मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न
समाचारदाता
नेपालगन्ज, पुस १ । बर्दियाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूका लागि मधुवन नगरपालिकामा प्रारम्भिक अवस्था पहिचान क्षमता विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।
मधुवन नगरपालिका–१ मा सम्पन्न तालिममा मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालयका प्रधानाध्यापकहरूको सहभागीता रहेको थियो । तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीका फोकल शिक्षक तथा पालिकाका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधिसहित ३३ जनाको सहभागिता रहेको थियो ।
तालिममा अपांगता भएका बालबालिकाको प्रारम्भिक अवस्था पहिचान, तथ्यांक व्यवस्थापन प्रणाली सुदृढीकरण तथा समावेशी शिक्षाको प्रभावकारी कार्यान्व...









