिश्वकर्मा, बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं.४ बस्ने बर्ष ३० को आकाश परियार र सोही ठाउँको वडा नं.९ बस्ने बस्ने बर्ष ५४ को लाल बहादुर बि.क.रहेका छन । बाँके बैजनाथ गाउँपालिका वडा नं.५ गायत्री टोलस्थित भित्री सडक बाटोमा दुर्लभ बन्यजन्तु चितुवाको छाला ल्याईरहेका छन भन्ने बिशेष सूचनाको आधारमा इप्रका कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार, पैदल हिडिरहेको बेला फेला परि उनीहरुको खानतलासी गर्दा ब...
भारतीय नागरिकको आकर्षणको केन्द्र बन्दै नेपालगञ्ज

भारतीय नागरिकको आकर्षणको केन्द्र बन्दै नेपालगञ्ज

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, फागुन १४ । भारतीय सिमानासँग जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको बाँकेमा रहेका विभिन्न पर्यटकीय गन्तव्यले नेपाली र भारतीय पर्यटकलाई आकर्षित गरिरहेका छन् । कोरोना सङ्क्रमण घट्दै गएपछि नेपाली र भारतीय पर्यटक आउने क्रम बढेकाले यहाँको पर्यटन व्यवसाय उकालो लाग्न थालेको व्यवसायीले नै बताएका छन् । पर्यटन व्यवसायीका अनुसार पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको शक्तिपीठ माता बागेश्वरीको मन्दिर, भुवर भवानी देवीको मन्दिर, नरैनापुरको शिव मन्दिर यहाँका मुख्य गन्तव्य हुन् । अहिले मेरो प्लानेट, ह्याप्पी वल्र्ड र वन्डरल्यान्ड जस्ता आधुनिक वाटरपार्कहरू निर्माण भएकाले पर्यटकलाई तानिरहेको छ । कान्तिताल र ढकेरी, अगैया तथा गाभरले पनि ठूलो सङ्ख्यामा पर्यटक आकर्षित गरिरहेका छन् । कोरोना महामारी घट्दै जाँदा अहिले बाँक...
भारतबाट कुखुरा र हाँसको मासु तस्करी, प्रहरीद्धारा साढे तीन लाख बढीको मासु बरामद

भारतबाट कुखुरा र हाँसको मासु तस्करी, प्रहरीद्धारा साढे तीन लाख बढीको मासु बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १३ । नेपालका कुखुरा पालक किसान र कुखरा उत्पादक व्यवसायीले भारतबाट भैरहेको कुखुराको अवैध आयात रोक्न दवाव बढाएपछि प्रहरीले सक्रियता बढाउँदै धमाधम अवैध कुखुरा नियन्त्रणमा लिईरहेकै बेला अहिले आएर भारतबाट अवैध रुपमा भित्रयाईएको करिब सात कुइन्टल मासु पनि नियन्त्रणमा लिएको छ । बर्डफ्लुको उच्च जोखिमका विचपनि प्रतिवन्धित कुखुरा र मासुको अवैध आयात भने जारी नै रहेको हाल बरामद गरिएको यति धेरै परिमाणको कुखुरा र हाँसको मासुले पनि पुष्टि गरेको छ । यसरी दैनिकजसो मासु र कुखुरा दुबै भारतबाट अवैध रुपमा भित्रिने गरेकोले नेपाली किसान र व्यवसायी सर्वाधिक मारमा परेको उनिहरुको गुनासो छ । भारतमा सस्तो पाइने गुाण्स्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक मासु भित्रिने क्रम नरोकिएकोले बाँकेका व्यवसायीले लगानी गरेको करोडौं लगानी डुब्ने अवस्थामा आएको व्यवसायीले निरन्तर गुनासो ...
सदाबहार सामुदायीक वनको अनियमितता छानविन गर्न अधिकांश उपभोक्ताको माग

सदाबहार सामुदायीक वनको अनियमितता छानविन गर्न अधिकांश उपभोक्ताको माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ११ । नरैनापुर गाउँपालिकामा पर्ने एक सामुदायीक वनका पदाधिकारीले मनपरी तरिकाले काठ कटान र विक्रि संगै आर्थिक हिनामिना समेत गरेको आरोप लगाउँदै उपभोक्ताले छानविन र कारवाहीको माग गरेका छन् । नरैनापुर गाउँपालिका ४ मा रहेका सदाबहार सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षसहितका पदाधिकारीले मनपरी गरेर अवैध काम गर्नुका साथै उपभोक्ताप्रति भेदभाव गरेको आरोप आम उपभोक्ताको छ । नरैनापुर ४ खोदोवामा बुधवार उपभोक्ता समितिले बोलाएको भेलामा सहभागि उपभोक्ताले आफुहरुले रकम तिरेर पनि काठ नपाएको, रकम बढी तिरेको तर काठ कम पाएको र बाँकी पैसा फिर्ता नगरिएको र आर्थिक हिनामिना समेत भएको आरोप लगाए । भेलामा आफ्नो कुरा राख्दै उपभोक्ता समितिका साधारण सदस्य कमलेश पाठकले समितिले मनपरी गरिरहेको, बैठक र भेला नगरेर घरघरमा माइनुट पठाएर हस्ताक्षर गराई निर्णय गर्ने गरेको, तिरेको रकमको काठ द...
आन्दोलनलगत्तै खजुराको सडक कालोपत्रे गर्न शुरु

