सिराज खान
नेपालगञ्ज, चैत २८ गते । नेपालञ्जको धम्बोझी र बीपीचोकको विचमा आइतवार राती बाटो हिंडीरहेकालाई धम्बोझीको तर्फबाट तिव्र गतिमा आइरहेको कारले ठक्कर दिंदा दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ ।
आइतवार राती ११ः४५ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सुर्खेतरोड नेपाल एअरलाइन्स अगाडी घरबारीटोल जाने मोड नजिकै बाटोको छेउमा हिंडीरहेका वडा नम्बर ११ सुनारमण्डी निवासी ६५ वर्षीया समिमा इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ६ वर्षका अलि अन्सारीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।
सडकको छेउमा हिडिरहेका ६ जना मध्ये तीनजनालाई कारले ठक्कर दिएको थियो । प्रहरीका अनुसार ठक्करबाट अलि अन्सारी उछिट्टीएर निकै टाढा खसेकाले उनको खोजीमा केही समय समेत लागेको थियो ।
कारले ठक्कर दिएलगत्तै गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नेपालगञ्ज मेडिकल...
सिराज खान
नेपालगञ्ज, चैत २५ । सिख समुदायको ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई नेपालगञ्जमा विविध कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाइने भएको छ ।
नेपालगञ्ज सुर्खेतरोडस्थित गुरुद्धारामा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर बैशाख १,२ र ३ गते भव्य रुपमा ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई मनाइने जानकारी गराईएको हो ।
गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगञ्जका अध्यक्ष राजेन्द्रसिंह सरदारले गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएको आयोजनामा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेर खालसा साजना दिवस र बैशाखी पर्वलाई भव्य रुपमा मनाइने तयारी भैरहेको बताउनुभयो ।
उहाँले खालसा साजना दिवस र बैशाखी पर्वको उपलक्ष्यमा आयोजना गरिने कार्यक्रम र समारोहलाई आ आफ्नो मिडियामार्फत संसारभरि फैलाउन सहयोग गरिदिन पत्रकारहरुसंग आग्रह गर्नुभयो ।
कार्यक्रम अनुसार बैशाख ...
सिराज खान
नेपालगञ्ज, चैत २४ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पश्चिम नेपालको प्रमुख केन्द्र नेपालगञ्ज उपमहानगरको मेयर पदका लागि दर्जन बढी नेताहरुले आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । सो पदको लागि टिकट पाउन उहाँहरुको दौडधुप बढेको छ।
उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा मुख्य दलहरुबाट उम्मेदवार बन्न चाहनेहरुले शक्तिकेन्द्रहरु धाउन थालेका छन् । स्थानीय नेता कार्यकर्तासँगको भेटघाटलाई पनि उहाँहरूले बाक्लो बनाउनुभएको छ ।
सत्ता गठबन्धन दलहरुबीच गठबन्धन हुने सम्भावनाबीच दर्जन बढी नेताहरु नेपालगञ्जको मेयर बन्ने दौडमा सक्रिय देखिन्छन् । जनता समाजवादी पार्टीबाट कमरुद्दीन राई, नेकपा एमालेबाट पशुपति दयाल मिश्र र नेकपा एकिकृत समाजवादीबाट शमसुद्दिन सिद्दिकीको उम्मेदवारी निश्चित प्रायः भैसकेकाले उहाँहरु प्रचार प्रसारमा जुटिसक्नुभएको छ ।
राई, मिश्र र सिद्दिकीले वडा वडामा गएर संगठन न...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २३ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यालय प्रमुखको रुपमा सरुवा भएर आउनु भएका डीएसपी ऐन बहादुर मल्लले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विशेष ध्यान दिने बताउनु भएको छ । उहाँले शान्ति सुरक्षा र अपराध नियन्त्रण गरेर भयमुक्त समाज निर्माणको जिम्मेवारी प्रहरीको भएकोले सोही कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
कोहलपुरमा पदभार ग्रहण गरेपछि बुधवार सो क्षेत्रका राजनितक दलका नेता, उद्योगी व्यवसायी, संघ संस्थाका प्रतिनिधी र स्थानीयहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रमका अवसरमा डीएसपी मल्लले शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको पहिलो कर्तव्य भएको बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा कोहलपुरका स्थानीयले अनुभुती गर्ने गरी प्रहरीले नागरिक सेवा प्रदान गर्ने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कुनै कसर वाँकी नराख्ने समेत बताउनुभयो । कोहलपुर क्षेत...
