के सोचे जत्तिकै सहज छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ?
नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, १२ कात्तिक । नेपालगञ्जमा हजारौंको संख्यामा रहेका इ रिक्साको ब्यवस्थापन तथा नियमनका लागि सम्बन्धित निकायले चासो र सक्रियता बढाएको छ । तर, के सजिलो छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ? कतिपयले यसलाई सहज नभएको टिप्पणी गरिरहेका छन् । नेपालगञ्जमा रहेका इ रिक्साको ब्यवस्थापन तथा नियमन अतिनै जटिल कार्य भएको अधिकांशको बुझाई छ ।
तरपनि नेपालगञ्ज उपमहमानगरपालिको इ रिक्सा सम्बन्धी कार्यबिधि २०७८ बमोजिम व्यवस्थापनका लागि गठन गरिएको समितिले नगर भित्र संचालनमा रहेका इ रिक्सा के कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषमा छलफल र सुझाव संकलन गरिरहेको छ । ्
नेपालगञ्ज उपमहमानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा गठित सो समितिले उक्त चुनौतीपुर्ण कार्यलाई पुरा गर्ने लक्ष्यका साथ काम शुरु गरेको उपप्रमुख थापा मगरले बताउनुभयो ।
सो सम्बन्धमा इ—रिक्सा दर्ता, परिचय पत्र...









