७ चैत्र २०८२, शनिबार

ताजा-अपडेट

नरैनापुरको विकास र समृद्धिकालागि मिलेर काम गर्ने अध्यक्ष शाह र मन्त्री अथकको प्रतिवद्धता

नरैनापुरको विकास र समृद्धिकालागि मिलेर काम गर्ने अध्यक्ष शाह र मन्त्री अथकको प्रतिवद्धता

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, साउन २५ । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष एवम् जनता समाजवादी पार्टीका नेता इश्तियाक अहमद शाहले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ लाई भेटेर गाउँपालिकाको विकास निर्माण बारे छलफल गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको दुबै नेताको भेटमा गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको सबै वडाहरूलाई मुख्य सडकसंग जोडनका लागि बजेट व्यवस्था गरिदिन माग गर्नुभयो । समृद्धिका लागि सडक अपरिहार्य भएको जनाउँदै उहाँले नरैनापुरका अधिकांश ग्रामिण र दुर्गम क्षेत्र अझै पनि सडकविहिन रहेको अध्यक्ष शाहले गुनासो गर्नुभयो । अध्यक्ष शाहको कुरा सुनेर मन्त्री अथकले गाउँपालिकाको सडक मात्र नभएर स्वास्थ्यका लागि खेलकुदको लागि समेत बजेट व्यवस्था गर्न लागेको आश्वासन दिनुभयो । नरैनापुर जस्तो बिकट ठाउँका लागि आफुले सक्ने सहयोग गर्ने मन्त्री अथकले सो अवसरमा बताउनुभयो । बाँकेका प्रमु...
बाँकेका चार पालिकाका अति विपन्न परिवारलाई आयआर्जनकालागि चल्ला वितरण

बाँकेका चार पालिकाका अति विपन्न परिवारलाई आयआर्जनकालागि चल्ला वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, साउन २४ गते । कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका चार वटा पालिकाका अति विपन्न र समस्यामा परेका परिवारलाई कुखुरा पालनका लागि चल्ला लगायत अन्य सामाग्री वितरण गरेको छ । क्लबले उनिहरुको जीवनस्तर उकासेर आर्थिक रुपमा सक्षम बनाउन कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको जिविकापार्जनका लागि कुखुरा पालन परियोजना अन्तर्गत ती चल्ला र अन्य सामाग्री वितरण गरिएको हो । सो परियोजना अन्तर्गत बाँकेका खजुरा र राप्तीसोनारी गाउँपालिका तथा कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका १५ जना अति विपन्न परिवारको छनोट गरेर उनिहरुलाई सो सहयोग गरिएको हो । कुखुरापालनबाट आयआर्जन गरेर आफ्नो परिवारको पेट पाल्नुका साथै छोरा छोरीलाई शिक्षा लगायत पोषिलो खाने कुराको समेत व्यवस्था गराउने उदेश्यले यो परियोजना सञ्चालन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बत...
नेताको आडमा विकास निर्माण अलपत्र पार्ने ठेकेदारलाई तह लगाउँछौ – मन्त्री राई

नेताको आडमा विकास निर्माण अलपत्र पार्ने ठेकेदारलाई तह लगाउँछौ – मन्त्री राई

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, साउन २३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकासको काममा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकासको काममा बेथिति ल्याउनेहरूलाई तह लगाउने चेतावनी दिनुभएको हो । उहाँले मन्त्रालयले त्यस्ता ठेकेदारको खोजी गरिरहेकाले बिस्तारै ठिक गर्ने बताउनुभयो । मन्त्री राईले कुनै पनि नेताको नजिकको ठेकेदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गल्ती गर्ने ठेकेदारहरूलाई छोड्ने कुरा आउँदैन । कुनै पनि नेताको आडमा बसेर विकासमा बेथिति निम्त्याउनेलाई सरकारले छोड्दैन । ठेकेदारहरूले विभिन्न नेताको खोल ओडेर बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौँ । बिस्ता...
वरिष्ठ समाजसेवी प्रवेज सिद्दिकी नाईस अवार्ड २०२२ बाट सम्मानित

वरिष्ठ समाजसेवी प्रवेज सिद्दिकी नाईस अवार्ड २०२२ बाट सम्मानित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २३ । बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक वरिष्ठ समाजसेवी प्रवेज अली सिद्दिकीलाई नाईस अवार्ड २०२२ बाट सम्मानित गरिएको छ । नाईस नेपालगञ्जको आयोजनामा सोमवार सम्पन्न तेस्रो साधारण सभा, बार्षिकोत्सव तथा प्रथम अधिबेशनमा समाजसेवी सिद्धिकीलाई सो अवार्ड प्रदान गरिएको हो । बिगत तीन दशक देखि बाँके युनेस्को क्लबका माध्यमबाट अविछिन्न सामाजिक सेवामा समार्पित सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति, बाँकेका उपप्रमुख सिता कार्की र संस्थाका अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा १० हजार नगद सहित कदर पत्र प्रदान गरेर सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले सामाजिक परिवर्तनका लागि संघ, संस्थाहरुले पुर्याएको योगदानको चर्चा गर्नुभयो । सम्मानित व्यक्तित्व बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकीले निस्वा...
बर्दियाका अति विपन्न परिवारका महिलाकालागि शिप विकास तालिम सञ्चालन

