बाँकेका ८१ वटै वडामा नेपाली काँग्रेस बाँकेको निर्वाचन प्रक्रिया शुरु
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २७ कात्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ वटै वडामा शनिबारबाट औपचारिक रुपमा निर्वाचन कार्यक्रम सुरु भएका छन । जिल्लाका सबै ८१ वडाका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यक्रम सुरु गरेका हुन ।
बाँकेका सबै वडामा एकैसाथ निर्वाचन कार्यक्रम सुरु भएको जिल्लाका प्रमुख निर्वाचन अधिकृत रेवती रमण भट्टराइले बताउनुभयो । उहाँले निर्वाचन स्थलमा खटिनु भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले औपचारिक रुपमा निर्वाचन कार्यक्रम सुरु गरिसक्नु भएको जनाउनुभयो ।
भट्टराईका अनुसार बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडामा १ जना मतदान अधिकृत र २ जना सम्म सहायक मतदान अधिकृत परिचालित भएका छन । शनिवार बिहान १० बजे ८१ वटै वडाका मतदान केन्द्रमा प्रथम मतदाता नामावली प्रकाशन गरिएको थियो ।
सोही प्रकारले बिहान ११ः१५ बजे संशोधनपछि म...









