मतदाताको आशिर्वाद र शुभकामना बटुल्दै जसपा नेपालका उम्मेदवार कमरुद्दीन राई
समाचारदाता
नेपालगन्ज, फागुन ३ । बाँके क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी नेपालका उम्मेदवार कमरुद्दिन राईलाई यतिबेला मतदातासंग भेटघाट र उनिहरुको आशिर्वाद लिन भ्याइनभ्याइ छ। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा नेपालगञ्ज र डुडुवा गाउँपालिकाका विभिन्न वडामा पुग्दा युवा, महिला तथा ज्येष्ठ नागरिकले राइलाई जितको शुभकामना दिँदै आशिर्वाद प्रदान गरिरहेका छन्। सोही क्रममा नेपालगञ्ज–२० राँझा गाउँ पुगेका कमरुद्दिनलाई १०५ वर्षीया जलवर्षा वर्माले विशेष रूपमा आशिर्वाद दिइन्। उनले मधेस र मधेसीको मुद्दा उठाउने पार्टी जसपा नेपाल नै भएको उल्लेख गर्दै कमरुद्दिनलाई मत दिने प्रतिबद्धता व्यक्त गरिन्।
त्यसैगरी डुडुवा गाउँपालिका–५ का ८० वर्षीय राजकुमार यादवले पनि कमरुद्दिनलाई जितको कामना गर्दै आशिर्वाद दिए। “मधेस आन्दोलनको मर्म धेरैले बिर्सिए। यसपालिको निर्वाचनमा मधेसको मुद्दा उठाउने उम्मेदवारलाई नै ...









