१० बैशाख २०८३, बिहीबार

अर्थ

बर्दियामा फोहोरलाई मोहोर बनाउने तालिम सञ्चालन

बर्दियामा फोहोरलाई मोहोर बनाउने तालिम सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, कात्तिक ८ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमी परियोजनाअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिकामा फोहर व्यवस्थापन गरी रोजगारी सिर्जना गर्न फोहरबाट मोहर बनाउने ३ दिने तालिम शुरु भएको छ । तालिमको उदघाटन गर्दै बर्दियाका संघीय सांसद जाबेदा खातुनले वातावरण संरक्षणसंगसंगै आय आर्जनमा समेत युवा महिलालाई सहभागि गराउन सञ्चालन गरिएको परियोजना अतिनै सराहनीय रहेको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन गरेर फोहरबाट मोहर बनाई आय आजर्न समेत गराउने उदेश्यले सञ्चालित यो तालिममा सहभागि युवा महिलाले फोहोर व्यवस्थापन गर्दै आयआर्जन र रोजगारी समेत पाउने बताउनुभयो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको सभापतित्वमा सञ्चालन गरिएको तालिमको उदघाटन कार्यक्रममा क्लबका प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, कार्यक्रम अधिकृत राधेकृष्...
नरैनापुर र राप्तीसोनारीमा सञ्चालित भारी वर्षा तथा जलमग्नता पूर्वानुमान परियोजनाको अनुगमन

नरैनापुर र राप्तीसोनारीमा सञ्चालित भारी वर्षा तथा जलमग्नता पूर्वानुमान परियोजनाको अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ ३० । युके एड, स्टार फन्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँकेमा सञ्चालन गरिएको एन २३ अन्तर्गत तराईका जिल्लाहरूमा भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको जिल्लास्थित एक उच्च स्तरीय टोलीले अनुगमन गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले नरैनापुर गाउँपालिका ६ र राप्ती सोनारी गाउँपालिका ७ मा परियोजनाले गरेको कामको अनुगमन निरिक्षण गरेको थियो । टोलीले नरैनापुर ६, गंगापुरमा गरिएको स्वास्थ्य चौकीको मर्मत कार्य र सुरक्षित आश्रय भवनमा जडान गरिएको उचाइमा राखिएको ह्याण्ड पम्पको निरीक्षण गरेको थियो । सोही प्रकारले सो टोलीले राप्तीसोनारी गाउँपालिका ७, सर्रामा रहेको स्वास्थ्य चौकीको भ्रमण गरी मर्मत कार्य र उचाइमा राखिएको ह्याण्ड पम्पको निरीक्षण गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि ...
बाँके र बर्दिया जिल्लामा संचालित परियोजनाको स्टार्ट फण्ड नेपालद्धरा अनुगमन

बाँके र बर्दिया जिल्लामा संचालित परियोजनाको स्टार्ट फण्ड नेपालद्धरा अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ २० । बाँके युनेस्को क्लबद्धारा बर्दिया र बाँके जिल्लामा संचालन गरिएको तराईका जिल्लामा भारी बर्षा र डुवान पुर्वानमानमा आधारित तयारी परियोजनाको दुबै जिल्लामा अनुगमन गरिएको छ । युके एड र स्टार्ट फण्ड नेपालको सहयोग तथा प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालन गरिएको सो परियोजनाको स्टार्ट फण्ड नेपालका कार्यक्रम ब्यबस्थापक प्रमिला सुबेदी, अगुमन तथा मुल्यांकन बिज्ञ राजु आचार्य र प्लान ईन्टरनेशनल नेपालका निमित्त बिपद् सल्लाहकार फुर्वा मोक्तान एवं कार्यक्रम ब्यबस्थापक अम्बिकाप्रसाद तिमिल्सेनाले अनुगमन गर्नुभयो । अनुगमन टोलीले सबैभन्दा पहिले जिल्ला आपत्कालीन संचालन केन्द्र बाँकेसँग छलफल गरेको थियो । उक्त छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ्ग, बिपद् फोकल पर्सन रुपन ज्ञवाली र नरैनापुर गाउँपालिकाका अध्य...
बाढी र डुबानबाट जोगाउन ‘कामका लागि नगद’ क्रियाक्लाप सञ्चालन

