सामुदायीक वनका पदाधिकारीनै काठ तस्करीमा, दुई जना अवैध काठसहित पक्राउ
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ४ । वन संरक्षणका लागि गठन गरिएको बाँकेको एक सामुदायीक वनका पदाधिकारीनै अवैध रुख कटान र तस्करीमा सक्रिय रहेको खुलासा भएको छ । सो सामुदायीक वनका दुई जना पदाधिकारीलाई काठ कटान गरिरहेकै अवस्थामा अवैध काठसहित पक्राउ गरेपछि सो खुलासा भएको हो ।
डुडुवा गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेको बभनपुरवा सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष बिट्टी कुर्मीका छोरा दिनेश कुमार कुर्मी र समितिका सचिव सलामुद्दीन साईलाई अवैध रुख काट्दै गर्दा पक्राउ गरिएको छ ।
सामुदायीक वनमा रुख काटीरहेको बेला इलाका डिभिजन बन कार्यालय राँझाले उनिहरुलाई पक्राउ गरेको हो । सो अवसरमा त्यहाँ समितिका धेरैजना पदाधिकारी रहेपनि बाँकी भागेकोले पक्राउ नपरेको स्थानीयले जनाएका छन् । अरु भागेपछि दुई जना मात्र पक्राउ परेको उनिहरुले बताएका छन् ।
डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख सहायक वन अधिकृत...









