जन्मदै मलद्धार नभएका बालकको शल्यक्रियाका लागि आर्थिक समस्या, सहयोगको आग्रह
नेपालगञ्ज, माघ ९ । जन्मदै मलद्वार नभएको बर्दिया मधुवन नगरपालिका वार्ड नं ४ ढोढरी गाउँका २६ महिने प्रिन्स थारुको उपचारमा आर्थिक समस्या भएको छ । आर्थिक अभावकै कारण परिवारले उनको उपचार गराउन सकेका छैनन । बालकका बुबा श्रीराम चौधरीका अनुसार छोराको उपचारमा हालसम्म ६ लाख खर्च भैसकेको जनाए । उनका अनुसार साना किसान सहकारी संस्थाबाट ४ लाख बिस्वासिलो सहकारी संस्थाबाट २ लाख ऋण लिएर नेपालगन्ज र कोहलपुरका अस्पतालमा उपचार गराइएको छ । चिकित्सकहरुले आधुनिक सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन सुझाव दिएका छन् ।
तर आर्थिक अभावका कारण उपचार सम्भव भएको छैन । बालकको अस्थायी मलद्वारको रुपमा पेटमा प्वाल पारेर मलद्वार बाहिर निकालिएको छ । अस्थायी प्वालमा संक्रमण भए भबिस्य खतरामा पर्ने भन्दै सहयोगका लागि अपिल गरिएको छ ।
राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत अर्जुन सुवेदीले बालकको तस्बिर पोष्ट गर्दै मेजर ...









