Author: Nepalgunj Pati

कोरोना बढेपछि मस्कोमा एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द

कोरोना बढेपछि मस्कोमा एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द

अन्तर्राष्ट्रिय
मस्को, कात्तिक ११ गते । मस्कोमा कोरोना भाइरस सङ्क्रमण वृद्धि भएपछि एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द गरिएको छ । बुधबार एक दिनमा ४० हजार ९६ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति थपिएका छन् । यस सङ्क्रमणको कारण १ हजार १५९ जनाको ज्यान गएको बिहीबार जानकारी दिइएको छ । रुसमा कोरोनाबाट हालसम्म ८३ लाख ९२ हजार ६९७ जना सङ्क्रमति भएका छन् । कोरोना सङ्क्रमणका कारण २ लाख ३५ हजार ५७ जनाको मृत्यु भइसकेको छ ।...
बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
हेटाैंडा,कात्तिक ११ गते । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेता राजेन्द्र पाण्डे नियुक्त हुनुभएको छ । उहाँ नेकपा एकीकृत समाजवादी पार्टी बाग्मती प्रदेश संसदीय दलका नेता हुनुहुन्छ । बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री पाण्डेको हेटौडा १० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्नुभएकाे छ । गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, काँग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिनु भएकाे छ ।अान्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद खनाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान र भाैतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल रहनु भएकाे छ ।...
युवा तथा खेलकुद मन्त्रीलाई राखेपद्धारा स्वागत तथा सम्मान

युवा तथा खेलकुद मन्त्रीलाई राखेपद्धारा स्वागत तथा सम्मान

खेलकुद, ताजा-अपडेट
नेपालगञ्ज, ११ कात्तिक । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ९अथक०लाई राष्ट्रिय खेलकुद परिषद ९राखेप० का पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका छन । राखेपका अध्यक्ष समेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बिच राखेपका उपाध्यक्ष शिव कोईराला सहितका पदाधिकारी तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका हुन । स्वागत समारोहमा बोल्दै मन्त्री अथकले खेलकुद क्षेत्रको विकासकालागी सबै मिलेर अगाडी बढ्नुपर्ने बताए । काम गर्ने समयमा राजनिति गर्न नहुने बताउँदै मन्त्री अथकले खेलकुद क्षेत्रलाई राजनितिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रष्ट पारे । “यो राजनिति गर्ने समय होईन” मन्त्री अथकले भने, “खेलकुदलाई राजनितिबाट मुक्त बनाउँदै सम्मानित क्षेत्रका रुपमा विकास गर्न आवश्यक देखिएको छ ।” खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री अथकले खेल क्षेत्रको व...
राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दैछ

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दैछ

अर्थ, मुख्य समाचार
काठमाडौँ, कात्तिक ११ गते । नेपाल राष्ट्र बैंकले आज रु। २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतिप्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ । तरलता अभावले बैंक तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने अवस्थाका व्यवस्थापनमा समेत बैंकलाई अप्ठेरो परेको देखिन्छ । राष्ट्र बैंकको तथ्याङ्कानुसार हाल बैंकका औसत कर्जा निक्षेप अनुपात ८९ दशमलव १५ छ । बजारमा नयाँ निक्षेप न...
कात्तिक २९ गतेसम्मका लागि प्रतिनिधिसभा स्थगित

कात्तिक २९ गतेसम्मका लागि प्रतिनिधिसभा स्थगित

ताजा-अपडेट, राजनीति
काठमाडौं, कात्तिक ११ गते । प्रतिनिधि सभा बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनुभएको थियो । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । सभामुख सापकोटाले कात्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको छ । (रासस)...
प्रधानन्यायाधिशलाई महाभियोग लगाउने छलफल भएकै छैन – नेपाल

प्रधानन्यायाधिशलाई महाभियोग लगाउने छलफल भएकै छैन – नेपाल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रकाशविक्रम शाह धनगढी, कात्तिक ११ गते । नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने बारे गठबन्धनमा कुनै छलफल नभएको बताउनुभएको छ । बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले केपीले ओलीले परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नु गलत भएको बताउनुभयो । अर्ली इलेक्सन हुँदैन, अहिले हुने प्रतिनिधिसभाको उपचुनाव हुन्छ, राष्ट्रिय सभाको चुनाव हुन्छ अध्यक्ष नेपालले भन्नुभयो, हामी अहिलेकै गठबन्धनबाट चुनावमा जाने सोचमा छौ । एमालेसँग एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धन बनाएर चुनाव लड्न खोज्नुभएको हो भन्ने प्रश्नमा उहाँले हिजो एमालेले पनि राप्रपा र माओवादीसित गठबन्धन गरेको स्मरण गर्नुभयो । अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तत्काल परिवर्तन नहुने सङ्केत गर्नुभएको छ । तीन पार...
पश्चिम नेपालकै मेडिकल हब बन्दै, नेपालगञ्ज

पश्चिम नेपालकै मेडिकल हब बन्दै, नेपालगञ्ज

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
निजि अस्पताल खुल्ने क्रम जारी, डेढ करोडमा केयर सिटी अस्पताल खुल्यो नेपालगञ्ज पाटी न्युज नेपालगञ्ज, कात्तिक ११ । पश्चिम नेपालकै सबैभन्दा प्रमुख सहर मानिएको नेपालगञ्ज विस्तारै मेडिकल हब बन्दै गएको छ । यस क्षेत्रकै सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालले पुरै पश्चिम नेपालका विरामीलाई उपचार सेवा दिंदै आएपनि यहाँ एकपछि अर्को गरेर निजि अस्पताल खुल्ने क्रम पनि जारी नै रहेको छ । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेशका समेत धेरै जिल्लाबाट रिफर गरेर विरामी यहाँ आउने भएकोले दिनदिनै सुविधा सम्पन्न अस्पतालहरु खुल्दै गएका छन् । पछिल्लो पटक नेपालगञ्ज उपमहानगरपालिका १८ बुद्धचोक भुजइगाँउमा डेढ करोडको लागतमा सुविधा सम्पन्न केयर सिटि अस्पताल सञ्चालनमा आएको छ । सुदुरपश्चिम तथा कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिएर छिटो छरितो गुणस्तरीय सेवाको लागि नेपालगञ्जमा केयर सिटि अस्पताल ए...