१० बैशाख २०८३, बिहीबार

अर्थ

भारतीय पर्यटक आकर्षित गर्न नेपालगञ्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’आयोजना गरिंदै

भारतीय पर्यटक आकर्षित गर्न नेपालगञ्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’आयोजना गरिंदै

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २५ । पश्चिम नेपालका प्रमुख पर्यटकीय क्षेत्रको प्रचार प्रसारसंगै भारतीय पर्यटकलाई बढभिन्दा बढी आकर्षित गर्ने उदेश्यका साथ नेपालगञ्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’ विहिबारदेखि आयोजना गरिंदैछ । सो मार्टमा भारतका विभिन्न ठुला सहरबाट ५० भन्दा बढी पर्यटक व्यवसायी र नेपालका सातवटै प्रदेशबाट सोही संख्याका व्यवसायीको सहभागिता रहने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । फागुन २६ देखी २८ गतेसम्म नेपालगञ्जमा आयोजना गरिने सो ट्राभल मार्टको तयारी पुरा भएको र भारतीय पर्यटन व्यवसायीहरु यहाँ पुगिसकेको अध्यक्ष सिग्देलले बताउनुभयो । नेपाल पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानगरपालिकाको मुल आयोजना, नाट्टा बाँकेको आयोजना तथा पर्यटन प्रर्वद्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका प...
शसस्त्र प्रहरीद्धारा चार लाख रुपियाँको अवैध कपडा सीमा नाकाबाट बरामद

शसस्त्र प्रहरीद्धारा चार लाख रुपियाँको अवैध कपडा सीमा नाकाबाट बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २४ । सशस्त्र प्रहरीको जमुनाह बिओपीले नेपालगन्जको सिमा नाकाबाट चार लाख रुपैयाँ भन्दा बढीको भारतबाट भित्र्याईएको अवैध सामाग्री बरामद गरेको छ । सशस्त्र प्रहरीको जमुनाहा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ जमुनाह गाउँबाट मंगलवार दिउँसो साढे २ बजे तस्करी गरेर नेपालगन्ज ल्याउँदै गरिएको ४ लाख रुपैयाँ बढीको अवैध लत्ताकपडा बरामद गरेको हो । बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक बुढाको कमान्डमा गएको टोलीले जमुनाह गाउँ हुँदै नेपालगन्ज भित्र्याउन लागिएको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । बरामद गरिएका सबै सामाग्रीलाई आवश्यक कारबाहीका लागि मंगलवारनै नेपालगन्ज भन्सारमाम बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।  ...
यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगी भएको सेवाग्राहीको गुनासो

यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगी भएको सेवाग्राहीको गुनासो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १८ । नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगि रहेको लगायतका थुप्रै गुनासो त्यहाँ काम विशेषले जाने सेवाग्राहीले गरेका छन् । बागेश्वरी असल शासन क्लब नेपालले बुधवार यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सेवाग्राहीको गुनासो संकलन गर्ने क्रममा सो गुनासो गरिएको हो । त्यहाँ रहेका ५० बढि सेवाग्राहीहरुले कार्यालयको काम प्रति व्यापक रुपमा गुनासो गरेका छन् । सेवाग्राहीहरुले समयमा स्मार्ड कार्ड नआएको, सेवा, सबिधा प्रबाह गर्दा चरम ढिलाई हुने गरेको, टोकन प्रणाली लागु नहुँला भनसुन, सोर्सफोर्स व्यापक रुपमा हुने गरेको, सवारी पार्किंग अस्तव्यस्त रहेको, शौचालय, पिउने पानीको व्यवस्था नभएको, नागरिक सहायता कक्ष नभएको, प्रतिक्षालयको व्यवस्था नभएको, सरसफाई नभएको, गुनासो सुनुवाई नुहुने गरेको गुनासो गरेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ...
नेपाल भारत बोर्डर बन्द भएपनि भारतबाट हुने तस्करी जारी

