पाँच लाख भन्दा बढीको भारतबाट ल्याईएको अवैध सामान प्रहरीद्धारा बरामद
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ११ । तस्कर र अवैध कार्य गर्नेहरु विरुद्ध कडाईका साथ प्रस्तुत भैरहेको बाँके प्रहरीले फेरी ठुलो मात्रामा भारतबाट चोरी पैठारी गरेर लयाईएको सामान बरामद गरेको छ । केही समययता आउर तस्कर र लागु औषध कारोबारी विरुद्ध ठुलो अभियान सञ्चालन गरेको बाँके प्रहरीले दिनदिनै सफलता प्राप्त गर्दै गएको छ ।
तर, प्रहरीले दिनदिनै लाखौ लाखका सामानहरु नियन्त्रणमा लिंदै आएपनि तस्करहरुले पनि तस्करी गर्न छोडेका छैनन् । उनिहरुले पनि प्रहरीलाई ठाडो चुनौती दिंदै निरन्तर अवैध आयातलाई जारी नै राखेका छन् ।
सोही क्रममा प्रहरीले नेपालगञ्ज १० ट्राफिक चोक नजिकबाट भारतबाट ल्याएर राखेको २ लाख ७४ हजार रुपियाँ बराबरको रेडिमेड कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधेसुदन न्यौपानेले बताउनुभयो । उहाँले प्रहरीलाई देखेर सामान ल्याउनेहरु फरार भएको पनि बताउनुभयो ।
यसैगर...









