३ चैत्र २०८२, मंगलवार

ताजा-अपडेट

शसस्त्र प्रहरीद्धारा चार लाख रुपियाँको अवैध कपडा सीमा नाकाबाट बरामद

शसस्त्र प्रहरीद्धारा चार लाख रुपियाँको अवैध कपडा सीमा नाकाबाट बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २४ । सशस्त्र प्रहरीको जमुनाह बिओपीले नेपालगन्जको सिमा नाकाबाट चार लाख रुपैयाँ भन्दा बढीको भारतबाट भित्र्याईएको अवैध सामाग्री बरामद गरेको छ । सशस्त्र प्रहरीको जमुनाहा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ जमुनाह गाउँबाट मंगलवार दिउँसो साढे २ बजे तस्करी गरेर नेपालगन्ज ल्याउँदै गरिएको ४ लाख रुपैयाँ बढीको अवैध लत्ताकपडा बरामद गरेको हो । बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक बुढाको कमान्डमा गएको टोलीले जमुनाह गाउँ हुँदै नेपालगन्ज भित्र्याउन लागिएको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । बरामद गरिएका सबै सामाग्रीलाई आवश्यक कारबाहीका लागि मंगलवारनै नेपालगन्ज भन्सारमाम बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।  ...
बागेश्वरी एकेडमी कोहलपुरका शिक्षकद्धारा बिद्यार्थि कुटिए

बागेश्वरी एकेडमी कोहलपुरका शिक्षकद्धारा बिद्यार्थि कुटिए

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २२ । कोहलपुरस्थित बागेश्वरी एकेडेमीका शिक्षकले एक विद्यार्थिमाथि बेस्सरी कुटपिट गरेको उजुरी ईलाका प्रहरी कार्यालय कोहलपुरमा परेको छ । बागेश्वरी एकेडेमी कोहलपुरका कक्षा चारका विद्याथी स्माइल काफ्लेलाई होमवर्क नगरको भन्दै गाला निलो हुने गरेर कुटेको भन्दै अभिभावक आशिष काफ्लेले प्रहरीमा उजुरी दिनु भएको हो । विद्यार्थिले होमवर्क नगरेको भएकम अभिभावकलाई जानकारी गराउनु पर्नेमा बच्चालाई यसरी गाला निलो हुने गरेर पिटेकोले प्रहरीमा उजुरी दिएको उहाँले बताउनुभयो। विद्यार्थि काफ्ले घर फर्किएपछि उनको गालामा निलो दाग बसेको र गाला सुन्निएको अवस्था देखेपछि बच्चालाई के भएको भनेर बुझ्दा सरले पिट्नु भएको हो भन्ने जानकारी दिएपछि आफुले विद्यालयका प्रिन्सिपल श्रीधर गोराथोकीलाई फोन गरेर बुझन खोज्दा फोन नै नउठेको अभिभावक आशिष काफ्लेले वताउनुभयो । त्यसपछि बाध्य भएर ईलाका प्रह...
ईलाका प्रशासन कार्यालय पुनस्र्थापनाको माग गर्दै धर्ना र हस्ताक्षर संकलन

ईलाका प्रशासन कार्यालय पुनस्र्थापनाको माग गर्दै धर्ना र हस्ताक्षर संकलन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २२ । नरैनापुर गाउँपालिकामा ईलाका प्रशासन कार्यालय पुनस्र्थापनाको माग गर्दै धर्ना र हस्ताक्षर संकलन गरिएको छ । नरैनापुर गाऊँपालिका वडा नं ४ मा स्थापित इलाका प्रशासन कार्यालय नरैनापुर २०७२ सालमा असुरक्षाको कारण देखाई नेपालगञ्जमा सारिएपछि हालसम्म पुनस्र्थापना नगरिएकोले तत्काल पुनस्र्थापनाको माग गर्दै स्थानीयले धर्ना र हस्ताक्षर संकलन गरेका हुन् । नेकपा एमाले नरैनापुरको अगुवाईमा गाउँपालिकाको कार्यालय अगाडी आइतवार सयौं जना धर्नामा बसेका छन् भने दवाव दिन हस्ताक्षर संकलन समेत गरिरहेका छन् । बृद्ध बृद्धा, अपाँङ्गहरु नेपालगञ्ज आवत जावत गर्न नसक्ने कारणले नागरिकता बनाउन नसकी बृद्ध÷बिधवा÷अपाँङ्ग भत्ता लगायत राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित भएका छन् । नेकपा एमाले नरैनापुरका अध्यक्ष पंचराम यादवले सो माग गर्दै एक हजार भन्दा बढी सर्वसाधारणले हस्ता...
अटोमेटिक पेस्तोल र ९० गाम ब्राउनसुगरसहित खजुराबाट तीनजना पक्राउ

