बाँके जिल्लामा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
समाचारदाता
नेपालगन्ज, १७ वैशाख । नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको नेतृत्वमा सञ्चालन भइरहेको राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँके जिल्लामा पनि प्रभावकारी रूपमा सुरु गरिएको छ ।
६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो १,००० दिनभित्रका आमाहरूमा हुने कुपोषणको समयमै पहिचान गर्ने उद्देश्यले देशव्यापी रूपमा सञ्चालन गरिएको यो अभियान बाँकेमा “न्युट्रिसन फर लाइफ” परियोजना अन्तर्गत अघि बढाइएको हो ।
यस राष्ट्रिय अभियानलाई अझ प्रभावकारी र सुदृढ बनाउन हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले सहकार्य गरिरहेको छ । सोही अनुरूप राष्ट्रिय पोषण स्क्रिनिङ अभियान २०८२÷८३ बाँके जिल्लामा सञ्चालनमा आएको हो ।
अभियान अन्तर्गत बालबालिका र पहिलो १,००० दिनभित्रका आमाहरूको मिड–अपर आर्म सर कम्फरेन्स मापनका साथै उमेर, उचाइ÷लम्बाइ तथा तौल परीक्षणमार्फत ...