आन्दोलनलगत्तै खजुराको सडक कालोपत्रे गर्न शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ७ । सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले चक्काजाम गरे लगत्तै खजुराको १८ सय मिटर फोर लेन सडकको कालोपत्रे गर्ने कार्य शुरु गरिएको छ । ४ वर्षसम्म पनि सो सडक नबनेपछि स्थानीय युवाहरुले दुई दिन अघि अवरोध गरेका थिए । सडक अवरोध गरेपछि २ दिनमा काम सुरु गरिने प्रतिवद्धता अनुसार निर्माण कम्पनीले शनिबारदेखि आफ्नो कामलाई तिव्रता दिएको छ । केहि दिन अघि राजमार्ग गरिएको बेस दुई सातामै उप्किएपछि धुलो उडेर स्थानीयलाई सास्ती खेप्न परिरहेको छ । खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको बेस पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएकोले स्थानियहरुले सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै आन्दोलन गरेका थिए । १८ सय मिटरको सडक ४ वर्षदेखि निर्माणाधिनको क्रममा छ । फोर लेन सडक बनाउँदा गुणस्तरीय नभए पुन आन्दोलन गर्न...
धम्बोझीस्थित राष्टिय वाणिज्य बैंकमा तोडफोड गर्ने पक्राउ

धम्बोझीस्थित राष्टिय वाणिज्य बैंकमा तोडफोड गर्ने पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ६ । नेपालगन्जको राष्ट्रिय बाणिज्य बैंकमा तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जस्थित राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा प्रवेश गरि महत्वपूर्ण कागजात, दराज लगायतका सामान तोडफोड गरि फरार रहेका ती युवालाई नियन्त्रणमा लिइएको हो । कैलाली जिल्लाको टिकापुर–९ घर बताउने २६ वर्षिय सञ्जु विकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही र अनुसन्धान अगाडी बढाएकोछ । पक्राउ परेका विकका साथबाट एउटा खुकुरी समेत बरामद गरिएकोछ । प्रहरीका अनुसार विकले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझी स्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरि एक्कासी तोडफोड गरेका थिए । विकले बैंकमा तोडफोड गर्नुको कारण थाहा नभएको जनाउँदै सो बारेमा पनि अनुसन्धान भैरहेको प्रहरीले बताएकोछ ।...
श्रोत खुलाएपनि भारतीय सुरक्षाकर्मीद्धारा ६ लाख बढी भारुसहित नेपालीलाई सीमामा पक्राउ

श्रोत खुलाएपनि भारतीय सुरक्षाकर्मीद्धारा ६ लाख बढी भारुसहित नेपालीलाई सीमामा पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ६ । भारतबाट नेपाल आउने क्रममा ६ लाख भन्दा बढी भारतीय रुपियाँ बोकेका एक नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपालगञ्ज नाकामा पक्राउ गरेको छ । भारतबाट फर्किएका जाजरकोटका धर्म बिसीलाई भारतीय सीमा रुपैडिहामा खटिएको भारतीय सीमा सुरक्षा बल र भारतीय प्रहरीको संयुक्त टोलीले चेकजाँचका क्रममा ६ लाख ४० हजार भारुसहित पक्राउ गरेको हो । सीमानामा चेकजाँच गर्दा बिसीसँग रहेको ६ लाख ४० हजार भारतीय रुपियाँ फेला परेपछि उनलाई पक्राउ गरिएको रुपैडिहा प्रहरी थानाका प्रमुख प्रमोद तिवारीले बताउनुभयो । उहाँले भारत उत्तरप्रदेशमा निर्वाचन चलिरहेकोले सीमामा सुरक्षाकर्मीले चेकजाँच बढाएको बेला यति ठुलो रकम बोकेर प्रहरीलाई कुनै जानकारी नै नदिईए आएकोमा अनुसन्धानका लागि पक्राउ गरिएको बताउनुभयो । निर्वाचनका समयमा भारतमै पनि ५० हजार भन्दा कम रकम मात्र बोकेर हिड्न सक्ने त्यो भन्दा बढी भए ...
भारतबाट पशुपंक्षीको अवैध आयात तत्काल रोक्न सबै सरोकारवालाको माग

भारतबाट पशुपंक्षीको अवैध आयात तत्काल रोक्न सबै सरोकारवालाको माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ४ । भारतबाट पशुपंक्षीको अवैध आयातले वर्ड फ्लु लगायतको रोगको जोखिम बढेकोले सो अवैध आयात तत्काल रोक्न बाँकेका सरोकारवालाले माग गरेका छन् । अबैधरुपमा भारतबाट आयात गरिएका पशुपंक्षीमा वर्ड फ्लु लगायतका प्राणघातक रोग पनि आयात हुने भन्दै यसलाई नरोके अवस्था भयावह हुने चेतावनी समेत उनिहरुले दिएकाछन् । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा आयोजित सुरक्षा निकाय लगायत सरोकारवालासँगको अन्तक्रियामा सो माग गर्दै चेतावनी समेत दिईएको हो । जिल्लाका सुरक्षाकर्मी, नेपालगञ्ज भन्सार कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, माछा व्यवसायी, कुखुरा व्यवसायी लगायत सरोकारवालाहरु सहभागी रहेको सो कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा विनय कुमार कर्ण र पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा भक्त निउरेले सीमाक्षेत्रबाट पशुपंक्षि आय...