सुशिल कोइरालाको विरासत फर्काउन क्रियाशिल सुधान्सु कोइरालालाई चौतर्फी समर्थन
समाचारदाता
नेपालगन्ज, फागुन ५ । अब्बल राजनीतिक संस्कारमा हुर्किएका युवा नेता शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार हुन्। उनि मृदुभाषी, सरल र सहज पनि छन् । कठोर, संघर्षपूर्ण र नेतृत्वदायी राजनीतिक विरासत बोकेको गौरबशाली कोइराला परिवारका सदस्य शुधान्सु २०३८ सालमा नेपालगञ्जमा जन्मिए । नेपालगञ्जमै हुर्के बढेका कोइराला त्यस्ता भाग्यमानी पात्र हुन्, जसले सहोदर ठूलो बुवा, बुवा र आमाबाट राजनीतिकरुपले दिक्षित हुने अवसर पाए ।
संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सानिध्यतामा राजनीतिक संस्कार सिकेका शुधान्सु आँखामा सपना र मनमा अठोट बोकेर हिँडेका जोशिला युवा हुन् ।
बुवा स्वर्गीय डा अरुण कोइराला र आमा किरण कोइरालाका सुपुत्र शुधान्सु, २०७० मा सक्रिय राजनीतिमा होमिए । शुधान्सु त्यस्ता सुपुत्र हुन् जसले आमा...









