समाचारदाता
नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा स्थानीयलाई बाढी र डुबानबाट जोगाउन कामको लागि नगद क्रियाक्लाप सञ्चालन गरेको छ ।
युके एड र स्टार्ट फण्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले बाँके र बर्दियामा सञ्चालन गरेको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ अन्तर्गत गुलरिया नगरपालिकामा सो क्रियाक्लाप सञ्चालन गरिएको हो ।
गुलरिया ५ बालापुरमा सञ्चालन गरिएको कामका लागि नगद क्रियाक्लापमा सो स्थानका ३० जनाको सहभागिता रहेको जनाउँदै बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले उनिहरुले आफ्नो टोल क्षेत्रलाई बाढी र डुबानबाट जोगाउन पानी जम्न नदिन नालाहरु सफा गर्ने, सिंचाइ नहर र बाटोहरु सफा गरेर पानीको सहज निकासका लागि काम गरिरहेको बताउनुभयो ।
उहाँले यो कामका लागि नगद क्रियाक्लापले स्थानीय सम...
समाचारदाता
नेपालगन्ज, भदौ ११ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले एक करोड रुपियाँ बढी मूल्यको अवैध सुनचाँदीका गरगहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले सुन ४०७ ग्राम, चाँदी १०.६१३ किलोग्राम र सवारीसाधन सहित एक करोड पाँच लाख तेत्तिस हजार चार सय सड्चालिस रुपियाँ मूल्यको गरगहना बरामद गरिएको जानकारी दिनुभयो ।
घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी डाँगीले भन्नुभयो, ‘नेपालगन्ज उप–महानगरपालिका ११ बीपी चोक आसपासमा सोमबार अवैध सुन चाँदीको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गरगहना सहित पक्राउ गरेको हो ।’
प्रहरीले बर्दिया राजापुर नगरपालिका ८ का नेपाली थारुले चलाएको प्रदेश ०३०१– ०२४ च ६७६३ नम्बर को कारमा रहेका राजापुर ४ का निम प्रकाश सुनारको सा...
समाचारदाता
नेपालगन्ज, भदौ ७ । प्लान इन्टरनेशनल नेपालको एक उच्चस्तरीय टोलीले बर्दियाको भ्रमण गरेर गुलरिया नगरपालिकाका जनप्रतिनिधिहरुसंग विभिन्न परियोजनाका बारेमा अन्तरक्रिया र छलफल गरेको छ ।
प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा रहेको सो टोली र बाँके युनेस्को क्लबको टोलीले संयुक्त रुपमा गुलरिया नगरपालिकामा पुगेर मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतसंग बैठक गरेर विभिन्न बिषयमा छलफल गरेको हो ।
प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनसंगै प्लान इन्टरनेशनल नेपाल सुर्खेतका दुर्गा क्षेत्री र जनक गिरीको टोलीले गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, महिला तथा बालबालिका प्रमुख शीला शाह, शिक्षा शाखा प्रमुख सतीश यादव र विपद फोकल पर्सन मुकुन्द अर्यालसँग अन्तरक्रिया तथा छलफल गरेको थियो ।
प्लान इन...
समाचार एजेन्सी
नेपालगन्ज, साउन २३ । बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।
गुर्जेभन्ज्याङको अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको छ । उनले भने, हेलिकप्टर खोल्सामा परेको छ । शव निकाल्न गाह्रो भइरहेको छ ।
उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो । एयर डाइनेस्टीको ४ चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।
दुर्घटनाको कारणबारे पत्ता लागेको छैन । उक्त ...
समाचारदाता
नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबले आफ्नो ३५औँ साधारणसभा तथा स्थापना दिवस भव्य रुपमा मनाएको छ ।
क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उदघाटन युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगका सदस्य हरिबंश किराँतले गर्नु भएको थियो ।
उदघाटन समारोहमा बोल्दै आयोगका सदस्य किराँतले बाँके युनेस्को क्लबले आफ्नो ३५ वर्षको यात्रा सफलतापूर्वक पुरा गरेको जनाउँदै सो अवधीमा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सुरक्षा र मानवताको क्षेत्रमा प्रशंसनीय योगदान गरेको बताउनुभयो ।
उहाँले क्लबले राम्रो काम गरेकोले देश विदेशसंगै स्थानीय समुदायमा पनि छु्ट्टै पहिचान बनाउन सफल भएको जनाउँदै सो अवधिमा हजारौं सिमान्तकृत र पिछिडिएका मानिसहरु लाभान्वित भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उप–महानगरका उपमेयर कमरुद्दीन राई, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, राध...
सिराज खान
नेपालगन्ज, साउन ५ गते । प्रयाप्त बर्षा नहुँदा बाँकेमा हालसम्म ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार एक साताअघि पानी परे पनि त्यसयता प्रयाप्त बर्षा नहुँदा रोपाइँ सुस्त गतिमा भइरहेको छ ।
गत साता केही दिन राम्रो बर्षा भए पनि रोकिएपछि पानीको अभाव हुँदा रोपाइँ सुस्त हुन गई हालसम्म ६० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका कार्यवाहक प्रमुख रामप्रकाश यादवले बताउनुभयो ।
उहाँले गत साता भएको बर्षालाई हेर्दा साउन पहिलो हप्तामा रोपाइँ सम्पन्न हुने अनुमान गरिएकोमा थप बर्षा नहुँदा रोपाइँ सम्पन्न हुन अझै केही समय लाग्ने बताउनुभयो ।
जिल्लामा सबैभन्दा बढी रोपाइँ राप्तीसोनारी गाउँपालिकामा भएको जनाउँदै कार्यवाहक प्रमुख यादवले सो पालिकामा हालसम्म ८० प्रतिशत रोपाइँ भइसकेको बताउनुभयो । त्यस्तै, जानकी, खजुरा तथा बैजनाथमा ५० देखि ६० प्रतिशतको हाराहारीमा रोपाइ...
