२६ जेष्ठ २०८३, मंगलवार

ताजा-अपडेट

देउसी भैलोको रकमबाट १५० विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

देउसी भैलोको रकमबाट १५० विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २६ कात्तिक । कोहलपुर ग्यालरीले साँस्कृतिक कार्यक्रम मार्फत देउसी भैलो खेलेर संकलन गरेको रकमबाट विपन्न विद्यार्थिहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरेको छ । ग्यालरीले सामाजिक कार्यमा खर्च गर्ने गरि देउसी भैलोबाट संकलन गरेको रकम मध्येबाट नेपाल राष्ट्रिय प्राथमिक विद्यालय,कोहलपुर १३ सिमरीका विपन्न विद्यार्थिहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरेको कोहलपुर ग्यालरीका अध्यक्ष सरोजराज शाहीले बताउनुभयो । अध्यक्ष शाहीका अनुसार सो विद्यालयका १५० जना विद्यार्थिलाई कपी, कलम, पेन्सिल, कटर र मास्क लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । सो अवसरमा विद्यार्थिलाई ग्यालेरीका अध्यक्ष शाही, ग्यालेरीका अन्य सदस्यहरु तथा विद्यालयका शिक्षकहरुले शैक्षिक सामाग्री विद्यार्थिलाई हस्तान्तरण गर्नु भएको थियो । ग्यालरीले संकलन गरेको ६५ हजारु रुपियाँ मध्ये खर्च कटाएर ५५...
२३९ जना अनाधिकृत क्रियाशिल सदस्य थपिएको भन्दै बाँके काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

२३९ जना अनाधिकृत क्रियाशिल सदस्य थपिएको भन्दै बाँके काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २४ कात्तिक । नेपाली काँग्रेस बाँकेको निर्वाचन प्रक्रिया शुरु गरिए लगत्तै सो पार्टीको जिल्ला कार्यालयमा बुधवार असन्तुष्ट पक्षले ताला बन्दी गरेको छ । शुरुदेखिनै विवादमा रहेको निर्वाचन क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता वितरणमा जालझेल गरिएको आरोप लगाउँदै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला लगाएको हो । सदस्यता नविकरणका नाममा २३९ जना अनाधिकृत पार्टी सदस्य थपिएकोले आफुहरुले बाध्य भएर तालाबन्दी गर्नु परेको काँग्रेसका युवा नेता पोषण केसीले बताउनुभयो । उहाँले ताला लगाउनुपर्ने कारण खुलाउँदै यही अवस्थामा निर्वाचन हुन नसक्ने प्रष्ट पार्दै यी सदस्यको छिनोफानो गरेरमात्रै निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने बताउनुभयो । काँग्रेस महाधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन गरिसक्नुपर्ने गरि निर्वाचन अधिकृत मंगलवारमात्रै नेपालगञ्ज आइपुगेका थिए । उ...
कोहलपुरको बिकास बारे संघिय र प्रदेश सरकार लाई ध्यानाकर्षण गराइयो

कोहलपुरको बिकास बारे संघिय र प्रदेश सरकार लाई ध्यानाकर्षण गराइयो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरको एक टोलिले बिभिन्न मन्त्रालयमा पुगेर कोहलपुरको बिकास बारे मन्त्रीहरुको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपाने नेतृत्वको टोलिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, संघिय सरकारका अर्थमन्त्री जर्नादन शर्मा, शिक्षा मन्त्री देबेन्द्र पौडेल, भुमिसुधार मन्त्री शशी श्रेष्ठलाई भेट गरि कोहलपुर क्षेत्रको समग्र बिकास बारे ध्यानाकर्षण गराएको हो । टोली नेता न्यौपानेका अनुसार संघियताको मर्म अनुसार भुमिसुधार र नापी कार्यालयको काम कार्यवाही स्थानिय तह बाट गर्ने गरी अबिलम्ब व्यवस्था मिलाउन माग गरिएको छ । साथै देशभर रहेको भुमि समस्या समाधानका लागी भुमी आयोगको काम लाई प्रभावकारी ढंगले अगाडी बढाएर भुमिहीन तथा अव्यवस्थीत बसोवासीलाई जग्गा धनि प्रमाण पुर्जा बितरण गर...
कोहलपुरबाट सौराहा घुम्न गएका यात्रु बोकेको बस दुर्घटना हुँदा ४६ यात्रु सामान्य घाइते

कोहलपुरबाट सौराहा घुम्न गएका यात्रु बोकेको बस दुर्घटना हुँदा ४६ यात्रु सामान्य घाइते

