Author: Nepalgunj Pati

टी ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित

टी ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, १२ कात्तिक। आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । समूह १ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर चम्किँदा श्रीलंका ७ विकेटले पराजित भयो। वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए । स्टिभ स्मिथ २८ रनमा अविजित रहदा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा १५४...
लुम्बिनी प्रदेशमा सञ्चारमैत्री विधेयक तयार पारिनेछ –सञ्चारमन्त्री शर्मा

लुम्बिनी प्रदेशमा सञ्चारमैत्री विधेयक तयार पारिनेछ –सञ्चारमन्त्री शर्मा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
बुटवल,१२ कात्तिक। लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा ‘हिमाल’ ले लुम्बिनी प्रदेशमा सञ्चार मैत्री विधेयक निर्माणका लागि सरकारले पहल गर्ने बताएका छन् । संचारलाई अंकुश लगाउने खालको बिधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूचीमा चढिसकेपछि पनि सभामा पेश नगरि पत्रकार महासंघका नेताहरुसँग भेट गरेका मन्त्री शर्माले सञ्चारमैत्री बिधेयक बनाउन पहल गर्ने आश्वासन दिएका हुन् । सरकारले प्रस्ताव गरेको सञ्चार विधेयकमा रहेका सञ्चार विरोधी दफाहरुलाई हटाउन र सञ्चामैत्री बनाउन आवश्यक बुँदाहरु समावेश गर्ने सुझाव लिएर सञ्चार मन्त्रालय पुगेका महासंघको लुम्बिनी प्रदेश समितिको टोलीसँग कुरा गर्दै मन्त्री शर्माले पत्रकारहरुका हितमा विधेयक बनाउने कुरामा आफूले सहजीकरण एवं पहल गर्ने बताए । टोलीले विधेयकमा समावेश गर्नु पर्ने विषयका बुँदा तयार गरि सञ्चारमन्त्री शर्मालाई बुझाएको छ । महासं...
धारा सातौं नेपालगञ्ज म्याराथनमा राजेश हमाल दौडिने

धारा सातौं नेपालगञ्ज म्याराथनमा राजेश हमाल दौडिने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, ११ कात्तिक । धारा सातौं नेपालगञ्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन् । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा मंसीर ४ गते सातौं संस्करण हुँदैछ । आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले अतिथिको रुपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिए । अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज म्याराथनमा महानायक हमालको उपस्थितिले अझ हौसला थपिएको बताए । नेपालगञ्ज म्याराथनमा यसपाली दश वटा इभेन्ट रहेका छन् । फूल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर मेन्स ओपन, ५ किलोमिटर ओमेन ओपेन्स, ५ किलोमिटर स्कूल बोय, ३ किलोमिटर स्कूल गल्र्स, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट, वाकाथन र ह्वीलचियर प्रतियोगिता रहेका छन् । यसपालीको म्याराथनमा सात हजारलाई दौडाउने तयारी भएको छ । देशी, विदेशी धावकसँगै जिल्लाका गन्यमान्य ...
धानबालीमा क्षति व्यहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने निर्णय

धानबालीमा क्षति व्यहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने निर्णय

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, ११ कात्तिक । सरकारले बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघाभन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय भएको छ ।...
बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा थारुलाई शिक्षाको महिना व्यक्तित्व सम्मान

बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा थारुलाई शिक्षाको महिना व्यक्तित्व सम्मान

मुख्य समाचार, शिक्षा
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज ११ कात्तिक । हरेक महिना शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गरेका एक जनालाई ‘इडियुसञ्जाल महिना व्यक्तित्व’द्वारा सम्मान गर्दै आएको इडियुसञ्जालले यो महिना बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु ९कबिर० लाई सम्मान गरेको छ । प्रमुख थारुले स्थानीय शिक्षाको उन्ननयका लागि गरेको नविन अभ्यासलाई कदर गर्दै इडियुसञ्जालले सम्मान गरेको हो । प्रमुख थारुलाई विहिबार एक कार्यक्रमका बिच सम्मान पत्र र चिनो हस्तान्तरण गरिएको इडियुसञ्जालले जानकारी दियो । प्रमुख थारुले स्थानीय बजेटमा सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि ३० प्रतिशत विनियोजन, जनतासंग नगरप्रमुख कार्यक्रम अन्तर्गत प्राविधिक तर्फका तीन विषयहरु इन्जिनियरिङ, एमबीबीएस र सिएमा तीनजनालाई पालिकाको तर्फबाट पूर्ण छात्रवृत्ति, साधारण उच्च शिक्षातर्फ मुक्तकमैया ७, मुक्त कमलरी १०, आर्थिक रुपले विपन्न जेहेन्दार १४, विप...
मान्छे खाने बाघ नियन्त्रणमा नआउँदा राजमार्ग नजिक त्रास कायमै