बर्दियाका अति विपन्न परिवारका महिलाकालागि शिप विकास तालिम सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, साउन २३ । अतिविपन्न परिवारका महिलालाई उद्यमशिलता मार्फत रोजगारीमा लगाएर आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले बाँके युनेस्को क्लबले बर्दियामा जीवन उपयोगी शिप विकास तालिम शुरु गरेको छ । प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरण तथा रोजगारी प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरिया नगरपालिकामा सोमवारदेखि सो तालिम सञ्चालन गरिएको हो । सो तालिममा सहभागि गुलरिया नगरपालिकाका विभिन्न वडाका ३४ जना १८ वर्षदेखि २४ वर्षसम्मका अति गरिब परिवारका महिलालाई विभिन्न प्रकारका जीवन उपयोगी शिप सिकाउनुका साथै उनिहरुको क्षमता बृद्धि गर्दै सञ्चारको प्रक्रिया लगायतका विषयमा दुई दिन तालिम दिइने बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले यो तालिमले सहभागिलाई रोजगारमा लाग्न सहयोग गर्ने र उनिहरुको आर्थिक अवस्थामा सुधार हुने बताउनुभयो ...
नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक न्यौपाने ठुलो रकम हिनामिना गरेर फरार

नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक न्यौपाने ठुलो रकम हिनामिना गरेर फरार

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २२ । नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक धवेन्द्र न्यौपाने पचास लाख रुपियाँ अपचलन गरेर एक सातादेखि सम्पर्कविहीन रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी सूर्य सुवेदीले बैंक प्रबन्धक न्यौपाने मोटो रकम लिई सम्पर्कविहीन भएको उजुरी साउन १४ गते परेको बताउनुभयो । सो बैंकको नेपालगन्जस्थित सिटी अफिसका अधिकृत रुपेशकुमार श्रीवास्तवले प्रबन्धक न्यौपानेको खोजीका लागि प्रहरी कार्यालयमा उजुरी दिएका थिए । विभिन्न ग्राहकले जम्मा गरेको ५० लाख रुपैयाँ कनेक्ट आइपीएसबाट अपचलन गरेर न्यौपाने सम्पर्कविहिन भएको उजुरी परेकाले उनको खोजी भइरहेको जानकारी डीएसपी सुवेदीले दिनुभयो । प्रहरीका अनुसार न्यौपानेले प्रयोग गर्दे आएको मोबाइल स्विच अफ छ । कालीकोट तिलगुफा नगरपालिका ५ का ३२ वर्षिय न्यौपाने हाल बाँके जानकी गाउँपालिका ३, कोरिएनपुर बस्द...
कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
नेपालगञ्ज, साउन २२ । बाँकेको कोहलपुर –२, बर्दहवाको लक्ष्मण टोलमा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शनिबार राती आफ्नै घरमा करिब २५ वर्षिया प्रशंसा आचार्यको करेन्ट लागेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले आचार्यको करेन्ट लागेर मृत्यु भएको बताउनुभयो । ‘घरभरी नै टुक्रा टुक्रा तारहरु जोडर करेन्ट सप्लाई भएको देखिन्छ, कुन ठाउँबाट करेन्ट लाग्योे पत्ता लागेको छैन । शरिरमा कुनै चोटपटक देखिदैन’ उहाँले भन्नुभयो । प्रहरीका अनुसार घटनापछि घटनास्थलमा पुगेका विद्युतका कर्मचारीले घरमा जोडिएका सबै तार निकालेको र विद्युतको लाइन पनि जाँच गरिएको उहाँले बताउनुभयो । आचार्यको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको डीएसपी मल्लले जानकारी दिनुभयो । घटना बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । ( गोरखापत्र अन...
बागेश्वरी मन्दिर परिसरमा अत्याधुनिक चिल्ड्रेन पार्कको निर्माण सुरु

बागेश्वरी मन्दिर परिसरमा अत्याधुनिक चिल्ड्रेन पार्कको निर्माण सुरु

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २२ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा अत्याधुनिक बाल पार्क (चिल्ड्रेन पार्क) को निर्माण सुरु भएको छ । करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ । भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट,पार्किङ, फुटपाथ, सटर सहित बालपार्कका लागि आधारभुत काम हुनेछ । डिपिआर अनुसार आधुनिक संरचना सहितको वाल पार्क र दुईतल्ले रेष्ट...
कोहलपुरमा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए गडरिया दम्पत्ति

कोहलपुरमा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए गडरिया दम्पत्ति

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्ज, साउन १० । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षिय कृष्ण गडरिया र उहाँकी पत्नी २० वर्षिया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ऐन बहादुर मल्लले रगताम्य भएको कोठामा गडरिया पति पत्निको शवसंगै चुँडिएको डोरी फेला परेको बताउनुभयो । मन्जु गडरियाको घाँटीमा डोरीको दाग देखिएपनि डोरी चुँडिएको अवस्थामा फेला परेको जनाउँदै इप्रका कोहलपुरका प्रमुख डीएसपी मल्लले मृतक कृष्णको भने दाँया हातमा गहिरो चोट देखिएको बताउनुभयो । घटनास्थलको प्रकृति हेर्दा त्यहाँ संघर्ष र हातपात भएको देखिएको र ठोक्कीएको जस्तो देखिएको घाउबाटै रगत बगेर कोठा रगताम्य भएको पाईएको मल्लको भनाई छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमतीको हत्या गरेर क...
युनेस्को क्लबद्धारा विपन्न महिलाका लागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन

युनेस्को क्लबद्धारा विपन्न महिलाका लागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ९ साउन । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका २० जना अति विपन्न महिलाकालागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको छ । अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको हो । एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सो तालिमको संयुक्त रुपमा उदघाटन गर्नुभयो । उदघाटन गर्दै नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले सिलाई कटाई त...