नेपाल भारत बोर्डर बन्द भएपनि भारतबाट हुने तस्करी जारी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ फागुन । भारतको उत्तर प्रदेशमा भैरहेको विधानसभाको निर्वाचनलाई लक्षित गरेर नेपाल भारत बोर्डर ६० घण्टाका लागि बन्द गरिएपनि तस्करी र अवैध आयात जारी नै छ । बोर्डर बन्द रहेकै अवस्थामा तस्करहरुले अवैध रुपमा सामान भित्रयाउने काम भने जारी नै राखेका छन् । बोर्डर बन्द रहेकै बेला सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याईएको करिब तीन लाख रुपियाँ बराबरका अवैध लत्ताकपडा नेपालगन्ज नाकाबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतवार बिहान ४ बजे नेपालगन्ज १५ पिप्रहवा नाकाबाट अवैध समाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । ठुलो परिमाणमा लाखौं रुपैयाँ बराबरको लत्ताकपडा भारतबाट भन्सार छली गरि नेपालगन्ज ल्याइदै गरेको बिशेष सूचनाका आधारमा गएक...
वन्यजन्तुका अंगको तस्करी जारी, चितुवाको छालासहित तीन जना फेरी पक्राउ

वन्यजन्तुका अंगको तस्करी जारी, चितुवाको छालासहित तीन जना फेरी पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ फागुन । दांगमा रेडपाण्डाका पाँच वटा छाला प्रहरीले नियन्त्रणमा लिएको घट्ना सेलाउन नपाउँदै इलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको छालासहित ३ जनालाई फेरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं.५ बस्ने बर्ष २८ को याम बहादुर बिश्वकर्मा, बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं.४ बस्ने बर्ष ३० को आकाश परियार र सोही ठाउँको वडा नं.९ बस्ने बस्ने बर्ष ५४ को लाल बहादुर बि.क.रहेका छन । बाँके बैजनाथ गाउँपालिका वडा नं.५ गायत्री टोलस्थित भित्री सडक बाटोमा दुर्लभ बन्यजन्तु चितुवाको छाला ल्याईरहेका छन भन्ने बिशेष सूचनाको आधारमा इप्रका कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार, पैदल हिडिरहेको बेला फेला परि उनीहरुको खानतलासी गर्दा ब...
भारतीय नागरिकको आकर्षणको केन्द्र बन्दै नेपालगञ्ज

भारतीय नागरिकको आकर्षणको केन्द्र बन्दै नेपालगञ्ज

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, फागुन १४ । भारतीय सिमानासँग जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको बाँकेमा रहेका विभिन्न पर्यटकीय गन्तव्यले नेपाली र भारतीय पर्यटकलाई आकर्षित गरिरहेका छन् । कोरोना सङ्क्रमण घट्दै गएपछि नेपाली र भारतीय पर्यटक आउने क्रम बढेकाले यहाँको पर्यटन व्यवसाय उकालो लाग्न थालेको व्यवसायीले नै बताएका छन् । पर्यटन व्यवसायीका अनुसार पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको शक्तिपीठ माता बागेश्वरीको मन्दिर, भुवर भवानी देवीको मन्दिर, नरैनापुरको शिव मन्दिर यहाँका मुख्य गन्तव्य हुन् । अहिले मेरो प्लानेट, ह्याप्पी वल्र्ड र वन्डरल्यान्ड जस्ता आधुनिक वाटरपार्कहरू निर्माण भएकाले पर्यटकलाई तानिरहेको छ । कान्तिताल र ढकेरी, अगैया तथा गाभरले पनि ठूलो सङ्ख्यामा पर्यटक आकर्षित गरिरहेका छन् । कोरोना महामारी घट्दै जाँदा अहिले बाँक...
भारतबाट कुखुरा र हाँसको मासु तस्करी, प्रहरीद्धारा साढे तीन लाख बढीको मासु बरामद

भारतबाट कुखुरा र हाँसको मासु तस्करी, प्रहरीद्धारा साढे तीन लाख बढीको मासु बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १३ । नेपालका कुखुरा पालक किसान र कुखरा उत्पादक व्यवसायीले भारतबाट भैरहेको कुखुराको अवैध आयात रोक्न दवाव बढाएपछि प्रहरीले सक्रियता बढाउँदै धमाधम अवैध कुखुरा नियन्त्रणमा लिईरहेकै बेला अहिले आएर भारतबाट अवैध रुपमा भित्रयाईएको करिब सात कुइन्टल मासु पनि नियन्त्रणमा लिएको छ । बर्डफ्लुको उच्च जोखिमका विचपनि प्रतिवन्धित कुखुरा र मासुको अवैध आयात भने जारी नै रहेको हाल बरामद गरिएको यति धेरै परिमाणको कुखुरा र हाँसको मासुले पनि पुष्टि गरेको छ । यसरी दैनिकजसो मासु र कुखुरा दुबै भारतबाट अवैध रुपमा भित्रिने गरेकोले नेपाली किसान र व्यवसायी सर्वाधिक मारमा परेको उनिहरुको गुनासो छ । भारतमा सस्तो पाइने गुाण्स्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक मासु भित्रिने क्रम नरोकिएकोले बाँकेका व्यवसायीले लगानी गरेको करोडौं लगानी डुब्ने अवस्थामा आएको व्यवसायीले निरन्तर गुनासो ...
सदाबहार सामुदायीक वनको अनियमितता छानविन गर्न अधिकांश उपभोक्ताको माग

