नेपालगञ्जकी पानवाली
रेशम विरही
म बेरोजगार थिएँ। र नेपालगन्जीया सडकमा फिरन्ताजस्तै थिएँ। मेरो खास दिलदर्दी साथी थिएनन्। थियो भने, अद्दा झोल थियो, पौवाभरिको मातले डेरातिर घिसार्थ्यो। घामको झुल्का जब मेरो झ्यालबाट छिर्थ्यो, तब म एक्लै फिसिक्क हास्थेँ। साँझको कर्मले झस्काउँथ्यो। रातका फोनहरुको ‘कल लिस्ट’ नियाल्थेँ। र आफ्नो अराजक मनोविज्ञानप्रति क्षोभ र गर्वको मझधारमा टोलाइरहन्थेँ। अनि नियमित बिहानीचर्या त छँदै थियो, केही बकम्फुसे लोकल अखबारी लेखन।
कुनै गैरसरकारी संस्थाको कार्यपत्र लेखन पनि कहिलेकाहीँ मेरो भाग्यमा चिट्ठा पर्थे। क्षेत्रीय संचार श्रोत केन्द्र नामको सेतो हात्तीले बेलाबखत दुई घण्टा चिच्याउन लगाएर कनिका छथ्र्यो। यसैमा चित्त बुझाउनुको अर्को विकल्प थिएन। मेरो दैनिकी चिप्लेकीराझैँ डेराबाट धम्बोझी र त्यहाँबाट घिस्रँदै बीपी चोक भएर क्षेत्रीय संचार श्रोत केन्द्रतिर लम्कन्थ्यो। कुनै निश्चित काम नभएको, त...









