नेपालगञ्जमा रामनारायण ममोरियल मधुमेह उपचार केन्द्र सञ्चालनमा ल्याईंदै
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २२ कात्तिक । नेपालगञ्जमा मधुमेह रोगको छुट्टै उपचार केन्द्र स्थापना हुने भएको छ । बाँकेमा लायन्सवाद स्थापनाका अगुवा, स्वर्गीय रामनारायण श्रेष्ठको स्मृतिमा उहाँकै परिवारको अग्रसरतामा मधुमेह रोगको छुट्टै उपचार केन्द्र स्थापना हुने भएको हो ।
रामनारायण श्रेष्ठ, लायन्स क्लब अफ नेपालगञ्जका संस्थापक हुन् । उहाँको निधन भएको प्रथम वार्षिकी पारेर छोरा राजेशनारायण श्रेष्ठले रामनारायण ममोरियल मधुमेह सेवा केन्द्र घोषणा गर्नुभएको छ। त्यसका लागि प्रारम्भिक १५ लाख रुपिया श्रेष्ठले प्रदान गर्नु भएको जानकारी दिंदै लायन्स लिडर ज्ञानेन्द्र श्रेष्ठले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ का संस्थापक गभर्नर शेमराज शाक्यको संयोजकत्वमा सेवा केन्द्रले आवश्यक काम गरिरहेको बताउनुभयो ।
लायन्स क्लब अफ नेपालगञ्जले सञ्चालन गरिरहेको लायन्स डेन्टल अस्पताल परिसरमा रामनारायण ममोरियल म...