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २४ कात्तिक । कोहलपुरबाट सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेर दुर्घटना हुँदा बसमा सवार ४६ जना सामान्य घाइते भएका छन् । सौराहा घुम्न गएका यात्रु बोकेको भे २ ख २८३६ नम्बरको रिजर्भ बस बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको थियो । बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिनुभएको छ । उहाँले बसभित्रबाट प्रहरीले उद्दार गरेका ४६ जना यात्रुको अवस्था सामान्य रहेको जनाउँदै दुर्घटनाका बारेमा बसका चालकसँग सोधपुछ गरिएको बताउनुभयो । प्रहरीका अनुसार चालक पनि सामान्य घाइते छन् । उनलाई च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको थियो । बसका चालक रमेशकुमार कर्णले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको ह...
बघौडाबासीले प्रदेशमन्त्री र सांसदसंग उज्यालोको खुशी साटे

बघौडाबासीले प्रदेशमन्त्री र सांसदसंग उज्यालोको खुशी साटे

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रदीप वाग्ले नेपालगञ्ज, २४ कात्तिक । बाँके जिल्लाको कर्णाली प्रदेशका रुपमा चिनिने राप्ती सोनारी र नरैनापुरबासीले उज्यालो पर्व तिहारका अवसरमा पहिलो पटक बिजुली उपभोग गर्न पाएकोमा खुशि व्यक्त गरेका छन । तिहार लगतै सो क्षेत्रमा समग्र बिकासको सम्भावना बारे अन्र्तक्रिया गर्न पुगेको लुम्बिनी प्रदेशका आन्तरीक मामला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमाल, सोही क्षेत्रकी प्रदेश सांसद कृष्णा केसी नमुना संग उनिहरुले यस पटकको तिहार आफुहरुका लागी ऐतिहासीक भएको सुनाए । तेलको बत्ति दियोको भरमा दिपावली गरेका उनिहरुले यसपटक बिजुली बत्तिको सहयोगले घर नै उज्यालो बनाउन पाउदा निकै खुसी भएको बताएको प्रदेश सांसद कृष्णा केसी नमुनाले जानकारी दिनुभयो । बिजुलीको पोल गाडेको झण्डै दुई दशक पछि राप्ती सोनारी र नरैनापुर क्षेत्रमा बिद्युत सेवा पुरयाउन सफल भएको सांसद केसीले जानकारी दिनुभयो । पछिल्लो २ बर्षमा कोरोनाको कहरक...
लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री हिमालद्धारा नरैनापुर सीमानाको निरिक्षण

लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री हिमालद्धारा नरैनापुर सीमानाको निरिक्षण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २३ कात्तिक । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमालले मंगलवार बाँकेको नरैनापुरको नेपाल भारत सीमानाको सुईया नाका क्षेत्रको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँले नाकामै पुगेर त्यहाँको सुरक्षा अवस्था बुझ्नुका साथै सुरक्षाकर्मीहरुसंग छलफल समेत गर्नु भएको थियो । प्रदेश सभाका सभासद कृष्णा केसी नमुनाको आग्रहमा नरैनापुर र राप्तीसोनारी गाउँपालिकाको अवलोकन भ्रमणमा जानु भएका मन्त्री हिमालले मटैहियामा निर्माण भैरहेको इलाका प्रहरी कार्यालयको भवनको समेत निरिक्षण गरेर आवश्यक निर्देशन दिनु भएको थियो । सो अवसरमा उहाँले नेकपा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुलाई समेत भेटेर उनिहरुसंग छलफल गर्नु भएको र सो क्षेत्रका सर्वसाधारणका कुराहरु सुन्नु भएको नेकपा माओवादी केन्द्र नरैनापुरले जनाएको छ । सो अवसरमा बाँकेका प्रमुख जिल्ल...
भारतबाट अवैध रुपमा भित्रयाईरहेको ८७ हजारको सामान प्रहरीद्धारा बरामद

भारतबाट अवैध रुपमा भित्रयाईरहेको ८७ हजारको सामान प्रहरीद्धारा बरामद

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २३ कात्तिक । अवैध रुपमा भारतबाट राजस्व छलेर सामान भित्रयाउनेहरु विरुद्ध सक्रिय रहेको बाँके प्रहरीले मंगलवार पनि नेपालगञ्जबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका ८७ हजार रुपियाँ भन्दा बढीका कस्मेटिकका सामान बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेका ८७ हजार ६ सय पन्ध्र रुपियाँ बराबरका कस्मेटिकका सामानहरु नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ । प्रहरीले सक्रियता बढाएसंगै पछिल्लो समयमा दिनदिनै भारतबाट भन्सार छली गरी चोरी निकासी गरेर नेपाल ल्याउदै गरेका विभिन्न सामाग्रीहरु बरामद गर्दै आएको छ । तर, सामान ल्याउने अधिकांश तस्कर भने प्रहरीको फन्दामा पर्ने गरेका छैनन् । सामान बरामद हुनु तर तस्क...
बाँके काँग्रेसको निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत भट्टराई नेपालगञ्ज पुगे

