बर्दियामा बालविवाह विरुद्धको सचेतना बढ्यो, घटे बालविवाह
सिराज खान
बर्दिया, मंसिर २४ । ‘मैले लहलहमै लागेर बालविवाह गर्न लागेको थिए, तर मलाई मेरा केही साथी र गाउँका अन्य महिलाले त्यस्तो गर्न दिनु भएन । रोक्नु भयो । मन पराएको केटासंग विवाह गर्न नपाउँदा शुरुमा त धेरै रिस उठेको थियो । उनिहरुलाई तथानाम गाली गरे । अहिले आएर बल्ल थाहा पाए, त्यो त गैर कानुनी पो रहेछ । उमेर पुगेपछि मात्रै विवाह गर्नु पर्ने रहेछ । अहिले म आफै उमेर नपुगेको विवाह न गर्न अरु साथिहरुलाई सम्झाउँदै हिडेको छु ।’– यो भनाई हो बर्दिया गुलरिया नगरपाकिा ६ निवासी १४ वर्षिया बालिका निरु चौधरी ( नाम परिवर्तन ) को ।
‘मेरो विवाह घर परिवारकै सहमतिमा २१ वर्षिय केटासंग हुन लागेको थियो । सबै तयारी भैसकेको थियो । विवाहको मिति भन्दा दुई दिन अघि घरमा नजिकका दिदिहरु आएर उमेर नपुगेकोले विवाह नगर्न परिवारलाई दवाव दिए । परिवारले नमानेपछि प्रहरीलाई घरमा ल्याएर उनिहरुले सो विवाह रोकिदिए ।’– यो भनाई ...









