गर्मी र तातो हावाबाट जोगिन बी ग्रुपद्धारा सरसफाईकर्मी र कृषक सुपरभाइजरलाई अभिमुखिकरण
समाचारदाता
नेपालगञ्ज, जेठ २६ । भेरी वातावरणीय विशिष्ठ समुह बी ग्रुपले रेडक्रस बाँकेसंग समन्वय गरेर यस क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मी र तातो हावा लु कारण जनजीवन कष्टकर बन्दै गएको ठहर गरि सो बाट जोगिनका लागि अपनाउनुपर्ने उपाय र सचेतना बारे सरसफाइकर्मी र कृषकलाई अभिमुखिकरण गरेर जानकारी गराएको छ ।
बी ग्रुपले एमडीएम फ्रान्सको साझेदारीमा बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत सो अभिमुखिकरणको आयोजना गरेको हो ।
केहीदिनयता अत्यधिक बढेको तापक्रम र तातो हावा लु ले गर्दा सर्वसाधारण बिरामी पर्न थालेपछि संस्थाले नेपालगञज उपमहानगरका ३६ जना सरसफाई सुपरभाइजर र डुडुवा, खजुरा तथा नेपालगञ्जका गरेर १५ जना कृषक सुपरभाइजरलाई गर्मी र तातो हावाबाट जोगिनका लागि अभिमुखिकरण दिईएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्द...









