२ माघ २०८२, बिहीबार

अर्थ

कतार च्यारिटीको सहयोगमा बाँके युनेस्कोद्धारा अतिविपन्न ३२० परिवारलाई खाद्यान्न वितरण

कतार च्यारिटीको सहयोगमा बाँके युनेस्कोद्धारा अतिविपन्न ३२० परिवारलाई खाद्यान्न वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, फागुन २६ । रमजान पर्वलाई ध्यानमा राखेर मुस्लिम समुदायका अति बिपन्न ३२० परिवारलाई बाँके युनेस्को क्लबले खाद्यान्न सामाग्री बितरण गरेको छ । कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले शनिवार यहाँ आयोजना गरिएको एक कार्यक्रममा बाँकेका विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो । सो कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुना, कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब साइद अल्मर्री र कतार च्यारिटी नेपालका कन्ट्री डायरेक्टर मोहम्मद वकासले संयुक्त रुपमा खाद्यान्न वितरणको शुरुवात गर्नुभयो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले अतिविपन्न परिवारको छनोट गरेर रमजानका लागि खाद्यान्न वितरण गरिनु निकै सराहनीय कार्य भएको जनाउँदै यसबाट चाडपर्व मनाउन सहज हुने बताउनुभयो । उक्त...
प्रदेश कृषि मन्त्री यादवद्धारा कतार च्यारेटीको सहयोगको साना सिँचाइ आयोजना अनुगमन

प्रदेश कृषि मन्त्री यादवद्धारा कतार च्यारेटीको सहयोगको साना सिँचाइ आयोजना अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, फागुन २२ । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले कतार च्यारिटी नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा खजुरा गाउँपालिकामा सञ्चालित साना सिँचाइ आयोजनाहरुको अनुगमन गर्नु भएको छ । किसानको खेतबारीमै पुगेर अनुगमन गर्नु भएका मन्त्री यादवले आर्थिक अनुकुलनका लागि खाद्यान्न उत्पादन बढाउन कृषक समूहलाई पशुपन्छी तथा अन्य कृषि उपकरण सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । उहाँले सिँचाइ आयोजनाले गर्दा खेतमा उत्पादन भएका टमाटर, काँक्रो, खुर्सानी, मेवा, करेला, लौका हरियो मटर जस्ता विभिन्न प्रकारका तरकारीको अवलोकन पनि गर्नुभयो । विदेशी दातृ निकायको सहयोगको राम्रो सदुपयोग गरिएको पाईएको जनाउँदै उहाँले प्रदेश सरकारले पनि किसानलाई उत्पादन बढाउन विभिन्न सहयोग गर्ने योजनाहरु बनाईरहेको बताउनुभयो । अनुगमनअघि मन्त्री यादवले आयोजनाका लाभार्थी किसानहरूसँ...
हरित परियोजनाका लागि राजापुर र ठाकुरद्धारामा लाभग्राही युवा महिला छनोट

हरित परियोजनाका लागि राजापुर र ठाकुरद्धारामा लाभग्राही युवा महिला छनोट

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदता नेपालगन्ज, फागुन १५ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा हरित अर्थतन्त्र परियोजना कार्यान्वयन गरिरहेको छ । क्लबका मुख्य संरक्षक परवेज अली सिद्दिकीले यस परियोजनाको अन्तिम लक्ष्य १८–२४ वर्ष उमेर समूहका युवा महिलाहरूको लागि सशक्तिकरण र रोजगारी सिर्जना गर्नु भएको बताउनुभयो । उहाँले यो परियोजनाले वातावरण प्रदूषण, ग्लोबल वार्मिंग र जैविक विविधता ह्रासलाई कम गर्दै हरित व्यापार र उद्यमहरूलाई बढावा दिने बताउनुभयो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले परियोजनामा सहभागि गराउने युवा महिलाको छनोटका लागि दुबै पालिकाका युवतीलाई अन्तरवार्तामा सहभागी गराइएको बताउनुभयो । अन्तर्वार्ता लिने कार्य राजापुर नगरपालिकाका रोजगार सहायक यमकुमार परियार, उद्यम विकास सहजकर्ता पूर्णबहादुर ओली र बाँके युनेस्को क्लबका परियोजना अधि...
नेपालगन्ज ५ का दुईसय विपन्न परिवारलाई वडा कार्यालयद्धारा ग्यास चुल्हो वितरण