समाचारदाता
नेपालगन्ज, साउन ४ । बाँके जिल्लाका पाँचवटा गाउँपालिकामा सिमान्तकृत समुदायका आमा र बच्चाको स्वास्थ्यमा सुधारकालागि पोषण परियोजना सञ्चालन गरिएको छ ।
केयर नेपाल र आइडीइ नेपालको सहकार्यमा भेरी वातावरणीय बिशिष्टता समुह बि ग्रुपद्धारा सञ्चालन गरिएको सो परियोजनाको बारेमा स्थानीय सरकार लगायत बिभिन्न सरोकारवालाहरुलाई जानकारी गराउन शुक्रवार नेपालगन्जमा शुभारम्भ बैठकको आयोजना गरियो ।
बैठकको सहजीकरण गर्दै बि ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले बाँकेका राप्ती सोनारी, बैजनाथ, खजुरा, डुडुवा र जानकी गाउँपालिकामा सो परियोजना सञ्चालन गरिएको जनाउँदै परियोजनाबाट ती पालिकाका सिमान्तकृत समुदायका आमा र बालबालिकाको स्वास्थ्यमा सुधार हुने बिश्वास व्यक्त गर्नुभयो ।
बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरील...
समाचारदाता
नेपालगन्ज, असार ३१ । लुम्विनी प्रदेशका निवर्तमान कृषि तथा भूमि ब्यवस्था मन्त्री भण्डारीलाल अहिरले बाँके क्षेत्र नं. २ प्रदेश क मा लुम्विनी प्रदेश सरकारको बजेटबाट सम्पन्न भएका योजनाहरुको अनुगमन गर्नु भएको छ ।
आर्थिक वर्ष ०८०÷८१ मा संचालन भएका योजनाको अवस्थाको जानकारी लिन निवर्तमान मन्त्री यादवले अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा निर्माण कार्यहरु सन्तोषजनक पाईएको उहाँले बताउनुभयो ।
निवर्तमान मन्त्री यादवले डुडुवा गाउँपालिका २ बेतहनी बजारदेखि छोटी भन्सार जोड्ने एक किलोमिटर सडक एक करोडको लागतमा कालोपत्रे गरिएको जनाउँदै डुडुवा गाउँपालिका २ बिनय लोनियाको घरदेखि नौरीगौढीसम्म नालासहित पिसीसी निर्माण भएको बताउनुभयो । क्रमागत योजना अन्तरगत उक्त नाला र पिसिसिका लागि २० लाख बजेट विनियोजन भएको थियो ।
त्यसैगरी, डुडुवा गाउँपालिका ३ हलवलडोली गाउँमा २० लाख रुपियाँमा पिसीसी गरिएको छ ...
समाचारदाता
नेपालगन्ज, असार २६ गते । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लामा चालु आर्थिक वर्षमा गरेका विभिन्न कार्यहरुको अवस्था बारे जानकारी लिनका लागि बुधवार संयुक्त अनुगमन तथा मुल्यांकन कार्यक्रम गरेको छ ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रमुखहरुको सहभागितामा सो अनुगमन तथा मुल्यांकन कार्यक्रम सम्पन्न गरियो ।
अनुगमनमा निस्कनु अघि कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमद खाँले कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा गरेका विभिन्न कार्यक्रमहरुको जानकारी गराउँदै प्रगति बिवरण प्रस्तुत गर्नुभयो ।
त्यसपछि अनुगमन टोलीले डुडुवा ६ बल्दीपुरवामा रहेको बल्दिपुरवा कृषि सहकारी संस्थामार्फत किसानहरुलाई प्रदान गरिएका विभिन्न कृषि उपकरणहरुको उपादयता बारे जानकारी लिएको थियो ।
सो अवसरमा बल्दिपुरवा कृषि सहकारी संस्थाका अध्यक्ष उमेश...
समाचारदाता
नेपालगन्ज, असार ६ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका अति विपन्न युवा महिलाहरुलाई हरित उद्यम सञ्चालन गरेर वातावरण संरक्षणमा योगदान दिन स्टार्टअप सहयोग बितरण गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत युवा महिलाहरुलाई उद्यममा लगाउन सो सहयोग बितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले दुबै नगरपालिकाका युवा महिलालाई अर्गानिक तरकारी खेती, गड्यौला मल उत्पादन र हस्तकलाका सामाग्री उत्पादनका लागि नगद भाउचर (सिभिए) मार्फत स्टार्टअप सहयोग बितरण गरिएको बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकामा गड्यौला मल उत्पादन गर्ने ६ जना युवा महिला र हस्तकला सामाग्री बनाउने ९ जना युवा महिलालाई उनिहरुले रोजेको सम्बन्धित उद्यमका लागि आवश्यक पर्ने सामाग्रीहरु नगद भाउचर मार्फत...