समाचारदाता
नेपालगञ्ज, भदौ १६ । सुख्खाग्रस्त घोषित बाँकेको नरैनापुर गाँउपालिकाले डिप बोरिङ्ग र राहतको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत नोपल सरकारलाई ज्ञापन बुझाएको छ । नरैनापुर गाउपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशसभाका सांसद कृष्णा केसी नमुनाको विशेष उपस्थितिमा सो ज्ञापन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई विहिबार बुझाउनुभयो ।
सो ज्ञापनमा गतवर्षको बेमौशमी वर्षातका कारण भित्र्याउने अवस्थाको धानबालीको ठूलो नोक्सानी बेहोर्नु परेका नरैनापुरका किसानले लामो समयको खडेरीको कारण धान समेत रोप्न नपाएको अवस्थामा पालिकाको सबै वडाका किसानलाई सिचाईको सुविधा हुने गरी डिप बोरिङ्ग जडान गर्न र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ ।
नरैनापुरमा खडेरीका कारण धान रोप्न साथै बर्षातमा लगाईने खेती समेत लगाउन नपाएको अवस्थामा आगामि दिनमा किसानले सुख्खा र खडेरी व्यहोर्न नपर्ने ग...
सिराज खान
नेपालगञ्ज, भदौ १६ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले विहिबार बाँकेको राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा उहाँकै पहलमा निर्माण गरिएका तीन वटा विद्यालय भवनको उदघाटन गर्नु भएको छ ।
बाँके क्षेत्र नम्बर १ का संघीय सांसद समेत रहनु भएका मन्त्री अथकले विहिबार विहान राप्तीसोनारी ६ कमैयाडाँडास्थित सुकमैया प्राथमिक विद्यालयमा निर्माण गरिएको दुई कोठे पक्की भवनको उदघाटन गर्नुभयो ।
सो अवसरमा मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै २३ भन्दा बढी विद्यालयमा ९० भन्दा बढी पक्की कोठाहरु निर्माण गरिएको बताउनुभयो । उहाँले क्षेत्र नम्बर १ का सबै विद्यालयलाई टीनको छानामुक्त बनाउने अभियानमा आफु लागेको बताउनुभयो ।
संघीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको सो विद्यालय भवनको निर्माणपछि विद्यार्थिलाई पठन पाठन सहज हुने उक्त विद्यालयका प्रधानाध्यापक शेर बहादुर ...
समाचारदाता
नेपालगन्ज, भदौ १६ । कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई छात्रबृति लगायत विभिन्न सहयोग प्रदान गरेको छ ।
क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर अति विपन्न परिवारका बालबालिकालाई छात्रबृत्ति सहयोग प्रदान गरेको छ भने गरिब परिवार, अनाथ बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई समेत सहयोग प्रदान गरेको छ ।
क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानको अध्यक्षतामा आयोजना गरिएको सो सहयोग वितरण समारोहको प्रमुख अतिथि क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी रहनु भएको थियो ।
कतार च्यारिटिको सहयोगमा विभिन्न स्थानीय विद्यालय र मदरसाहरूमा अध्ययनरत १२१ अनाथ बालबालिकालाई शिक्षाका लागि छात्रबृत्ति वितरण गरिनुका साथै ८ जना शारीरिक अपाङ्गता भएकालाई दैनिक आधारभूत आवश्यकता पुरा गर्न सहयोग र ५ जना छात्रालाई ...
समाचारदाता
नेपालगन्ज, भदौ १५। नेपालगञ्ज निवासी उच्च अदालतका पूर्व न्यायाधीश डा सलाउद्दिन अख्तर सिद्दिकीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गर्नु भएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका सिद्धिकी सेवानिवृत्त न्यायाधीश हुनुहुन्छ । उहाँ न्यायसेवाबाट तीन वर्ष पहिले अवकाश लिए पश्चात सामाजिक संस्था द मदर फाउन्डेसन मार्फत अन्तराष्ट्रिय सम्बन्ध सुदृढीकरणका गतिविधिमा संलग्न हुनुहुन्छ ।
मुसलमान बहुल क्षेत्रको प्रतिनिधित्व गर्ने सिद्दिकीको प्रवेशले पार्टीलाई थप मजबुत बनाउने विश्वास राख्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले उहाँलाई उचित जिम्मेवारी दिइने आश्वाशनसमेत दिनुभयो ।
सोही कार्यक्रममा नेपालगन्ज निवासी डा तबस्सुम सिद्दीकीले पनि पार्टी प्रवेश गर्नु भएको छ । उहाँ आर्कीटेक्ट विषयमा पीएच डी गर्ने पहिलो र एकमात्र महिला भएको समेत बताइएक...
समाचारदाता
नेपालगन्ज, भदौ १५ । नेकपा माओवादी केन्द्र बाँके जिल्ला कमिटीले एक महिनासम्म संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ । बैठकले संघिय निर्वाचन क्षेत्र र प्रदेस निर्वाचन क्षेत्रमा नेताहरुको कार्यक्षेत्र तोकेर जिम्मेवारी पनि बाडफाड गरेको माओवादी केन्द्र बाँकेले जनाएको छ ।
नेकपा माओवादी केन्द्र बाँके जिल्लाको तेस्रो पुर्ण बैठकले सो निर्णय गर्दै पार्टी संगठनलाई जिल्ला भरिनै सुदृढ पार्नुका साथै माओवादीको एजेण्डा, हालसम्मका काम र उपलब्धीहरु बारे जनतालाई जानकारी गराउने निर्णय गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिक तुफानले बताउनुभयो ।
संयोजक तुफानको अध्यक्षतामा सम्पन्न भएको बैठकमा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी, अर्का स्थायी कमिटि सदस्य तथा...