नेपालगन्ज ५ का दुईसय विपन्न परिवारलाई वडा कार्यालयद्धारा ग्यास चुल्हो वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन ९ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ ले आफ्नो वडा भित्रका २०० अति विपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुल्हो वितरण गरेको छ । वडा भित्र रहेको विपन्न र गरिबलाई खाना पकाउन सहज र सरल होस भन्ने उदेश्यका साथ २०० परिवारलाई खाना पकाउने ग्यास चुल्हो वितरण गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खानले बताउनुभयो । उहाँले आफ्नो वडाको बाबा मजार टोल, कसाईमण्डी, आँखा अस्पताल रोड, बेहना टोल, रामनगर रोड, एमपी स्कुल रोड, साई मार्ग, भट्टा टोल र जडिबुटी कार्यालय पछाडीको टोलमा बस्ने विपन्न र गरिब परिवारलाई ग्यास चुल्हो वितरण गरिएको बताउनुभयो । वितरण गरिएको सामानहरुमा ग्यास चुल्होसंगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटर समेत सबैलाई वितरण गरिएको नेपालगन्ज उपमहानगरको वडा नम्बर ५ को कार्यालयले जनाएको छ । वडावासीको कुनै पनि समस्या पर्दा सधैं जनसेवामा हाजिर रहने वडा ...
बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको किक अफ मिटिंग सम्पन्न

बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको किक अफ मिटिंग सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, माघ १७ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दियाका दुई पालिकामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको ‘किक अफ मिटिङ’ सम्पन्न भएको छ । बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिका गरी दुईवटा नगरपालिकालाई समेटेर राजापुर नगरपालिकामा आयोजना गरिएको ‘किक अफ मिटिङ’ कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा विनियोजित बजेटसहितका सान्दर्भिक गतिविधिहरू सहितको लक्ष्य र उद्देश्य प्रस्तुत गरी हरित रोजगारी, उद्यमबाट रोजगारीका अवसर सिर्जना गर्ने र हरित वातावरणमा योगदान पु¥याउन युवा युवतीहरूको सीप विकास गर्ने विषयमा विस्तृत छलफल भएको थियो । सो अवसरमा राजापुर नगरपालिकाका मेयर दिपेश थारुले वातावरण दिनप्रतिदिन बिग्रँदै गएको कारण जलवायु परिवर्तन र बढ्दै गएको ग्लोबल वार्मिङले अन्ततः पृथ्वीमा रहेका...
२० लाखका अवैध सामान सशस्त्र प्रहरीद्धारा नियन्त्रणमा

२० लाखका अवैध सामान सशस्त्र प्रहरीद्धारा नियन्त्रणमा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, माघ २ गते । भारतबाट हुने चोरी तस्करी लगायत विभिन्न अवैध गतिविधि नियन्त्रणका लागि सीमानामा खटिएको सशस्त्र प्रहरीले निरन्तर चोरी तस्करीका सामान बरामद गरेर नियन्त्रण अभियानलाई जारी राखेको छ । दैनिकजसो भारतबाट अवैध रुपमा भित्रिएका मालसामान बरामद गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँके र मातहतका युनिटहरुले पछिल्लो पटक फेरी २० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं.३० गण बागेश्वरी बाँकेका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक महेन्द्र भारतीले दिनु भएको जानकारी अनुसार सशस्त्र प्रहरीको बागेश्वरी गण र मातहतका युनिटहरुद्वारा बाँके जिल्लाका विभिन्न स्थानहरुबाट काँस तथा पित्तलका भाँडा वर्तन, मोटरसाइकल सहित मोटरसाईकल पार्टस, लत्ताकपडा, किराना सामानहरु, फलफुल तथा विरुवाहरु र गाडी सहित अवैध कुखुराहरु गरी २० लाख भन्दा ब...
कतार च्यारिटीद्धारा दिईएको तीन महिने सिलाई कटाई तालिम सम्पन्न, मेसिनसहित सामाग्री वितरण