बाढी र डुबानबाट जोगाउन ‘कामका लागि नगद’ क्रियाक्लाप सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा स्थानीयलाई बाढी र डुबानबाट जोगाउन कामको लागि नगद क्रियाक्लाप सञ्चालन गरेको छ । युके एड र स्टार्ट फण्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले बाँके र बर्दियामा सञ्चालन गरेको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ अन्तर्गत गुलरिया नगरपालिकामा सो क्रियाक्लाप सञ्चालन गरिएको हो । गुलरिया ५ बालापुरमा सञ्चालन गरिएको कामका लागि नगद क्रियाक्लापमा सो स्थानका ३० जनाको सहभागिता रहेको जनाउँदै बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले उनिहरुले आफ्नो टोल क्षेत्रलाई बाढी र डुबानबाट जोगाउन पानी जम्न नदिन नालाहरु सफा गर्ने, सिंचाइ नहर र बाटोहरु सफा गरेर पानीको सहज निकासका लागि काम गरिरहेको बताउनुभयो । उहाँले यो कामका लागि नगद क्रियाक्लापले स्थानीय सम...
नेपालगन्जबाट एक करोड बढीको सुन र चाँदीसहित चारजना हिरासतमा

नेपालगन्जबाट एक करोड बढीको सुन र चाँदीसहित चारजना हिरासतमा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ ११ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले एक करोड रुपियाँ बढी मूल्यको अवैध सुनचाँदीका गरगहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले सुन ४०७ ग्राम, चाँदी १०.६१३ किलोग्राम र सवारीसाधन सहित एक करोड पाँच लाख तेत्तिस हजार चार सय सड्चालिस रुपियाँ मूल्यको गरगहना बरामद गरिएको जानकारी दिनुभयो । घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी डाँगीले भन्नुभयो, ‘नेपालगन्ज उप–महानगरपालिका ११ बीपी चोक आसपासमा सोमबार अवैध सुन चाँदीको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गरगहना सहित पक्राउ गरेको हो ।’ प्रहरीले बर्दिया राजापुर नगरपालिका ८ का नेपाली थारुले चलाएको प्रदेश ०३०१– ०२४ च ६७६३ नम्बर को कारमा रहेका राजापुर ४ का निम प्रकाश सुनारको सा...
प्लान इन्टरनेशनल नेपाल र गुलरिया नगरपालिकाबिच अन्तरक्रिया र छलफल

प्लान इन्टरनेशनल नेपाल र गुलरिया नगरपालिकाबिच अन्तरक्रिया र छलफल

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ७ । प्लान इन्टरनेशनल नेपालको एक उच्चस्तरीय टोलीले बर्दियाको भ्रमण गरेर गुलरिया नगरपालिकाका जनप्रतिनिधिहरुसंग विभिन्न परियोजनाका बारेमा अन्तरक्रिया र छलफल गरेको छ । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा रहेको सो टोली र बाँके युनेस्को क्लबको टोलीले संयुक्त रुपमा गुलरिया नगरपालिकामा पुगेर मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतसंग बैठक गरेर विभिन्न बिषयमा छलफल गरेको हो । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनसंगै प्लान इन्टरनेशनल नेपाल सुर्खेतका दुर्गा क्षेत्री र जनक गिरीको टोलीले गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, महिला तथा बालबालिका प्रमुख शीला शाह, शिक्षा शाखा प्रमुख सतीश यादव र विपद फोकल पर्सन मुकुन्द अर्यालसँग अन्तरक्रिया तथा छलफल गरेको थियो । प्लान इन...
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चार चिनिया पर्यटक र एक नेपाली पाइलटको मृत्यु

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चार चिनिया पर्यटक र एक नेपाली पाइलटको मृत्यु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचार एजेन्सी नेपालगन्ज, साउन २३ । बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो । गुर्जेभन्ज्याङको अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको छ । उनले भने, हेलिकप्टर खोल्सामा परेको छ । शव निकाल्न गाह्रो भइरहेको छ । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो । एयर डाइनेस्टीको ४ चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । दुर्घटनाको कारणबारे पत्ता लागेको छैन । उक्त ...
बाँके युनेस्को क्लबको ३५ औं साधारणसभा भव्य रुपमा सम्पन्न

