बाँके जिल्लाका ट्राफिक प्रहरी प्रमुख शाहले हाजिर भएर कार्यभार सम्हाले
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १२ । प्रहरी प्रधान कार्यालयद्धारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुखमा सरुवा गरेर पठाइएका प्रहरी निरिक्षक हिमालय शाहले सोमवार जिल्ला ट्राफिक प्रहरीमा हाजीर भएर कार्य शुरु गर्ने भएको छ ।
उहाँलाई बाँके ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा सम्हाल्दै आउनु भएका प्रहरी नायव निरीक्षक सिद्दी गणेश शाह लगायत अन्य प्रहरीहरुले स्वागत गर्नु भएको थियो ।
कार्यभार सम्हाले लगत्तै त्यहाँ उपस्थित ट्राफिक प्रहरीहरुलाई सम्बोधन गर्दै जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सबैले मिलेर उल्लेखनीय कार्य गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले बाँके जिल्लाको ट्राफिक दैनिक रुपमा बृद्धि हुँदै गएको र त्यसमाथि नेपालगञ्जजस्तो ठुलो सहरको ट्राफिक व्यवस्थापन चुनौतीपुर्ण रहेकोले सो व्यवस्थापनका लागि योजना र रणनिति बनाएर जाने बताउनु भएको थियो ।
बाँके ट्राफिक प्रमुख...









