मेडिकल कलेजको कोहलपुर अस्पताललाई नेकपा विप्लवले चेतावनीसहितको ज्ञापनपत्र बुझायो
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २ । नेपालगञ्ज मेडिकल कलेजद्धारा सञ्चालित शिक्षण असपताल कोहलपुरलाई विप्लब नेतृत्वको नेकपाले अस्पताल भित्र गम्भरि किसिमका लापरवाही र बेवास्ता गरिनुका साथै विरामी तथा कुरुवालाई दुख दिने विभिन्न कामहरु भैरहेको आरोप लगाउँदै तत्काल सुधार गर्न अल्टिमेटम सहितको ज्ञापन पत्र वुझाएको छ ।
नेकपा विप्लवका इन्चार्ज दिपकको नेतृत्वमा गएको समुहले विभिन्न माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।
उक्त ज्ञापन पत्रमा हाड जोर्नी तथा हात खुट्टाको उपचार गर्ने शिलशिलामा अधिकांश विरामीहरुको २ पटक ३ पटक र केहीको त ४ पटकसम्म अप्रशेन गर्नु परेकोले ध्यानकर्षण गराउँदै यस्ता घटनाहरु प्राविधिक समस्यामा नभएर पैसा कमाउने नियतले गरिएका मानवीयता विरोधि अपराधसंग जोडिएका तथ्यहरु प्राप्त भएका छन भन्दै यस्ता गतिवधिहरु तत्काल सुधार नगरे ठोस कदम चाली कारबाहीको प्रक्रिया अगाडी बढाइन...









