विभिन्न राहात पाएर धेरै सहज भयो– बर्दियाका बाढीपिडित र जनप्रतिनिधि
युनेस्कोद्धारा राजापुर र गेरुवाका ८६५ बाढीपिडित परिवारलाई ४५ लाखको राहात वितरण
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २३ । कात्तिकको पहिलो सातामा आएको बाढीले गर्दा अति प्रभावित बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका पिडित परिवारले राहात सहयोग पाएपछि त्यसबाट निकै राहात मिलेको प्रभावित वडाका पिडित र जनप्रतिनिधिले बताएका छन् ।
गेरुवा वडा नम्बर ३ का वडा अध्यक्ष पुनाराम थारुले क्लबले गरेको राहात वितरणबाट अतिनै पिडित भएका महिला तथा बालबालिकालाई ठुलो सहयोग मिलेको बताउनुभयो ।
पोषणयुक्त खाद्यान्न, अन्य खाद्यान्न तथा विउ वितरणले पिडितलाई धेरै सहयोग पुगेको उहाँले बताउनुभयो ।
यसैगरि राजापुर १ का वडा अध्यक्ष खुशीराम थारुले पनि बेमौसमी बाढीबाट पिडित भएकालाई तत्काल राहात दिने काम क्लबले गरेकोमा त्यसबाट आफ्नो वडाका पिडितलाई धेरै सहज भएको बताउनुभयो ।
उहाँले तत्काल मिलेको यो सहयोगले ज...