अटोमेटिक पेस्तोल र ९० गाम ब्राउनसुगरसहित खजुराबाट तीनजना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २२ । लागु औषधको कारोबार नियन्त्रण गर्न कस्सिएर लागेको बाँके प्रहरीलाई आइतवार ठुलो सफलता प्राप्त भएको छ । बाँकेको खजुरा गाउँपालिका १ बहादुरपुरबाट प्रहरीले हतियारसहित लागु औषध कारोबारीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार अटोमेटिक पेस्तोल र करिब ९० ग्राम ब्राउन सुगरसहित स्थानीय २५ वर्षका रबिन्द्र थापा, २७ वर्षका मनिष थापा र २८ वर्षको सुरेश मगरलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । डुडुवाबाट अमेरिकन अटोमेटिक पेस्तोल बरामद गरिएको एक साता नबित्दै फेरी खजुराबाट अटोमेटिक पेस्तोल बरामद हुनुले साना हतियार भित्रयाउने क्रम निकै बढेको संकेत गरेको छ । लागु औषध तस्करी र विभिन्न अपराध गर्ने उदेश्यले भारतबाट साना हतियार ल्याउने कार्य भैरहेको हुनसक्ने प्रहरील...
नेपालगञ्जपाटीको आकलन सही साबित, सभापतिमा गौडेल विजयी

नेपालगञ्जपाटीको आकलन सही साबित, सभापतिमा गौडेल विजयी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २० । पहिलो चरणको परिणाम सार्वजनिक भएलगत्तै नेपालगञ्जपाटी डटकमले दोस्रो चरणमा नारायण प्रसाद गौडेलको विजयी हुने संभावना धेरै रहेको समाचार प्रकाशित गरेको थियो । सो समाचारमा दोस्रो चरणको समिकरण परिवर्तन हुने समेत जनाईएको थियो । उक्त समाचारलाई लिएर कतिपयले हावा कुरा भनेर खिल्ली समेत उडाएका थिए । तर, अन्तत सोही समाचार सही साबित हुन पुगेको छ । शुक्रवार भएको दोस्रो चरणको निर्वाचनमा गौडेल सभापतिमा निर्वाचित हुनु भएको छ भने कुर्मीले ९७ मतले पराजित हुनु परेको छ । सुरेन्द्र हमाल र उहाँको समुहले गौडेललाई समर्थन गरेपछि गौडेल विजयी हुनुभएको हो । सो बाहेक अन्य विभिन्न कारणले पनि कुर्मीको पराजय भएको हो । शुक्रवार भएको दोस्रो चरणको निर्वाचनमा गौडेल ७६० मत ल्याएर बादशाह कुर्मीलाई ९७ मतको अन्तरले पराजित गर्नु भएको हो । भर्खरै सम्पन्न भएको मतगणनामा संस्थापन इतर पक्ष...
सुशिल कोइराला क्यान्सर अस्पताल खजुराको अध्यक्षमा किशोर थापा मनोनित

सुशिल कोइराला क्यान्सर अस्पताल खजुराको अध्यक्षमा किशोर थापा मनोनित

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २० । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित हुनुभएको छ । युवा राजनितिज्ञ थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट सो अस्पताल विकास समितिको अध्यक्ष मनोनयन गरिएको हो । पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको खजुराको क्यान्सर अस्पतालको अध्यक्षमा थापा मनोनीत भए संगै अस्पतालले गति लिनेमा बिश्वास गरिएको छ । पछिल्लो समय बाँकेमा राजनैतिक तथा समाजसेवामा सकृय थापाले खजुरा क्यान्सर अस्पताललाई नयाँ उचाइमा पुराउन महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।...
बाँके कांग्रेस सभापतिको दोस्रो चरणको मतदान सकियो, १४३९ जनाले गरे मतदान

बाँके कांग्रेस सभापतिको दोस्रो चरणको मतदान सकियो, १४३९ जनाले गरे मतदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २० । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न शुरु भएको दोस्रो चरणको मतदान सकिएको छ । नयाँ नेतृत्व चयन गर्न शुक्रवार विहान १० बजेदेखि जिल्ला समन्वय समितिमा सुरु भएको मतदानमा १४३९ जनाले मतदान गरिसकेका छन् । कुल १४९३ जना मतदाता रहेकोमा जम्मा १४३९ मत खसेको निर्वाचन कमिटीले जानकारी दिएको छ। हिजो भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आज पुनः दोस्रो चरणको निर्वाचन भएको हो । सभापतिको दौडमा रहेका नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्र हमाल मध्ये तेस्रो स्थानमा आएका हमाल प्रतिष्पर्धाबाट बाहिरिएपछि गौडेल र कुर्मीबीच मात्र मतदान गराइएको छ । हमाल बाहिरीए पनि उनले पहिलो नम्बरमा आएका सभापतिका उम्मेदवार गौडलको समर्थन गर्दै आफ्ना मतदातहरुलाई मत दिएर गौडेललाई जिताउन आग्रह गरेका थिए। विहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ ...
काँग्रेस बाँकेको सभापतिमा गौडेलको संभावना बलियो, दोस्रो चरणमा नयाँ समिकरण बन्दै