सिराज खान
नेपालगञ्ज, चैत २३ गते । धनगढीबाट काठ्माडौँका लागि उडेको बुद्ध एयरको जहाज बुधवार विहान नेपालगञ्जमा आपतकालिन अवतरण गरेको छ ।
सो विमानमा यात्रा गरिरहनु भएका सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको स्वास प्रस्वासमा समस्या देखिएपछि धनगढीबाट काठ्माडौँका लागि उडेको बुद्ध एयरको जहाज विहान ९ः४५ बजे नेपालगञ्ज विमानस्थलमा आपतकालिन अवतरण गरेको प्रहरीले जनाएको छ ।
विमानस्थल सुरक्षा प्रहरीका प्रमुख सई जनक बुढाका अनुसार जहाजमै न्यायाधीश श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि उहाँकै आग्रहमा विमानलाई नेपालगञ्जमा आपातकालिन अवतरण गराईएको थियो ।
न्यायधिश बम र उहाँका सुरक्षाकर्मीलाई नेपालगञ्जमा झारेर बुद्ध एअरको सो विमान करिब १० बजे काठमाण्डौका लागि फेरी उडेको प्रहरीले जनाएको छ ।
विमानस्थलको भिआइपी कक्षमा राखेर सामान्य उपचार गरिएपछि न्यायधिश बमको स्वास्थ्य अवस्था सामान्य बनेपछि नेपालगञ्जस्थित ए...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २२ । बाँकेको नरैनापुर गाउँपालिकाका आगलागि पीडित १६ परिवारलाई मंगलबार राहात वितरण गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नेतृत्वमा रहेको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले नरैनापुर–४ कृष्णनगरमा सोमबार भएको आगलागीमा प्रभावित १६ घरपरिवारलाई मंगलवार गाउँमै पुगेर नगद र राहत वितरण गरेको हो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले प्रति परिवार नगद १५ हजार र नेपाल रेडक्रस सोसाइटीले गैह्रखाद्य सामग्री सेट, १ थान कम्मल वितरण गरिएको छ ।
राहत वितरणमा प्रदेश सभा सदस्य कृष्णा केसी नमूना, प्रमुख जिल्ला अधिकारी खत्री, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु, भूमि आयोगका पूर्वसदस्य विक्रम यादव लगायत गाँउपालिकाका जनप्रतिधिहरुको समेत...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २२ । भुमि सम्बन्धी समस्या समाधान आयोग बांँकेको अध्यक्षमा नियुक्त हुनु भएका श्रवण कुमार यादवले मंगलवार पदभार ग्रहण गर्नुभएको छ । नेपालगञ्जस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको भुमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालयमा पदभार ग्रहण गर्दै अध्यक्ष यादवले आफुले पाएको जिम्मेवारीलाई इमान्दारीपुर्वक पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले बाँकेमा भूमि सम्बनिध समस्या जटिल रहेको बताउँदै भूमिहीनका समस्या समाधानमा विशेष कार्य गरिने र त्यसका लागि सबै दल र जनताको समेत सहयोग आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा अध्यक्ष यादवलाई शुभकमना दिंदै पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले भूमिहिन र सुकुम्वासीका समस्या समाधानको जिम्मेपारी पाएको आयोगले समस्यालाई सधैंका लागि समाधान गरोस भन्ने शुभकामना दिंदै सफल कार्यकालको पनि शुभका...
जे पाण्डे
नेपालगञ्ज, चैत २१ । प्रधान सेनापति प्रभूराम शर्माले भूतपूर्व सैनिकहरूलाई मन परेको राजनीतिक पार्टीमा लाग्ने छुट भए पनि राजनीति गर्दा भने उच्च सैनिक अनुशासन देखाउनु पर्ने बताएका छन् ।
नेपालगञ्जको ४ बाहिनी व्यारेकमा सोमबार आयोजित भूतपूर्व सैनिकहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले राजनीतिमा पनि उच्च नैतिकता र अनुशासन देखाउन आग्रह गरेका हुन् । सेनापति शर्माले भने, ‘तपाईंहरूलाई आफूले चाहेको राजनीतिक दलमा लाग्ने छुट छ । तर, त्यहाँ पनि सैनिकको अनुशासित चरित्र प्रदर्शन गर्दा राम्रो हुन्छ ।’
प्रधान सेनापति शर्माले भूतपूर्व सैनिक र उनका परिवारको हित तथा कल्याणका लागि सैनिक कल्याणकारी कोषले आर्थिक तथा भौतिक सहयोग बढाउँदै लगेको उल्लेख गर्दै सेनाका लागि एउटा सैनिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । ( इ कान्तिपुरबाट साभार )
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २१ । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले टाइफाइड रोगविरुद्धको खोप अभियानमा लक्षित उमेरका कोही पनि बालबालिका छुट्न नहुने कुरामा सबैलाई सचेत र जागरुक पार्ने कार्य गरिरहेको छ । सो क्रममा उपमहानगरको स्वास्थ्य शाखाले सोमवार पत्रकारहरुसंग अन्तरक्रिया गरेर उक्त सम्बन्धमा प्चार प्रसार गरेर सहयोग गरिदिन आग्रह गरेको छ ।
सो अवसरमा नेपालगञ्जमा ३९ हजार जना बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने पालिका नेपालगञ्ज उपमहानगर कार्यालयका हेल्थ असिस्टेन्ट तेजबहादुर ओलीले बताउनुभयो । सो अभियान २३ चैतदेखि २८ गतेसम्म सञ्चालन गर्ने जानकारी पनि उहाँले दिनुभयो । ओलीका अनुसार नगरका २३ वटै वडामा गरी १५ देखि ५९ महिनाका बालबालिका १० हजार ३२५ जना र ५–१५ वर्षसम्मका २८ हजार ९०१ जनालाई खोप लगाउने लक्ष्य छ । नगरमा सबैभन्दा बढी खोप वडा नं ४ मा २ हजार ८०९ र वडा नं १८ मा २ हजा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २१ । गर्मीयाम शुरुभएसंगै आगलागिका घट्ना हुने बाँकेको नरैनापुर गाउँपालिकामा सोमवारबाट आगलागि शुरु भएको छ । हावाहुरीको मौसमममा प्रायजसो आगलागि हुने सो गाउँपालिकामा वर्षेनी धेरै आगलागिका घट्ना हुने गरेका छन् । सोही क्रममा सोमवार नरैनापुर वडा नम्बर ४ को कृष्णनगरमा दिउँसो भीषण आगलागी भएको थियो । सो आगलागीमा परेर करिब १६ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय नरैनापुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नरैनापुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारी अनुसार वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको थियो ।
करिब डेढ घण्टापछि प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो। आगलागीबाट कुन...