कतार च्यारिटीद्धारा दिईएको तीन महिने सिलाई कटाई तालिम सम्पन्न, मेसिनसहित सामाग्री वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस २५ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागि विपन्न, एकल र उत्पिडित महिलाहरुलाई सिलाई मेसिन सेटसहित विभिन्न औजारहरु वितरण गरिएको छ । दलित, मधेसी, मुस्लिम, जनजाति लगायतका अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको नेपाल एकीकृत विकास परियोजना दुई अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको थियो । तालिममा २३ जना अति विपन्न, एकल महिला र सामाजिक रुपमा उत्पिडित महिलाहरुको सहभागिता रहेको थियो । क्लबका वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंगको अध्यक्षतामा सम्पन्न भएको तालिमको समापन समारोहमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले सहभागिहरुलाई म...
पेशागत स्वास्थ्य सहयोग परियोजनाबाट ६ सय किसान र सफाईकर्मी परिवार प्रत्यक्ष लाभान्वित

पेशागत स्वास्थ्य सहयोग परियोजनाबाट ६ सय किसान र सफाईकर्मी परिवार प्रत्यक्ष लाभान्वित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
परियोजनाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई सम्पन्न समाचारदाता नेपालगन्ज, पुस १४ । एमडीएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपद्धारा बाँकेका तीन वटा पालिकामा सञ्चालन गरिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । कार्यक्रममा सहभागि नेपालगन्ज उपमहानगर, डुडुवा र खजुरा गाउँपालिकाका स्थानीय सरकारका प्रतिनिधिहरु, विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रम निकै महत्वपुर्ण रहेकोले यसलाई जिल्ला भरि विस्तार गर्नुपर्ने माग गरेका थिए । परियोजनाले सानो अवधीमा सरसफाईकर्मी र किसानको पेशागत सुरक्षा र स्वास्थ्यमा विशेष योगदान गरेकोले यस्ता परियोजना हरेक पालिकामा आवश्यक रहेको सहभागि सबेकौ भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले नेपालगन्जका ...
बाँकेमा ३३ करोडको कागज प्रशोध उद्योग निर्माण प्रक्रिया शुरु, शेयर सदस्यता वितरण

बाँकेमा ३३ करोडको कागज प्रशोध उद्योग निर्माण प्रक्रिया शुरु, शेयर सदस्यता वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, पुस ९ गते । बाँकेमा कागज प्रशोधन उद्योग निर्माणको तयारी अगाडी बढाइएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले एक्सीलेन्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग निर्माणको तयारी अगाडी बढाएको हो । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुरमा आयोजना गरेको विशेष भेला तथा शेयर सदस्यता वितरण कार्यक्रममा एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले उद्योग निर्माण प्रक्रिया अगाडी बढाइएको बताउनुभयो । कार्यक्रममा ५१ जनालाई प्रालिको शेयर सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल र एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष भण्डारीले सो कार्यक्रममा शेयर सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडे...
बाँके युनेस्कोद्धारा खजुरा र नरैनापुरका किसानलाई साना सिंचाई सुविधा हस्तान्तरण

बाँके युनेस्कोद्धारा खजुरा र नरैनापुरका किसानलाई साना सिंचाई सुविधा हस्तान्तरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस ७ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको नेपाल एकीकृत विकास परियोजना २ अन्तर्गत विपन्न र गरिब किसान समुहको खाद्यान्न उत्पादन र तरकारी खेतीमा संलग्नता आयस्तर बढाउने उद्देश्यले साना सिँचाइ सुविधा प्रदान गरिएको छ । खजुरा गाउँपालिकाको वडा नं २ र ३ मा २ थान र नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ र ६ मा ४ थान गरी कुल ६ वटा सिँचाइ सुविधा जडान गरेर किसान समुहलाई हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । बाँके युनेस्को क्लबले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, पूर्व अध्यक्ष राजेन्द्र चौधरी, बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी लिमिटेडकी कमला न्यौपाने र कार्यक्रम संयोजक बिनिता आर.सी. लगायत...