पाँच आकाशे पुल निर्माण र सडक कालोपत्रे योजनाको मन्त्री राईद्धारा शिलान्यास
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ ४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले जमुनाहादेखि कोहलपुरसम्मको फोरलेन सडकमा निर्माण गरिने पाँच वटा आकाशे पुल र अस्फाल्ट सडक ओभरले आयोजनाको शनिवार नेपालगञ्जमा शिलान्यास गर्नु भएको छ ।
दुबै आयोजनाको शिलान्यास मन्त्री राईले नेपालगञ्जको धम्बोझी चोक र राँझा चोकमा छुट्टा छुट्टै कार्यक्रममा गर्नुभएको हो ।
सो अवसरमा बोल्दै उहाँले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनिति गर्नेहरुसंग सावधान रहन बाँकेवासीलाई आग्रह गर्नुभयो । आफुले सधैं सबैको विकास र उन्नतीको राजनिति गरेको दावी गर्दै उहाँले सो बारेमा जो कोही संग पनि छलफल र बहस गर्न तयार रहेको बताउनुभयो ।
आफु दुई पटक बाँकेबाट सांसद भएको र तीन पटक मन्त्री भएको अवधीमा गरेका विकासका कामहरु उल्लेख गर्दै उहाँले यदि ती काम राम्रा र जनताका लागि थिए भने आगामी निर्वाचनमा भोट दिन आग्रह गर्...