मान्छे खाने बाघ नियन्त्रणमा नआउँदा राजमार्ग नजिक त्रास कायमै

ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, कात्तिक ११ । बाँकेको पुर्वपश्चिम राजमार्गमा रहेको गाभर क्षेत्रमा एक महिना अघि मान्छे खाएर सोही क्षेत्रमा रहेका बाघ अझै नियन्त्रणमा नआउँदा सो वरिपरिका गाउँबस्तीमा त्रास र डर कायमै रहेको छ । सोही त्रास र डरका कारणले गाभर लगायतका क्षेत्रका वासिन्दा घरबाट निस्कन समेत डराई रहेका छन् भने उनिहरुले दसैं जस्तो चाडपनि घरमै कैद भएर मनाएको दुखेसो सुनाएका छन् । बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जंगलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरेपनि अझै नियन्त्रणमा लिन सकेको छैन । उक्त क्षेत्रमा केही दिनअघि चार वटा पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । अहिले ती बाघ गाभर र सौरीबीचकै जंगलमा घुमिरहेको पाईएको निकुञ्ज कार्यालयले जनाएको छ । बाघ नियन्त्रणमा नआउँदा गत एक महिनादेखि पशु चौपायालाई घरभ...
नेपालमा पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात

नेपालमा पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात

प्रविधि
काठमाण्डौ, ११ कात्तिक । नेपालमा चुनावी अभियान व्यवस्थापन ९इलेक्सन म्यानेजमेन्ट०को व्यवसायिक सुरुवात भएको छ । करिव एक वर्षदेखि कम्पनी स्थापना गरेर आन्तरिक अभ्यास तथा गृह कार्यमा रहेको युवाहरुको एक समुहले नेपालमै पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात गरेको हो बिभिन्न क्षेत्रका दक्ष युवा, विज्ञ तथा विदेशमा यस्तो अनुभव लिएकाहरुको टीम नै निर्माण गरेर प्रिज्मा टेक्नोलोजिज मार्फत् इलेक्सन क्याम्प म्यानेजम्यान्ट एजेन्सी सुरु गरेको छ । ‘विश्वका उत्कृष्ट राजनीति अभ्यास भएका देशमा यस्तो अभ्यास छ’ प्रिज्मा टेक्नोलोजिजका सीइयो तथा प्रिज्मा ग्रुपका अध्यक्ष राजेन्द्र चटौतले भने, करिव एक वर्षदेखि हामीले इलेक्सन क्याम्प म्यानेजेमेन्ट एजेन्सी सुरु गरेका छौं, हामीलाई जानकारी भएसम्म यो नेपालमै पहिलो पटक हो। छोटो समयमा जे जति काम गर्ने अवसर जुट्यो , हामीलाई त्यसले उर्जा थपेको छ। कल्पनानै नगरेका...
आर्थिक अभावले बाँकेमा मदरसा सञ्चालनमा समस्यै समस्या

