नेपालगञ्जमा सुपर पोलिक्लिनिक सञ्चालनमा, १५ दिन निशुल्क विरामी जाँच्ने
सिराज खान
नेपालगञ्ज, फागुन १ । केही समययता एकपछि अर्को गरेर विभिन्न विशेषज्ञ क्लिनिक र अस्पतालहरु थपिंदै गएको नेपालगञ्जमा आइतवारबाट थप एक अत्याधुनिक पोलिक्लिनिक सञ्चालनमा आएको छ ।
नेपालगञ्जको सुर्खेतरोडस्थित गुरुद्धारासंगै जोडिएको भवनमा आइतवारबाट एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिले विभिन्न विशेषज्ञ सेवाहरु दिने जनाईएको छ ।
सो पोलिक्लिनिकको एक समाराहेकाविच वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. आनन्द कुमार झाँ र वरिष्ठ कन्सल्टेन्ट फिजिसियन एण्ड एण्डोक्राइनोलोजिस्ट डा. अल्तवान राहीले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।
सो अवसरमा सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिका सञ्चालक समेत रहनुभएका डा. राहीले विरामीलाई सहजरुपमा विभिन्न प्रकारका उपचार सेवा दिनका लागि यो पोलिक्लिनिक सञ्चालनमा ल्याईएको बताउनुभयो ।
उहाँले फागुन १५ गते...