बाँके काँग्रेसको निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत भट्टराई नेपालगञ्ज पुगे

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २३ कात्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा खटिएका निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराई निर्वाचन गराउनका लागि नेपालगञ्ज पुग्नु भएको छ । उहाँले नेपालगञज पुगे लगत्तै काँग्रेस बाँकेको कार्यालयमा नेता कार्यकर्ताहरुसंग भेटघाट गर्नुभएको छ । सो अवसरमा बोल्दै उहाँले पार्टीको निर्वाचनलाई सफल पार्ने सबैको दायित्व भएको जनाउँदै कांग्रेसका सबै क्रियाशिल सदस्य, नेतृत्व वर्ग र भातृ तथा शुभेच्छुक संस्थाले सहयोग गर्नुपर्ने जिकिर गर्नुभयो । बाँकेमा अधिवेशन ढिलो भएपनि राम्ररी सम्पन्न गराएमा यसले देशभर राम्रो र सकारातमक सन्देश जाने निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो । निर्वाचन अधिकृत भट्टराईलाई नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले खादा ओढाएर स्वागत गर्नु भएको थियो । सो क्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू(संरक्षण मन्त्र...
अधिकारीलाई ठक्कर दिने कारका नक्कली चालक प्रहरीमा पुगे, असली फरार

अधिकारीलाई ठक्कर दिने कारका नक्कली चालक प्रहरीमा पुगे, असली फरार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २३ कात्तिक । बाँकेको कोहलपुर–१४ हवल्दारपुरमा पैदल रहेका विनोद अधिकारीलाई ठक्कर दिएर फरार भएको बा ०१–०२५ च ८८–३९ नम्बरको स्कोडा कारलाई दुर्घटनाको १२ घण्टापछि प्रहरीले फेला पारेपनि सो कार चलाउने चालक भने अझै फरार रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले दिनु भएको जानकारी अनुसार अधिकारीलाई ठक्कर दिने कारका मालिक सरोज हमाल रहनु भएको र दुर्घटनाको समयमा उक्त कारलाई उहाँको छोरा अनिश हमालले चलाउनु भएको बुझिएको बताउनुभयो । तर, विजय ढुंगेल भन्ने एकजनाले आफुलाई सो कारको चालक बताउँदै प्रहरी कार्यालयमा आएको जनाउँदै डीएसपी खनालले ढुंगेल नक्कली चालक रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनुभयो । उहाँले गाडी चलाउने हमालको खोजी भैरहेको पनि बताउनुभयो । अधिकारीलाई ठक्कर दिएर बेपत्ता भएको कारलाई १२ घण्टाको मिहिनेतपछि राप्तीस...
श्रृंगार पसलमा रहस्यमय आगलागि, १८ लाख भन्दा बढीको क्षति

श्रृंगार पसलमा रहस्यमय आगलागि, १८ लाख भन्दा बढीको क्षति

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २३ कात्तिक २३ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको एक श्रृंगार पसलमा रहस्यमय तरिकाले आगलागि हुँदा १८ लाख भन्दा बढीको क्षति भएको छ । वडा नम्बर ३ एकलैनी बजारको शिव मन्दिर नजिकै रहेको हारुन श्रृंगार पसलमा आइतवार विहान ५ बजे लागेको आगोबाट सोही पसलका चारवटा सटरमा आगलागि हुँदा कास्मेटिक र चुराहरु गरेर सबै जलेर खरानी भएको छ । आगो लागेको खबर पुग्ने वित्तिकै दमकल, प्रहरी र स्थानीयले घट्नास्थलमा पुगेर आगो निभाएका थिए । चारवटा सटरमा रहेका सबै सामान जलेर खरानी हुँदा १८ लाख भन्दा बढीको क्षति हुन पुगेको हारुन श्रृंगार पसलका सञ्चालक हारुन हलवाईले बताउनुभयो । उहाँले बिद्युतबाट आगलागि हुने डरले पसल बन्द गर्ने बेलामा सधैं विद्युतको एमसीबी बन्द गरेर जाने गरेकोमा आफ्नो पसलमा सर्ट सर्किट नभई कसैले आगो लगाएको आशंका व्यक्त गर्नु भएको छ । यसअघि पनि केही दिन पहि...