काँग्रेस बाँकेको सभापतिमा गौडेलको संभावना बलियो, दोस्रो चरणमा नयाँ समिकरण बन्दै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १९ । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चयनका लागि विहिबार भएको मतदानपछिको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि शुक्रवार पुनः मतदान हुने भएको छ । विहिबार साँझ भएको मतगणनामा संस्थापन इतरका नारायण प्रसाद गौडेलले ५६९ मत ल्याउँदै पहिलो भएका छन् भने उनका प्रतिद्वन्द्वी बादशाह कुर्मीले ५३८ मत ल्याउँदै दोस्रो नम्बरमा आएका छन् । त्यस्तै सभापतिका अर्का उम्मेदवार सुरेन्द्र हमालले ३१४ मत प्राप्त गर्दै तेस्रो स्थानमा आएका छन् । गौडेल संस्थापन इतरका हुन् भने कुर्मी र हमाल संस्थापन समूहबाट उम्मेदवारी दिएका थिए । कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने भएका कारण विहिबार भएको मतगणनामा पहिलो र दोस्रो हुने गौडेल र कुर्मीबिच पुनः शुक्रवार मतदान हुने भएको निर्वाचन परिचालन कमिटीले जनाएको छ । दोस्...
बाँके काँग्रेसको सभापतिमा त्रिकोणीय मुकाबला, चारसय मत खस्यो

बाँके काँग्रेसको सभापतिमा त्रिकोणीय मुकाबला, चारसय मत खस्यो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १९ । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत बाँकेमा जिल्ला निर्वाचनको मतदान कार्य अहिले चलिरहेको छ । बिहान सवा ९ बजेबाट जिल्ला समन्वय समितिमा मतदान सुरु भएको थियो । यो समाचार तयार पार्दासम्म जिल्ला सभापतिका लागि चारसय मत खसिसकेको निर्वाचन समितिले जनाएको छ । मतदान निरन्तर शान्तिपुर्ण रुपमा जारी रहेको छ । मतदान अपरान्ह ४ बजेसम्म चल्ने जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि करिव एक सय जना निर्वाचन कर्मचारी तथा ६० जना सुरक्षाकर्मी परिचालित भएका छन। जिल्ला समन्वय समिति परिसरमा मतदान केन्द्रको सुरक्षा गर्ने जिम्मा जिल्ला प्रहरी कार्यालय बाँकेले लिएको छ । मतदानमा जिल्लाका कुल १ हजार ४ सय ९३ जना मतदाता क्षेत्रीय प्रतिनिधीले मतदानमा सहभागि हुनेछन् । जिल्ला सभापतिका लागि तीन जना उम्मेदवारहरु स...
यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगी भएको सेवाग्राहीको गुनासो

यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगी भएको सेवाग्राहीको गुनासो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १८ । नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगि रहेको लगायतका थुप्रै गुनासो त्यहाँ काम विशेषले जाने सेवाग्राहीले गरेका छन् । बागेश्वरी असल शासन क्लब नेपालले बुधवार यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सेवाग्राहीको गुनासो संकलन गर्ने क्रममा सो गुनासो गरिएको हो । त्यहाँ रहेका ५० बढि सेवाग्राहीहरुले कार्यालयको काम प्रति व्यापक रुपमा गुनासो गरेका छन् । सेवाग्राहीहरुले समयमा स्मार्ड कार्ड नआएको, सेवा, सबिधा प्रबाह गर्दा चरम ढिलाई हुने गरेको, टोकन प्रणाली लागु नहुँला भनसुन, सोर्सफोर्स व्यापक रुपमा हुने गरेको, सवारी पार्किंग अस्तव्यस्त रहेको, शौचालय, पिउने पानीको व्यवस्था नभएको, नागरिक सहायता कक्ष नभएको, प्रतिक्षालयको व्यवस्था नभएको, सरसफाई नभएको, गुनासो सुनुवाई नुहुने गरेको गुनासो गरेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ...