राप्तीसोनारीमा फेरी बाघको आक्रमण, एक बाख्रा खायो दुई बाख्रा भेटिएनन्
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १४ । केही समय अघि बाघले आतंक मच्चाएको राप्तीसोनारी गाउँपालिकामा शुक्रवार फेरी दुई ठाउँमा बाघ देखिएको छ । बाघले वडा नम्बर ७ मा एउटा बाख्रा मारेको छ भने दुई वटा बाख्रा हराईरहेका छन् भने वडा नम्बर ५ मा बाघलाई स्थानीयले देखेका छन् ।
वडा नम्बर ७ को मण्डफवा सामुदायीक वनमा बाख्रा चराउन गएको बेला बाघले बाख्रामाथि आक्रमण गरेर एउटा बाख्रालाई मारेको र अन्य दुई वटा बाख्रा हराईरहेको स्थानीयले जनाएका छन् । वडा नम्बर ६ का वडा अध्यक्ष जनक थारुले मण्डफवा सामुदायीक वनमा बाघले बाख्रा खाएको जानकारी आएको बताउनुभयो । उहाँले ६ जना गोठालाले ६० वटा बाख्रा चराउन गएको बेला बाघले आक्रमण गर्दा तीनवटा बाख्रा हराई रहेकोमा एउटा पन्जा लागेको र घाँटीमा कोतरेको अवस्थामा मृत फेला परेको र दुई वटा हराईरहेको जानकारी स्थानयिले गराएको बताउनुभयो ।
यसैगरि वडा नम्बर ५ र ६ को सीमानास्थित दुपट्टी...









