वडा प्रहरीद्धारा नौ ग्राम ब्राउनसुगरसहित तीन जना नियन्त्रणमा, प्रहरी सक्रियता बढ्यो
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ५ । खुला सीमानाको फाइदा उठाउँदै सीमापारीबाट लागु औषधको ओसार पसार गर्नेहरु विरुद्ध बाँके प्रहरीले निगरानी बढाउनुका साथै निरन्तर कडाई जारी राखेको छ । प्रहरी निगरानीमा तिव्रता दिईएकै कारण समय समयमा जमुनाह प्रहरी, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले लागु औषध नियन्त्रण ब्युरोको सहकार्यमा ब्राउन सुगर बरामद गर्दै आएको छ ।
सीमा पारी रुपैडिहामा खुला रुपमा विक्रि भैरहेको लागु औषधलाई बाँके जिल्लामा मात्र नभई पहाडी जिल्लाहरुमा समेत पठाउन थालिएपछि प्रहरीले निगरानी बढाएर कडाई शुरु गरेको हो ।
सोही क्रममा पछिल्लो समयमा आइतवार वडा प्रहरी कार्यालय नेपालगञजको टोलीले नेपालगञ्जबाट लागू औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ ।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक डिल्ली खड्काका अनुसार नेपालगञ्ज उपमहानगरपालिका १० गणेशमान चोक स्...