सदाबहार सामुदायीक वनको अनियमितता छानविन गर्न अधिकांश उपभोक्ताको माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ११ । नरैनापुर गाउँपालिकामा पर्ने एक सामुदायीक वनका पदाधिकारीले मनपरी तरिकाले काठ कटान र विक्रि संगै आर्थिक हिनामिना समेत गरेको आरोप लगाउँदै उपभोक्ताले छानविन र कारवाहीको माग गरेका छन् । नरैनापुर गाउँपालिका ४ मा रहेका सदाबहार सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षसहितका पदाधिकारीले मनपरी गरेर अवैध काम गर्नुका साथै उपभोक्ताप्रति भेदभाव गरेको आरोप आम उपभोक्ताको छ । नरैनापुर ४ खोदोवामा बुधवार उपभोक्ता समितिले बोलाएको भेलामा सहभागि उपभोक्ताले आफुहरुले रकम तिरेर पनि काठ नपाएको, रकम बढी तिरेको तर काठ कम पाएको र बाँकी पैसा फिर्ता नगरिएको र आर्थिक हिनामिना समेत भएको आरोप लगाए । भेलामा आफ्नो कुरा राख्दै उपभोक्ता समितिका साधारण सदस्य कमलेश पाठकले समितिले मनपरी गरिरहेको, बैठक र भेला नगरेर घरघरमा माइनुट पठाएर हस्ताक्षर गराई निर्णय गर्ने गरेको, तिरेको रकमको काठ द...
आन्दोलनलगत्तै खजुराको सडक कालोपत्रे गर्न शुरु

आन्दोलनलगत्तै खजुराको सडक कालोपत्रे गर्न शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ७ । सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले चक्काजाम गरे लगत्तै खजुराको १८ सय मिटर फोर लेन सडकको कालोपत्रे गर्ने कार्य शुरु गरिएको छ । ४ वर्षसम्म पनि सो सडक नबनेपछि स्थानीय युवाहरुले दुई दिन अघि अवरोध गरेका थिए । सडक अवरोध गरेपछि २ दिनमा काम सुरु गरिने प्रतिवद्धता अनुसार निर्माण कम्पनीले शनिबारदेखि आफ्नो कामलाई तिव्रता दिएको छ । केहि दिन अघि राजमार्ग गरिएको बेस दुई सातामै उप्किएपछि धुलो उडेर स्थानीयलाई सास्ती खेप्न परिरहेको छ । खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको बेस पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएकोले स्थानियहरुले सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै आन्दोलन गरेका थिए । १८ सय मिटरको सडक ४ वर्षदेखि निर्माणाधिनको क्रममा छ । फोर लेन सडक बनाउँदा गुणस्तरीय नभए पुन आन्दोलन गर्न...
धम्बोझीस्थित राष्टिय वाणिज्य बैंकमा तोडफोड गर्ने पक्राउ

धम्बोझीस्थित राष्टिय वाणिज्य बैंकमा तोडफोड गर्ने पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ६ । नेपालगन्जको राष्ट्रिय बाणिज्य बैंकमा तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जस्थित राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा प्रवेश गरि महत्वपूर्ण कागजात, दराज लगायतका सामान तोडफोड गरि फरार रहेका ती युवालाई नियन्त्रणमा लिइएको हो । कैलाली जिल्लाको टिकापुर–९ घर बताउने २६ वर्षिय सञ्जु विकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही र अनुसन्धान अगाडी बढाएकोछ । पक्राउ परेका विकका साथबाट एउटा खुकुरी समेत बरामद गरिएकोछ । प्रहरीका अनुसार विकले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझी स्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरि एक्कासी तोडफोड गरेका थिए । विकले बैंकमा तोडफोड गर्नुको कारण थाहा नभएको जनाउँदै सो बारेमा पनि अनुसन्धान भैरहेको प्रहरीले बताएकोछ ।...