२४ जेष्ठ २०८३, आईतवार

ताजा-अपडेट

ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म

ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, फागुन १० । सीमाना पारी रुपैडियाबाट हुँदै आएको लागु पदार्थ ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म फैलिएको खुलासा भएको छ । काठमाण्डौ लैजान लागेको ४ लाख रुपियाँको ब्राउनसुगरसहित बर्दियाका एक युवकलाई मंगलवार प्रहरीले पक्राउ गर्न सफल भएपछि सो जालो को खुलासा भएको हो । यसअघि पनि प्रहरीले बाँके, सुर्खेत र दांग लैजान भनि भित्र्याईएको ब्राउनसुगरलाई जमुनाहा नाका र नेपालगञ्ज तथा कोहलपुरबाट पटक पटक नियन्त्रणमा लिंदै आएको थियो, तर मंगलवार काठमाण्डौ लैजान ल्याईएको ब्राउनसुगर बरामद गरिएपछि ठुलो नेटवर्कले लागु औषध तस्करी गरिरहेको आशंका उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले लागु औषधको ओसारपसार र तस्करी नियन्त्रणमा सक्रिय रहेको बाँके प्रहरीले काठमाण्डौं लैजाने भन्दै रुपैडियाबाट ४ लाखमा खरिद गरिएको ब्राउन सुगरसहित नेपालगञ...
छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
.नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १० । बाँकेमा शिक्षकद्वारा एक छात्रामाथि बलात्कार प्रयास भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारी टोलस्थित एन्जल्स हाई स्कुलका शिक्षक सञ्जय जयसवालले १५ वर्षीया छात्रामाथि बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार बलात्कार प्रयास गर्ने शिक्षकलाई पक्राउ गरि हिरासतमा राखिएको छ । शिक्षक जयसवालद्वारा आफूमाथि बलात्कार प्रयास भएको भनि ती छात्राले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेपछि यस्तो घटना बाहिर आएको हो । डिएसपी न्यौपानेका अनुसार, शिक्षक जयसवालले छात्रामाथि गत माघ २५ गते बलात्कारको प्रयास गरेका थिए । छात्राले दिएको जबरजस्ती करणी जाहेरीमा मुद्दा दर्ता गरि कारबाही अगाडी बढाएको उहाँले बताउनुभयो । एन्जल्स हाई स्कुलका शिक्षक जयसवालले नेपालगन्ज सुर्खेतरोड स्थित सीएससी...
नेपाली काँग्रेसको गौडेल समुहद्धारा जिल्ला सदस्य उम्मेदवारहरुको नाम घोषणा

नेपाली काँग्रेसको गौडेल समुहद्धारा जिल्ला सदस्य उम्मेदवारहरुको नाम घोषणा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ९ । कांग्रेस बाँकेको आसन्न निर्वाचनका लागि नारायणप्रसाद गौडेल नेतृत्वको प्यानलले आफ्ना सदस्य पदका उम्मेदवारहरुको नाम घोषणा गरेको छ । कांग्रेस बाँकेको कार्यालयमा सोमबार एक कार्यक्रमका बीच उम्मेदवारहरु घोषणा गरिएको हो । गौडेल प्यानलका सचिवालय संयोजक तथा पार्टीका लुम्बिनी प्रदेश सदस्य टेक नारायण भुषालले उम्मेदवारको नाम घोषणा गर्दै नेपालगन्ज उपमहानगरपालिका खुला सदस्य पदमा यज्ञबहादुर बस्नेत, पदमबहादुर जिसी र जिलेदार भाट रहेको बताउनुभयो । यस्तै कोहलपुर नगरपालिकाबाट खुलामा ऋषि सापकोटा, दिवशचन्द्र न्यौपाने र महिलातर्फ गीता प्याकुरेल, खजुराबाट खुला सदस्यमा पारसनाथ योगी, राप्तीसोनारी गाउँपालिकाबाट खुला सदस्यमा टिकाराम बस्नेत र महिला सदस्यमा तिला कार्की रहेको उहाँले घोषणा गर्नुभयो । सोही प्रकारले नरैनापुर गाउँपालिकाबाट खुला सदस्यमा महबुब अलि शेष र महिला सदस्य...
राप्रपा नेपालको केन्द्रिय कमिटिमा बाँकेका ७ जना मनोनित

राप्रपा नेपालको केन्द्रिय कमिटिमा बाँकेका ७ जना मनोनित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ९ । राप्रपा नेपालको केन्द्रिय समितिमा बाँकेका ७ जना नेताहरु मनोनित हुनुभएको छ । राप्रपाको महाधिवेशन पश्चात निवर्तमान अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री कमल थापाले राप्रपा पार्टी परित्याग गरेपछि थापा समर्थक नेताहरुले समेत पार्टी परित्याग गरेका थिए । राप्रपा नेपाललाई पुर्नगठन गर्दै थापाको अध्यक्षतामा घोषणा गरिएको राप्रपा नेपाल पार्टीको केन्द्रिय समितिलाई पूर्णता दिनेक्रममा बाँकेबाट हिक्मत ढकाल, खेमराज गौतम, टोपेन्द्र बहादुर शाहि, श्रीधर सुवेदी, मो खालिद ईराकी, आशा धिमाल र लक्ष्मी हमाल केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । यस्तै बाँकेबाट राप्रपाको राजनीति शुरु गरेका युवा नेता पुरु दाहाल पनि कैलाली जिल्लाबाट केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । राप्रपा नेपालको केन्द्रिय सदस्यमा समेटिएका ढकाल राप्रपाको केन्द्रिय पदाधिकारी रहिसकेका यस क्षेत्रकै प्रभावश...
भेरी अस्पताल विकास समितिका सदस्य चन्द र गौतमद्धारा पदभार ग्रहण

भेरी अस्पताल विकास समितिका सदस्य चन्द र गौतमद्धारा पदभार ग्रहण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ९ । भेरी अस्पताल विकास समितिको सदस्यमा नियुक्त हुनु भएका विमल चन्द र उषा गौतमले पदभार ग्रहण गर्नुभएको छ । सरकारको स्वास्थ्य मन्त्रालयले चन्द र गौतमलाई केही दिनअघि अस्पताल विकास समितिको सदस्यमा नियुक्त गरेको थियो । यसअघिका सदस्य कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्ललाई असक्षम र असफल ठहर गर्दै मन्त्रालयले उक्त पदबाट निलम्बन गरी हटाएसँगै चन्द र गौतमलाई नियुक्त गरेको हो । सरकराले यसरी नियुक्त गरेका दुबे जनालाई सोमबार अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेसु विरेन्द्रबहादुर चन्दले सपथ खुवाई कामको जिम्मेवारी प्रदान गर्नुभयो । उक्त सपथ कार्यक्रममा भेरी अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, अस्पताल विकास समितिका सदस्य, कर्मचारी लगायतको सहभागीता रहेको थियो । सबैको सहयोग र सदभाववाट भेरी अस्पताललाई सस्तो सुलभ र गुणस्तरीय उपचार...
त्रिभुवनको शालिक हटाउन माग गर्दै सत्ता गठबन्धनका चार दलले सिडियोलाई ज्ञापन बुझाए

त्रिभुवनको शालिक हटाउन माग गर्दै सत्ता गठबन्धनका चार दलले सिडियोलाई ज्ञापन बुझाए

ताजा-अपडेट, मनोरञ्जन, राजनीति
गोरखापत्र अनलाइन नेपालगञ्ज, फागुन ९ । विगतमा भएको सहमति विपरित नेपालगञ्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक स्थापना गरिएको जनाउँदै सत्ता गठबन्धनका चार दलले सो हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । नेकपा माओवादी केन्द्र बाँके, नेकपा एकिकृत समाजवादी पार्टी बाँके, जनता समाजवादी पार्टी बाँके र राष्टिय जनमोर्चा बाँकेले सोमवार प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएर तत्काल नहटाईए आफुहरुले हटाउन बाध्य हुने जनाएका छन् । सो ज्ञापन पत्रमा जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र संघीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका महान सहीदहरुको अपमान गरि प्रहरी प्रशासनकै उपस्थितिमा शालिक राखिएकोमा तत्काल हटाउन माग गरिएको छ । साथै प्रहरी प्रशासनले नहटाए आफुहरुले हटाउने र त्यस क्रममा हुने जुनसुकै घट्नाको जिम्मेवार प्रहरी प्रशासन हुने पनि ज्ञापनप...
डुडुवाका ७२ बालविकास केन्द्रलाई सामाग्री वितरण

डुडुवाका ७२ बालविकास केन्द्रलाई सामाग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ फागुन । डुडुवा गाउँपालिका अन्र्तगत संचालित बाल विकास केन्द्रहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । डुडुवा गाउँपालिकाको वार्ड नं. १ देखि ६ वटै वडा अन्र्तगत रहेका ७२ वटा बालविकास केन्द्रलाई कुसन र कारपेट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । डुडुवा–२ स्थित लाली गुरास प्रारम्भिक बाल विकास केन्द्रमा आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सामाग्री हस्तान्तरण गर्दै अहिले चिसोको मौसममा साना बालबालिकाहरुलाई बस्न न्यानो हुने बताउनुभयो । उहाँले गाउँपालिकाले साना नानी बाबुहरुको शिक्षातर्फ पढने बानी विकासका लागि बालविकास केन्द्रको पढाइ प्रभावकारी रहेको भन्दै पछिल्लो अवस्थामा सबै बालविकास केन्द्रको संचालन नियमित र प्रभावकारी बनाइएको बताउनुभयो । अध्यक्ष चौधरीले विगतमा नाम मात्रका रहेका बालविकास केन्द्रहरुलाई शिक्षाको कार्यविधी र योजना अनु...
नेपालगञ्जमा लुटेराहरु सक्रिय, विहानै विद्यार्थिको मोबाइल लुटियो

नेपालगञ्जमा लुटेराहरु सक्रिय, विहानै विद्यार्थिको मोबाइल लुटियो

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ८ । नेपालगञ्जमा आइतवार विहान एक विद्यार्थिको मोबाइल लुटिएको छ । बाँके प्रहरी तस्कर विरुद्ध सक्रिय रहेको मौका छोपेर लुटपाट गर्नेहरु पनि सक्रिय भएको सो घट्नाले पुष्टि गरेको छ । नेपालगञ्जको आदर्श सेकेन्डेरी स्कुल कक्षा ११ मा अध्ययनरत एक विद्यार्थी बिद्यालय जाने क्रममा आइतबार बिहानै सडकमै लुटिएका हुन । मोटरसाइकलमा आएका दुईजना लुटेराले उनको मोबाइल लुटेर लगेका हुन । उक्त स्कुलमा पढ्ने नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मुक्तिपुर बस्ने १७ बर्षिय प्रशान्त थापाको ‘रियल मि सी ३’ मोबाइल लुटिएको हो । भे ४ प ५४५८ नम्बरको कालो रंगको स्प्लेन्डर मोटरसाइकलमा आएका दुईजना लुटेराले आइतबार बिहान ६ बजेको समयमा न्यूरोडको भानुभक्त चोक नजिकबाट आफुलाई रोकेर हातपात गरी मोबाइल लुटेर भागेको विद्यार्थी थापाले बताउनुभयो । लुटेराहरुसङ्ग आफ्नो मोबाइल खोस्ने क्रममा थापा घाइते भ...
राप्तीसोनारीमा फेरी बाघको आक्रमण, बाघको पञ्जाबाट जोगिएका युवक गम्भरि घाइते

राप्तीसोनारीमा फेरी बाघको आक्रमण, बाघको पञ्जाबाट जोगिएका युवक गम्भरि घाइते

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ८ गते । बाँकेमा आइतबार बाघले फेरी एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजेको आसपासमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो । बाघसंगको दोहोरो लडाईमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका २८ बर्षिय वकिल गद्दीले जित हासिल गरी नयाँ जीवन पाएका छन । स्थानीय मन्डफवा सामुदायिक वन उपभोक्ता समुहको जंगलमा दिउँसो १२ बजेतिर घासदाउरा खोज्न गएका बेला बाघले एक्कासी आफूमाथि आक्रमण गरेको घाइते वकिलले बताउनुभयो । उहाँका अनुसार केही समयसम्म बाघसंग दोहोरो लडाई भयो । तत्पश्चात बाघले उहाँलाई भुइँमा पल्टायो र घाटीबाट रगत चुस्न थाल्यो । उहाँ बेहोस हुनुभयो । घासदाउरा गर्न सङ्सङै गएका अन्य साथिहरुले होहल्ला गरेपछि बाघ त्यहाँबाट भागेको गद्दीले बताउनुभयो । बाघले उहाँको घाटीको अगाडी र पछाडी दुब...
आन्दोलनलगत्तै खजुराको सडक कालोपत्रे गर्न शुरु

आन्दोलनलगत्तै खजुराको सडक कालोपत्रे गर्न शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ७ । सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले चक्काजाम गरे लगत्तै खजुराको १८ सय मिटर फोर लेन सडकको कालोपत्रे गर्ने कार्य शुरु गरिएको छ । ४ वर्षसम्म पनि सो सडक नबनेपछि स्थानीय युवाहरुले दुई दिन अघि अवरोध गरेका थिए । सडक अवरोध गरेपछि २ दिनमा काम सुरु गरिने प्रतिवद्धता अनुसार निर्माण कम्पनीले शनिबारदेखि आफ्नो कामलाई तिव्रता दिएको छ । केहि दिन अघि राजमार्ग गरिएको बेस दुई सातामै उप्किएपछि धुलो उडेर स्थानीयलाई सास्ती खेप्न परिरहेको छ । खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको बेस पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएकोले स्थानियहरुले सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै आन्दोलन गरेका थिए । १८ सय मिटरको सडक ४ वर्षदेखि निर्माणाधिनको क्रममा छ । फोर लेन सडक बनाउँदा गुणस्तरीय नभए पुन आन्दोलन गर्न...