शुक्रवार पनि राप्तीसोनारीमा बाघको आक्रमण, बमबहादुर जोगिए तर बाख्रा बाघले खायो
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २३ । विहिबार मात्रै एक जना महिलाको ज्यान लिएको पाटे बाघले शुक्रवार पनि बाँके राप्तीसोनारी–५ का बमबहादुर पुन माथि आक्रमण गरेको छ । जंगलमा बाख्रा चराउन गएका पुनलाई शुक्रबार पाटेबाघले आक्रमण गरेपछि उनि जोगिन सफल भएका छन् तर उनको एक बाख्रा बाघले खाएको छ भने तीन वटा बाख्रा हराई रहेका छन् । तीन वटा बाख्रालाई बाघले घाइते पनि बनाएको पुनले बताउनुभयो ।
स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र बाख्रा चराउन गएको बेला झाडीमा लुकेर बसेको बाघले पुन र उहाँका बाख्रामाथि आक्रमण गरेको थियो ।
‘बाख्रा चराइरहेको अवस्थामा बाघले एक्कासी झम्टियो, मैले उसलाई छलेर लुके, बाघको आक्रमणबाट म जोगिए, तर बाख्रालाई बचाउन सकिएन,’ पुनले भन्नुभयो । शुक्रबार दिउँसो करिव ३ बजेतिर बाघले आफुलाई झम्टिने प्रयास गरेपनि बाँच्न सफल भएको उहाँले बताउनुभयो ।
बाघले पुनको एउटा बाख्रालाई मारेको छ भने तीन ...









