सात विधेयक पारित गर्दै डुडुवाको दसौं गाउँसभा सम्पन्न
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ८ पुस । सातवटा विधेयक पारित गर्दै डुडुवा गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ । विहीबार बसेको सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तर सरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय सडक विधेयक २०७८ र डुडुवा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७८, गाउँपािलकाको तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापन विधेयक २०७८ गरी सात वटा विधेयक र डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार सभामा विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गरेका सबै विधेयक सर्बसम्मत रुपमा पारित गरिएको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष...