बाँके युनेस्को क्लबको ३५ औं साधारणसभा भव्य रुपमा सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबले आफ्नो ३५औँ साधारणसभा तथा स्थापना दिवस भव्य रुपमा मनाएको छ । क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उदघाटन युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगका सदस्य हरिबंश किराँतले गर्नु भएको थियो । उदघाटन समारोहमा बोल्दै आयोगका सदस्य किराँतले बाँके युनेस्को क्लबले आफ्नो ३५ वर्षको यात्रा सफलतापूर्वक पुरा गरेको जनाउँदै सो अवधीमा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सुरक्षा र मानवताको क्षेत्रमा प्रशंसनीय योगदान गरेको बताउनुभयो । उहाँले क्लबले राम्रो काम गरेकोले देश विदेशसंगै स्थानीय समुदायमा पनि छु्ट्टै पहिचान बनाउन सफल भएको जनाउँदै सो अवधिमा हजारौं सिमान्तकृत र पिछिडिएका मानिसहरु लाभान्वित भएको बताउनुभयो । कार्यक्रममा बोल्दै नेपालगञ्ज उप–महानगरका उपमेयर कमरुद्दीन राई, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, राध...
प्रयाप्त बर्षा नहुँदा बाँकेमा ६० प्रतिशत रोपाइँ

प्रयाप्त बर्षा नहुँदा बाँकेमा ६० प्रतिशत रोपाइँ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, साउन ५ गते । प्रयाप्त बर्षा नहुँदा बाँकेमा हालसम्म ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार एक साताअघि पानी परे पनि त्यसयता प्रयाप्त बर्षा नहुँदा रोपाइँ सुस्त गतिमा भइरहेको छ । गत साता केही दिन राम्रो बर्षा भए पनि रोकिएपछि पानीको अभाव हुँदा रोपाइँ सुस्त हुन गई हालसम्म ६० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका कार्यवाहक प्रमुख रामप्रकाश यादवले बताउनुभयो । उहाँले गत साता भएको बर्षालाई हेर्दा साउन पहिलो हप्तामा रोपाइँ सम्पन्न हुने अनुमान गरिएकोमा थप बर्षा नहुँदा रोपाइँ सम्पन्न हुन अझै केही समय लाग्ने बताउनुभयो । जिल्लामा सबैभन्दा बढी रोपाइँ राप्तीसोनारी गाउँपालिकामा भएको जनाउँदै कार्यवाहक प्रमुख यादवले सो पालिकामा हालसम्म ८० प्रतिशत रोपाइँ भइसकेको बताउनुभयो । त्यस्तै, जानकी, खजुरा तथा बैजनाथमा ५० देखि ६० प्रतिशतको हाराहारीमा रोपाइ...
बाँकेका पाँच गाउँपालिकामा ‘पोषण’ परियोजना सञ्चालन

बाँकेका पाँच गाउँपालिकामा ‘पोषण’ परियोजना सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, साउन ४ । बाँके जिल्लाका पाँचवटा गाउँपालिकामा सिमान्तकृत समुदायका आमा र बच्चाको स्वास्थ्यमा सुधारकालागि पोषण परियोजना सञ्चालन गरिएको छ । केयर नेपाल र आइडीइ नेपालको सहकार्यमा भेरी वातावरणीय बिशिष्टता समुह बि ग्रुपद्धारा सञ्चालन गरिएको सो परियोजनाको बारेमा स्थानीय सरकार लगायत बिभिन्न सरोकारवालाहरुलाई जानकारी गराउन शुक्रवार नेपालगन्जमा शुभारम्भ बैठकको आयोजना गरियो । बैठकको सहजीकरण गर्दै बि ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले बाँकेका राप्ती सोनारी, बैजनाथ, खजुरा, डुडुवा र जानकी गाउँपालिकामा सो परियोजना सञ्चालन गरिएको जनाउँदै परियोजनाबाट ती पालिकाका सिमान्तकृत समुदायका आमा र बालबालिकाको स्वास्थ्यमा सुधार हुने बिश्वास व्यक्त गर्नुभयो । बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरील...