कोरोना संक्रमण बढेपछि सुरजपुर नाका बाहेक बर्दियाका सबै नाका बन्द गरिए
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ८ माघ । बर्दियामा रहेका विभिन्न नाकाबाट कोभिड भित्रिने अत्याधिक जोखिम रहेको र ती नाकाबाट तस्करी समेत अत्याधिक बढेकोले सबै नाका बन्द गर्न उद्योग वाणिज्य संघ, बढैयाताल र गुलरियाले जिल्ला प्रशासनलाई दवाव दिएपछि प्रशासनले भारतसँग जोडिएको सुरजपुर बाहेकका सबै सीमा नाका पुर्ण रुपमा बन्द गरेको छ ।
बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले यी नाकाबाट आउने जानेको लर्को लागेकोले कोभिड संक्रमणको डर धेरै बढेको भन्दै यसलाई रोक्न सीमा नाका बन्द गर्न आफूहरूले स्थानीय प्रशासनलाई दबाब दिएपछि बन्द गरिएको बताउनुभयो।
उहाँका अनुसार जिल्लाको गणेशपुर, कण्ठपुर, चित्तलहवा लगायत नाकाबाट दैनिक सयौँको संख्यामा मानिसहरू किनमेलका लागि सीमापारी बजारमा आउजाउ गर्ने गरेका थिए जसका कारण कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको थियो । स्वास्थ्यकर्मीसमेतले निकै भिडभाड हुने भएकाल...









