३ माघ २०८२, शुक्रबार

अर्थ

ग्याँस बिक्रेता संघ बाँकेको अध्यक्षमा प्रेम थापा, प्रथम उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित

ग्याँस बिक्रेता संघ बाँकेको अध्यक्षमा प्रेम थापा, प्रथम उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ८ माघ । ग्याँस बिक्रेता संघ बाँकेको अध्यक्षमा प्रेमकुमार थापा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार नेपालगन्जमा भएको तेस्रो साधारणसभाबाट थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन गरिएको छ। समितिको प्रथम उपाध्यक्षमा कल्पना शर्मा, महासचिवमा सुनिल रेग्मी सचिवमा कृष्णप्रसाद नगरकोटी, कोषाध्यक्षमा आश्बिनी कुमार गुप्ता चयन भएका छन् । त्यस्तै सदस्यमा नरेन्द्र बहादुर चन्द सावित्री बस्नेत , श्याम भट्टराई ,सय्यद आमिर सखर, आनन्द प्रसाद गुप्ता निरज टन्डनलाई चयन गरिएको छ । संघका निवर्तमान अध्यक्ष सुरज कुमार साहुको सभापतित्वमा भएको कार्यक्रममा ग्यास बिक्रेता संघका लुम्बिनी प्रदेश सदस्य लगायतको सहभागी रहेको थियो । बाँकेमा करिब १ सय भन्दा बढी बिक्रेता रहेका छन् ।  ...
सुपारी तस्करीमा ई रिक्साको प्रयोग बढ्यो, हुड र डिक्कीबाट दुई लाख बढीको सुपारी बरामद

सुपारी तस्करीमा ई रिक्साको प्रयोग बढ्यो, हुड र डिक्कीबाट दुई लाख बढीको सुपारी बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ६ । बाँकेमा तस्करीका लागि ई रिक्साको प्रयोग धेरै गर्न थालिएको पाईएको छ । केही दिन पहिले दुई तीन पटक ई रिक्साको हुडमा लुकाएर भारतबाट अवैध रुपमा चोरी पैठारी गरेर ल्याईएका मालसामान प्रहरीले बरामद गरेको थियो भने विहिबार ई रिक्साको हुड र डिक्कीमा लुकाएर सुपारी भारततर्फ तस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज १० बाट अवैध रुपमा ई रिक्साको माथि हुड र भित्र डिक्कीमा लुकाएर भारततर्फ लैजान लागेको दुई लाख १० हजार रुपियाँको सुपारी बरामद गरेको छ । काटेको सुपारीलाई बोरामा भरेर हुड भित्र तथा डिक्कीमा लुकाएर भारततर्फ लैजाने क्रम बढेको गुनासोहरु प्रहरीलाई प्राप्त भएपछि रिक्साहरुमाथि निगरानी बढाउँदा बरामद गरिएको उहा...
सामुदायीक वनका पदाधिकारीनै काठ तस्करीमा, दुई जना अवैध काठसहित पक्राउ

सामुदायीक वनका पदाधिकारीनै काठ तस्करीमा, दुई जना अवैध काठसहित पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ४ । वन संरक्षणका लागि गठन गरिएको बाँकेको एक सामुदायीक वनका पदाधिकारीनै अवैध रुख कटान र तस्करीमा सक्रिय रहेको खुलासा भएको छ । सो सामुदायीक वनका दुई जना पदाधिकारीलाई काठ कटान गरिरहेकै अवस्थामा अवैध काठसहित पक्राउ गरेपछि सो खुलासा भएको हो । डुडुवा गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेको बभनपुरवा सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष बिट्टी कुर्मीका छोरा दिनेश कुमार कुर्मी र समितिका सचिव सलामुद्दीन साईलाई अवैध रुख काट्दै गर्दा पक्राउ गरिएको छ । सामुदायीक वनमा रुख काटीरहेको बेला इलाका डिभिजन बन कार्यालय राँझाले उनिहरुलाई पक्राउ गरेको हो । सो अवसरमा त्यहाँ समितिका धेरैजना पदाधिकारी रहेपनि बाँकी भागेकोले पक्राउ नपरेको स्थानीयले जनाएका छन् । अरु भागेपछि दुई जना मात्र पक्राउ परेको उनिहरुले बताएका छन् । डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख सहायक वन अधिकृत...
पुर्णतारा फाउन्डेसनद्धारा आगलागि पिडित खातुनलाई पचास हजार सहयोग

