नेपालगञ्जमा एमसीसी विरुद्ध अखिल क्रान्तिकारी, वाइसियल र राप्रपाको विरोध प्रदर्शन
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । एमसीसीको खारेजीको माग गर्दै विभिन्न पाँच दलले नेपाल बन्दको आहवान गरेकै दिन बुधवार नेपालगञ्जमा राप्रपा र नेकपा माओदी निकट अखिल क्रान्तिकारी तथा वाईसिएलले पनि विरोध प्रदर्शनको आयोजना गरेका छन् ।
एमसीसीको खारेजीको मागसहित विभिन्न प्लेकार्ड बोकेका उनिहरुले विभिन्न नारा लगाउँदै नगरका विभिन्न भारगमा जुलुस प्रदर्शन गर्दै चर्को विरोध गरेका हुन् । युवाहरुको बृहत्त सहभागिता रहेको विरोध प्रदर्शनमा कुनै पनि हालतमा एमसीसी लागु गर्न नहुनेमा उनिहरुको जोड थियो ।
नेकपा माओवादी केन्द्र बाँकेको पार्टी कार्यालयबाट शुरु भएको अखिल क्रान्तिकारी र वाईसियलको विरोध प्रदर्शन अन्तर्गत नगरको विभिन्न भागको परिक्रमा गरेर जुलुस जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर समापन गरिएको थियो । समापन अघि प्रदर्शनकारीहरुले निकै बेरसम्म नाराबाजी गरेका थिए ।
समापनमा बोल्दै विद्यार्थि ...