समाचारदाता
नेपालगञ्ज, १५ भदौ । गत केही दिनयता नेपालगञ्नजमा बाँदरको एक हुलले आतंक मच्चाउदै आएको छ । नेपालगञ्जको न्युरोड, ईदगाह रोड लगायतका घरहरुमा पसेर सामान तोडफोड गर्ने बालबालिकामाथि झपटने जस्ता कार्य उनिहरुले गर्दै आएका छन् । सोही क्रममा बुधवार बिहानै न्युरोडको एक घरमा पसेर बाँदरको एक हुलले तोडफोड गरि आतंक मच्चाएको छ । बुधबार बिहान करीब ७ बजेतिर नेपालगन्जको न्युरोडस्थित शैजी खान बस्ने घरको तेस्रो तल्लाको फ्लयाटमा पसेर बाँदरको एकहुलले तोडफोड गरेर आतंक मच्चाएको खानले बताउनुभयो ।
खानका अनुसार बाँदरको एक हुलले एक्कासि घरभित्र पसेर इन्टरनेट राउटरको तार, काँचको भाडा र बिस्तारामा दिसापिसाब गरी सरसामानहरू तोड्फोड गरेर आतंक मच्चाएका थिए। बाँदरको यस्तो आतंकले गर्दा घरकाभित्र रहेका महिला, बच्चा लगायतका मानिसहरू समेत आतन्कित बनेको उहाँले बताउनुभयो ।
बिगत केही दिनदेखि नेपालगन्जमा बाँदरको आतंकले गर...
राष्टिय समाचार समिति
पोखरा, भदौ १५ । मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।
प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणीन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ ९एनआरएन०का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।
३६ खेल खेलाइने
...
समाचारदाता
नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको ठाकुरद्धारामा स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालित रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरेको थियो ।
चार दिने सो तालिममा बाँकेका ७ वटा विद्यालयका १४ जना शिक्षक र बर्दिया जिल्लाका बाल संरक्षण कार्यक्रम अन्तर्गतका १५ जना समुदाय सहजकर्ताको सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो प्रशिक्षक प्रशिक्षणमा बालबालिकामाथि हुने दुव्र्यवहार तथा यौन शोषण, घरेलु हिंसा, लैंगिक हिंसा, बालविवाह, बालविभेद लगायत मानवबेचविखन रोकथामको बारेमा सहभागिलाई तालिम प्रदान गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले विद्यालयका शिक्षक र समुदायका सहजकर्ताले सो तालिम लिएपछि आ आफ्नो विद्य...
सिराज खान
नेपालगञ्ज, भदौ १३ । यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सुख्खा ग्रस्त क्षेत्र नरैनापुरको स्थलगत अनुगमन गरेर त्यहाँको अवस्था बुझ्नुका साथै स्थानीय जनप्रतिनिधीसंग सो बारेमा छलफल गर्नु भएको छ ।
सोमवार स्थलगत अनुगमनका लागि नरैनापुर गाउँपालिकाका विभिन्न वडा र भारतीय सीमानाको वारीसम्म पुग्नु भएका मन्त्री अथकसंग गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले खडेरी परेर उत्पादन शुन्यमा पुग्ने अवस्था आएको जनाउँदे यस क्षेत्रका जनताका लागि राहातको कुनै व्यवस्था गर्न माग गर्नुभयो ।
सुख्खाग्रस्त भएर बाँझो भएका खेतबारीसम्म मन्त्री अथकलाई लगेर देखाउँदै अध्यक्ष शाहले यस क्षेत्रका जनताले सरकारबाट राहात पाएनन् भने के खाने हुन भन्ने चिन्ताले सताउन थालेको बताउनुभयो ।
उहाँले विगत ८० वर्ष भन्दा बढी समयदेखि यो क्षेत्रमा यस्तो सुख्खा नपरेको जनाउँदै खडेरीका कारण अधिकांश वासिन्दा पिडित बनेको बत...
समाचारदाता
नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा बाल बिवाह र लैंगिक हिंसाका घटनाहरू ब्यबस्थापन तथा कानुनी संरक्षण सम्बन्धी ३ दिने तालिम सम्पन्न गरेको छ ।
प्लान नेपालको सहयोगमा बर्दियामा सञ्चालित बाल विवाह, चाडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।
तीन दिनसम्म सञ्चालन भएको सो तालिममा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयका महिला, बालबािलका सेवा केन्द्रका प्रहरी कर्मचारीहरू र जिल्ला बार एशोसियनमा आवद्ध कानुन ब्यबसायीहरूको सहभागिता रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो तालिमले बाल बिवाह र लैंगिक हिंसाका घटनाहरू ब्यबस्थापन गर्न तथा कानुनी संरक्षण गर्न सहज हुने उहाँले बताउनुभयो ।
बाल बिवाह, लैंगिक हिंसा र बाल संरक्षणका घटनाहरूको उचित सम्बोधन, प्रभाबित बालबाालिकाहरूको आबश्यकताहरूको सम्...