पुर्णतारा फाउन्डेसनद्धारा आगलागि पिडित खातुनलाई पचास हजार सहयोग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ३० । सामाजिक कार्यमा सक्रिय रहेको पुर्णतारा फाउन्डेसन नेपालको तेस्रो बार्षिक साधारणसभा बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । फाउन्डेसनले आफ्नो कार्यालयमा विविध कार्यक्रम गरी बार्षिक साधारणसभा सम्पन्न गरेको हो । उक्त फाउन्डेसनकी अध्यक्ष तारा कुमारी खत्री रोकायले फाउन्डेसनको कार्यसमितिमा गौरी पोखरेल र शोभा गुरुङलाई सदस्यका रुपमा मनोनीत गरेको सो अवसरमा जानकारी दिनुभयो। साथै फाउन्डेसनले केही समय अगाडि आगलागीबाट क्षतिग्रस्त भएको लुम्बिनी गार्मेन्टकी संचालिका कस्मिरा खातुनलाई पचास हजार रुपियााँ आर्थिक सहयोग पनि गरेको अध्यक्ष खत्रीले बताउनुभयो । सो साधारणसभा कार्यक्रममा विद्यार्थी नेता तुल्सीमणि केसी, समाजसेवी कृष्ण प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागि सबैले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै अझै बढी भन्दा बढी समाज सेवा गर्न...
नेपालगञ्जको बेलासपुरमा एभिएसन हवाई म्युजियम स्थापना, शनिवारदेखि खुल्ने

नेपालगञ्जको बेलासपुरमा एभिएसन हवाई म्युजियम स्थापना, शनिवारदेखि खुल्ने

अर्थ, ताजा-अपडेट, मनोरञ्जन, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २९ । पश्चिम नेपाल र भारतका पर्यटकलाई लक्षित गरेर नेपालगन्जको बेलासपुरमा एभियसन हवाई म्युजियमको स्थापना गरिएको छ । धनगढीमा रहेको उक्त म्युजियमलाई स्थानान्तरण गरी नेपालगन्जमा स्थापना गरिएको हो । १ करोड ८० लाख लगानीमा स्थापना भएको म्याजियम शनिवारदेखि सञ्चालनमा आउने क्याप्टेन वेद उप्रेतीले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई हवाई सम्बन्धी जानकारी दिने तथा आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले म्युजियमको स्थापना भएको हो । ठूलो जहाजभित्र २ सय भन्दा बढी मोडेलका जहाजहरु पनि राखिएको छ । साथै पश्चिम नेपाल र एभरेष्ट क्षेत्रका ३० उत्कृष्ट फोटोहरु पनि राखिएको उप्रेतीले बताउनुभयो । स्कुलका विद्यार्थीहरुका लागि छुटसहित टिकटको व्यवस्था रहेको जनाइएको छ । यसअघि धनगढीमा रहेको सो म्युजियम हेर्न नेपालका विभिन्न सहर र भारतका विभिन्न सहरबाट ठुलो संख्यामा पर्यटक पुग्ने ग...
सामाजिक सुरक्षा भत्ता वितरण नरोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

सामाजिक सुरक्षा भत्ता वितरण नरोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २९ । जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन सर्बोच्च अदालतले विपक्षीमा नाउँमा अन्तरिम आदेश जारी गरेको छ । बाँके डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकहरुले आफ्नै घरमा सहज र सरल रुपमा भत्ता पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदनमाथी सुनवाइ गर्दै अदालतले बृद्ध भत्ता, जेष्ठ नागरिकहरुलाई व्यवहारिक रुपमा सहज र सरल तरिकाबाट वितरण गर्नुपर्ने भनेको छ । यस्तै असक्त हिडडुल गर्न नसक्ने विरामी तथा गाउँ गाउँमा बैंक नखुलेको र बैंकिङ्ग प्रर्णालीमा तत्काल आबद्ध हुन नसकेका कारण सरकारबाट जेष्ठ नागरिकहरुलाई दिइएको बृद्ध भत्ताको रकम समयमा निकासा नहुदा बृद्धहरुले प्राप्त गर्न नसकि सरकारले दिएको उक्त सुविधाको कार्यन्वयनमा समेत बाधा पुगेको अदालतको ठहर छ । भने जेष्ठ नागरिकहरुलाई पुर्ववत रुपमा बृद्ध भत्ता रकमको निकास ...
मेल्भिनको जन्मोत्सवमा लायन्स क्लबद्धारा पुरैनीका जेष्ठ नागरिकलाई कम्बल वितरण

मेल्भिनको जन्मोत्सवमा लायन्स क्लबद्धारा पुरैनीका जेष्ठ नागरिकलाई कम्बल वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २८ पुस । लायन्स क्लब इन्टरनेसनलका संस्थापक मेल्भिन जोन जन्मोत्सवको अवसर पारेर लायन्स क्लब अफ नेपालगन्ज भेरीले जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । साताव्यापी कार्यक्रम अन्तर्गत बुधबार लायन्स क्लब अफ नेपालगन्ज भेरीले नेपालगन्ज उप–महानगरपालिकाको पुरैनीमा ४० जना जेष्ठ नागरिकलाई कम्बल प्रदान गरेको हो । सामाजिक कार्यका लागि विश्वभर प्रख्यात संस्था लायन्स क्लब इन्टरनेसनल । जसले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । मानवीय सेवाका लागि विश्व प्रसिद्ध मेल्भिन जोनको जन्मोत्सवलाई भव्य रुपमा मनाउनका लागि साताव्यापी रुपमा रक्तदान कार्यक्रम, असाहाय, गरिबलाई सहयोग लगायतका कार्यक्रम गरिरहेको लायन्स क्लब अफ नेपालगन्ज भेरीको पुर्व अध्यक्ष सावित्री वस्नेतले बताउनु भयो । विश्वभरमा केल्भिनको जन्मोत्सवमा सामाजिक काम गर्ने गरिएको उहाँले बताउनु भयो । बुधबार ल...
घरेलु तथा साना उद्योग महासंघ बाँकेद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक

