सेनाको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता सुरु, भैरवप्रसाद गण विजयी
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ११ । नेपाली सेनाको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता नेपालगञ्जमा बुधवारबाट सुरु भएको छ । पश्चिम कमाण्डअन्तर्गतका चारवटा बाहिनी अड्डाका आठवटा युनिटले प्रतियोगितामा भाग लिएका छन् । उद्घाटन खेलमा भैरवप्रसाद गण, नेपालगञ्जले जुम्लाको नन्दबक्स गणलाई ३–१ गोलले पराजित गरेर अग्रता कायम गरेको छ ।
खेल सुरु भएको एक मिनेटमै नन्दबक्स गणले श्यामबहादुर विष्टको गोलमा अग्रता लिएको थियो । खेल सुरु हुने वित्तिकै गोल खाएपछि भैरवप्रसाद गणका खेलाडी आक्रमक बनेका थिए । ५२ मिनेटमा भुपेन्द्र रानाको गोलमा भैरवप्रसाद गण बराबरीमा आएको थियो ।
त्यसपछि भैरवप्रसादले लगातार दबाबमा राखेको थियो । ८१ मिनेटमा संगम चौधरी र ८९ मिनेटमा भुपेन्द्र रानाले नै गोल गरेपछि भैरवप्रसाद गण विजयी भएको हो।
यसअघि प्रतियोगिताको उद्घाटन श्री नम्बर ४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी उत्...









