मान्छे खाने भाले पाटे बाघ नियन्त्रणमा, बेहोस बनाएपछि टोलीले लिएर आउँदै
सिराज खान
नेपालगञ्ज, फागुन १८ । गत तीन महिनादेखि राप्तीसोनारी गाउँपालिका लगायतको क्षेत्रमा आतंक मच्चाउदै आएको ठुलो पाटेबाघलाई बुधवार विहान बेहोस बनाएर नियन्त्रणमा लिईएको छ ।
वन डिभिजन कार्यालय बाँकेले दिएको जानकारी अनुसार राप्तीसोनारी वडा नम्बर ६ बाट बुधवार विहान बाघलाई बेहोस बनाउन सफलता मिलेको हो ।
वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधिराम कँडेलले राष्टिय प्रकृति कोष बर्दियाबाट आएको २ जनाको प्राविधिक टोलीले डट गनको माध्यमबाट पाटे बाघलाई बेहोस बनाएर निण्नत्रणमा लिइएको बताउनुभयो ।
उहाँले मंगलवार दिउँसो ३ बजे आहाराका लागि राखिएको पाडोलाई बाघले खाएको र पछि राती भएकोले खोज्न नसकेपनि बुधवार विहानै बाघ देखिएपछि डट गनको माध्यमबाट बेहोस बनाईएको बताउनुभयो । नियन्त्रणमा लिईएको बाघ भाले बाघ भएको र निकै ठुलो रहेको करिब ८ वर्ष उमेरको हुनसक्ने प्रमुख कँडेलले बताउनुभयो ।
बेहोस रहेको बाघलाई नेपालगञ्ज ...