आर्थिक अभावले बाँकेमा मदरसा सञ्चालनमा समस्यै समस्या

मुख्य समाचार, शिक्षा
नेपालगञ्ज, कात्तिक ११ गते । मदरसा शिक्षालाई व्यवस्थित गरी सञ्चालन गर्न र हाल भोग्नु परेको समस्या र त्यसको निकासका लागि पहल गर्न नेपालगञ्जमा एक बृहत्त छलफलको आयोजना गरिएको छ । राष्ट्रिय मदरसा काउन्सिल नेपालले आयोजना गरेको सो छलफल कार्यक्रममा सहभागि विभिन्न मदरसाका सञ्चालकहरुले हाल भोग्नु परेका समस्या र सो को निकासका बारेमा आआफ्नो धारणा राखेका थिए । लुम्बिनी प्रदेश राष्ट्रिय मदरसा काउन्सिल नेपालका उपाध्यक्ष मुफ्ती कैफुलवरा मिसबाहीको अध्यक्षतामा सम्पन्न भएको सो छलफल र अन्तरक्रियामा बाँकेका विभिन्न मदरसाका प्राधानाध्यापक र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । छलफलमा उपाध्यक्ष मिस्बाहीले सरकारले लागु गरेको पाठ्यक्रमसँगै इस्लामिक ज्ञान दिइने मदरसा सञ्चालनका लागि आर्थिक स्रोत र साधनको कमी प्रमुख समस्या भएको कुरा अधिकांशले उठाएको बताउनुभयो । उहाँले मदरसा सञ्चालनमा आर्थिक समस्यानै सबैभन्दा प्रम...
१२ वर्ष कुरेर आफ्नै बोसकी छोरीसँग गरेका थिए विवाह परेश रावलले

१२ वर्ष कुरेर आफ्नै बोसकी छोरीसँग गरेका थिए विवाह परेश रावलले

मनोरञ्जन
नेपालगञ्ज, कात्तिक ११ । आफ्नो दमदार अभिनयका लागि चर्चित परेश रापलले पहिलो पटक आफ्नो प्रेम कहानीबारे खुलासा गरेका छन् । परेश रावलले एक अन्तरवार्तामा स्वरुप सम्पतलाई विवाहका लागि कसरी प्रस्ताव राखेका थिए भनेर जानकारी दिएका छन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने, ‘मैले आफ्नो एकजना साथीलाई आफूले स्वरुपसँग विवाह गर्न चाहेको बताएको थिएँ । त्यसको ठिक १२ वर्ष पछि मैले ती युवतीसँग विवाह गरेँ ।’ स्मरण रहोस्, परेश रावल र स्वरुप सम्पतले सन् १९८७ मा विवाह गरेका थिए । पूर्व अभिनेत्री स्वरुप सम्पतले सन् १९७९ मा मिस इन्डियाको उपाधि जितेकी थिइन् । परेश र स्वरुपका दुई छोरा आदित्य र अनिरुद्ध छन् । ’ आफ्नो नयाँ साक्षात्कारमा रावलले भने, ‘मैले सोचिसकेकी थिएँ कि यो युवती नै मेरी श्रीमती बन्नेछिन् । त्यतिबेला मेरा साथी महेन्द्र जोशी मसँग थिए ।’ परेशका अनुसार त्यतिबेला उनका साथीले उनलाई भनेका थि...
स्वायत्त संस्थाहरुको सम्मान कसरी जोगाउने अहिलेको प्रमुख प्रश्न हो

स्वायत्त संस्थाहरुको सम्मान कसरी जोगाउने अहिलेको प्रमुख प्रश्न हो

मुख्य समाचार, विचार
मोहना अन्सारी, अधिवक्ता दुई दिन म पनि सर्वोच्च अदालतमा गएर पालो आउँदैछ भनेर कुरेर बसेँ । आइतबारको दिन सर्वोच्च अदालतमा पेसीको लिस्ट प्रकाशित हुँदा त्यो नोटिस बोर्ड हेर्न मान्छेको भीड लागेको थियो । म साढे १० मा अदालत पुगेकी थिएँ । यतिधेरै मान्छे कहाँ–कहाँबाट आएका थिए । सायद ७७ जिल्लाका मान्छे आउनुहुन्छ सर्वोच्च अदालतको नोटिस बोर्ड हेर्न । यो न्यायको संरक्षण गर्ने निकाय हो । त्यो नोटिस बोर्ड हेरिसकेपछि साढे १२ पछि त मान्छे नै छैनन् । बस्दै बसेनन् । के सुन्ने हामीले भर्‍याङ उक्लिँदैछौँ, मान्छेले सोध्छन्, ‘तपाईंको मुद्दा कति नम्बरमा हो बेन्च नै नबसेपछि के हो, के हो भनेँ । सेवाग्राहीको त्यो किसिमको छटपटी न्यायालयमा देखियो । यो तपाईं–हामीलाई सामान्य लाग्ला । हामीले हेर्दाखेरि गाडी चढेर, भाडा तिरेर आए भन्ने लाग्ला । तर, उनीहरु सर्वोच्चसम्म आइपुग्दा कतिवटा तहहरू पार गरेर आए होला आम नागरिकको...