तोकेको पारिश्रमिक नपाउँदा नेपालगञ्ज उपमहानगरका बालबिकास शिक्षक आन्दोलित
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ३० । नेपाल सरकारले बालबिकास शिक्षकलाई तोकेको पारिश्रमिक अनुसारको सेवा सुविधा नेपालगञ्ज उपमहानगरपालिकाले नदिएको भन्दै नेपालगन्जका बाल शिक्षक आन्दोलनमा उत्रिएका छन ।
नेपाल बाल बिकास समिति नेपालगञ्जको आयोजना तथा अगुवाईमा शिक्षकको हक सम्बन्धि तलब बृद्धि, गोल्डन ह्याण्डचेक, उमेर हदबन्दि लगायतको माग गर्दै शिक्षकहरु नेपालगञ्ज उपमहानगरको कार्यालयमा गत तीन दिनदेखि धर्ना दिदै आएका छन ।
नेपाल सरकारले चालु बजेट वक्तव्य मार्फत बाल शिक्षकलाई साउनबाट न्युन्तम् १५ हजार दिईने निणर्य गरेको थियो । बाँकेका अन्य पालिकाले उक्त सेवा सुविधा उप्लब्ध गराउँदै आएपनि नेपालगञ्ज उपमहानगरपालिकालाई पटक पटक ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउदा समेत सम्बोधन नगरेकोले आन्दोलन गर्नु परेको शिक्षकहरुको भनाई छ ।
बाल बिकास नगर समिति अध्यक्ष एवम मंगल प्रसाद बाल बिकास केन्द्रकी शिक्षिका गीता अधि...









