बाँके क्षेत्र नम्बर १ र २ मा बहालवाला दुबै मन्त्रीको अवस्था ‘बलियो र सुदृढ’
सिराज खान
नेपालगञ्ज, भदौ २४ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक भएसंगै निर्वाचनको माहोल देशभरि तातिंदै गएको छ ।
विशेषगरि भिआईपी सिटहरुमा निर्वाचनको चर्चा परिचर्चा चुलिएसंगै सर्वसाधारणले पनि आ आफ्नो तरिकाले हारजितको आंकडा लगाउने काम शुरु गरेका छन् । चियापसलदेखि लिएर विभिन्न सभा समारोहमा समेत चुनावी चर्चा भैरहेका छन् ।
वर्तमान सरकारमा अहिले बाँके जिल्लाबाट दुई जना प्रभावशाली नेताहरु मन्त्री छन् । दुबैजनाले राम्रो र महत्वपुर्ण मन्त्रालय पाएकाले उनिहरुले प्रतिनिधित्व गर्ने क्षेत्र नम्बर १ र २ अहिले सर्वाधिक चर्चामा छ ।
बाँके १ का संघीय सांसद, नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा जनयुद्धका कमाण्डर महेश्वर गहतराज अथक युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ भने बाँके २ का संघीय सांसद, मधेश आन्दोलनका पश्चिम कमाण्डर तथा जनता समाजवादी पार्टीका ...