घरेलु तथा साना उद्योग महासंघ बाँकेद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २७ । बुझाईसकेको विद्युत महसुलमा फेरी थप बुझाउनु पर्ने भनि खजुराका साना उद्योगीलाई विद्युत प्राधिकरणले पत्र काटेको सम्बन्धमा घरेलु तथा साना उद्योग महासंघ बाँकेले गरेको आग्रह र ध्यानाकर्षणलाई बेवास्ता गरिएकोले महासंघले प्राधिकरण विरुद्ध धर्ना, तालाबन्दी र घेराउससहित कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । विद्युत प्राधिकरणको लापरवाहीले मारमा परेका उद्यमि एवंम सरोकारवालाहरुसंग मंगलवार भएको छलफलले छुट रकमको नाममा उद्योग बन्द गर्ने प्रपन्चमा विद्युत प्राधिकरण कार्यालय नेपालगंज लागेको निश्कर्ष सहित उक्त छुट रकम कुनै पनि सर्तमा तिर्न नसकिने तथा माग बमोजिम कुनै सुनुवाई पनि नभएकाले बाध्यताबस चर्को बिरोधका कार्यक्रम गर्नुपरेको जानकारी महासंघले प्रेस विज्ञप्ती मार्फत दिएको छ । जिल्ला भित्र यस्तै किसिमको अन्य उद्योगहरुमा समेत प्राधिकरण सोही प्रकारका पत्र काटि...
६५ करोडको लागतमा नेपालगञ्जमा अत्याधुनिक दाना उद्योग सञ्चालनमा

६५ करोडको लागतमा नेपालगञ्जमा अत्याधुनिक दाना उद्योग सञ्चालनमा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, पुस २६ गते । बाँकेमा पहिलो पटक पश्चिम नेपालकै सबैभन्दा अत्याधुनिक र ठुलो क्षमताको दाना उद्योग सोमवारबाट सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्तामा सो उद्योग सञ्चालनमा आएपछि पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा कुखुरा, माछा र पशुको दानाको अभाव नहुने दावी गरिएको छ । सोमवारबाट सञ्चालनमा ल्याईएको सो अत्याधुनिक उद्योगले एक घण्टामा सय क्वीन्टल दाना उत्पादन गर्ने जनाउँदै उद्योगका सञ्चालक कामरान राईले आवश्यक परेमा एक दिनमा हजारदेखि १२ सय क्वीन्टल भन्दा बढी विभिन्न दाना उत्पादन गरिने बताउनुभयो । उक्त उद्योगका लागि ९ हजार क्वीन्टल क्षमताको गोदाम समेत निर्माण गरिएको सञ्चालक राईले बताउनुभयो । उहाँले अब दानाका लागि यस क्षेत्रका किसानलाई चितवन वा अन्य जिल्लामा जानु पर्ने बाध्यता समेत अन्त भएको जनाउनुभयो । उद्योग सञ्चालनको पहिलो दिननै करिब ७ स...
र्सावजनिक यातायातमा बाँकेका विद्यार्थि र जेष्ठ नागरिकले पनि भाडामा छुट पाउने सहमति

र्सावजनिक यातायातमा बाँकेका विद्यार्थि र जेष्ठ नागरिकले पनि भाडामा छुट पाउने सहमति

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २५ । नेपाल सरकार, यातायात व्यवस्थाविभागले विद्यार्थि, जेष्ठ नागरिक र अपांगता भएका नागरिकलाई यातायातमा ४५ प्रतिशत भन्दा बढी भाडामा छुट दिने भनि गरेको निर्णयलाई बाँकेमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको छ । सो निर्णय कार्यान्वयनका लागि नेकपा विप्लव निकट अखिल क्रान्तिकारी तथा जसपा निकट समाजवादी विद्यार्थी युनियन बाँकेले गत केही महिनादेखि आन्दोलन गर्दै आएको थियो । सोही आन्दोलनको फलस्वरुप आइतवार बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा भाडामा छुट दिने निर्णय कार्यान्वयन गर्ने सहमति भएको समाजवादी बिद्यार्थी यूनियन बाँकेका सह संयोजक इमरान जरगरले बताउनुभयो । उहाँले बैठकले यातायात क्षेत्रमा पाउनुपर्ने विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकका लागि ५० प्रतिशत छुट कार्यान्वयन...